पोस्ट गरियो:
16 NOV 2026 7:53AM by PIB Gangtok
नयाँ दिल्ली: 16 नोभेम्बर 2026
आज म फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर. मार्कोस जुनियरको निमन्त्रणामा १७ नोभेम्बर २०२६ मा आयोजना हुने २३औँ आसियान–भारत शिखर सम्मेलन र २१औँ पूर्वी एसिया शिखर सम्मेलनमा सहभागी हुन मनिलातर्फ प्रस्थान गर्दैछु।
आसियान राष्ट्रहरूसँगको हाम्रो सम्बन्ध भारतको ‘एक्ट इस्ट नीति’को केन्द्रमा रहेको छ र हाम्रो ‘महासागर’ परिकल्पनामा पनि यसले महत्त्वपूर्ण स्थान ओगटेको छ। शताब्दीयौँदेखि चलिआएको सभ्यतागत आदानप्रदानमा आधारित हाम्रो सम्बन्ध व्यापार, सम्पर्क सञ्जाल, समुद्री सुरक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा विस्तार हुँदै गतिशील साझेदारीका रूपमा विकसित भएको छ।
आसियान–भारत शिखर सम्मेलनमा सहकर्मी नेताहरूसँग मिलेर हाम्रो व्यापक रणनीतिक साझेदारीअन्तर्गत हासिल भएका प्रगतिलाई थप सुदृढ बनाउँदै विकास, सम्पर्क सञ्जाल र समृद्धिका साझा आकाङ्क्षालाई थप गति प्रदान गर्न म उत्सुक छु।
पूर्वी एसिया शिखर सम्मेलनले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूबारे छलफल गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ। हिन्द–प्रशान्त क्षेत्रमा शान्ति, स्थिरता र सहकार्यलाई सुदृढ बनाउने विषयमा सहभागी नेताहरूसँग विचार आदानप्रदान गर्न म उत्सुक छु।
यस भ्रमणका क्रममा फिलिपिन्समा रहेको जीवन्त भारतीय समुदायसँग अन्तरक्रिया गर्न पनि म उत्सुक छु। उनीहरूको योगदानले हाम्रा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाएको छ।
********
MPS/TWB