पोस्ट गरियो:
14 NOV 2026 4:11PM by PIB Gangtok
नयाँ दिल्ली, 14 नोभेम्बर 2016।
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 15 नोभेम्बर, 2026 को बिहान 11 बजे भिडियो कन्फरेन्सिङको माध्यमद्वारा महाराष्ट्रको गढचिरौलीमा आयोजित “जनजातीय गौरव दिवस” कार्यक्रममा सहभागिता जनाउनेछन्। “धरती आबा” भगवान बिरसा मुण्डाको 151 जयन्तीको अवसरमा त्यहाँ उपस्थित मानिसहरूलाई पनि उनले सम्बोधित गर्नेछन्।
यस कार्यक्रमको क्रममा प्रधानमन्त्रीले करिब ₹3,000 करोड लागतका 246 विकास परियोजनाको उद्घाटन एवं शिलान्यास गर्नेछन्। यी परियोजनाहरूको उद्देश्य देशभरीका जनजातीय समुदायका लागि शिक्षा, स्वास्थ्य सेवा, आजीविका अनि सामुदायिक बुनियादी पूर्वाधारलाई बलियो बनाउनु रहेको छ।
प्रधानमन्त्रीले 173 परियोजनाको उद्घाटन गर्नेछन्। यसमा जनजातीय विद्यार्थीहरूका लागि 38 एकलव्य आदर्श आवासीय विद्यालय (ईएमआरएस) तथा प्रधानमन्त्री जनजाति आदिवासी न्याय महाअभियान (पीएम-जनमन) अन्तर्गत 100 बहुउद्देश्यीय केन्द्र सामेल छन्, जसले सेवाहरूको आपूर्ति अनि सामुदायिक गतिविधिको केन्द्रका रूपमा काम गर्नेछन्। पीएम-जनमन अनि धरती आबा जनजातीय ग्राम उत्कर्ष अभियान (डीएजेजीयुए) अन्तर्गत विभिन्न अन्य परियोजनाको पनि उनले उद्घाटन गर्नेछन्।
जुन अन्य प्रमुख परियोजनाहरूको उद्घाटन गरिनेछ, त्यसमा अरुणाचल प्रदेशको इटानगरमा “ट्राइबल रिसर्च इन्स्टीट्युटको (टीआरआइ)” भवन अनि मिजोरमको आइजोलमा “रोपुइलियानी जनजातीय स्वतन्त्रता सेनानी सङ्ग्रहालय” पनि सामेल छन्। यसको उद्देश्य जनजातीय संस्कृति अनि विरासतलाई संरक्षित गर्नुरहेको छ। यस सङ्ग्रहालयले मिजो जनजातीय स्वतन्त्रता सेनानीहरूको साहस, वीरता अनि बलिदानको स्मरण गराउनका साथसाथै मिजो समुदायको समृद्ध सांस्कृतिक परम्परा, ऐतिहासिक विरासत अनि धरोहरलाई पनि प्रदर्शित गर्नेछ। यसको नाम 19 औं शताब्दीकी मिजो महिला प्रमुख “रोपुइलियानी”को नाममा राखिएको छ, सले बृटिश औपनिवेशिक शासनको साहसपूर्वक विरोध गरेकी थिइन्। उनलाई जनजातीय प्रतिरोध अनि बलिदानको प्रतीकका रूपमा याद गरिन्छ।
प्रधानमन्त्रीले 19 नयाँ एकलव्य आदर्श आवासीय विद्यालयको शिलान्यास गर्नेछन्। यसबाट जनजातीय बच्चाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता अझ बलियो हुनेछ। यसका साथै जनजातीय उत्पादहरूलाई बजारसम्मको पहुँच सुगम बनाउने उद्देश्यका साथ 12 जनजातीय बहुउद्देश्यीय विपणन केन्द्रको (टीएमएमसी) पनि शिलान्यास उनले गर्नेछन्। यसका अतिरिक्त, प्रधानमन्त्रीले पीएम-जनमन अनि डीएयुए अन्तर्गत 42 अन्य परियोजनाको पनि आधारशिला राख्नेछन्।
यो कार्यक्रम “जनजातीय गौरव पाक्षिक”को समापनको प्रतीक हुनेछ, जुन 1 देखि 15 नोभेम्बर, 2026 सम् देशभरी मनाइँदैछ। यस पाक्षिकको अवधिमा राष्ट्रिय एवं धरातल स्तरमा विभिन्न कार्यक्रम आयोजित गरियो। यसमा राष्ट्रपतिको ईएमआरएसका विद्यार्थीहरूका साथ संवाद, राष्ट्रिय जनजातीय साहित्य महोत्सव, जनजातीय चिकित्सकहरूका लागि प्रशिक्षण कार्यक्रम, विशेष रूपमा कमजोर जनजातीय समूहका (पीभीटीजी) लागि स्वास्थ्य एवं पोषण शिविर तथा “धरती आबा जनभागीदारी अभियान” अन्तर्गत जनजातीय गाउँहरूमा सामुदायिक सेवा अभियान सामेल छन्।
*****
MPS/TWB