पोस्ट गरियो:
15 NOV 2026 2:59PM by PIB Gangtok
नयाँ दिल्ली, 15 नोभेम्बर 2026।
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज महाराष्ट्रको गढचिरौलीमा आयोजित जनजातीय गौरव दिवस कार्यक्रममा भिडियो कन्फरेन्सिङको माध्यमद्वारा भाग लिँदै ₹3,000 करोड लागत बराबरका 246 विकासीय योजनाहरूको उद्घाटनका साथै शिलान्यास गरे। धरती आबा भगवान बिरसा मुण्डाको 151 जयन्तीमा उपस्थित जनभेलालाई सम्बोधित गर्दै प्रधानमन्त्रीले देशभरीका नागरिकलाई “जोहर”को अभिवादनका साथ भगवान बिरसा मुण्डाप्रति नमन गर्दै, राष्ट्रले आफ्ना जनजाति नायक अनि नायिकाहरूको स्मरण गरिरहँदा, राष्ट्रव्यापी उत्सवले जनजाति समुदायको गौरव अनि चिरस्थायी प्रेरणा प्रतिबिम्बित गर्ने उल्लेख गरे। रघोजी भाङ्ग्रे, भागोजी नायक अनि वीर बाबूराव शेडमाकेको वीर गाथासित सम्बन्धित समृद्ध जनजाति संस्कृतिको भूमि रहेको महाराष्ट्रको गढचिरौलीमा भव्य आयोजन प्रकाश पार्दै उनले जनजाति योद्धाहरूप्रति नमन गरे। “देशभरी यस कार्यक्रममा भाग लिने सबै राज्यपाल, मुख्यमन्त्री, उप-मुख्यमन्त्री अनि सबै जनप्रतिनिधिलाई म अभिनन्दन टक्राउन चाहन्छु,” श्री मोदीले भने।
15 नोभेम्बर 2021 मा शुरु गरिएको जनजातीय दिवस पालन गर्ने चलनको उल्लेख गर्दै यो राष्ट्रिय उत्सवमा परिणत भएको र गत वर्ष भगवान बिरसा मुण्डाको 150 औं जयन्तीमा दुई लाख कार्यक्रमका साथ करोडौं नागरिकले भाग लिएको उनले बताए। “आज भारतले स्वदेशी स्वाभिमानका साथ आफ्नो विरासत, आफ्नो इतिहास अनि आफ्ना वीरहरूलाई स्मरण गरिरहेको छ, जुन हाम्रो राष्ट्रिय चेतनामा आएको व्यापक रूपान्तरणको प्रतीक हो,” पीएम श्री मोदीले बताए।
जनजाति समुदायले कसरी निरन्तर रूपमा औपनिवेशिक अन्यायका विरुद्ध आवाज उठाएका थिए भन्ने स्मरण गर्दै, खासी पाहाडमा तिरोट सिंहको सङ्घर्ष, छोटा नागपुरमा कोल आन्दोलन तथा सिडो-कान्हुको नेतृत्त्वमा सन्थाल क्रान्तिदेखि लिएर मानगढमा गोविन्द गुरुका अनुयायीहरूको बलिदान तथा रानी गाइडिनलियु, ताँत्या भील, अल्लुरी सीतारामा राजु अनि रानी दुर्गावतिको साहसको उल्लेखका साथ प्रधानमन्त्रीले यी स्वतन्त्रता आन्दोलनको सर्वव्यापी विरासत प्रकाश पारे। “यी सबै गाथाका साथ, भगवान बिरसा मुण्डाको उलगुलान अनि कलिलो उमेरमा उनको सङ्घर्ष आज पनि करोडौं देशवासीको निम्ति ठूलो प्रेरणास्रोत बनेको छ,” श्री मोदीले उल्लेख गरे।
जनजातीय गौरव दिवसको अवसरमा विभिन्न राज्यमा ₹3,000 करोड बराबर लागतको 170 जनजाति विकास परियोजनाको उद्घाटन अनि 70 भन्दा धेरै परियोजनाको शिलान्यासबारे प्रकाश पार्दै, प्रधानमन्त्रीले मिजोरममा स्वतन्त्रता सेनानी रोपुइलियानीमाथि समर्पित सङ्ग्रहालय अनि अरुणाचल प्रदेशमा जनजाति अनुसन्धान संस्थान लगायत शैक्षिक संस्थान, स्वास्थ्य स्याहार, जनजाति उत्पाद विपणन केन्द्र अनि ग्रामीण पूर्वाधार कामहरूको उद्घाटनबारे उल्लेख गर्दै, पीएम श्री मोदीले “म यी सबै परियोजनाका लागि देशलाई हार्दिक बधाई दिन चाहन्छु,” भनी बताए।
यस वर्षको उत्सव सँगसँगै, 50 करोडभन्दा धेरै नागरिकले चरम गरीबीलाई परास्त गरेको तथा भारतले नक्सलवाद अनि माओवाद आतङ्कबाट मुक्ति पाएको दुई ऐतिहासिक राष्ट्रिय उपलब्धि व्यापक चर्चाको विषय बनेको उल्लेख गर्दै, प्रधानमन्त्रीले जनजाति क्षेत्रका लागि दुवै उपलब्धि महत्त्वपूर्ण रहेको कुरामाथि जोड दिए। “यी दुवै उपलब्धि हाम्रा जनजाति भाइ-बहिनीहरूको जीवनसँग गहिरो रूपमा सम्बन्धित छ,” पीएम श्री मोदीले भने।
विगत 12 देखि 13 वर्षको अवधिमा करिब 50 करोड भारतीयले चरम गरीबीबाट मुक्ति पाएको विश्व ब्याङ्कको हालैको प्रतिवेदनको उल्लेख गर्दै, प्रधानमन्त्रीले यसलाई स्वतन्त्रतापछिको यो सबैभन्दा ठूलो उपलब्धि रहेको तथा यसलाई सिङ्गो सरकारले मात्र नभएर समाजको सामूहिक शक्ति, प्रत्येक नागरिकको कडा मेहनत अनि लक्षित केन्द्रिय जनजाति कल्याण योजना तथा निर्णयहरूको प्रतिफल रहेको बताए। “यस उपलब्धिका लागि, म सबै देशवासी, र विशेष गरी मेरा जनजाति भाइ-बहिनीहरूलाई हार्दिक बधाई दिन चाहन्छु,” पीएम श्री मोदीले बताए।
लाखौं लाख नागरिकले गरीबीबाट मुक्ति पाउनुलाई दसकौंसम्म विकासबाट वञ्चितहरूलाई प्राथमिकता दिने दृढ सङ्कल्प पूरा भएको उल्लेख गर्दै, सरकारले पीएम-जनमान योजना अनि धरती आबा जनजातीय ग्राम उत्कर्ष योजनाका लागि लाखौं-करोड रुपियाँ आबन्टित गर्दै, बुनियादी आवश्यकताहरूसम्म नपुगेका अति पछौटे जनजाति क्षेत्रमा सरकारले पूर्णशक्ति तैनाथ गरेको प्रधानमन्त्रीले बताए। “हाम्रो प्रयास स्वतन्त्रतापछि सबैभन्दा ढिलो गरी सुविधाहरू पुगेका परिवारहरूसम्म अब सबैभन्दा तेज गतिले सुविधा पुग्नुपर्नेछ भन्ने हाम्रो प्रयास थियो,” श्री मोदीले दाबी गर्दै भने।
गरीबहरूका लागि चार करोडभन्दा धेरै पक्का घरको निर्माण, स्वतन्त्रतापछि दसकौंसम्म अँध्यारोमा रहेका 18,000 भन्दा धेरै गाउँको बिजुलीकरण, आयुष्मान भारत अन्तर्गत पाँच लाख रुपियाँसम्मको निःशुल्क चिकित्सा सुविधा, स्वास्थ्य स्याहारलाई सुदूर जनजाति इलाकासम्म पुऱ्याउने 1.75 लाखभन्दा धेरै आयुष्मान आरोग्य मन्दिरको स्थापनासहित वञ्चित वर्गलाई प्राथमिकता दिने सरकारको प्रतिबद्धताबारे विस्तार गर्दै, प्रधानमन्त्रीले ग्रामीण स्वच्छता अभियानको प्रभावबारे पनि प्रकाश पारे। “गरीब परिवारले जब शौचालय पाए अनि स्वच्छता सुविधा बढ्यो, अनेकौं रोगको जोखिम पनि घटेर गयो,” पीएम श्री मोदीले बताए।
गरीबी उन्मूलन गर्न गरीब परिवारको निम्ति आमदानीका अवसरहरू विस्तार गर्न आवश्यक रहेको कुरामाथि बल दिँदै, गरीब, दलित, पछौटेवर्ग अनि जनजाति समुदायलाई लाभ पुऱ्याउने मुद्रा योजना अन्तर्गत लाखौं करोड रुपियाँ धरौटीमुक्त ऋणका रूपमा वितरण गरिएको प्रधानमन्त्रीले जानकारी दिए। “यसको माध्यमद्वारा उनीहरूभित्र अघि बढ्ने नयाँ आत्मविश्वास जागेको थियो,” श्री मोदीले उल्लेख गरे।
विकासको सन्दर्भमा धेरै पछि परेका क्षेत्रहरूमा लक्षित हस्तक्षेप लगायत 100 भन्दा धेरै आकाङ्क्षी जिल्ला अनि धेरै ठूलो जनजाति जनसङ्ख्या भएका 500 भन्दा धेरै खण्डमा विशेष अभियानसहित पीएम-कृषि धन-धान्य योजना अन्तर्गत कृषक, गरीब परिवार अनि जनजाति समुदायका लागि नयाँ अवसरहरू सिर्जना गर्न 100 कृषिमा पछि परेका जिल्लामा केन्द्रिय अभियानबारे प्रकाश पार्दै, प्रधानमन्त्रीले सामूहिक प्रयासको रूपन्तरणकारी शक्ति रेखाङ्कित गरे। यी सामूहिक प्रयासका साथै सबैको साथ, सबैको विकासको मन्त्रले देशका गरीबहरूमा नयाँ आत्मविश्वास जगाएको छ र करोडौं गरीबले गरीबीलाई परास्त गरी यसलाई प्रदर्शित गरेका छन्,“ पीएम श्री मोदीले दाबी गरे।
गढचिरौली लगायत अन्य जनजाति इलाकामा जनजाति समुदायलाई सबैभऩ्दा धेरै क्षति पुऱ्याउने नक्सलवादबाट मुक्ति पाउनुको राष्ट्रको दोस्रो व्यापक उपलब्धिको चर्चा गर्दै, करिब 125 वटा जिल्ला नक्सलवादबाट प्रभावित रहेको र प्रत्येक वर्ष सयौं हिंसक घटनाले हजारौंको सङ्ख्यामा, अधिकांश रूपमा निर्दोष जनजाति भाइ-बहिनीहरूको ज्यान लिने गरेको प्रधानमन्त्रीले उल्लेख गरे। आज नक्सलवादको अन्त्यसँगै, आमा अनि नवसुरक्षित दिदी-बहिनीहरूले सरकारलाई आशीर्वाद दिइरहेको र कुनै समय आफ्नो बाल्यकाल खोसिएका युवाहरूले शिक्षा अनि रोजगारको अवसर पाउन थालेको उल्लेख गर्दै, केही दिनअघि मात्र, कुनै समय मानिसहरू जान डराउने क्षेत्र रहेको छत्तीसगढको बस्तरमा सरक्षा बलसँग दिवाली मनाएको प्रधानमन्त्रीले स्मरण गरे। “गढचिरौलीसहित पहिलेको नक्सल प्रभावित इलाकाहरूमा, यसपटक दिवालीमा, माटोको दीयोका साथ, आशाको प्रकाश जनमानससम्म पुगेको छ,” श्री मोदीले उल्लेख गरे।
भारतको प्रगतिमा जनजाति समुदायको उत्साहपूर्ण योगदानको उल्लेख सँगसँगै राष्ट्रको सर्वोच्च पदमा जनजाति समुदायकी छोरी आसीन रहेको बताउँदै, प्रधानमन्त्रीले यो राष्ट्रको सामूहिक गौरव रहेको बताए। “हामी सबै राष्ट्रपति श्रीमति द्रौपदी मुर्मूजीप्रति गर्व गर्दछौं,” श्री मोदीले भने।
जनजातीय गौरव दिवसको शुभकामना व्यक्त गर्दै आफ्नो सम्बोधन समापनमा प्रधानमन्त्रीले नागरिकहरूलाई भगवान बिरसा मुण्डाको जीवनबाट प्रेरणा लिन आह्वान जनाए। “आज हामीले भगवान बिरसा मुण्डाबाट प्रेरणा लिए, हामीले विकसित भारतको सपना पूरा गर्न अरू धेरै ऊर्जा निवेश गर्नेछौं,” श्री मोदीले दाबी गरे।
********
MPS/TWB