पोस्ट गरियो:
04 NOV 2026 2:53PM by PIB Gangtok
नयाँ दिल्ली, 04 नोभेम्बर, 2026:
प्रधानमन्त्री नरेन्द्र मोदीले 5 नोभेम्बर 2026 मा अपराह्न 4:30 बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा एशियन पारा गेम्स 2026 मा सहभागी भारतीय खेलाड़ीहरूसँग अन्तरक्रिया गर्नेछन्। यस अवसरमा उनले उपस्थित सभालाई सम्बोधनसमेत गर्नेछन्।
यस वर्ष जापानको आइची–नागोयामा आयोजित एशियन पारा गेम्समा भारतले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेको थियो। प्रतियोगितामा 97 जना भारतीय पारा खेलाड़ीले कुल 114 पदक जितेका थिए। जसमा 30 स्वर्ण, 35 रजत र 49 कांस्य पदक रहेका छन्।
कार्यक्रममा खेलाड़ीहरू, प्रशिक्षकहरू, भारतीय पारालम्पिक समिति तथा भारतीय ओलम्पिक सङ्घका अधिकारीहरू, राष्ट्रिय खेल महासङ्घका प्रतिनिधिहरूका साथै युवा मामिला तथा खेलकुद मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहनेछ।
******
MPS/TWB