पोस्ट गरियो:
03 NOV 2026 8:38AM by PIB Gangtok
नयाँ दिल्ली, 03 नोभेम्बर 2026
भारत सरकारको कानून तथा न्याय मन्त्रालय, न्याय विभागले 4 नोभेम्बर 2026 (बुधबार) दिउँसो २:०० बजेदेखि हल नम्बर ५, विज्ञान भवन, मौलाना आजाद रोड, नयाँ दिल्लीमा "ई-फाइलिङ 3.0: प्रक्रियाबाट अभ्याससम्म" सम्बन्धी कार्यशाला आयोजना गर्दैछ। यो कार्यशाला ईकोर्ट्स मिशन मोड परियोजना अन्तर्गतको एक पहल हो। यसको उद्देश्य सरकारी अधिकारीहरूलाई ईफाइलिङ 3.0 प्लेटफर्मसँग परिचित गराउनु हो, साथै यो प्रविधि मार्फत न्याय प्राप्तिको प्रक्रियालाई सरल र सहज बनाउने विभागको निरन्तर प्रयासहरूको हिस्सा हो।
कार्यक्रममा कानून तथा न्याय मन्त्रालयका माननीय राज्यमन्त्री (स्वतन्त्र प्रभार) अर्जुन राम मेघवालको उपस्थिति रहनेछ। भारतको सर्वोच्च अदालतको ई-कमिटीका सदस्यहरू पनि उपस्थित हुने अपेक्षा गरिएको छ।
कार्यशालामा राष्ट्रिय सूचना विज्ञान केन्द्र (एनआईसी) द्वारा सञ्चालन गरिने प्राविधिक सत्रहरू समावेश हुनेछन्, जसमा निम्न विषयहरू समावेश रहने छन्:
• ई-कोर्टको कार्यप्रणाली: ई-कोर्ट परियोजना अन्तर्गत आवेदनहरू र सेवाहरूको सिंहावलोकन;
• ई-कोर्ट एकल साइन-अन (एसएसओ) र ई-कोर्ट सेवाहरू मोबाइल एप;
• ई-फाइलिङ 3.0: यसका विशेषता र कार्यहरू, जसमा सरकारी वकिलहरू र सरकारी विभागहरूलाई उपलब्ध सुविधाहरू पनि समावेश छन्; अनि
• सहभागी अधिकारीहरूसँग खुला छलफल।
ई-कोर्ट परियोजनाको तेस्रो चरणको उद्देश्य अदालतहरूलाई पूर्ण रूपमा डिजिटल र कागजरहित बनाउनु अनि नागरिक-केन्द्रित न्यायिक ई-सेवाहरू प्रदान गर्नु हो। यस चरणमा अन्य व्यवस्थाहरूका अतिरिक्त सबै अदालतहरूमा ई-फाइलिङ प्रणालीलाई व्यापक प्रयोग गर्ने लक्ष्य राखेको छ। सरकारी मन्त्रालय र विभागहरू, तीसित सम्बद्ध र मातहत कार्यालयहरू, स्वायत्त र नियामक निकायहरू र सार्वजनिक क्षेत्रका उपक्रमहरूले मुद्दामामिलाहरू दायर गर्ने कार्यमा उल्लेखनीय हिस्सा ओगटेका छन्। तिनीहरूले व्यापक रूपमा ई-फाइलिङ प्रणाली अपनाउँदा कार्यदक्षतामा सुधार आउने र अदालतका भौतिक प्रक्रियाहरूमा निर्भरता घट्नेछ। यस उद्देश्यका लागि तोकिएका अधिकारीहरूलाई आवश्यक व्यावहारिक ज्ञान प्रदान गर्नु यस कार्यशालाको उद्देश्य हो।
यस कार्यक्रमले डिजिटल, कागजरहित र नागरिककेन्द्रित न्याय प्रणालीप्रति अनि न्यायिक प्रक्रियामा प्रविधिको संस्थागत प्रयोगलाई सुदृढ बनाउने भारत सरकारको प्रतिबद्धतालाई दर्शाउँछ।
********
MPS/TWB