पोस्ट गरियो:
02 NOV 2026 12:17PM by PIB Gangtok
नयाँ दिल्ली, 2 नोभेम्बर, 2026
उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभाग (डीपीआईआईटी) ले आफ्ना संलग्न तथा मातहतका कार्यालयहरूसहित प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभाग (डीएआरपीजी) को मार्गदर्शनमा विशेष अभियान ६ सञ्चालन गरिरहेको छ। यस अभियानको उद्देश्य कार्यालयहरूमा स्वच्छतालाई संस्थागत गर्नुका साथै कार्यालयहरूमा थाँती रहेका कामकाजहरूलाई कम गर्नु हो।
अभियानको कार्यान्वयन चरणमा डीपीआईआईटी -ले विभिन्न मापदण्डहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ। प्रधानमन्त्री कार्यालय (पीएमओ), मन्त्रिपरिषद्, संसद् सदस्यहरू, राज्य सरकारहरू तथा सार्वजनिक गुनासो र तीसम्बन्धी अपीलबाट प्राप्त सबै प्रकारका विचाराधीन सन्दर्भहरू पहिचान गरी तिनको समयमै र प्रभावकारी रूपमा समाधान गर्न व्यवस्थित ढङ्गले काम गरिएको छ।
अक्टोबर २८, २०२६ सम्ममा डीपीआईआईटी-ले प्रधानमन्त्री कार्यालयबाट प्राप्त ५० प्रतिशतभन्दा बढी सन्दर्भहरू, मन्त्रिपरिषद्/अन्तरमन्त्रीस्तरीय समिति (आईएमसी) तथा राज्य सरकारहरूबाट प्राप्त करिब ७५ प्रतिशत सन्दर्भहरू, ९९ प्रतिशतभन्दा बढी सार्वजनिक गुनासोहरू र ८० प्रतिशतभन्दा बढी सार्वजनिक गुनासोसम्बन्धी अपीलहरू समाधान गरेको छ। साथै, अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रयासस्वरूप पहिचान गरिएका करिब ८३ प्रतिशत ई-फाइलहरू बन्द गरिएका छन्। यी पहलहरूले कार्यालयको सरसफाइ कायम राख्न तथा अधिकारी र कर्मचारीहरूका लागि समग्र कार्य वातावरण सुधार गर्न योगदान पुर्याएका छन्।
विशेष अभियान ६ को तयारी चरण १५ देखि ३० सेप्टेम्बर २०२६ सम्म सञ्चालन गरिएको थियो भने यसको कार्यान्वयन चरण २ देखि ३१ अक्टोबर २०२६ सम्म सञ्चालन गरिएको थियो। यस अभियानले सरकारी अधिकारीहरूमा सरसफाइको महत्त्व, प्रभावकारी अभिलेख व्यवस्थापन तथा थाँती रहेका कामहरू तोकिएको म्यादभित्रै समाधान गर्ने विषयमा चेतना बढाउन मदत गरेको छ। डीपीआईआईटी आफ्ना संलग्न तथा मातहतका कार्यालयहरूमा स्वच्छतालाई संस्थागत गर्न र विचाराधीन कामको चाप घटाउन प्रतिबद्ध छ। यसबाट स्वच्छ, अझ प्रभावकारी र उत्तरदायी कार्य वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
******
MPS/TWB