मन्त्रीमण्डल
मन्त्रीमण्डलद्वारा प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई उनको 25 वर्षको निरन्तर, अखण्ड नेतृत्त्वका लागि बधाई दिन प्रस्ताव पारित
पोस्ट गरियो:
06 OCT 2026 3:50PM by PIB Gangtok
केन्द्रिय मन्त्रीमण्डलद्वारा आज प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई सरकारको मुखियाका रूपमा 25 वर्षसम्म निरन्तर नेतृत्त्व पूरा गरेवापत् बधाई दिन प्रस्ताव पारित गरियो। यो मात्र एउटा औपचारिक सम्मानभन्दा बढी राष्ट्र प्रथम अनि नागरिक प्रथमको सिद्धान्तद्वारा निर्देशित प्रधानमन्त्री मोदीको असाधारण यात्राको उत्सव हो। गुजरातमा तीनपटक पाएको प्रचण्ड जनादेश अनि लगातार तीन लोकसभा चुनाउमा प्राप्त समर्थनबाट प्रधानमन्त्री नरेन्द्र मोदीमाथि जनताको अटूट विश्वास झल्किन्छ।
यी दस प्रमुख विशेषताले गुजरातमा उनको नेतृत्त्व अनि भारतमा उनको नेतृत्त्वलाई जोड्ने अखण्ड सूत्रलाई दर्शाउँछ।
- गुजरातदेखि भारतसम्म विकासको दृष्टिकोणको विस्तार
यस प्रस्तावमा प्रधानमन्त्री मोदीले कसरी गुजरातको सफल पहललाई राष्ट्रिय स्तरमा पुऱ्याए भन्ने बताइएको छ। स्वागत (एसडब्लुएजीएटी) पहलको माध्यमद्वारा उनले व्यक्तिगत रूपमा नागरिकहरूको गुनासो सुने, र यसलाई 2010 मा संयुक्त राष्ट्र लोक सेवा पुरस्कार प्राप्त भएको थियो। पछि यसै पहलले प्रगतिलाई (पीआरएजीएटीआइ) प्रेरित गरेको थियो, जसले सरकारलाई एक साथ लिएर रोकिएका परियोजनाहरूको समीक्षा गर्न, बाधाहरू हटाउन र त्यसलाई पूरा गर्नका लागि तेजी ल्याउन काम गरेको थियो। यसै गरी, कृषिका लागि ज्योतिग्रामको अलगत विद्युत लाइन राष्ट्रिय दृष्टिकोण बन्यो, जसबाट गुजरातको अनुभव सम्पूर्ण भारतमा विस्तार भयो।
- गरीबहरूप्रति करुणाले व्यापक स्तरमा सम्मानको रूप लियो
प्रधानमन्त्री मोदीको गरीबप्रतिको संवेदनशीलता उनकी आमाको दैनन्दिनको कठिनाईसँग जुझ्दै गरेको देख्नु र यात्राहरूका समय अभावको सामना गर्नुबाट विकसित भएको हो। यस प्रस्तावले यी अनुभवहरूलाई घर, पानी, ब्याङ्किङ अनि स्वास्थ्य सेवाहरू उपलब्ध गराउने कार्यक्रमहरूलाई जोड्दछ। करिब 60 करोड जनधन खाता, 4 करोडभन्दा धेरै घर अनि 25 करोड जनमानसलाई गरीबीबाट बाहिर निकाल्नुले कसरी व्यक्तिगत बुझाई सार्वजनिक कार्वाहीमा परिणत गरियो, जसबाट परिवारहरूले सम्मान पाए भन्ने दर्शाउँछ।
- सशक्तिकरणद्वारा समाजको सबै क्षेत्रमा अवसर खोलियो
यस प्रस्तावमा प्रधानमन्त्रीको मानिसहरूका लागि आफ्नो भविष्य सुधार्न सहायता गर्ने सङ्कल्प स्पष्ट रूपमा झल्किन्छ। करिब 3.5 करोड महिला लखपति दिदी बने भने अऱ्कातिर नारीशक्ति वन्दन अधिनियम अन्तर्गत महिलाहरूका लागि आरक्षणको प्रावधान गरिएको छ। स्टार्टअप, कौशल विकास अनि शिक्षा सम्बन्धी सुधारले युवाहरूका लागि अवसर विस्तार गरिएको छ। पीएम-किसान योजना अन्तर्गत 4 लाख करोडभन्दा धेरै धनराशि हस्तान्तरण गरियो भने पीएम-जनमन योजनाले विशेष रूपमा कमजोर आदिवासी समुदायहरूलाई लक्षित सहायता प्रदान गरिरहेको छ, जसबाट ऐतिहासिक रूपमा पछि परेका समुदायसम्म विकास विस्तार भएको छ।
- सुधारप्रति अटूट प्रतिबद्धता
यस प्रस्तावमा राजनीतिक जोखिम भए तापनि सुधारहरूलाई अघि बढाउने प्रधानमन्त्री मोदीको तत्परतामाथि विशेष बल दिइएको छ। जीएसटी, कल्याणकारी वितरणा सुधार अनि औपनिवेशिक कानुनहरूको प्रतिस्थापन दीर्घकालिक चुनौचीहरूलाई सम्बोधित गर्ने दृढ सङ्कल्पलाई दर्शाउँछ। स्वच्छता, डिजिटल भुक्तानी अनि स्थानीय उत्पादहरूमाथि उनीको अपीलले नागरिकहरूलाई परिवर्तनका लागि प्रेरित गऱ्यो। सुधार उनको नेतृत्त्वको निरन्तर प्रतिबद्धताका रूपमा उदाएको छ, जसबाट विश्वास, जनभागीदारी अनि राष्ट्रिय उद्देश्यले बल पाएको छ।
- आत्मनिर्भर भारतको आधारशिलाको निर्माण
प्रधानमन्त्री नोदीको नेतृत्त्वमा सार्वजनिक पूँजीगत व्यय ₹2 लाख करोडबाट बढेर ₹12 लाख करोडभन्दा धेरै भएको छ। साथै राजमार्गहरूको विस्तार अनि रेलवेको विद्युतिकरण पनि भएको छ। ईलेक्ट्रनिक्स उत्पादन करिब ₹2 लाख करोडबाट बढेर ₹13 लाख करोडभन्दा धेरै पुगेको छ। रक्षा उत्पादन अनि सेमीकण्डक्टर विनिर्माणले भारतको आवश्यकता पूरा गर्ने क्षमतालाई सुदृढ बनाउने उनको दृढ सङ्कल्पलाई दर्शाउँछ।
- प्रौद्योगिकीदेखि नागरिकहरूको सेवा र राष्ट्रिय महत्त्वकाङ्क्षाको विस्तार
प्रधानमन्त्रीको प्रौद्योगिकीमाथि विश्वासलले दैनन्दिनका सेवा अनि वैज्ञानिक क्षेत्रमा हासिल उपलब्धिहरूबाट स्पष्ट हुँदछ। जनधन, आधार अनि मोबाइल सम्पर्कले कल्याणकारी योजनाहरूको वितरणमा सुधार भएको छ भने युपीआइले भुक्तानी प्रणालीको कायाकल्प गरेको छ। भारतमा कोभिड-19 को टीका विकसित गर्नु र चन्द्रयान-3 लाई चन्द्रमाको दक्षिणी ध्रुवनजिक उतार्नुले, प्रधानमन्त्री मोदीको वैज्ञानिक रूपमा सक्षम, स्वावलम्बी अनि आत्मनिर्भर भारतको दृष्टिकोणलाई दर्शाउँछ। निजी क्षेत्रको अन्तरिक्ष सम्बन्धी मामिलामा भागीदारी अनि कृत्रिम बुद्धिमत्ता, क्वान्टम प्रौद्योगिकी अनि जैव प्रौद्योगिकीको क्षेत्रमा भइरहेका कार्यले प्रौद्योगिकी जीवनलाई उत्तम बनाउँदै राष्ट्रिय सम्भावनाहरूको विस्तार गर्ने सङ्कल्पमा उल्लेखित यस दृष्टिकोणलाई अघि बढाउँदछ।
- उथुल-पुथुल भरिएको समयमा दृढ नेतृत्त्व
यस प्रस्तावमा वैश्विक उथुल-पुथुलको समय भारतलाई दिशा दिने प्रधानमन्त्री मोदीको क्षमतालाई उजागर गरेको छ। कोभिड-19 को समय उनले देशलाई एकजुट गरे, स्वदेशी टीकाको विकासलाई समर्थन गरे अनि त्वरित टीकाकरण सम्भव बनाए। पश्चिम एशियामा सङ्कटका समय लिइएका निर्णय अनि ऊर्जा सुरक्षा सम्बन्धी उपायहरूले भारतलाई व्यवधानहरू सामना मद्दत गरेको छ। उनको नेतृत्त्वले वर्षौंदेखि विकसित क्षमताका साथसाथै तत्काल प्रतिक्रियाहरूलाई सामेल गरेको छ, जसबाट देशले कठिन समयमा सामर्थ्यका साथ आत्मविश्वास हासिल गरेको छ।
- निर्णायक नेतृत्त्वबाट शान्ति अनि आत्मविश्वास सुनिश्चित
2016 को सर्जिकल स्ट्राइक, 2019 को बालाकोट हवाई आक्रमण अनि 2025 को अपरेशन सिन्दूरले प्रधानमन्त्री मोदीको नेतृत्त्वमा स्थापित राष्ट्रिय सुरक्षाको रणनीतिक सीमालाई दर्शाउँछ। प्रस्तावमा धारा 370 हटाउनु, एक ऱ्याङ्क-एक पेन्सन, र चीफ अव् डिफेन्स स्टाफको पद सिर्जनालाई साथमा राखिएको छ। माओवादी आतङ्कवाद विरुद्ध कार्वाही अनि पूर्वोत्तरमा शान्ति प्रयासहरूबाट यस्तो नेतृत्त्व उजागर हुन्छ, जसले राष्ट्रिय सङ्कल्पलाई विकास, स्थिरता अनि जनविश्वासका साथ जोड्दछ।
- विश्व मञ्चमा भारतको प्रभाव अनि महत्त्व बढिरहेको छ
यस प्रस्तावमा भारतको बढ्दो प्रतिष्ठालाई प्रधानमन्त्री मोदीको विभिन्न मतभेद भए तापनि सहयोग स्थापित गर्ने क्षमतालाई जोडिएको छ। जी-20 अनि ब्रिक्स सम्मेलनमा सर्वसम्मतिको निर्माण, विकासशील अनि पछाडिएका देशहरूको पक्षको समर्थनका साथै अफ्रिकी सङ्घलाई जी-20 मा सामेल गर्नुले उनको कूटनीतिक नेतृत्त्वलाई दर्शाउँछ। भ्याक्सिन मैत्री अभियानले भारतको क्षमता अरूका लागि कसरी उपयोगी हुनसक्दछ भन्ने सिद्ध गरेको छ। 36 देशबाट प्राप्त सम्मानले प्रधानमन्त्री मोदीलाई प्राप्त अन्तरराष्ट्रिय सम्मान अनि साझा समाधानमा भारतको बढ्दो प्रभाव अनि योगदानलाई रेखाङ्कित गर्दछ।
10. प्रगतिलाई विरासत अनि उत्तरदायित्त्वबाट शक्ति प्राप्त
प्रधानमन्त्री मोदीको दूरदृष्टिले विकास, सांस्कृतिक आत्मविश्वास अनि पर्यावरणीय उत्तरदायित्त्वलाई एक साथ जोड्दछ। जलवायु परिवर्तन सम्बन्धी कार्यहरूमा गुजरातको समर्पित विभागदेखि लिएर नविकरणीय ऊर्जा विस्तार अनि अन्तरराष्ट्रिय साझेदारीहरूसम्म प्रगति भएको छ। योग, श्रीअन्न, काशी विश्वनाथ धाम अनि रामललाको प्रतिमाको स्थापनाले भारतको आफ्नो विरासतसित सम्बन्धनलाई अझ बल प्रदान गर्दछ। यस प्रस्तावले 2047 सम्म समृद्ध, आत्मनिर्भर अनि विकसित भारतको सामूहिक प्रयासको उनको दूरदृष्टिप्रति नवप्रवर्तित प्रतिबद्धतालाई दर्शाउँछ।
Please Click here to see the Union Cabinet Resolution in Hindi
Please Click here to see the Union Cabinet Resolution in (English)
*****
MPS/TWB
(रिलिज आईडी: 2320146)
आगन्तुक काउन्टर : 3
मा यो विज्ञप्ति पढ्नुहोस्:
Telugu
,
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Assamese
,
Manipuri
,
Bengali
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Kannada
,
Malayalam