प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले सरकारको १२ वर्ष विश्वास, विकास र जनकल्याणमा समर्पित रहेको कुरा प्रकाश पारे


प्रविष्टि तिथि: 09 JUN 2026 10:30AM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज सरकारको पछिल्ला १२ वर्ष विश्वास, विकास र जनकल्याणमा समर्पित रहेको बताए। प्रधानमन्त्रीले १४० करोड़ देशवासीको आशीर्वाद र राष्ट्र प्रथमको भावनाले युवा, महिला र किसान दाजुभाइ दिदीबहिनीहरूलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखिएको उल्लेख गरे।

श्री मोदीले भने अनुसार यो अथक प्रयासको परिणाम हो कि आज देशले बुनियादी ढाँचादेखि लिएर डिजिटल क्रान्तिसम्म विश्वभर नयाँ पहिचान प्राप्त गरेको छ। विकसित भारतको संकल्पलाई साकार पार्न, प्रधानमन्त्रीले सरकार सेवा, सुशासन र समृद्धिको यस मार्गमा अगाडि बढ्न जारी रहने कुरा पुष्टि गरे।

प्रधानमन्त्रीले X मा पोस्ट गरेका छन्:

"हाम्रो सरकारको पछिल्ला १२ वर्ष विश्वास, विकास र जनकल्याणमा समर्पित छ। १४0 करोड़ देशवासीको आशीर्वाद र राष्ट्र प्रथमको भावनाले हामीले युवा, महिला र हाम्रा किसान दाजुभाइ दिदीबहिनीहरूलाई सशक्त बनाउन कुनै कसर बाँकी राखेका छैनौं। यो हाम्रो अथक प्रयासको परिणाम हो कि आज बुनियादी ढाँचादेखि लिएर डिजिटल क्रान्तिसम्म, देशले विश्वभर नयाँ पहिचान प्राप्त गरेको छ। विकसित भारतको संकल्पलाई साकार पार्न, हामी सेवा, सुशासन र समृद्धिको यो मार्गमा अगाडि बढिरहनेछौं।"

#12YearsOfSeva"

*******

टीडब्ल्यूबी


(रिलीज़ आईडी: 2270627) आगंतुक पटल : 9
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , हिन्दी , Marathi , Bengali , Manipuri , Assamese , Gujarati , Telugu , Kannada , Malayalam