PIB Headquarters
azadi ka amrit mahotsav

वन्दे मातरमको १५० वर्ष


एउटा धुन जसले लियो आन्दोलनको रूप

Posted On: 06 NOV 2025 4:25PM by PIB Gangtok

मुख्‍य बुँदाहरू

  • १९५० मा संविधआन सभाले यसलाई भारतको राष्ट्रिय गीतको रूपमा अप्नायो।
  • शुरूमा वन्दे मातरमको रचना स्वतन्त्र रूप मा गरिएको थियो अनि पछिबाट यसलाई बंकिम चन्द्र चट्टर्जीको उपन्यास “आनन्दमठ” ( 1882 मा प्रकाशित) मा सामेल गरियो।
  • यसलाई पहिलोपल्ट १८९६ मा कलकत्तामा कांग्रेस अधिवेशनमा रवीन्द्रनाथ ठाकुरले गाएका थिए।
  • रानजनैतिक नाराको रूपमा पहिलोपल्ट बन्दे मानतरमको प्रयोग ७ अगस्त १९०५ मा गरिएको थियो।

परिचय

यस वर्ष, ७ नोभेम्बर २०२५ को दिन भारतको राष्ट्रिय गीत बन्दे मातरम- जसको अर्थ हो “आमा म तपाईलाई प्रणाम गर्दछु” – को १५० औं वर्षगाँठ हो। यो रचनाले, अमर राष्ट्रगीतको रूपमा स्वतन्त्रता सेनानीहरू अनि राष्ट्र निर्माताहरूको अनगन्ती पिढ़ीहरूलाई प्रेरित गरिरहेको छ अनि यो भारतको राष्ट्रिय पहिचान  अनि सामूहिक भावनाको चिरस्थायी प्रतीक पनि हो। ‘वन्दे मातरम’ पहिलोपल्ट साहित्यिक पत्रिका बंगदर्शनमा 7 नोभम्बर १८७५ मा प्रकाशित भएको थियो। पछिबाट बङ्किमचन्द्र चट्टर्जीले यसलाई आफ्नो अमर उपन्यास “आनन्दमठ” मा सामेल गरे, जुन १८८२  मा प्रकाशित भएको थियो।  रविन्द्रनाथ ठाकुरले यसलाई संगीतवद्ध गरेका थिए। यो देशको सभ्यता, राजनैतिक अनि सांस्कृतिक चेतनाको अभिन्न अंग बनिसकेको छ। यस महत्वपूर्ण अवसरलाई मनाउन सबै भारतीयहरूको लागि एकता, बलिदान अनि भक्तिको त्यस शाश्वत सन्देशलाई फेरि दोहोऱ्याउने अवसर हो, जो वन्दे मातरममा समाहित छ।

ऐतिहासिक पृष्‍ठभूमि

वन्दे मातरमको महत्वलाई बुझ्नको लागि, यसको ऐतिहासिक पृष्ठभूमिलाई बुझ्न जरूरी छ। यो एउटा यस्तो मार्ग हो, जसले साहित्य, राष्ट्रवाद अनि भारतको स्वतन्त्रता संग्रामलाई जोड़दछ। यो स्तुति गान एउटा कवितादेखि राष्ट्रीय गीतसम्म बन्ने यात्रा, औपनिवेशक शासन विरूद्ध भारतको सामूहिक जागृतिको उदाहरण हो।

  • यो गीत पहिलोपल्ट १८७५ मा प्रकाशित भएको थियो। यो तथ्यको पुष्टि श्री अरबिन्दोद्वारा १६ अप्रेल १९०७ को अंग्रेजी दैनिक ‘बन्दे मातरम’ मा लेखिएको एउटा लेखबाट हुदछ, जसमा यस कुराको उल्लेख छ कि बङ्किमले आफ्नो प्रसिद्ध गीतको रचना बत्तीस वर्ष पहिला गरेका थिए। उनले भनेका छन् कि त्यस समय यसलाई एकदमै कम मानिसहरूले सुनेका थिए, तर लामो समयको भ्रमबाट जागृत हुने समयमा, बंगालका मानिसहरूले सत्यको खोजी गरिरहेका थिए अनि त्यसै समय कसैले “वन्दे मातरम” गाएका थिए। 
  • पुस्‍तकको रूपमा प्रकाशित हुनभन्दा अघि, आनन्दमठ बंगला मासिक पत्रिका 'बंगदर्शन'  मा धारावाहिकको रूपमा प्रकाशित भएको थियो, जसको संस्थापक सम्पाकद बङ्किम थिए।  
  • वन्दे मातरम गीत मार्च-अप्रैल १८८१ को अंकमा उपन्यसको धारावाहिकको पहिलो भागको रूपमा प्रखाशित भएको थियो।
  • १९०७ मा मैडम, भीकाजी कामाले पहिलोपल्ट भारत बाहिर स्टटगार्ट, बर्लिनमा तिरंगा झण्डा फहराएकी थिइन्। त्यसै झण्डामा वन्दे मातरम लेखिएको थियो।

आनन्द मठ अनि देशभक्तिको धर्म

उपन्यास आनन्द मठको मुख्य कथा सन्तान नामक संन्यासीहरूको समूह वरिपरि घुम्छ, जसको अर्थ “सन्तानहरू” अर्थात् बच्चाहरू हो। उनीहरूले आफ्नो मातृभूमिको सेवामा जीवन समर्पित गर्छन्। उनीहरूले मातृभूमिलाई आमाको रूपमा पूज्छन्। उनीहरूको भक्ति, सम्पूर्ण रूपमा आफ्नो जन्मभूमिप्रति केन्द्रित हुँदछ। “वन्दे मातरम” भन्ने गीत आनन्द मठ का सन्तानहरूले गाउने गीत हो। यो गीत आनन्द मठ को केन्द्रीय विषय “देशभक्तिको धर्म” को प्रतीक थियो। जुन आनन्द मठको मुख्य विषय थियो।

उनीहरूको मन्दिरमा, मातृभूमिको प्रतीकका रूपमा माताको तीन रूपहरूको मूर्ति स्थापना गरिएको थियो। पहिलो, गौरवशाली र भव्य महानता बोकेकी।  दोस्रो, दुःखमा परेकी, धूलोमा लोतपोति भएकी र तेस्रो, आफ्नो प्रारम्भिक गौरवमा पुनः प्रतिष्ठित हुने माता। श्री अरविन्दका शब्दहरूमा — “उनको दर्शनकी आमा भिखारीको कटोरो होइन, तर आफ्ना चौध करोड़ हातहरूमा धारिलो तलवार धारण गरेकी थिइन्।”

बङ्किमचन्द्र चट्टर्जी

बङ्किमचन्द्र चट्टर्जी(१८३८–१८९४), वन्दे मातरम् का लेखक, उन्नाइसौं शताब्दीको बंगालका एक प्रमुख व्यक्तित्वहरू मध्ये एक थिए। उन्नाइसौं शताब्दीको बंगालको बौद्धिक र साहित्यिक इतिहासमा उनको महत्वपूर्ण भूमिका रहेको छ। एक प्रतिष्ठित उपन्यासकार, कवि र निबन्धकारको रूपमा, उनको योगदानले आधुनिक बंगाली गद्यको विकास र उदाउँदै गरेको भारतीय राष्ट्रियतावादको अभिव्यक्तिमा महत्वपूर्ण प्रभाव पारेको छ।

उनको उल्लेखनीय कृतिहरू, जस्तै आनन्दमठ (१८८२), दुर्गेशनन्दिनी (१८६५), कपलकुंडला (१८६६), र देवी चौधुरानी (१८८४), उपनिवेशित समाजको सामाजिक, सांस्कृतिक र नैतिक चिन्ताहरूलाई प्रतिबिम्बित गर्दछन्, जसले आत्म पहिचानका लागि संघर्ष गरिरहेको थियो।

वन्दे मातरमको रचना राष्ट्रिय विचारधारामा एउटा महत्वपूर्ण माइलस्टोनको रूपमा मानिन्छ, जसले मातृभूमिप्रति भक्ति र आध्यात्मिक आदर्शवादको एकता दर्शाउँदछ। आफ्नो लेखनमार्फत्, बङ्किमचन्द्र चट्टर्जीले केवल बंगाली साहित्यलाई समृद्ध मात्र गरेनन्, तर भारतको प्रारम्भिक राष्ट्रिय आन्दोलनका लागि आधारभूत वैचारिक सिद्धान्तहरू पनि स्थापित गरे। वन्दे मातरममा उनले मातृभूमिलाई आमाको मूर्त रूप दिएका छन्।

वन्दे मातरम् – प्रतिरोधको गीत

अक्टोबर १९०५ मा, उत्तर कलकत्तामा बन्दे मातरम सम्प्रदाय स्थापना गरिएको थियो, जसको उद्देश्य मातृभूमिको विचारलाई एक मिशन र धार्मिक उत्साहको रूपमा प्रवर्धन गर्नु थियो। प्रत्येक आइतवार, समाजका सदस्यहरू प्रभात फेरीमा निस्कन्थे, “वन्दे मातरम” गाउँदै मातृभूमिको समर्थनमा जनताबाट स्वेच्छिक योगदान संकलन गर्दथे । कहिले कहीं रबिन्द्रनाथ ठाकुर पनि सम्प्रदायका प्रभात फेरीमा सहभागी हुन्थे।

२० मे १९०६ मा, बारीसाल (हालको बंगलादेश) मा, एक अभूतपूर्व वन्दे मातरम जुलुस सम्पन्न भयो, जसमा दश हजारभन्दा बढ़ी मानिसहरू सहभागी थिए। हिन्दू र मुस्लिम दुवै समुदायले शहरको मुख्य सड़कहरूमा वन्दे मातरम झण्डा बोकेर मार्च गरे।

अगस्त १९०६ मा, बन्दे मातरम नामक अंग्रेजी दैनिक पत्रिका बिपिन चन्द्र पालको सम्पादनमा शुरू गरियो र पछि श्री अरविन्दो संयुक्त सम्पादकका रूपमा सामेल भए। यसको तीव्र र प्रभावकारी सम्पादकीय मार्फत, यो पत्रिका भारतको जागरणको शक्तिशाली साधन बनेको थियो, जसले आत्मनिर्भरता, एकता, र राजनीतिक चेतनाको सन्देश सम्पूर्ण भारतमा फैलायो। राष्ट्रियताको सन्देश निडरताका साथ प्रचार गर्दै, उपनिवेशवादी दमनमाथि उठ्न युवाहरुलाई प्रेरित गर्दै, बन्दे मातरम दैनिकले राष्ट्रिय विचारधारालाई अभिव्यक्त गर्ने र जनमतलाई सक्रिय गर्ने प्रमुख मञ्चको रूपमा काम गऱ्यो।

वन्दे मातरम गीत र नारा दुवैको रूपमा बढ्दो प्रभावबाट चकित भई, ब्रिटिश प्रशासनले यसको प्रसार रोक्न कड़ा कदमहरू उठायो। नयाँ निर्माण गरिएको पूर्वी बंगाल प्रान्तको सरकारले विद्यालय र कलेजहरूमा वन्दे मातरम् गाउन वा उच्चारण गर्न निषेध गर्ने परिपत्र जारी गऱ्यो। शैक्षिक संस्थाहरूलाई मान्यता खारेज हुने चेतावनी दिइयो, र राजनीतिक आन्दोलनमा सहभागी हुने विद्यार्थीहरूलाई सरकारी सेवाबाट बहिष्कार गरिने धम्की दिइयो।

नोभेम्बर १९०५ मा, बंगालको रंगपुरस्थित एक विद्यालयका २०० विद्यार्थीहरूले वन्दे मातरम उच्चारण गरेको अपराधमा हरेक विद्यार्थीलाई ५ रूपैयाँ जरिमाना लगाइयो। रंगपुरमा, विभाजन विरोधी प्रमुख नेताहरुलाई विशेष सुरक्षाकर्मीको रूपमा काम गर्न र वन्दे मातरम उच्चारण रोक्न निर्देशन दिइयो। नोभेम्बर १९०६ मा, महाराष्ट्रको ढुलियामा आयोजित एक व्यापक उपस्थित बैठकमा वन्दे मातरमको उद्घोष गरिएको थियो। १९०८ मा, कर्नाटकको बेलगाममा, जब लोकमान्य तिलकलाई बर्माको मण्डलेमा निर्वासन गरिन लागेको दिन, प्रहरीले धेरै केटाहरूलाई कुटपिट गऱ्यो र वन्दे मातरम उच्चारण गरेको भन्दै धेरै व्यक्तिहरूलाई गिरफ्तार गऱ्यो, जबकि यसलाई रोक्ने मौखिक आदेश जारी गरिएको थियो।

पुनरुत्थानवादी राष्ट्रवादको लागि युद्धघोष

गीत वन्दे मातरम भारतको स्वतन्त्रता संघर्षको प्रतीक बनेको थियो, जसले आत्म-शासनको सामूहिक आकांक्षा र जनतासित मातृभूमिको भावनात्मक सम्बन्धलाई समेटेको थियो। शुरूमा स्वदेशी र विभाजन विरोधी आन्दोलनका अवधि लोकप्रिय बनेको यस गीतले चाँड़ै क्षेत्रीय सीमा पार गर्दै राष्ट्रिय जागरणको गीतको रूपमा काम गर्‍यो। बंगालका सड़कहरूबाट बम्बईको केन्द्र र पन्जाबका मैदानसम्म, वन्दे मातरमको उद्घोष उपनिवेशवादी शासनको विरोधको प्रतीकको रूपमा गुञ्जिएको थियो। ब्रिटिशहरूले यसलाई रोक्ने प्रयास गरेपनि, यसले मात्र यसको देशभक्ति महत्वलाई बढ़ायो, र यसले जाति, धर्म र भाषाभन्दा माथि व्यक्तिहरूलाई एकताबद्ध गर्ने नैतिक शक्ति बन्यो। नेताहरू, विद्यार्थीहरू र क्रान्तिकारीहरूले यसको श्लोकबाट प्रेरणा लिए, राजनीतिक सभा, प्रदर्शन तथा जेल जान अघि यसलाई उच्चारण गर्थे। यस रचनाले केवल अवज्ञाका कार्यहरूलाई प्रेरित मात्र गरेन, यसले आन्दोलनमा सांस्कृतिक गर्व र आध्यात्मिक उत्साह पनि भरेको थियो, जसले भारतको स्वतन्त्रतामा पुग्ने मार्गका लागि भावनात्मक आधार तयार गऱ्यो।

“वन्दे मातरम” उन्नाइसौं शताब्दीको अन्त्य र बीसौं शताब्दीको शुरूवातमा उदाउँदो भारतीय राष्ट्रवाद जुटाउने नाराको रूपमा अघि आयो।

  • १८९६ मा कांग्रेसको अधिवेशनमा रबिन्द्रनाथ ठाकुरले वन्दे मातरम गाएका थिए।

१९०५ का दिनहरूमा, बंगालमा विभाजन विरोधी र स्वदेशी आन्दोलनका बेला, वन्दे मातरम गीत र नाराको आकर्षण अत्यन्त शक्तिशाली भएको थियो।

  • त्यसै वर्ष भारतीय राष्ट्रिय कांग्रेसको वाराणसी अधिवेशनमा, वन्दे मातरम गीतलाई सम्पूर्ण भारतका अवसरहरूको लागि अपनाइएको थियो।

राजनीतिक नाराको रूपमा वन्दे मातरमको सबैभन्दा पहिला प्रयोग ७ अगस्त १९०५ मा भएको थियो, जब सबै समुदायका हजारौं छात्रहरूले कलकत्ता (कोलकाता) मा टाउन हलतर्फ जुलूस निकाल्दै वन्दे मातरम अनि अरू नाराहरूद्वारा वातावरण गुञ्जमान बनाएका थिए। त्यहाँ एउटा ठूलो ऐतिहासिक सभामा, विदेशी सामानहरूलाई बहिष्कार अनि स्वदेशी अपनाउने प्रसिद्ध प्रस्तावलाई पास गरिएको थियो, जसले बंगालको विभाजन विरूद्ध आन्दोलनको संकेत दियो। यसपछि बंगालमा जुन घटनाहरू भए, त्यसले सम्पूर्ण देशमा जोश भरि दियो।

अप्रैल १९०६ मा, नयाँ स्थापना गरिएको पूर्वी बंगाल प्रान्तको बारीसालस्थित बंगाल प्रान्तीय सम्मेलनको अवधि, ब्रिटिश अधिकारीहरूले सार्वजनिक रूपमा वन्दे मातरम् उच्चारण गर्न प्रतिबन्ध लगाए र अन्ततः सम्मेलन नै रोक्ने निर्णय गरे। आदेशको उल्लंघन गर्दै, प्रतिनिधिहरूले नारा जारी राखे र त्यसका लागि पुलिसको कड़ा सहनु पऱ्यो।

मई १९०७ मा, लाहोरमा, युवाहरूको एक समूहले उपनिवेशवादी आदेशको विरोध गर्दै पैदल यात्रा गरे र रावलपिन्डीमा स्वदेशी नेताहरूको पक्राउको विरोधमा वन्दे मातरमा नाराको उद्घोष गरे। प्रदर्शनलाई पुलिसको क्रूर दमनको सामना गर्नु परेको थियो तर युवाहरूको निडर नाराले देशभरि फैलिँदो प्रतिरोधको बढ्दो भावना झल्कायो।

२७ फरवरी १९०८ मा, तामिलनाडुको टुटिकोरिनस्थित कोरल मिल्सका लगभग एक हजार कामदारहरूले स्वदेशी स्टीम नेभिगेशन कम्पनीसंग एकता जनाउँदै र अधिकारीहरूले लिएका दमनकारी कदमहरूको विरोधमा हड्ताल थाले। उनीहरूले राति अबेरसम्म सड़कहरूमा मार्च गर्दै वन्दे मातरम नाराको उद्घोष गरे, जुन विरोध र देशभक्तिको प्रतीक थियो।

जुन १९०८ मा, लोकमान्य तिलकको मुद्दाको सुनुवाईको क्रममा बम्बई पुलिस अदालत बाहिर हजारौं मानिसहरू जम्मा भए, बलियो एकताको प्रदर्शन स्वरूप वन्दे मातरम गाइरहेका थिए। पछि, २१ जुन १९१४ मा, तिलकको रिहाइको अवसरमा पुणेमा उनलाई भव्य स्वागत गरिएको थियो, जहाँ भीड़ले उनी बसिसकेपछि पनि लामो समयसम्म वन्दे मातरम को उद्घोष गरिरह्यो।

विदेशमा भारतीय क्रान्तिकारीहरूमा प्रभाव

  • १९०७ मा, म्याडम भिकाजी कामाले पहिलो पटक भारत बाहिर स्टटगार्ट, बर्लिनमा तिरंगा झण्डा फहराइन्। झण्डामा वन्दे मातरम शब्द लेखिएको थियो।
  • १७ अगस्त १९०९ मा, जब मदन लाल ढिंग्रालाई इंग्ल्याण्डमा फाँसी दिइएको थियो, फाँसी लगाउनुअघि उनका अन्तिम शब्दहरू “बन्दे मातरम” थियो।
  • १९०९ मा, पेरिसमा रहेका भारतीय देशभक्तहरूले जेनेभाबाट बन्दे मातरम नामक पत्रिकाको प्रकाशन शुरू गरे।
  • अक्टोबर १९१२ मा, जब गोपाल कृष्ण गोखले दक्षिण अफ्रिकाको केप टाउन आइपुगे, उनलाई भव्य जुलुसको साथ वन्दे मातरमको उद्घोष गर्दै स्वागत गरिएको थियो।

राष्ट्रिय दर्जा

संविधान सभामा जन गण मन र वन्दे मातरम दुवैलाई राष्ट्रिय दर्जाको रूपमा अपनाउने विषयमा पूर्ण एकमत थियो, र यसबारे कुनै बहस भएन। २४ जनवरी १९५० मा, डा. राजेन्द्र प्रसादले संविधान सभालाई सम्बोधन गर्दै भने कि वन्दे मातरमले स्वतन्त्रता आन्दोलनमा खेलेको महत्वपूर्ण भूमिकाका कारण, यसले राष्ट्रिय गान जन गण मन जस्तै दर्जा पाउनुपर्छ र समान सम्मान पाउनुपर्छ, उनले भने, “एउटा विषय छ जुन छलफलको लागि थाँतीमा छ, अर्थात् राष्ट्रिय गानको प्रश्न। कहिले काँही सोचेको थियो कि यो विषय सभाको अगाडि ल्याइयोस् र सभाले प्रस्तावमार्फत निर्णय लियोस्। तर यस्तो महसुस गरिएको छ कि प्रस्तावमार्फत औपचारिक निर्णय लिनुको सट्टा, राष्ट्रिय गानको सम्बन्धमा मैले बयान दिनु राम्रो हुनेछ। त्यसअनुसार म यो बयान दिन्छु।

शब्द र संगीत मिलेर बनेको जन गण मन भारतको राष्ट्रिय गान हो, र आवश्यकता अनुसार सरकारले अनुमति दिने शब्दमा परिमार्जनको अधीन हुनेछ; र वन्दे मातरम, जसले भारतीय स्वतन्त्रताको संघर्षमा ऐतिहासिक भूमिका खेलेको छ, त्यसलाई जन गण मनसंग समान सम्मान दिइनेछ र त्यसको बराबरी स्थिति हुनेछ। (थप्पड़ीको आवाज)। मलाई आशा छ कि यसले सभाका सदस्यहरूलाई सन्तुष्ट पार्नेछ।”

उनको बयानलाई स्वीकृति दिइयो र रबिन्द्रनाथ ठाकुरको जन-गण-मन स्वतन्त्र भारतको राष्ट्रिय गानको रूपमा अपनाइयो, भने बङ्किमको वन्दे मातरम राष्ट्रिय गीतको रूपमा अपनाइयो र जन-गण-मन संगै यसले समान दर्जा प्राप्त गऱ्यो।

 १५० वर्ष पूरा हुने अवसरमा वन्दे मातरम स्मरण

राष्ट्रले वन्दे मातरमका १५० वर्ष मनाउँदै गर्दा, भारतभरि स्मरण गतिविधिहरू यसको एकता, प्रतिरोध र राष्ट्रिय गर्वको गीतको रूपमा दीर्घकालीन योगदानलाई सम्मान गर्नको लागि आयोजना गरिएको छ। संस्थाहरू, सांस्कृतिक निकायहरू र शैक्षिक केन्द्रहरूले सेमिनार, प्रदर्शनी, सङ्गीत प्रस्तुति, र सार्वजनिक पाठको आयोजना गर्दै गीतको ऐतिहासिक र सांस्कृतिक महत्वलाई पुनः अवलोकन गरिरहेका छन्।

भारत सरकारले यसलाई चार चरणमा स्मरण गर्नेछ।

७ नोभेम्बर २०२५ मा

  • स्मरण समारोहको राष्ट्रिय स्तरको उद्घाटन कार्यक्रम दिल्ली (इन्दिरा गान्धी स्टेडियम) मा आयोजना गरिनेछ।
  • ७ नोभेम्बरसम्म देशभरि वीआईपी कार्यक्रमहरू व्यापक जन सहभागितासहित तहसील स्तरसम्म आयोजना गरिनेछ।
  • राष्ट्रिय कार्यक्रममा स्मरण स्ट्याम्प र सिक्का जारी गरिनेछ।
  • वन्दे मातरमको इतिहासमा आधारित प्रदर्शनी आयोजना गरिनेछ र लघु फिल्म प्रदर्शन गरिनेछ।
  • स्ट्याम्प र सिक्का जारी गरेको फिल्महरू हरेक आधिकारिक कार्यक्रममा देखाइनेछ।
  • कार्यक्रमका फोटो र भिडियोहरू अभियानको वेबसाइटमा अपलोड गरिनेछ।
  • राष्ट्रिय स्तरमा, कार्यक्रममा देशभरिका प्रमुख गायकहरूले वन्दे मातरमको विभिन्न रूपान्तरण प्रस्तुत गर्नेछन्।

वर्षभरिका गतिविधिहरू

  • अखिल भारतीय रेडियो, दूरदर्शन र एफएम रेडियोमार्फत विशेष कार्यक्रमहरू आयोजना गरिनेछन्।
  • पीआईबीले टियर २ र ३ का शहरहरूमा वन्दे मातरम सम्बन्धि प्यानल चर्चा र संवादहरू आयोजना गर्नेछ।
  • सम्पूर्ण विश्वभरिका भारतीय मिसन र पोस्टहरूमा वन्दे मातरमको उत्साहप्रति समर्पित सांस्कृतिक साँझ आयोजना गरिनेछ।
  • वन्दे मातरमको उत्साहप्रति समर्पित एक वैश्विक सङ्गीत महोत्सव आयोजना गरिनेछ।
  • वन्दे मातरम: मातृभूमिलाई सलाम – वृक्षारोपण अभियानहरू सञ्चालन गरिनेछन्।
  • राजमार्गहरूमा देशभक्ति मूर्तचित्रहरू सिर्जना गरी प्रदर्शन गरिनेछ।
  • अडियो सन्देश र विशेष घोषणाहरू गरिनेछ। रेलवे स्टेशन र हवाई अड्डामा एलईडी प्रदर्शनमार्फत वन्दे मातरम सम्बन्धि जानकारी दिइनेछ।

 

विशेष गतिविधिहरू

  • वन्दे मातरमका विभिन्न पक्षहरू, बङ्किमचन्द्र चट्टर्जीको जीवनकथा, स्वतन्त्रता संघर्षमा वन्दे मातरमको भूमिका, र भारतको इतिहास सम्बन्धि हरेक १ मिनेटका २५ फिल्महरू बनाइनेछन् र सामाजिक सञ्जालमार्फत प्रचार गरिनेछ।
  • देशभक्तिको ऊर्जा प्रवाह गर्न, वन्दे मातरम अभियान र हर घर तिरंगा अभियानलाई एकैसाथ मनाइनेछ।

यी पहलहरूले केवल बङ्किमचन्द्र चट्टर्जीको कालजयी सिर्जनालाई श्रद्धाञ्जली दिने मात्र होइन, स्वतन्त्रता संघर्षका समयमका पिढ़ीलाई प्रेरित गर्न यसले निर्वाह गरेको भूमिकालाई पनि उजागर गर्दछ। यी उत्सवहरूको माध्यमबाट वन्दे मातरमको भावना आधुनिक भारतका लागि पुनर्व्याख्या गरिँदैछ। राष्ट्रको गौरवशाली अतीतलाई एकता, आत्मनिर्भरता, र सांस्कृतिक रूपमा समृद्ध भविष्यप्रति आकांक्षासंग जोड़दैछ।

निष्कर्ष

वन्दे मातरमका १५० वर्षको स्मरणले भारतको राष्ट्रिय पहिचानको विकासमा यस गीतको गहिरो ऐतिहासिक र सांस्कृतिक महत्वलाई जोड़ दिएको छ। उन्नाइसौं शताब्दीको अन्त्यतिरको बौद्धिक र साहित्यिक परिवेशबाट उदाउँदा, वन्दे मातरमले आफ्नो साहित्यिक मूललाई पार गर्दै उपनिवेश विरोधी प्रतिरोध र सामूहिक आकांक्षाको शक्तिशाली प्रतीकको रूपमा विकास पायो। वर्तमान स्मरण समारोहले केवल बङ्किमचन्द्र चट्टोपाध्यायको दृष्टिकोणको दीर्घकालीन सान्दर्भिकतालाई पुनः पुष्टि गरेको मात्र होइन, आधुनिक भारतमा राष्ट्रियता, एकता, र सांस्कृतिक आत्मसचेतनाको बहसमा यस गीतले निर्वाह गरेको भूमिकामा नयाँ प्रतिबिम्बलाई  निमन्त्रणा पनि दिंदछ।

स्रोतहरू:

सांस्कृतिक मन्त्रालय

https://indianculture.gov.in/digital-district-repository/district-repository/vande-mataram-nationalist-artwork

https://knowindia.india.gov.in/national-identity-elements/national-song.php

https://www.abhilekh-patal.in/Category/Search/QuerySearch?query=vande%20mataram

https://indianculture.gov.in/node/2820573

https://amritkaal.nic.in/vande-mataram

पत्र सूचना कार्यालय:

पीआईबी अभिलेख

https://static.pib.gov.in/WriteReadData/specificdocs/documents/2024/nov/doc20241125450301.pdf

https://www.pib.gov.in/newsite/erelcontent.aspx?relid=11804

********

एमपीएस/टीडब्ल्यूबी


(Release ID: 2187314) Visitor Counter : 5