वस्त्र मन्त्रालय
azadi ka amrit mahotsav

केन्द्रीय कपड़ा मन्त्री श्री गिरिराज सिंहद्वारा 11 औं राष्ट्रीय हतकर्घा दिवसमा भारतको हतकर्घा बुनाई उत्कृष्टतालाई सम्मान


कपड़ा क्षेत्र अहिले देशको दोस्रो ठूलो राजगार सृजना गर्ने क्षेत्रको रूपमा उदाएको छ- गिरिराज सिंह

केन्द्रीय मन्त्रीले देशभरिका युवाहरूमाझ लोकप्रिय हुने समकालीन हतकर्घा उत्पादनहरू निर्माण गर्ने डिजाइनरहरू र बुनकरहरूलाई सहकार्य गर्ने आग्रह गरे

Posted On: 07 AUG 2025 6:14PM by PIB Gangtok

केन्द्रीय कपड़ा मन्त्री श्री गिरिराज सिंहले आज नयाँ दिल्लीमा 11 औं राष्ट्रीय हतकर्घा दिवस उद्घाटन गर्नका साथै प्रतिष्ठित हतकर्घा पुरस्कारहरू प्रदान गरे।  विदेश मामिला तथा कपड़ा राज्यमन्त्री श्री पवित्र मारघेरिटा, उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण राज्य मन्त्री श्रीमती निमुबेन जयन्तीभाई बामभानिया, सांसद श्रीमती कंगना रनावत, कपड़ा सचिव श्रीमती नीलम शामी राव, अतिरिक्त सचिव श्री रोहित कंसल, डीसी हतकर्घा डा. एम बीणा, विभिन्न निर्वाचन क्षेत्रका सांसदगण अनि मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।  

समारोहमा विदेशी खरीदकर्ता, प्रतिष्ठित व्यक्तित्वहरू, निर्यातकर्ताहरू तथा देशभरिबाट लगभग 650 बुनकरहरू उपस्थित रहेका थिए। समारोहको प्रमुख आकर्षण भारतको बुनाइ परम्पराको संरक्षण, नवीनता र उत्कृष्टतामा योगदान पुऱ्याउने 24 जना उत्कृष्ट कुशल बुनकरहरूलाई प्रतिष्ठित सन्त कबीर र राष्ट्रीय हतकर्घा पुरस्कार प्रदान गर्नु रहेको थियो। जसमा 6 जना महिला र एकजना दिव्याङ्ग शिल्पी पनि सामेल थिए।

समारोहलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री श्री गिरिराज सिंहले भारतको आर्थिक परिदृश्यमा कपड़ा क्षेत्रको बढ़दो महत्वमाथि प्रकाश पारे। उनले यो क्षेत्र अहिले देशमा रोजगार सृजना गर्ने दोस्रो ठूलो क्षेत्रको रूपमा अघि आएको उल्लेख गर्दै राष्ट्रीय हतकर्घा पुरस्कार विजेताहरू सबैलाई हार्दिक बधाई दिए।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको “आत्मनिर्भर भारत” दृष्टिकोणलाई दोहोऱ्याउँदै, मन्त्रीले हतकर्घा क्षेत्रमा उद्यमशीलताको प्रवर्द्धन गर्न आवश्यक रहेको बताए। उनले विशेषग गरी बुनकरहरू र साना उद्यमीहरूलाई सशक्त बनाउन मुद्रा योजना जस्ता योजनाहरूको उपयोग गर्नुपर्ने कुरामा जोड़ दिए। श्री सिंहले उत्पादन विवधिकरण, रामी र लिनन जस्ता प्राकृतिक रेशा प्रवर्द्धन तथा देशभरि रहेका 797 हतकर्घा समूहहरूमार्फत दोस्रो पुस्ताका हतकर्घा उद्यमीहरूलाई समर्थन गर्नुपर्ने कुरामा पनि जोड़ दिए।

यसै अवसरमा केन्द्रीय मन्त्रीले सरकारले स्वदेशी डिजाइनहरूको संरक्षणका निम्ति कृत्रिम बुद्धिमता (एआई) र ब्लकचेन जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोगमार्फत काम गरिरहेको जानकारी दिए। जसमार्फत भारतीय बुनकर तथा डिजाइनरहरूको बौद्धिक सम्पत्ति अधिकारको संरक्षण सुनिश्चित गरिने उनले बताए। श्री गिरिरराज सिंहले युवा पुस्तालाई हतकर्घा उद्योगसंग सक्रिय रूपमा संलग्न हुने आह्वान गर्दै, डिजाइनर र बुनकरहरूबिच सहकार्य गरी देशभरिका युवाहरूलाई आकर्षित गर्न आधुनिक हतकर्घा उत्पादनहरू विकास गर्ने आग्रह गरे। केन्द्रीय मन्त्रीले सम्पूर्ण नागरिकहरूलाई कम्तिमा पनि हप्तामा एक पटक हतकर्घाबाट बनेको वस्त्र लगाउने आह्वान गर्दै भारतीय हस्तकला र बुनाइ परम्पराको संरक्षण संवर्द्धनमा साथ दिने अपील पनि गरे।

कपड़ा राज्यमन्त्री श्री पवित्र मारघरेटाले भने कि यस वर्षको राष्ट्रीय हतकर्घा दिवस स्वदेशी आन्दोलनप्रति एउटा श्रद्धाञ्जलीको रूपमा रहेको छ, जहाँ हातले बुनेका कपड़ाहरू प्रतिरोध, गर्व र पहिचानको प्रतीक बनेको छ। उनले प्रधानमन्त्रीको “भोकल फर लोकल” र “स्थानीयबाट विश्वव्यापी” दृष्टिकोण अहिले एउटा जीवित यथार्थमा रूपान्तरण हुँदै गएको उल्लेख गरे। यसका साथै उनले केन्द्रीय मन्त्री श्री गिरिराज सिंहको मार्गदर्शनमा कपड़ा मन्त्रालयले हतकर्घा क्षेत्रमा नयाँ युगको वृद्धि र अभिनवको शुरूवात गरिरहेको बताए। श्री मारघरेटाले हतकर्घा मार्क र हतकर्घा ब्राण्ड जस्ता पहलहरूमाथि प्रकाश पार्दै यसले भारतीय हतकर्घा कपड़ाहरूलाई दिगोपनको विश्वव्यापी प्रतीकहरूमा रूपान्तरण गरिरहेको बताए।

कार्यक्रमपछि गणमान्य वक्तिहरूलाई पुरस्कृत हतकर्घा प्रदर्शनीहरूको भ्रमण गराइयो, जसमा भारतीय बुनाईको विविध कलात्मकता अनि क्षेत्रीय समृद्धिको प्रदर्शन गरिएको थियो।  

यस समारोहमा निम्न विशेष कार्यक्रमहरू पनि समावेश थिए:

  • एनआईएफटी मुम्बईद्वारा हतकर्घा उत्कृष्टतामाथि तयार गरिएको “कफी टेबल बुक” को विमोचन।
  • पुरस्कार प्राप्त हतकर्घा उत्पादहरूको विशेष प्रदर्शनी।
  • हतकर्घा योजनाहरू सम्बन्धि जानकारी प्रदान गर्न सहायता डेस्क।
  • “वस्त्र वेद-भारतको हतकर्घा” सम्पदा शिर्षकमा एउटा फेशन शो।
  • हतकर्घा सम्बन्धि विशेषरूपमा तयार गरिएका चलचित्रहरूको शुभारम्भ।

राष्ट्रीय हतकर्घा दिवसको बारेमा

राष्ट्रीय हतकर्घा दिवस, 1905 मा शुरू भएको स्वदेशी आन्दोलनको सम्झना गर्दै प्रत्येक वर्ष 7 अगस्तको दिन मनाइन्छ। जुन आन्दोलनले स्वदेशी उत्पादहरूको प्रयोगलाई प्रोत्साहन दियो अनि हतकर्घा उद्योगलाई बढ़ावा दियो। प्रथम राष्ट्रीय हतकर्घा दिवसको उद्घाटन भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 2015 मा चेन्नईमा गरेका थिए।

हतकर्घा क्षेत्रले भारतभरि 35 लाखभन्दा अधिक मानिसहरूलाई रोजगार प्रदान गर्दै आएको छ, जसमा 70% भन्दा बढ़ी महिलाहरू छन्। यो क्षेत्र दिगो जीविकोपार्जन, महिला सशक्तिकरण र पर्यावरणमैत्री उत्पादको महत्वपूर्ण श्रोत रहेको छ। साथै यसले भारतको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण पनि गर्दै आएको छ।

यस वर्षको समारोहले देशभरिका बुनकर, शिल्पकार, डिजाइनरहरू, आईआईएचटी र एनआईएफटीका विद्यार्थीहरू, हस्तकर्घा ह्याकाथन विजेताहरू, निर्यातकर्ताहरू, विदेशी खरीदकर्ताहरू, वरिष्ठ सरकारी अधिकारीहरू, र अन्य सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्यायो जसले भारतको समृद्ध सांस्कृतिक सम्पदा र उज्जवल भविष्यको आधारको रूपमा यो क्षेत्रको भूमिकालाई पुन पुष्टि गऱ्यो।

*********


(Release ID: 2154023)