प्रधानमन्त्रीको कार्यालय
आज नारीशक्तिले सक्रिय रूपमा विकसित भारतको सङ्कल्पमा भाग लिँदै विविध क्षेत्रमा उदाहरण पेश गरिरहेका छन् : प्रधानमन्त्री
विगत 11 वर्षमा, एनडीए सरकारले महिलाको नेतृत्त्वमा विकासलाई पुनः परिभाषित गरेको छ : पीएम
स्वच्छ भारतको माध्यमद्वारा मर्यादा सुनिश्चित गर्नुदेखि लिएर जनधन खाता मार्फत् वित्तीय समावेशन जस्ता विभिन्न पहल हाम्रा नारीशक्तिलाई सशक्त बनाउनमा केन्द्रित छन् : पीएम
Posted On:
08 JUN 2025 11:14AM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले विगत 11 वर्षमा महिलाको नेतृत्त्वमा विकासमाथि सरकारले ध्यान केन्द्रित गरेको तथ्य रेखाङ्कित गर्दै विकसित भारततर्फको यात्रामा महिलाहरूले खेलेको रूपान्तरणकारी भूमिका प्रकाश पारेका छन्।
“हाम्रा आमा, दिदी-बहिनी अनि छोरीहरूले प्रत्येक कदममा कठिनाईको सामना गर्नुपर्ने समय पनि देखेका छन्। तर आज उनीहरूले विकसित भारतको सङ्कल्पमा सक्रिय रूपमा भाग मात्र नलिएर, शिक्षादेखि कारोबारसम्म प्रत्येक क्षेत्रमा उदाहरण पनि प्रस्तुत गरिरहेका छन्,” प्रधानमन्त्रीले भनेका छन्। विगत 11 वर्षमा नारीशक्तिको सफलता प्रत्येक नागरिकका लागि गर्वको विषय रहेको पनि प्रधानमन्त्रीले बताएका छन्।
कैयौं प्रभावशाली पहलको माध्यमद्वारा महिलाको नेतृत्त्वमा विकासलाई एनडीए सरकारले पुनः परिभाषित गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्। यसमा स्वच्छ भारत अभियानको माध्यमद्वारा मर्यादा सुनिश्चित गर्नदेखि लिएर जनधन खातामार्फत् वित्तीय समावेशन तथा तृणमूल स्तरमा सशक्तिकरण सामेल छन्।
उज्ज्वला योजनालाई कोशेढुङ्गा रहेको उल्लेख गर्दै यसले अनेकौं घरमा धूवाँरहित भान्साघर ल्याएको बताएका छन्। मुद्रा ऋणले लाखौं महिलालाई उद्यमी बन्न समर्थ बनाउँदै स्वतन्त्र रूपमा आफ्नो सपना साकार बनाउन सक्षम बनाएको उनले आलोकित गरेका छन्। पीएम आवास योजना अन्तर्गत महिलाको नाममा घरको प्रावधानले उनीहरूमा सुरक्षा अनि सशक्तिकरकणको भावना जागृत गराउँदै उल्लेखनीय प्रभाव पारेको पनि उनले बताएका छन्।
बेटी बचाओ, बेटी पढाओ अभियानको स्मरण गर्दै उनले छोरीहरूको सुरक्षाका लागि यो राष्ट्रिय अभियान रहेको उल्लेख गरेका छन्।
विज्ञान, शिक्षा, खेलकूद, स्टार्टअप अनि सशस्त्र बल लगायतका सबै क्षेत्रमा महिलाहरूले उत्कृष्टता हासिल गर्दै कैयौं अन्यलाई प्रेरित गरिरहेको पनि प्रधानमन्त्री मोदीले दाबी गरेका छन्।
प्रधानमन्त्रीले यी टिप्पणीहरू एक्समा क्रमिक पोस्टका साथ साझा गरेका छन् :
“हाम्रा आमा, दिदी-बहिनी अनि छोरीहरूले त्यो समय पनि देखेका छन्, जब उनीहरूले कदम-कदममा कठिनाईको सामना गर्नुपर्थ्यो। तर आज उनीहरूले विकसित भारतको सङ्कल्पमा खुलेर भाग मात्र नलिएर शिक्षा अनि व्यवसायदेखि लिएर हरेक क्षेत्रमा उदाहरण पेश गरिरहेका छन्। बितेका 11 वर्षमा हाम्रा नारीशक्तिको सफलता देशवासीका लागि गौरवान्वित गर्ने प्रकारको छ।”
#11YearsOfSashaktNari"
"विगत 11 वर्षमा एनडीए सरकारले महिलाको नेतृत्त्वमा विकासलाई पुनःपरिभाषित गरेको छ।
स्वच्छ भारत अभियानको माध्यमद्वारा मर्यादा सुनिश्चित गर्नुदेखि लिएर जनधन खातामार्फत् वित्तीय समावेशन जस्ता विभिन्न पहलमा ध्यान ध्यान हाम्रो नारीशक्तिको सशक्तिकरणमाथि केन्द्रित रहेको छ। उज्जवला योजनाले कैयौं घरमा धूवाँरहित भान्साघर ल्याएको छ। मुद्रा ऋणले लाखौं महिला उद्यमीलाई आफ्नो हिसाबको सपना साकार तुल्याउन सक्षम बनाएको छ। पीएम आवास योजना अन्तर्गत महिलाको नाममा घरले पनि उल्लेखनीय प्रभाव ल्याएको छ।
बेटी बचाओ बेटी पढाओ अभियानले छोरीको सुरक्षाका लागि राष्ट्रिय अभियान शुरु गरेको छ।
विज्ञान, शिक्षा, खेलकूद, स्टार्टअप अनि सशस्त्र बल लगायतका सबै क्षेत्रमा महिलाहरूले उत्कृष्टता हासिल गर्दै अनेकौं मानिसलाई प्रेरित गरिरहेको छ।
#11YearsOfSashaktNari"
********
(Release ID: 2134981)