WAVES BANNER 2025
सूचना तथा प्रसारण मन्त्रालय

केन्द्रिय राज्यमन्त्री डा. एल मुरूगनले दक्षिण भारतीय फिल्म सङ्घका साथ परोक्ष बैठक गरे; प्राविधिज्ञ, निर्माता अनि निर्देशकहरूलाई वेभ्स 2025 मा सामेल हुन आग्रह गरे


वेभ्स 2025 को लक्ष्य प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण अनुरूप सबै मिडिया क्षेत्रलाई एकजुट गर्नु हो; केन्द्रिय राज्यमन्त्री डा. मुरूगनले दक्षिण भारतीय फिल्म उद्योगसित जोडदार प्रतिनिधित्त्वको आह्वान गरे

डा. एल मुरूगनले वेभ्स 2025 मा दक्षिण भारतीय फिल्म उद्योगका लागि विशेष मण्डप बनाउन आह्वान गरे, प्रमुख प्रोडक्सन हाउसलाई सामेल गरे

 Posted On: 02 APR 2025 6:47PM |   Location: PIB Gangtok

केन्द्रिय सूचना एवं प्रसारण तथा संसदीय कार्य राज्यमन्त्री डा. एल मुरूगनले तमिल नाडु, केरल, कर्नाटक, तेलङ्गाना अनि आन्ध्र प्रदेशको प्रतिनिधित्त्व गर्ने फिल्म सङ्घका अघिकारीहरूका साथ परोक्ष बैठक गरे। बैठकमा सूचना एवं प्रसारण मन्त्रालयका सचिव सञ्जय जाजू, संयुक्त सचिव (आइपी) सी सेन्थिल राजन अनि संयुक्त सचिव (फिल्म) डा. अजय नागभूषण एमएन पनि सामेल थिए।

वेभ्स 2025 मा दक्षिण भारतीय फिल्म उद्योगको भागीदारी

यो मुख्य चर्चा आगामी प्रथम विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन सम्मेलनको (वेभ्स) प्रगतिमा केन्द्रित थियो, जुन 1 देखि 5 मई, 2025 सम्म आयोजित गरिनेछ। बैठकमा प्राविधिज्ञ, निर्माता, निर्देशक अनि अभिनेताहरू सहित दक्षिण भारतीय फिल्म उद्योगबाट धेरैभन्दा धेरै भागीदारीको आवश्यकतामाथि जोड दिइयो। यसमा प्रमुख प्रोडक्सन हाउसको भागीदारी अनि वेभ्स प्रदर्शनी स्थलमा एउटा समर्पित मण्डप वा बूथ बनाउने विषयमा पनि चर्चा गरियो।

भारतलाई वैश्विक रचनात्मक दिग्गजका रूपमा स्थापित गर्नु

बैठकको समापन गर्दै डा. एल मुरूगनले वेभ्सको उद्देश्य प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण अनुरूप सबै मिडिया क्षेत्रलाई एउटा छातामुनि एकजुट गर्नुरहेको अवगत गराए। यो पहल भारतलाई रचनात्मक उद्योगमा वैश्विक दिग्गजका रूपमा स्थापित गर्ने दिशामा महत्त्वपूर्ण कदम रहेको कुरा उनले दोहोऱ्याए।

वेभ्स 2025 बारे

मिडिया अनि मनोरञ्जन (एम एवं ई) क्षेत्रका लागि महत्त्वपूर्ण आयोजन रहेको प्रथम विश्व श्रव्य-दृश्य एवं मनोरञ्जन शिखर सम्मेलन (वेभ्स), भारत सरकारद्वारा 1 देखि 4 मई, 2025 सम्म महाराष्ट्रको मुम्बईमा आयोजित गरिनेछ।

यस ऐतिहासिक शिखर सम्मेलनले वैश्विक दिग्गज, मिडिया पेशाकर्मी, कलाकार, नीति निर्माता अनि उद्योगका हितधारकहरूलाई एक साथ ल्याउनेछ। यसले डिजिटल युगका चुनौती अनि अवसर दुवै प्रस्तुत गर्दछ। यसमा कृत्रिम बुद्धिमत्ता, स्ट्रीमिङ क्रान्ति, बौद्धिक सम्पदाको अधिकार, गलत सूचना र मिडिया स्थिरता प्रमुख विचारणीय विन्दु रहनेछ। यस प्रकारको पहिलो आयोजनका रूपमा वेभ्स 2025 ले सांस्कृतिक विविधता, नवाचार अनि मिडिया प्लेटफर्मसम्म समान पहुँचलाई बढावा दिँदै यी मुद्दाहरूमाथि विचार गर्नेछ।

विश्वलाई सद्भावको दृष्टिले हेर्दै, वेभ्स 2025 ले सार्थक सम्पर्क, सहयोगात्मक प्रगति अनि सांस्कृतिक एकतालाई प्रेरित गर्ने आकाङ्क्षा राख्दछ। यो सत्र डिजिटल युगमा देशसँग देश, मानिससँग मानिस अनि संस्कृतिसँग संस्कृतिबीच सबैभन्दा व्यापक समन्वित कारकका रूपमा मिडिया अनि मनोरञ्जन उद्योगको भूमिकालाई प्रबल बनाउन एउटा महत्त्वपूण कदम हुनेछ। वेभ्स 2025 ले साझा चिन्ताहरू, मानवतासमक्ष आइपर्ने चुनौती, साझा अवसर, सहयोगात्मक विकास अनि प्रगतिमाथि ध्यान केन्द्रित गरी एकताको शक्तिमाथि जोड दिन्छ। यस दृष्टिकोणले वेभ्स 2025 लाई सद्भावको निम्ति एउटा वैश्विक मञ्चका रूपमा स्थापित गर्दछ, जसले सार्थक संवाद अनि सीमाहरू पार गर्ने कार्वाहीलाई प्रोत्साहित गर्दछ।

मुम्बईमा वेभ्स 2025 को आयोजनको माध्यमद्वारा यस सम्मेलनले मिडिया अनि मनोरञ्जन क्षेत्रका दिग्गजहरूलाई एउटा मञ्च प्रदान गर्नेछ। यस सम्मेलनमा मिडिया उद्योगले तेजीका साथ बद्लिँदो संसारमा सबैभन्दा व्यापक समन्वित कारकका रूपमा कसरी काम गर्नसक्दछ भन्ने विषयमाथि चर्चा गरिनेछ। यस क्षेत्रले सांस्कृतिक कूटनीतिका लागि एउटा शक्तिशाली उत्प्रेरकका रूपमा काम गर्दछ, जसले मानिस, संस्कृति अनि राष्ट्रहरू बीचका अन्तरलाई समाप्त गर्दछ।

*******

धर्मेन्द्र तिवारी/नवीन श्रीजीत। 85


Release ID: (Release ID: 2120073)   |   Visitor Counter: 20