प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले पोडकास्टमा लेक्स फ्रिडम्यानसँग कुराकानी गरे
भारतमा धार्मिक परम्परा घनिष्ट रूपमा दैनन्दिन जीवनसँग जोडिएको छ : पीएम
उपवासले चिन्तन प्रक्रियालाई गति प्रदान गर्दछ, नयाँ दृष्टिकोण प्रदान गर्दछ र विशेष तरिकाले सोच्न प्रोत्साहित गर्दछ : पीएम
चुनौतीहरू जीवनका अंश हुन्, तर त्यसले कसैको उद्देश्यलाई परिभाषित गर्नुभएन : पीएम
कैयौं स्वतन्त्रता सेनानीले अमेट छाप छोडे, महात्मा गान्धीले सत्यमा आधारित एउटा जनआन्दोलनको नेतृत्त्व गरी देशलाई जागृत गराए : पीएम
सफाइकर्मीदेखि लिएर शिक्षक, बुनकर अनि रखवालासम्म, सबैलाई स्वतन्त्रता सङ्ग्राममा सामेल गर्ने गान्धीको क्षमता उल्लेखनीय थियो : पीएम
जब म कुनै विश्व नेताका साथ हात मिलाउँदछु, तब यस्तो मोदी नभएर 140 करोड भारतीयले त्यसो गरिरहेका हुन्छन् : पीएम
वैश्विक स्थिरता अनि समृद्धिका लागि भारत अनि चीनबीच सहयोग आवश्यक छ : पीएम
कृत्रिम बुद्धिमताको विकास मूल रूपमा एउटा सहयोगात्मक प्रयास हो, राष्ट्रले यसलाई पूर्णरूपले आफ्नो दममा विकसित गर्नसक्दैन : पीएम
एआइले मानव कल्पनाको आधारमा कैयौं कुरा बनाउन सक्दछ, तर कुनै पनि तकनिकीले कहिले पनि मानव मनको असीम रचनात्मकता अनि कल्पनाको ठाउँ लिनसक्दैन :
Posted On:
16 MAR 2025 10:03PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज लेक्स फ्रिडम्यानसँग पोडकास्टमा विभिन्न विषयमा कुराकानी गरे। एउटा स्पष्ट कुराकानीमा जब उनलाई उपवास किन गर्नुहुन्छ र यसलाई कसरी प्रबन्धित गर्नुहुन्छ भनी प्रश्न गर्दा, प्रधानमन्त्रीले लेक्स फ्रिडम्यानलाई धन्यवाद दिँदै भने, “भारतमा धार्मिक परम्परा दैनिक जीवनका साथ गहिरो रूपमा जोडिएको छ।“ प्रधानमन्त्री मोदीले भने, “हिन्दू धर्म केवल अनुष्ठानका बारेमा नभएर यो एउटा दर्शन हो, जसले जीवनलाई मार्गदर्शन गर्दछ। यसको व्याख्या भारतको माननीय सर्वोच्च न्यायालयले गरेको छ।“ उनले जोड दिँदै भने, उपवास अनुशासन विकसित गर्ने तथा आन्तरिक साथै बाहिरी आत्मालाई सन्तुलित गर्ने एउटा साधन हो। प्रधानमन्त्रीले भने, उपवासले इन्द्रियहरूलाई बढाउँदछ। जसले त्यसलाई संवेदनशील अनि सतर्क बनाउँदछ। प्रधानमन्त्री मोदीले भने, उपवासको समय, व्यक्तिले सूक्ष्म सुगन्ध अनि विवरणलाई अरू बढी स्पष्ट रूपमा देख्नसक्दछन्। यसका साथै उपवासले विचार प्रक्रियालाई गति प्रदान गर्ने तथा नयाँ दृष्टिकोण प्रदान गर्नका साथै लिकदेखि फरक रूपमा सोच्न प्रोत्साहित गर्ने उनले बताए। उपवासको अर्थ भोजनदेखि टाढा रहनु मात्र नरहेको मोदीले स्पष्ट पार्दै यसमा तयारी अनि विषहरणको एउटा वैज्ञानिक प्रक्रिया सामेल रहेको बताए। आफ्नो शरीरलाई कैयौं दिनसम्म आयुर्वेद अनि योग अभ्यासद्वारा उपवासको निम्ति तयार गर्ने गरेको कुरामाथि बल दिँदै उक्त अवधिमा जलयोजनको महत्त्वमाथि उनले जोड दिए। उपवास शुरु भएपछि, यसलाई भक्ति अनि आत्म-अनुशासनको कार्य मान्दै यसले गहन आत्मनिरीक्षण र ध्यानको अवसर प्रदान गर्ने उनले बताए। उपवासको उनको प्रथा व्यक्तिगत अनुभवबाट उत्पन्न भएको उल्लेख गर्दै यसको शुरुवात स्कूले जीवनमा महात्मा गान्धीबाट प्रेरित एउटा आन्दोलनबाट भएको उनले बताए। आफ्नो पहिलो उपवासको समय उनले ऊर्जा अनि जागरूकतामा वृद्धिको अनुभव गरेको र त्यसबाट यसको परिवर्तनकारकी शक्तिमा विश्वास बढेको उनले बताए। उपवासले उनको गति सुस्त नबनाएर यसको विपरीत उत्पादकता बढ्ने कुरामाथि उनले बल दिए। उपवासको समय उनको विचार बढी स्वतन्त्रतापूर्वक अनि रचनात्मक रूपमा प्रवाहित हुने र यसबाट स्वयंलाई अभिव्यक्त गर्नु अविश्वसनीय अनुभव बनेको उनले बताए।
कहिले-काहिँ नौ दिनसम्म उपवास राख्दै विश्व मञ्चमा नेताका रूपमा आफ्नो भूमिका कसरी पूरा गर्छन् भनी सोधिएको प्रश्नमा मोदीले पाचन प्रक्रिया प्राकृतिक रूपमा सुस्त रहने बर्खा याममा पालन गरिने प्राचीन भारतीय परम्परा रहेको चतुर्मासबारे अवगत गराए। उक्त अवधिमा धेरै भारतीयले दिनमा केवल एकपटक भोजन गर्ने परम्पराबारे उनले उल्लेख गरे। उनका लागि यो परम्परा मध्य जूनदेखि शुरु भएर नोभेम्बरमा पर्ने तिहारसम्म करिब चारदेखि साडे चार महिनासम्म चल्ने गरेको उनले जानकारी दिए। यसका साथै शक्ति, भक्ति अनि आध्यात्मिक अनुशासन पालन गरिने सेप्टेम्बर वा अक्टोबरमा पर्ने नवरात्रिको समय, पूर्णरूपले भोजनदेखि टाढा रहँदै नौ दिनसम्म केवल मन तातो पानी पिउने गरेको उनले बताए। यसै गरी मार्च वा अप्रेलमा पर्ने चैत्र नवरात्रिको समय, नौ दिनसम्म कुनै एक विशेष फल मात्र सेवन गरी विशेष प्रकारको उपवास राख्ने गरेको उनले साझा गरे। उदाहरणका लागि, यदि उनले मेवा रोजे, सम्पूर्ण उपवास अवधिमा केवल मेवाको सेवन गर्ने गरेको उनले बताए। यस प्रकार उपवास राख्ने चलन आफ्नो जीवनमा गहिरो रूपमा समाहगित रहेको तथा विगत 50-55 वर्षदेखि निरन्तर पालन गर्दैआइरहेको कुरामाथि उनले जोड दिए।
आफ्नो उपवास राख्ने प्रथा शुरुमा व्यक्तिगत रहनका साथै सार्वजनिक रूपमा ज्ञात नरहेको प्रधानमन्त्रीले बताए। तथापि, उनी मुख्यमन्त्री अनि प्रधानमन्त्री बनेपछि अरू व्यापक रूपमा यसको प्रसिद्धि बढेर गएको उल्लेख गर्दै अहिले आएर आफ्नो अनुभव साझा गर्न कुनै आपत्ति नरहेको कारण यसबाट अरू पनि लाभान्वित हुनसक्ने तथा अरूको हितका लागि आफ्नो जीवन समर्पणको अनुरूप रहेको उनले बताए। यसै गरी आफूले उपवास राखेको समय अमेरिकाका राष्ट्रपति बराक ओबामासँग वाइट हाउसमा द्विदेशीय बैठकको उदाहरण पनि उनले साझा गरे।
आफ्नो शुरुवाती जीवनबारे सोधिएको प्रश्नमा प्रधानमन्त्रीले आफ्नो जन्मस्थल उत्तरी गुजरातको मेहसाना जिल्लामा पर्ने वडनगरको उल्लेख गर्दै यसको समृद्ध ऐतिहासिक महत्त्वबारे प्रकाश पारे। वडनगर बौद्ध धर्मको प्रमुख केन्द्र रहेको तथा चिनिया दार्शनिक हुएन शाग जस्ता हस्तीलाई आकर्षित गरेको उनले बताए। करिब 1400 वर्षअघि यो शहर प्रमुख बौद्ध शैक्षिक केन्द्र रहेको उल्लेख गर्दै बौद्ध, जैन अनि हिन्दू परम्परा सह-अस्तित्त्वमा रहेको यस गाउँको विशिष्ट वातावरणबारे जानकारी दिए। इतिहास पुस्तकहरूमा मात्र सीमित नरहेर वडनगरको प्रत्येक ढुङ्गा अनि पर्खालले आफ्नै कथा बयान गर्ने उनले बताए। आफ्नो मुख्यमन्त्रीको कार्यकालमा, उनले धेरै व्यापक परिमाणमा उत्खनन परियोजना शुरु गरेको र त्यसबाट 2800 वर्ष पुराना तथ्य उजागर हुँदै यस शहरको निरन्तर अस्तित्त्व प्रमाणित गरेको प्रधानमन्त्री मोदीले उल्लेख गरे। उक्त निष्कर्षबाट वडनगरमा अन्तरराष्ट्रिय स्तरको सङ्ग्रहालय स्थापनाको मार्ग प्रशस्त भएको अवगत गराउँदै हाल विशेष रूपमा पुरातत्त्व विषयका विद्यार्थीहरूको निम्ति प्रमुख अध्ययन केन्द्रको रूपमा स्थापित भएको उनले बताए। यस प्रकारको ऐताहासिक महत्त्व बोक्ने स्थानमा जन्मिनु भाग्यमानी रहेको उल्लेख गर्दै उनले आभार व्यक्त गरे। यसका साथै आफ्नो बाल्यकालका आयामहरू साझा गर्दै झ्याल बिनाको सानो घरमा आफ्नो परिवारको जीवनका साथमा चरम गरीबीमा आफ्नो हुर्काइबारे प्रधानमन्त्रीले उल्लेख गरे। तथापि, तुलनाको कुनै आधार नरहेको हुँदा उनले कहिले पनि गरीबीको भार महसुस नगरेको उनले बताए। आफ्नो पिता अनुशासित अनि परिश्रमी व्यक्ति रहनका साथै समयको पक्का रहेको उनले जानकारी दिए। यसै गरी आफ्नो माता मेहनती अनि सबैलाई माया गर्ने प्रवृत्तिको रहेको हुँदा उनमा पनि सहानुभूति र सेवाको भावना उत्पन्न गराएको उनले बताए। उनकी आमाले बिहान-बिहानै बच्चाहरूलाई घरमा भेला गरी पारम्परिक विधिद्वारा उनीहरूको उपचार गर्ने कुरा स्मरण गर्दै यसै अनुभवले उनको जीवन अनि मूल्यहरूलाई आकार दिएको उनले बताए। मुख्यमन्त्रीका रूपमा शपथ ग्रहणका समय मिडिया कभरेजको माध्यमद्वारा उनको पृष्ठभूमि जनताको सामु आएको उल्लेख गर्दै राजनीतिमा उनको यात्राले उनको विनम्र शुरुवातलाई उजागर गरेको प्रधानमन्त्रीले जानकारी दिए। जीवनको अनुभव, चाहे त्यसलाई सौभाग्य वा दुर्भाग्यका रूपमा जसरी हेरे पनि, यस प्रकार सबैको सामु आएको र यस प्रकार उनको सार्वजनिक जीवनलाई प्रभावित पार्ने गरी सामु आएको उनले बताए।
युवाहरूका लागि सल्लाह दिने सम्बन्धमा सोधिएको प्रश्नको उत्तर दिँदै चुनौतीहरू जीवनको अंश रहेको कुरामाथि बल दिए तथा त्यसले जीवनको उद्देश्यलाई परिभाषित गर्न नहुने उल्लेख गर्दै युवाहरूलाई धैर्य अनि आत्मविश्वासी बन्न मोदीले प्रोत्साहित गरे। कठिनाइहरू सहनशीलताको परीक्षा हो जसको उद्देश्य व्.यक्तिलाई पराजित गर्नु नभएर उनलाई अझ शक्तिशाली बनाउनु हो भन्ने कुरामाथि उनले बल दिए। प्रत्येक सङ्कटले विकास अनि सुधारको अवसर प्रस्तुत गर्दछ भन्दै प्रधानमन्त्रीले जीवनमा कुनै सर्टकट नरहेको बताए। उनले रेलवे स्टेशनमा टाँगिएका सङ्केतहरूको उदाहरण दिँदै भने, “सर्टकटले तपाईंको जीवन छोटो बनाउँदछ।” सफलता प्राप्त गर्नका लागि उनले धैर्य अनि दृढताको महत्त्वमाथि बल दिए। प्रत्येक जिम्मेवालाई तन-मन लगाएर पूरा गर्नका साथै जीवनलाई जोशका साथ जिउनुपर्ने तथा यस यात्रामा पूर्णता पाउने आवश्यकतामाथि उनले बल दिए। केवल प्रतुरता सफलताको ग्यारेन्टी होइन, किनभने जोसँग संसाधन छ, उनीहरूले पनि निरन्तर प्रगति गर्नुपर्दछ र समाजमा योगदान दिनुपर्दछ, उनले जोड दिए। यसका साथै सिक्न बन्न नगर्नुको महत्त्वमाथि बल दिँदै व्यक्तिगत विकास जीवनभरी आवश्यक रहेको उनले बताए। यसका साथै उनले आफ्नो पिताको चिया पसलमा भएको कुराकानीबाट प्राप्त अनुभव पनि साझा गरे, जसबाट उनले निरन्तर सिक्ने र आत्मसुधारको महत्त्वबारे सिके। मानिसहरूले ठूलो लक्ष्य निर्धारित गर्दछन् र यदि त्यसलाई प्राप्त गर्न नसके निराश बन्ने गर्दछन्। केही हुनुको साटो केही गर्नमा ध्यान केन्द्रित गर्न सल्लाह दिँदै यसले मानसिकताले लक्ष्यप्रति निरन्तर दृढ सङ्कल्प अनि प्रगतिलाई एसक्षम बनाउने उनले बताए। यसका साथै साँचो सन्तुष्टि हामीले के लिन्छौं भन्ने कुराले नभएर हामीले के दिन्छौं भन्ने कुराबाट प्राप्त हुने उल्लेख गर्दै युवाहरूलाई योगदान अनि सेवामाथि केन्द्रित मानसकिता विकसित गर्न प्रोत्साहित गरे।
हिमालयको यात्राबारे उनलाई सोधिएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री मोदीले उनको पालन-पोषण सानो शहरमा भएको र त्यहाँ सामुदायिक जीवन केन्द्रिय रहेको बताए। प्रायः स्थानीय पुस्तकालयमा जाने गरेको र स्वामी विवेकानन्द अनि छत्रपति शिवाजी महाराज जस्ता हस्तीमा आधारित पुस्तकहरूबाट प्रेरणा लिने गरेको उनले बताए। यसबाट उनको जीवनलाई पनि यसै गरी आकार दिने इच्छा जागृत भएको र यसै कारण आफ्नो सहनशक्तिको परीक्षण गर्नका लागि चिसोमा बाहिर सुत्ने जस्ता आफ्नो शारीरिक सीमाहरूका साथ प्रयोग गर्न शुरु गरेको उनले बताए। स्वामी विवेकानन्दको शिक्षाको प्रभावबारे जानकारी दिँदै विशेष गरी एउटा कथाको उल्लेख गरै, जसमा विवेकानन्द आफ्नो बिमार आमाको सहायताका लागि ध्यानका समय देवी कालीबाट केही माग्नका लागि स्वयंलाई तयार गर्न सकेका थिएनन्, जुन यस्तो एउटा अनुभव थियो, जसले विवेकानन्दमा दिने भावना उत्पन्न गरेको थियो। यसले उनीमाथि अमेट छाप छोडेको उल्लेख गर्दै साँचो सन्तुष्टि अरूलाई दिने र सेवा गर्ने कामबाट प्राप्त हुने बताए। उनले एउटा अवसरको स्मरण गरे, जब उनले एउटा पारिवारिक विवाहका समय त्यहाँ बसेर सन्तहरूको हेरचाह गर्ने निर्णय लिएका थिए, जसले उनको आध्यात्मिक गतिविधिप्रति उनको प्रारम्भिक झुकाउलाई दर्शाउँदछ। आफ्नो गाउँमा सैनिकहरूलाई देख्दा उनीभित्र देशको सेवा गर्ने प्रेरणा उत्पन्न भएको तर त्यस समय उनीसित कुनै स्पष्ट बाटो नभएको उनले बताए। जीवनको अर्थ बुझ्ने गहिरो इच्छा तथा यस जीवनको खोजबारे आफ्नो यात्राबारे पनि उनले कुरा गरे। स्वामी आत्मस्थानन्दजी जस्ता सन्तका साथ आफ्नो सम्बन्धबारे बोल्दै उनीबाट समाजको सेवाको महत्त्वबारे मार्गदर्शन पाएको बताए। मिशनमा रहँदै उनको भेटघाट प्रसिद्ध सन्तहरूसँग भएको र उनीहरूको प्रेम अनि आशीर्वाद पाएको उनले बताए। हिमालयको आफ्नो अनुभवबारे बोल्दै एकान्त अनि तपस्वीहरूका साथ भेटवार्ताले उनलाई आकार दिनका साथै आफ्नो आन्तरिक शक्ति खोज्न सहयोग गरेको उनले बताए। यसका साथै व्यक्तिगत विकासमाथि ध्यान, सेवा र समर्पणको भूमिकामाथि उनले जोड दिए।
रामकृष्ण मिशनमा स्वामी आत्मस्थानन्दजीका साथ आफ्नो अनुभव साझा गर्दै उनले हरेक स्तरमा सेवाको जीवन जिउने निर्णय लिन प्रेरित गरेको बताए। अन्य मानिसले उनलाई प्रधानमन्त्री वा मुख्यमन्त्रीका रूपमा हेर्ने गरे तापनि आफू आध्यात्मिक सिद्धान्तप्रति गहन रूपमा प्रतिबद्ध रहेको तथा उनको आन्तरिक निरन्तरता अन्यको सेवामा निहित रहेको जोड दिने गरेको, चाहे त्यो बच्चाहरूको हेरचाह गर्न आमालाई सहयोग गर्ने, हिमालयमा घुम्ने वा आफ्नो वर्तमान जिम्मेवारीको स्थितिमा काम गर्ने होस्, उनले उल्लेख गरे। उनका लागि सन्त अनि नेताबीच कुनै वास्तविक अन्तर नरहेको उल्लेख गर्दै दुवैको भूमिका समान मूल्यले प्रेरित हुने गरेको प्रधानमन्त्रीले बताए। पोशाक अन काम जस्ता बाहिरी आयाम बद्लिन सकिने भए तापनि सेवाप्रति उनको समर्पण एक समान रहेको कुरामाथि उनले बल दिए। हरेक जिम्मेवारीलाई शान्ति, एकाग्रता अनि समर्पणको भावनाका साथ पूरा गर्ने गरेको कुरामाथि उनले जोड दिए।
आफ्नो प्रारम्भिक जीवनमा राष्ट्रिय स्वयंसेवक सङ्घको (आरएसएस) प्रभावको चर्चा गर्दै प्रधानमन्त्रीले देशभक्ति गीतहरूप्रति आफ्नो बाल्यकालको आकर्षणको उल्लेख गरे, विशेष रूपमा मकोशी नामक एक व्यक्तिद्वारा गआइने गीतहरूप्रति, जो एक डफलीका साथ उनको गाउँमा आउने गर्थे। ती गीतहरूले उनलाई गहन रूपमा प्रभावित गरेको र आरएसएसका साथ उनको अन्तिम भागीदारीमा एउटा महत् भूमिका खेलेको उनले बताए। आरएसएसले उनीभित्र मूल मूल्य स्थापित गरेको उल्लेख गरे, जस्तै सबै कुरा एकै उद्देश्यका साथ गर्नु, चाहे त्यो अध्ययन होस् वा व्यायाम, राष्ट्रका लागि योगदान दिनु। आरएसएसले जीवनको उद्देश्यका लागि स्पष्ट दिशा प्रदान गर्ने मोदीले बताए। मानिसहरूको सेवा गर्नु ईश्वरको सेवा गर्नु समान हो भन्ने कुरामाथि उनले जोड दिए। आरएसएस आफ्नो 100 औं वर्षगाँठको नजिक रहेको उल्लेख गर्दै यो एउटा विशाल स्वयंसेवी सङ्घ हुनका साथै यसको विश्वभरी लाखौं सदस्य रहेको बताए। राष्ट्रिय स्वयंसेवक सङ्घबाट प्रेरित विभिन्न आयामको उल्लेख उनले गरे, जस्तै सेवा भारती, जसले सरकारी सहायताबिना सुकुम्बासी बस्ती अनि कोलोनीहरूमा 1.25 लाखभन्दा धेरै सेवा परियोजना चलाउँदछ, वनवासी कल्याण आश्रम, जसले आदिवासी क्षेत्रमा 70 हजारभन्दा एकल-शिक्षक विद्यालय स्थापित गरेको छ, र विद्या भारती जसले 25 हजार जति विद्यालय चलाउँदै करिब 30 लाख विद्यार्थीलाई शिक्षित गर्दछ। आरएसएसले शिक्षा अनि मूल्यलाई प्राथमिकता दिन्छ, ताकि विद्यार्थीले बुनियादी कुराको मार्गमा अघि बढ्नका लागि कौशल सिकून् र समाजमा भार नबनून् भन्ने कुरामाथि उनले जोड दिए। भारतीय श्रम सङ्घको उल्लेख गर्दै यसको देशभरी लाखौं सदस्य रहेको तथा पारम्परिक श्रम आन्दोलनका विपरीत विश्वभरीका श्रमिकहरूलाई एकजुट गराउन ध्यान केन्द्रित गर्ने अनौठो दृष्टिकोण अपनाएको उनले अवगत गराए। प्रधानमन्त्रीले राष्ट्रिय स्वयंसेवक सङ्घबाट प्राप्त मूल्य अनि आदर्श तथा स्वामी आत्मस्थानन्द जस्ता सन्तबाट प्राप्त आध्यात्मिक मार्गदर्शनका लागि आभार व्यक्त गरे।
भारत विषयमाथि बोल्दै मोदीले भारत एउटा हजारौं साल पुराना सांस्कृतिक पहिचान र संस्कृति रहेको बताए। एक सयभन्दा धेरै भाषा अनि हजारौं भाषिका रहेको भारतको विशालताबारे आलोकित गर्दै 20 माइलमा भाषा, रीति-रिवाज, भोजन र कपडाको शैली बद्लिने र यति विशाल विविधता हुँदाहुँदै पनि एउटा सामान्य सूत्रले देशलाई जोड्ने कुरामाथि बल दिए। भगवान रामको कथाबारे उल्लेख गर्दै प्रधानमन्त्रीले यो सम्पूर्ण भारतमा गुञ्जिने गरेको तथा भगवान रामबाट प्रेरित गुजरातमा रामभाइदेखि लिएऱ तमिलनाडुको रामचन्द्रन अनि महाराष्ट्रमा रामभाऊसम्म हरेक क्षेत्रमा पाइने गरेको बताए। यही अनौठो सांस्कृतिक सम्बन्धले भारतलाई एउटा सभ्यताको रूपमा बाध्ने गरेको उनले उल्लेख गरे। नुहाउँदा भारतको सबै नदीको स्मरण गर्ने चलनमाथि जोड दिँदै यसमा मानिसहरूले गङ्गा, यमुना, गोदावरी, सरस्वती, नर्मदा, सिन्धु र कावेरी जस्ता नदीको नाम जाप गर्ने गरेको अवगत गराए। एकताको यही भावना भारतीय परम्परामा गहिराइका साथ अन्तरनिहित रहेको तथा महत्त्वपूर्ण आयोजन अनि अनुष्ठानका समय लिइने सङ्कल्पमा यो प्रतिबिम्बित हुने गरेको तथा यसले ऐतिहासिक अभिलेखका रूपमा काम गर्ने गरेको उनले बताए। जम्बूद्वीप जस्ता अनुष्ठानमा भारतीय शास्त्रहरूको विस्तृत मार्गदर्शन तथा कुलदेवतासम्म सीमित रहनुपर्ने कुरामाथि जोड दिँदै प्रधानमन्त्रीले यी प्रथाहरू अझै पनि जीवित रहेको तथा सम्पूर्ण भारतमा यसको दैनिक रूपमा पालन गर्ने गरिएको बताए। पश्चिमी अनि वैश्विक मोडलले राष्ट्रहरूलाई प्रशासनिक प्रणालीका रूपमा हेर्ने गरेको भए तापनि भारतको एकता यसको सांस्कृतिक सम्बन्धमा निहित रहेको बताए। भारतको इतिहासमा विभिन्न प्रशासनिक प्रणाली रहे तापनि सांस्कृतिक परम्पराको माध्यमले यसको एकता कायम राख्नमा तीर्थयात्राको भूमिकामाथि जोड दिए। आज पनि लाखौं मानिसले तीर्थयात्रा गर्ने गरेको, जस्तै रामेश्वरमदेखि काशीसम्म जल ल्याउने र फर्काइ लैजाने चलन रहेको उनले बताए। यसका साथा हिन्दूको क्यालेण्डरको समृद्धितर्फ ध्यान आकर्षित गर्दै यसले देशको विविध परम्परा दर्शाउने प्रधानमन्त्रीले बताए।
महात्मा गान्धीको विरासत अनि भारतको स्वतन्त्रता सङ्ग्राममाथि चर्चा गर्दै प्रधानमन्त्रीले महात्मा गान्धी जस्तै उनको पनि जन्म गुजरातमा भएको तथा गुजराती उनको मातृभाषा रहेको बताए। गान्धीजीलाई विदेशमा उकीलका रूपमा अवसर प्राप्त भए तापनि उनले आफ्नो कर्तव्य अनि पारिवारिक मूल्यको गहिरो भावनाबाट प्रेरित भई भारतका मानिसहरूको सेवाका लागि आफ्नो जीवन समर्पित गर्ने निर्णय लिएको कुरा उनले अवगत गराए। गान्धीजीको सिद्धान्त अनि कार्यले आज पनि हरेक भारतीयलाई प्रभावित गर्ने गरेको उनले बताए। स्वच्छताका लागि गान्धीजीको वकालतमाथि जोड दिँदै उनले स्वयं लागू गरी आफ्नो चर्चाको केन्द्र बनाएको बताए। स्वतन्त्रताका लागि भारतको लामो सङ्घर्षमाथि टिप्पणी गर्दै युगौंको औपनिवेशिक शासन रहे तापनि देशमा स्वतन्त्रताको लौ प्रज्ज्वलित भएको उनले बताए। भारतको स्वतन्त्रता सुनिश्चित गर्नका लागि लाखौं मानिसले आफ्नो प्राणको आहूति दिए, कारावास अनि वीरगतिको सामना गरे, उनले बताए। अनेकौ स्वतन्त्रता सेनानीले अमेट छाप छोडे, तर महात्मा गान्धीले सत्यमा आधारित जनआन्दोलनको नेतृत्त्व गरी राष्ट्रलाई जागृत गराए, मोदीले भने। स्वतन्त्रता सङ्ग्राममा सफाइकर्मीदेखि लिएर शिक्षक, सूत कात्नेदेखि लिएर हेरचाह गर्ने सबैलाई सामेल गर्ने गान्धीजीको क्षमताबारे उनले उजागर गरे। गान्धीजीले आम नागरिकलाई स्वतन्त्रता सेनानीमा परिणत गरी यस्तो आन्दोलन खडा गरे, जसलाई अङ्ग्रेजहरूले राम्ररी बुझ्नै सकेनन्, मोदीले टिप्पणी गरे। दाण्डी मार्चको महत्त्वमाथि ध्यान आकर्षित गराउँदै एक चुटकी नुनले क्रान्तिको हावा चलाएको उल्लेख उनले गरे। प्रधानमन्त्रीले गोलमेच सम्मेलनको एउटा घटना साझा गरे जसमा गान्धीजीले धोती लगाएर बकिङ्घम प्यालेसमा किङ जर्जसँग भेटवार्ता गरेका थिए। उनले गान्धीजीको हास्यपूर्ण टिप्पणीबारे उल्लेख गरे, “तपाईंका राजाले हामी दुवैका लागि पर्याप्त रूपमा पुग्ने कपडा लगाएका छन्”, जसले उनको विलक्षण आकर्षणलाई दर्शाउँदछ। प्रधानमन्त्री मोदीले एकता अनि जनताको शक्तिलाई चिन्नका लागि गान्धीजीको आह्वानलाई प्रतिबिम्बित गरे, जसको प्रतिध्वनि आज पनि गुञ्जीरहेको छ। हरेक पहलमा आम जनमानसलाई सामेल गर्न र पूर्णरूपले सरकारमाथि निर्भर रहनुको साटो सामाजिक परिवर्तनलाई बढावा दिने आफ्नो प्रतिबद्धतामाथि उनले जोड दिए।
महात्मा गान्धीको विरासत युगौम पुरानो रहेको भए तापनि तिनको प्रासङ्गिकता आज पनि रहेको प्रधानमन्त्री मोदीले बताए। आफ्नो जिम्मेवारीको भावनामाथि प्रकाश पार्दै मोदीले भने, उनको तागत उनको नाममा नभएर 140 करोड भारतीय अनि हजारौं वर्षको शाश्वत संस्कृति र विरासतको समर्थन गर्नमा निहित रहेको बताए। उनले विनम्रतापूर्वक भने, “जब म कुनै विश्व नेताका साथ हात मिलाउँछु, तब त्यसो मोदीले नभएर 140 करोड भारतीयले गरिरहेका हुन्छन्।” 2013 मा पार्टीले उनलाई प्रधानमन्त्री पदको उम्मेद्वार घोषित गर्दा भएको व्यापक आलोचनाको स्मरण गर्दै मोदीले भने, आलोचकहरूले विदेश नीति अनि वैश्विक भूराजनीतिबारे उनको बुझाईमाथि प्रश्न खडा गरेका थिए। उनले त्यस समय भनेका थिए, “भारतले न त स्वयंलाई कमसल आँक्न दिनेछ न कसैलाई कमसल आँक्न दिनेछ। भारतले अब आफ्नो समकक्षहरूसँग आँखामा आँखा जुझाएर हेर्नेछ।” यही विश्वास उनको विदेश नीतिको केन्द्र रहेको उल्लेख गर्दै देश सदैव सर्वप्रथम आउने कुरामाथि बल दिए। प्रधानमन्त्रीले वैश्विक शान्ति अनि सौहार्दताका लागि भारतको दीर्घकालिक वकालतमाथि प्रकाश पारे, जुन विश्वलाई एउटा परिवार मान्ने दृष्टिकोणमा आधारित छ। नविकरणीय ऊर्जाका लागि “एक सूर्य, एक विश्व, एक ग्रिड”को अवधारणा तथा वैश्विक स्वास्थ्यका लागि “एक पृथ्वी, एक स्वास्थ्य” अवधारणा जस्तै वैश्विक पहलमा भारतको योगदानको उल्लेख गर्दै यसको विस्तार सबै वनस्पति अनि जीव-जन्तुसम्म रहेको बताए। वैश्विक कल्याणलाई बढावा दिनुको महत्त्वमाथि बल दिँदै अन्तरराष्ट्रिय समुदायलाई ठोस प्रयास गर्न अपील गरे। “एक पृथ्वी, एक परिवार, एक भविष्य”माथि जी-20 शिखर सम्मेलन भारतद्वारा आयोजन गरिएको कुरा उल्लेख गर्दै विश्वका साथ आफ्नो शाश्वत ज्ञान साझा गर्न भारतको कर्तव्यमाथि बल दिए। आजको विश्वको परस्पर सम्बद्ध प्रकृतिमाथि टिप्पणी गर्दै उनले भने, “कुनै पनि देशले अलग रहेर विकास गर्नसक्दैन। हामी सबै एक-अर्कामाथि निर्भर छौं।“ वैश्विक पहलहरूलाई अघि बढाउनका लागि समन्वय अनि सहयोगको आवश्यकतामाथि बल दिए। संयुक्त राष्ट्र जस्ता वैश्विक संस्थाको प्रासङ्गिकतामाथि पनि कुरा गर्दै समयका साथ विकसित हुन असमर्थ रहनुले तिनको प्रभावशीलतामाथि वैश्विक बहसलाई बढावा दिएको उनले बताए।
युक्रेनमा शान्तिको मार्गको विषयमाथि मोदीले भने, “म भगवान बुद्ध अनि महात्मा गान्धीको भूमिको प्रतिनिधित्त्व गर्दछु, उनीहरू महान आत्मा हुन्, जसका शिक्षा अनि कार्य पूर्णरूपले शान्तिका लागि समर्पित छन्।” भारतको प्रबल सांस्कृतिक अनि ऐतिहासिक पृष्ठभूमिका कारण भारतले शान्तिको कुरा गर्दा विश्वले सुन्ने सुनिश्चित गर्ने उनले बताए। भारतीय सङ्घर्षप्रति कट्टर नरहेको तर सद्भावको समर्थन गर्ने उल्लेख गर्दै शान्तिक पक्षमा हुनका साथै सम्भव भएसम्म शान्ति स्थापनाको जिम्मेवारी स्वीकार गर्ने उनले बताए। रूस अनि युक्रेन दुवैका साथ घनिष्ठ सम्बन्धमाथि प्रकाश पार्दै प्रधानमन्त्रीले राष्ट्रपति पुलितलाई यो युद्धको समय होइन भन्ने कुरामाथि जोड दिन र राष्ट्रपतिलाई जेलेन्स्कीलाई पनि समाधान युद्धको मैदानमा नभएर वार्ताको माध्यमद्वारा गर्नुपर्ने बताउन सक्ने उनले उल्लेख गरे। चर्चामा सफल हुनका लागि दुवै पक्षलाई सामेल गर्न आवश्यक रहेको तथा वर्तमान स्थितिले युक्रेन र रूसबीच सार्थक वार्ताको अवसर प्रस्तुत गर्ने बताए। यस सङ्घर्षका लागि हुने पीडालाई उजागर गर्दै खाद्य, इन्धन अनि उर्वरक सङ्कटको सामना गरिरहेका ग्लोबल साउथमा सबैभन्दा व्यापक प्रभाव परेको हुँदा वैश्विक समुदायलाई शान्तिको खोजमा एकजुट हुन उनले अपील गरे। आफ्नो पक्ष स्पष्ट पार्दै उनले भने, “न तटस्थ छैन। मेरो पक्ष एउटै छ, र त्यो हो शान्ति, र शान्ति त्यो कुरा हो जसका लागि मैले प्रयास गरिरहेको छु।”
भारत-पाकिस्तान सम्बन्धको विषयमाथि चर्चा गर्दै प्रदानमन्त्रीले 1947 मा भारतको विभाजनको पीडादायक वास्तविकता अनि त्यसपछि भएको पीडा अनि रक्तपातबारे उजागर गरे। पाकिस्तानबाट आउने रेलगाडीहरूको भयावह दृश्यको वर्णन गर्दै ती सबै घाइते मानिस अनि लाशहरूले भरिएको हुने गरेको उल्लेख गरे। सौहार्दपूर्ण सह-अस्तित्त्वको आशा भए तापनि पाकिस्तानले भारत विरुद्ध छद्म युद्ध गरी शत्रुताको बाटो रोजेको उनले बताए। रक्तपात अनि आतङ्कमा आधारित विचारधारामाथि प्रश्न उठाउँदै आतङ्कवादले भारतको निम्त् मात्र नभएर विश्वकै निम्ति खतरा रहेको कुरामाथि जोड दिए। ओसामा बिन लादेनको उदाहरण दिँदै आतङ्कवादको बाटो प्रायः नै पाकिस्तानतर्फ जाने गरेको र त्यहाँ शरण लिने गरेको देखिएको उल्लेख गरे। पाकिस्तान असान्तिको केन्द्र बनेको उल्लेख गर्दै राज्य प्रायोजित आतङ्कवाद त्याग्न प्रधानमन्त्रीले आग्रह गरे। उनले सोधे, “आफ्नो राष्ट्रलाई असामाजिक तागतका सामु समर्पित गरी के हासिल गर्न चाहन्छौ?” शान्ति ल्याउनका लागि आफ्नो व्यक्तिगत प्रयास साझा गर्दै लाहोरको उनको यात्रा र प्रधानमन्त्रीका रूपमा आफ्नो शपथ ग्रहण समारोहका लागि पाकिस्तानलाई निमन्त्रणा दिनु सामेल रहेको उल्लेख गरे। यस कूटनीतिक कदमलाई शान्ति अनि सद्भावप्रति भारतको प्रतिबद्धताको प्रमाण रहेको उल्लेख गर्दै यो कुरा पूर्व राष्ट्रपति प्रणब मुखर्जीको संस्मरणमा परिलक्षित रहेको अवगत गराए। तथापि, यी प्रयासहरूको सामना शत्रुता अनि विश्वासघातबाट भएको उनले बताए।
खेलकूदको एकिकृत गर्ने शक्तिमाथि बल दिँदै यसले मानिसहरूलाई गहिरो स्तरमा जोड्ने तथा विश्वलाई ऊर्जा प्रदान गर्ने बताए। “खेलले मानव विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ। यो एउटा खेल मात्र नभएर यसले विभिन्न देशका मानिसहरूलाई एक साथ ल्याउने गर्दछ”, प्रधानमन्त्रीले भने। आफू खेल तकनिकीको विशेषज्ञ नभए तापनि हालै भारत र पाकिस्तानबीच भएको क्रिकेट म्याचमा देखिएको परिणामले स्वयं सबै कुरा बताउने उनले बताए। भारतको प्रखर फूटबल संस्कृतिबारे बोल्दै महिला फूटबल टीमको प्रभावशाली प्रदर्शन तथा पुरुष टीमको प्रगतिको उल्लेख गरे। अतीतमा विचार गर्दै उनले 1980 को दसकका पिँढीको निम्ति म्याराडोना एक साँचो नायक रहेको र आजको पिँढीले तुरुन्तै मेस्सीको उल्लेख गर्ने गरेको उनले बताए। मध्य प्रदेशको आदिवासी जिल्ला शहडोलको यादगार यात्राको स्मृति साझा गर्दै त्यहाँ उनले फूटबलप्रति समर्पित एक समुदायसँग भेटघाट भएको उल्लेख गरे। आफ्नो गाउँलाई गर्वका साथ “मिनी ब्राजिल” भनी चिनाउने युवा खेलाडीहरूसँग भेट भएको स्मरण गर्दै यो नाम चार पिँढीको फूटबल परम्परा र करिब 80 राष्ट्रिय खेलाडीको माध्यमद्वारा अर्जित गरिएको उनले बताए। यहाँ वार्षिक फूटबल म्याचमा वरिपरीका गाउँबाट 20 हजारदेखि 25 हजार दर्शक आउने गरेको उनले बताए। भारतमा फूटबलप्रति बढ्दो उत्साहबारे आशा व्यक्त गर्दै यसबाट उत्साह मात्र नभएर साँचो टीम भावना पनि बढ्ने प्रधानमन्त्रीले बताए। वाइट हाउसको आफ्नो पहिलो यात्रामाथि विचार गर्दै राष्ट्रपति ट्रम्पले औपचारिक प्रोटोकल तोड्दै व्यक्तिगत रूपमा उनलाई दौडाहा गराएको उनले बताए। अमेरिकी इतिहासप्रति ट्रम्पको गहिरो सम्मानको उल्लेख गर्दै उनले कुनै नोट्स वा सहायताबिना पूर्ववर्ती राष्ट्रपति अनि महत्त्वपूर्ण क्षणहरूबारे विवरण साझा गरेको उनले बताए। दुवैबीच सुदृढ विश्वास अनि सञ्चारमाथि जोड दिँदै यो ट्रम्पको कार्यालयबाट अनुपस्थितिको समय कमजोर बनेको उल्लेख गरे। राष्ट्रपति ट्रम्पद्वारा उनलाई महान वार्ताकार बताइएको उदारतामाथि टिप्पणी गर्दै प्रधानमन्त्रीले वार्ताप्रति उनको दृष्टिकोण सधैं भारतको हितलाई प्राथमिकता दिनका साथै कुनै क्षोभबिना सकारात्मक पक्ष राख्नु रहेको उनले बताए। आफ्नो देश नै सर्वोच्च आदेश रहेको तथा भारतका मानिसहरूद्वारा सुम्पिएको जिम्मेवारीलाई सम्मान गर्ने कुरामाथि उनले बल दिए। हालैको अमेरिका यात्राका समय एलन मस्क, तुलसी गबार्ड, विवेक रामास्वामी र जेडी भान्स जस्ता व्यक्तित्त्वका साथ आफ्नो उपयोगी बैठकमाथि प्रकाश पार्दै मोदीले न्यानो अनि परिवार जस्तो वातावरणको तथा एलन मस्कका साथ आफ्नो लामो समयदेखिको परिचयबारे कुरा साझा गरे। डीओजीई मिशनबारे मस्कको उत्साहमाथि प्रसन्नता व्यक्त गर्दै 2014 मा पदभार ग्रहण गरेपछि शासनमा अकुशलता अनि हानिकारक प्रथाहरू समाप्त गर्ने आफ्नो प्रयासका साथ यसको तुलना गरे। शासन सम्बन्धी सुधारको उदाहरण साझा गर्दै यसमा कल्याणकारी योजनाहरूबाट 10 करोड कीर्ते वा डुप्लिकेट नाम हटाउनु सामेल रहेको र यसबाट धेरै मात्रामा धनको बचत भएको उल्लेख गरे। पारदर्शिता सुनिश्चित गर्न र बिचौलियाहरू समाप्त गर्नका लागि प्रत्यक्ष लाभ अन्तरणको शुरावातच गरेको र .यसबाट करिब ₹3 लाख करोडको बचत भएको उनले जानकारी दिए। यसै गरी सरकारी खरिद सुव्यवस्थित गर्न, लागत घटाउन र गुणस्तरमा सुधारका लागी जीईएम पोर्टल शुरु गरिएको उनले बताए। यसका अतिरिक्त, शासनलाई सुव्यवस्थित गर्नका लागि 40 हजार अनावश्यक नियम समाप्त गर्नका साथै 15 सय पुराना कानूनहरू निरस्त गरेको जानकारी दिए। जुन प्रकार डीओजीई जस्तो अभिनव अभियानले विश्वको ध्यान आकर्षित गरेको छ, त्यस्तै प्रकारले यी साहसिक परिवर्तनले भारतलाई वैश्विक चर्चाको विषय बनाएको उनले बताए।
भारत अनि चीनका साथ द्विपक्षीय सम्बन्धबारे सोधिएको प्रश्नमा प्रधानमन्त्रीले एक-अर्काबाट सिक्ने अनि वैश्विक हितमा योगदान दिने आफ्नो साझा इतिहासमाथि बल दिँदै एक समय भारत र चीन मिलेर विश्वको सकल घरेलु उत्पादमा 50 प्रतिशतभन्दा धेरैको योगदान दिएको र यसैले उनीहरूको विशाल योगदानलाई दर्शाउने बताए। चीनमा बौद्ध धर्मको गहन प्रभावसहित गहिरो सांस्कृतिक सम्बन्धको उल्लेख गर्दै त्यसको उत्पत्ति भारतमा भएको बताए। दुवै देशबीच सम्बन्धलाई कायम राख्दै अझ प्रगाढ बनाउनुपर्ने महत्त्वमाथि बल दिए। छिमेकीबीच मतभेद स्वाभाविक भए तापनि ती मतभेदलाई विवादमा परिणत हुनबाट रोक्ने आवश्यकतामाथि बल दिए। “वार्ता एउटा स्थिर अनि सहयोगी सम्बन्ध बनाउने कुञ्जी हो, जसले दुवै देशलाई लाभान्वित बनाउँदछ,” प्रधानमन्त्री मोदीले भने। वर्तमानमा जारी सीमा विवादलाई सम्बोधित गर्दै 2020 मा उत्पन्न तनाउ पनि उनले स्वीकार गरे। तथापि राष्ट्रपति सी जिङपिङका साथ उनको हालैको बैठकबाट सीमामा सामान्य स्थिति फर्किएको उनले बताए। वर्ष 2020 भन्दा पहिलेको स्तरमा स्थिति बहाल गर्ने प्रयासमाथि प्रकाश पार्दै विश्वास, उत्साह अनि ऊर्जा बिस्तारै फर्की आउने आशा व्यक्त गरे। वैश्विक स्थिरता अनि समृद्धिका लागि भारत अनि चीनबीच सहयोग आवश्यक रहेको तथा सङ्घर्षको साटो स्वस्थ प्रतिस्पर्धामाथि उनले बल दिए।
वैश्विक तनाउमाथि प्रधानमन्त्रीले कोभिड-19 बाट सिकिएको पाठमाथि विचार गर्दै त्यसले हरेक देशको सीमा उजागर गर्दै एकताको आवश्यकता रेखाङ्कित गरेको बताए। शान्तितर्फ बढ्नुको साटो विश्व बढी विखण्डित भएको हुँदा अनिश्चितता सङ्घर्ष चलिरहेको उनले बताए। सुधारको कमी अनि अन्तरराष्ट्रिय कानूनहरूको अवहेलनाका कारण संयुक्त राष्ट्र जस्ता अन्तरराष्ट्रिय सङ्गठनको गैर प्रासङ्गिकता उनले उजागर गरे। सङ्घर्षबाट सहयोगतर्फ परिवर्तनको आह्वान गर्दै विकास सञ्चालित दृष्टिकोणलाई अघि बढ्ने बाटो रहेको उनले बताए। एक-अर्कासँग जोडिएको तथा एक-अर्कामाथि निर्भर विश्वमा विस्तारवादले काम नगर्ने उल्लेख गर्दै देशहरूले एक-अर्कालाई समर्थन गर्नुपर्ने आवश्यकतामाथि बल दिए। चलिरहेका सङ्घर्षहरूमाथि वैश्विक मञ्चद्वारा साझा गरिएका गहिरो चिन्तालाई ध्यानमा राख्दै शान्ति बहालीको आशा व्यक्त गरे।
वर्ष 2002 को गुजरात दङ्गा विषयमाथि बोल्दै यसका लागि अग्रणी अस्थिर वातावरणको विस्तृत विवरण दिए, जसमा कन्धार अपहरण, लाल किल्ला आक्रमण र 9/11 को आतङ्कवादी आक्रमणसहित वैश्विक अनि राष्ट्रिय सङ्कटको एउटा शृङ्खला आलोकित गरे। तनाउपूर्ण वातावरण अनि नवनियुक्त मुख्यमन्त्रीका रूपमा उनी सामु एउटा आउने चुनौचीमाथि टिप्पणी गरे, जसमा विनाशकारी भूइँचालोपछि पुनर्निर्माणको रेखदेख अनि दुखद गोधरा घटनापछिको प्रबन्धन सामेल थियो। प्रधानमन्त्रीले 2002 को दङ्गा सम्बन्धी गलत धारणाहरूबारे बोल्दै उनको कार्यकालभन्दा पहिले गुजरातमा साम्प्रदायिक हिंसाको लामो इतिहास रहेको उल्लेख गरे। न्यायपालिकाले मामिलाको पूर्णरूपले जाँच गरी उनलाई निर्दोष पाएको प्रधानमन्त्रीले स्पष्ट पारे। गुजरात 2002 देखि उपरान्त 22 वर्षसम्म शान्तिपूर्ण रहेको तथा यसको श्रेय सबैका लागि विकास अनि सबैका लागि विश्वासमा केन्द्रित शासनको दृष्टिकोणलाई दिए। आफ्नो आलोचकहरूबारे कुरा गर्दै उनले भने, “आलोचना लोकतन्त्रको आत्मा हो।” वास्तविक, उत्तम रूपमा सूचित आलोचनाको महत्त्वमाथि जोड दिँदै यसले असल नीति निर्माणको दिशामा अघि बढाउने बताए। तथापि, निराधार आरोपहरूको प्रचलनमाथि चिन्ता व्यक्त गर्दै यो रचनात्मक आलोचनाभन्दा फरक हुने बताए। “आरोपहरूले कसैको पनि फाइदा हुँदैन, त्यो केवल अनावश्यक सङ्घर्षको कारण बन्दछ”, मोदीले भने। पत्रकारितमाथि आफ्नो दृष्टिकोण साझा गर्दै प्रधानमन्त्रीले सन्तुलित दृष्टिकोणको वकालत गरे। एकपटक साझा गरिएको उपमाको स्मरण गर्दै पत्रकारिताको तुलना एउटा मौरीका रूपमा गरे जसले अमृत भेला गर्दै मिठास फैलाउने गरे तापनि, तर आवश्यक परे शक्तिशाली रूपमा चिल्ने गर्दछ। आफ्नो उपमाको अभिलक्षित व्याख्यामाथि निराशा व्यक्त गर्दै पत्रकारिताले सनसनीपूर्ण हुनुको साटो सत्य अनि रचनात्मक प्रभावमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतामाथि उनले बल दिए।
राजनीतिमा आफ्नो व्यापक अनुभवमाथि चर्चा गर्दै सङ्गठनात्मक कार्य, चुनाउ प्रबन्धन तथा अभियानको रणनीति बनाउने आफ्नो शुरुवाती समय उजागर ग्दै 24 वर्षदेखि गुजरात र भारतका जनमानसले उनीमाथि भरोसा गरेको र उनी यस पवित्र कर्तव्यलाई अटूट समर्पणका साथ निर्वाह गर्न प्रतिबद्ध रहेको मोदीले बताए। जाति, पन्थ, विश्वास, धन वा विचारधाराका आधारमा भेदभाव नगरी कल्याणकारी योजनाहरू हरेक नागरिकसम्म पुऱ्याउनका लागि आफ्नो सरकारको प्रतिबद्धतामाथि उनले बल दिए। विश्वासलाई बढावा दिनु र योजनाहरूबाट सीधै लाभान्वित नहुनेहरूले पनि सामेल महसुस गर्नका साथै भविष्यका अवसरहरूबारे आश्वस्त बन्ने सुनिश्चित गर्नु शासन मोडलको आधारशिला रहेको उनले बताए। “हाम्रो शासन मानिसहरूमा निहित छ न कि चुनाउमा, अनि नागरिकहरू र राष्ट्रको हितलाई समर्पित छ”, प्रधानमन्त्रीले भने। राष्ट्र अनि यसका जनमानसलाई ईश्वरको अभिव्यक्तिका रूपमा सम्मानित गर्ने आफ्नो दृष्टिकोण साझा गर्दै आफ्नो भूमिकाको तुलना मानिसहरूको सेवा गर्ने एक समर्पित पुजारीका साथ गरे। हितको टक्राउको कमीमाथि जोड दिँदै उनका कुनै मित्र वा नातेदार उनको पदबाट लाभान्वित नभएको र यो कुरा आम जनमानसका साथ प्रतिध्वनित हुनका साथै विश्वास उत्पन्न गर्ने उनले बताए। विश्वकै सबैभन्दा विशाल राजनीतिक पार्टीसँग जोडिएको हुनुमा गर्व व्यक्त गर्दै यसको श्रेय लाखौं समर्पित स्वयंसेवकको अथक प्रयासलाई दिए। भारत अनि यसका नागरिकहरूको कल्याणका लागि समर्पित यी स्वयंसेवकहरूको राजनीतिमा कुनै व्यक्तिगत हित नरहेको तथा आफ्नो निःस्वार्थ सेवाका लागि व्यापक रूपमा चिने उनले बताए। आफ्नो पार्दीमा विश्वास चुनाउ परिणामहरूबाट परिलक्षित हुने उल्लेख गर्दै यसको श्रेय मानिसहरूको आशीर्वादलाई दिए।
भारतमा चुनाउ गराउने अविश्वसनीय व्यवस्थाबारे कुरा गर्दै 2024 को आम चुनाउको उदाहरण दिए जहाँ उत्तरी अमेरिका र युरोपीय सङ्घको संयुक्त जनसङ्ख्याभन्दा धेरै 98 करोड पञ्जिकृत मतदाता रहेको बताए। यसमध्ये 64.6 करोड मतदाताले भीषण गर्मीको सामना गर्दै मतदान गरेको उनले उल्लेख गरे। भारतमा दस लाखभन्दा धेरै मतदान केन्द्र र 25 सयभन्दा धेरै राजनीतिक दल रहेको र यसले लोकतन्त्रको परिमाण दर्शाउने स्पष्ट पारे। सुदूरवर्ती गाउँहरूमा पनि मतदान केन्द्र रहेको र हेलिकप्टरको माध्यमद्वारा दुर्गम स्थानहरूमा मतदान मशिन लैजाने गरिएको जानकारी गराए। गुजरातको गिर वनमा एकजना मतदाताका लागि मतदान केन्द्र स्थापित गरिएको कुरा साझा गर्दै यसले लोकतन्त्रप्रति भारतको प्रतिबद्धतालाई रेखाङ्कित गर्दछ भन्ने कुरामाथि जोड दिए। प्रधानमन्त्रीले स्वतन्त्र अनि निष्पक्ष चुनाउ गराउन वैश्विक मानक स्थापित गर्नका लागि भारतको निर्वाचन आयोगको प्रशंसा गरे। भारतीय चुनाउ प्रबन्धनको अध्ययन विश्वभरीका शीर्ष विश्वविद्यालयद्वारा केस स्टडीका रूपमा गरिनुपर्नेछ, किनभने यसमा राजनीतिक जागरूकता र तार्किक उत्कृष्टताको अपार गहिराई सामेल छ, उनले भने।
आफ्नो नेतृत्त्वमाथि विचार गर्दै प्रधानमन्त्री मोदीले आफूलाई प्रधानमन्त्रीको साटो एक “प्रधान सेवक”का रूपमा चिन्ने गरेको र सेवा उनको कार्यनातिको मार्गदर्श सिद्धान्त रहेको बताए। उनको ध्यान सत्ताको चाहनामा नभएर उत्पादकता अनि मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुमा रहेको पनि उनले स्पष्ट पारे। “म राजनीतिमा सत्तामा कायम रहनका लागि नभएर सेवा गर्नका लागि आएको हुँ,” मोदीले भने।
एक्लोपनको धारणालाई सम्बोधित गर्दै प्रधानमन्त्रीले यसको अनुभव कहिले पनि नहुने कारण उनले “एक प्लस एक”को दर्शनमा विश्वास गर्ने हुँदा यसले स्वयं र सर्वशक्तिमानको प्रतिनिधित्त्व गर्ने आशय व्यक्त गरे। राष्ट्र अनि यसका मानिसहरूको सेवा गर्नु ईश्वरको सेवा समान रहेको उनले बताए। महामारीका समय भिडियो कन्फरेन्सिङको माध्यमद्वारा शासनको मोडल तयार गरी 70 वर्ष अनि यसभन्दा धेरै उमेरका पार्टीका स्वयंसेवकहरूसँग व्यक्तिगत रूपमा जोडिएर उनीहरूको हालखबर सोधेर पुराना यादहरू ताजा गर्न जुटेको उनले बताए।
कडा मेहनतको राजबारे सोध्दा आफूले वरिपरीका मानिसहरूको कडा मेहनत देखेर प्रेरणा पाउने गरेको र यसमा आफ्नो परिवार अनि समुदायका लागि अथक परिश्रम गर्ने किसान, सैनिक, मजदुर अनि आमाहरू सामेल रहेको उनले बताए। “म कसरी सुत्न सक्छु? म कसरी आराम गर्नसक्छु? प्रेरणा मेरो आँखाको सामु छ,” उनले भने। आफ्ना साथी नागरिकहरूद्वारा सुम्पिएको दायित्त्वले उनलाई आफ्नो सर्वश्रेष्ठ दिनका लागि प्रेरित गर्ने उनले बताए। वर्ष 2014 को आफ्नो अभियानका समय दिएको वचनलाई याद गर्दै, देशको निम्ति कडा मेहनतमा कहिले पनि पछि नहट्ने, कहिले पनि नराम्रो आशयले काम नगर्ने र व्यक्तिगत लाभका लागि केही नगर्ने कुरालाई सरकार प्रमुखका रूपमा 24 वर्षसम्म यी मानकलाई कायम राखेको उनले अवगत गराए। देशको 140 करोड जनमानसको सेवा गर्नु, उनीहरूका आकाङ्क्षालाई बुझ्नु र उनीहरूका आवश्यकता पूरा गर्नुबाट प्रेरणा पाउने गरेको कुरा पनि आलोकित गरे। “म सधैं जति हुनसक्छ, त्यति गर्न, जति सम्भव हुन्छ, त्यति कठिन परिश्रम गर्नका लागि दृढ सङ्कल्पित रहने गर्दछु। आज पनि मेरो ऊर्जा त्यति नै प्रबल छ,” उनले बताए।
व्यापक रूपमा सार्वकालिक महानतम गणितज्ञमध्ये एक मानिने श्रीनिवास रामानुजनप्रति आफ्नो गहिरो सम्मान व्यक्त गर्दै प्रधानमन्त्री मोदीले रामानुजनको जीवन अनि कार्यले विज्ञान अनि अध्यात्मबीच गहिरो सम्बन्ध दर्शाउने उल्लेख गरे। उनको गणितीय विचार ती देवीबाट प्रोरित थियो, जसको उनी पूजा गर्थे भन्ने कुरा आलोकित गर्दै यस्तो विचार आध्यात्मिक अनुशासनबाट उत्पन्न हुने कुरामाथि जोड दिए। “अनुशासन कडा मेहनतभन्दा पनि धेरै छ। यसको अर्थ हो कुनै कार्यप्रति स्वयंलाई पूर्णरूपले समर्पित गर्नु, र स्वयंलाई त्यसमा पूर्णरूपले डुबाउनु ताकि आफ्नो कामका साथ एक हुनसकोस्,” मोदीले भने। ज्ञानको विविध स्रोतप्रति खुल्ला रहनुको महत्त्व रेखाङ्कित गर्दै यही खुल्लापनले नयाँ विचारको उद्भवलाई बढावा दिने उल्लेख गरे। सूचना अनि ज्ञानका बीच अन्तरमाथि जोड दिँदै उनले भने, “केही मानिसले गल्तीद्वारा सूचनालाई ज्ञान मान्ने गर्दछन्। ज्ञान केही गहिरो छ। यही बिस्तारै प्रसंस्करण, प्रतिबिम्ब र बुझाईको माध्यमद्वारा विकसित हुँदछ।” दुवैलाई प्रभावी ढङ्गले सम्हाल्नका लागि यसको अन्तर चिन्नुपर्ने आवश्यकता रेखाङ्कित गरे।
आफ्नो निर्णय लिने कारकहरूमाथि चर्चा गर्दै प्रधानमन्त्री मोदीले आफ्नो वर्तमान भूमिकाभन्दा पहिले भारतको 85-90 प्रतिशत जिल्लाको आफ्नो यात्राबारे अवगत गराए। यी अनुभवहरूले धरातलीय वास्तविकताको प्रत्यक्ष ज्ञान प्राप्त भएको उनले बताए। “म यस्तो कुनै भारी उठाउँदिन जसले मलाई नै दबाउन सक्दछ अथवा एउटा निश्चित तरिकाले काम गर्नका लागि बाध्य गराउँदछ,” मोदीले भने। आफ्नो मार्गदर्शक सिद्धान्त “मेरो देश पहिलो छ” भन्ने रहेको र निर्णय लिने समय गरीब व्यक्तिको अनुहारमाथि विचार गर्ने महात्मा गान्धीको ज्ञानबाट प्रेरणा लिने गरेको उनले बताए। आफ्नो सुसम्पर्क प्रशासनबारे जानकारी गराउँदै कैयौं अन्य सक्रिय सूचना च्यानलले उनलाई विविध दृष्टिकोण प्रदान गर्ने गरेको बताए। “जब कोही मलाई जानकारी दिन आउँछन्, तब तिनी मेरो जानकारीको एक मात्र स्रोत हुँदैनन्,” मोदीले भने। एकजना शिक्षार्थीको मानसिकता कायम राख्नु, एक विद्यार्थीले जस्तै प्रश्न सोध्नु र कैयौं कोणद्वारा मुद्दाको विश्लेषण गर्नुका लागि शैतानले उकीलको भूमिका खेल्नुपर्ने कुरामाथि उनले जोड दिए। कोभिड-19 सङ्कटको समय आफ्नो निर्णय लिने प्रक्रिया साझा गर्दै उनले वैश्विक आर्थिक सिद्धान्तलाई आँखा बन्द गरेर पालन गर्ने दबाउको विरोध गरेको बताए। “म गरीबलाई भोकै सुत्न दिनेछैन। म दिनहुँको बुनियादी आवश्यकतालाई लिएर सामाजिक तनाउ उत्पन्न हुन दिनेछैन, उनले बताए।” धैर्य अनि अनुशासनमा आधारित उनको दृष्टिकोणले भारतलाई गम्भीर मुद्रास्फीतिबाट बताएको तथा विश्वको सबैभन्दा तेज गतिले बढ्दो प्रमुख अर्थव्यवस्थामध्ये एक बनाउन सहायता गरेको उनले बताए। आफ्नो जोखिम उठाउने क्षमताबारे बोल्दै उनले भने, “यदि मेरो देशका लागि, मानिसहरूका लागि केही सही छ भने, म सधैं जोखिम उठाउनका लागि तयार छु।” आफ्नो निर्णयको जिम्मेवारी लिनेमाथि जोड दिँदै भने, “यदि केही गलत हुन्छ भने म अरूमाथि दोष थोप्दिन। म खडा हुन्छु, जिम्मेवारी लिन्छु र परिणामलाई अपनाउने गर्दछु।” यही दृष्टिकोणले आफ्नो टीमभित्र गहिरो प्रतिबद्धतालाई बढावा दिने र नागरिकहरूका बीच विश्वास निर्माण गर्ने उनले बताए। “म गल्ती गर्नसक्छु, तर नराम्रो आशयले काम गर्दिन,” मोदीले भने।
कृत्रिम बुद्धिमतालाई (एआइ) बढावा दिन भारतको भूमिकाबारे सोधिएको प्रश्नमा उनले जोड दिँदै भने, “कृत्रिम बुद्धिमताको विकास मूल रूपमा एउटा सहयोगात्मक प्रयास हो। कुनै पनि देशले पूर्णरूपमा आफ्नो बलमा एआइको विकास गर्नसक्दैन। विश्वले चाहे एआइका साथ जे गरोस्, तर यो भारतबिना अधुरो नै रहनेछ।” विशिष्ट उपयोगको मामिलामा एआइ सञ्चालित अनुप्रयोगमा भारतको सक्रिय कार्य अनि व्यापक पहुँच सुनिश्चित गर्नका लागि यस अनौठो बजार आधारित मोडलबारे पनि उनले चर्चा गरे। भारतको विशाल प्रतिभा समूह यसको सबैभन्दा ठूलो तागत रहेको उल्लेख गर्दै कृत्रिम बुद्धिमता मूल रूपमा मानव बुद्धिमताद्वारा सञ्चालित, आकार र निर्देशित हुने र यो वास्तविक बुद्धिमता भारतका युवाहरूमा प्रचुर मात्रामा उपलब्ध रहेको बताए। भारतमा 5-जी सेवा शुरु भएपछि तीव्र प्रगतिको उदाहरण साझा गर्दै यसले वैश्विक अपेक्षाहरू पार गरेको बताए। भारतको अन्तरिक्ष मिशनको लागत-प्रभावशीलताबारे चर्चा गर्दै चन्द्रयानको लागत हलिवुडको कुनै ब्लकबस्ट फिल्मभन्दा पनि कम्ति रहेको र यसले भारतको दक्षता अनि नवाचारलाई प्रदर्शित गर्ने उल्लेख गरे। यी उपलब्धिहरूले भारतीय प्रतिभाका लागि वैश्विक सम्मान सिर्जना गर्नका साथै यसले भारतको सभ्यतागत लोकाचारलाई दर्शाउने उनले बताए। वैश्विक तकनिकीमा भारतीय मूलका नेताहरूको सफलतामाथि विचार गर्दै यसको श्रेय भारतको समर्पण, नैतिकता अनि सहयोगको सांस्कृतिक मूल्यलाई दिए। “भारतमा हुर्के-बढेका मानिसहरू, विशेष रूपमा संयुक्त परिवार अनि खुल्ला समाजबाट आएका मानिसहरू जटिल काम अनि ठूलो टीमलाई प्रभावी तरिकाले नेतृत्त्व गर्न सहज महसुस गर्छन्,” मोदीले बताए। भारतीय पेशेवरहरूको समस्या समाधान गर्ने क्षमता अनि विश्लेषणात्मक सोच उजागर गर्दै यसैले उनीहरूलाई वैश्विक रूपमा प्रतिस्पर्धी बनाउने उल्लेख गरे। एआइले मानिसको ठाउँ लिने चिन्ताहरूलाई सम्बोधित गर्दै प्रधानमन्त्रीले प्रौद्योगिकी सधैं मानवताका साथ अघि बढेको र यसमा मनुष्यले अनुकूलन गर्दै एक कदम अघि रहने गरेको बताए। “मानव कल्पना इन्धन हो। एआइले यसको आधारमा कुनै वस्तु बनाउन सक्दछ, तर तकनिकीले मानव मनको असीमित रचनात्मकता र कल्पनाको ठाउँ लिनसक्दैन,” उनले बताए। एआइले मनुष्यलाई वास्तवमा मानव हुनुको अर्थ के हो भन्ने विषयमा सोच्नका लागि चुनौती दिने कुरामाथि बल दिँदै तर एक-अर्काको हेरचाह गर्ने जन्मजात मानवीय क्षमतालाई एआइले दोहोऱ्याउन नसक्ने स्पष्ट पारे।
शिक्षा, परीक्षा अनि छात्रको सफलता विषयबारे बोल्दै मोदीले सामाजिक मानसकिताले विद्यार्थीहरूमाथि अनुचित दबाउ दिने गरेको तथा स्कूल अनि परिवारले प्रायः नै ऱ्याङ्किङको आधारमा सफलता नाप्ने गरेको उल्लेख गरे। यस मानसिकताका कारण बच्चाहरूलाई उनीहरूको जीवन 10 औं अनि 12 औं कक्षाको परीक्षामाथि निर्भर रहने जस्तो लाग्ने गरेको कुरामाथि उनले जोड दिए। यस मुद्दालाई सम्बोधित गर्नका लागि भारतको नयाँ शिक्षा नीतिमा पेश गरिएका महत्त्वपूर्ण परिवर्तनमाथि चर्चा गर्नका साथै परीक्षा पे चर्चा जस्ता पहलको माध्यमद्वारा विद्यार्थीहरूको भार घटाउनका लागि आफ्नो प्रतिबद्धता मोदीले साझा गरे। परीक्षा कुनै व्यक्तिको क्षमताको एकमात्र मानक हुन नसक्ने उनले स्पष्ट पारे। “कैयौंले अकादमिक रूपमा उच्च स्कोर ल्याउन सक्दैनन्, तर क्रिकेटमा शतक लगाउन सक्छन्, किनभने यही उनको असली तागत हो,” मोदीले भने। आफ्नो स्कूलका दिनहरूको एउटा घटना साझा गर्दै नवीन शिक्षण विधिबारे चर्चा गरे, जसले सिकाइलाई आनन्ददायक अनि प्रभावी बनाएको थियो। यस्तै तकनिकीलाई नयाँ शिक्षा नीतिमा सामेल गरिएको उनले बताए। विद्यार्थीहरूलाई हरेक काम समर्पण र इमान्दारीका साथ गर्न सल्लाह दिँदै बढेको कौशल र क्षमताले सफलताको द्वार खोल्ने उल्लेख गरे। युवाहरूलाई हतोत्साहित नहुन प्रोत्साहित गर्दै निश्चित रूपमा स्वयंका लागि केही काम आवश्यक रूपमा निर्धारित रहेको तथा आफ्नो कौशल बढाउन ध्यान केन्द्रित गरे अवसर आफै आउने उनले स्पष्ट पारे। आफ्नो जीवनलाई एउटा ठूलो उद्देश्यका साथ जोड्नुको महत्त्वमाथि चर्चा गर्दै यसले प्रेरणा र अर्थ ल्याउने कुरा बताए। तनाउ अनि कठिनाइलाई सम्बोधित गर्दै प्रधानमन्त्रीले माता-पितालाई आफ्नो बच्चालाई स्टेटस सिम्बलका रूपमा उपयोग गर्न बन्द गर्न र जीवन केवल परीक्षाबारे नरहेको बुझ्न आग्रह गरे। यसका साथै उनले विद्यार्थीहरूलाई राम्ररी तयारी गर्न, आफ्नो क्षमतामाथि भरोसा गर्न र आत्मविश्वासका साथ परीक्षा दिन पनि सल्लाह दिए। परीक्षाका समय चुनौतीहरू पार गर्नका लागि व्यवस्थित समय प्रबन्धन अनि नियमित अभ्यासको महत्त्वमाथि उनले जोड दिए। प्रत्येक व्यक्तिको अद्वितीय क्षमतामा आफ्नो विश्वास पुष्टि गर्दै सफल हुनका लागि स्वयं अनि आफ्नो क्षमतामाथि भरोसा कायम राख्न विद्यार्थीहरूलाई प्रोत्साहित गरे।
सिकाइप्रति आफ्नो दृष्टिकोण साझा गर्दै वर्तमानमा पूर्णरूपले उपस्थित रहनुको महत्त्वमाथि उनले जोड दिए। “जब म कसैसँग भेट गर्दछु, तब म वर्तमानमा पूर्णरूपले विद्यमान रहने गर्दछु। यस ध्यानले मलाई नयाँ अवधारणाहरू सक्दो चाँडै बुझ्न सहायता गर्दछ,” उनले भने। अरूलाई पनि यो बानी अपनाउन प्रोत्साहित गर्दै यसबाट दिमाग तेज हुनका साथै सिक्ने क्षमतामा सुधार हुने उल्लेख गरे। अभ्यासको महत्त्वबारे चर्चा गर्दै केवल महान ड्राइभरको जीवन कथा पढेर ड्राइभिङमा खप्पिस बन्न नसक्ने तर त्यसका लागि स्वयंले गाडी चलाउनुपर्ने र त्यो पनि सडकमा चलाउनुपर्ने बताए। मृत्युको निश्चिततामाथि विचार गर्दै जीवनलाई अँगाल्नु, यसलाई उद्देश्यपूर्ण बनाउनु र मृत्युको डरलाई टाढा राख्नुको महत्त्वमाथि जोड दिँदै तर यो अपरिहार्य रहेको स्पष्ट पारे। “आफ्नो जीवनलाई समृद्ध, परिष्कृत र उन्नत बनाउनका लागि प्रतिबद्ध रहनुपर्नेछ ताकि मृत्यु आउनुभन्दा अघि नै पूर्णरूपले अनि उद्देश्यपूर्ण जीवन जिउन सकियोस्”, मोदीले भने।
भविष्यबारे आफ्नो आशा व्यक्त गर्दै निराशावाद अनि नकारात्मकता उनको मानसिकताको अंश नरहेको प्रधानमन्त्री मोदीले स्पष्ट पारे। सङ्कटलाई नियन्त्रित गर्नु र पूरा इतिहासमा परिवर्तनलाई अपनाउनुमा मानवताको अनुकूलनबारे पनि उनले चर्चा गरे। “हरेक युगमा परिवर्तनको निरन्तर बग्दो धाराका साथ अनुकूलन मानव स्वभावमा छ,” मोदीले बताए। मानिसहरूले पुराना सोचको स्वरूपबाट मुक्त भई परिवर्तनलाई अँगाले असाधारण सफलताको सम्भावना बढ्ने उनले स्पष्ट पारे।
आध्यात्मिकता, ध्यान अनि सार्वभौमिक कल्याणको विषयमाथि बोल्दै मोदीले गायत्री मन्त्रको महत्त्वबारे अवगत गराए। यसलाई सूर्यको उज्ज्वल शक्तिलाई समर्पित आध्यात्मिक ज्ञानका लागि एक शक्तिशाली उपकरणका रूपमा वर्णित गरे। कैयौं हिन्दू मन्त्र विज्ञान अनि प्रकृतिका साथ गहनताका साथ जोडिएको उल्लेख गर्दै त्यसको प्रतिदिन जपले गहन अनि स्थायी लाभ प्राप्त हुने बताए। स्वयंलाई विकर्षणबाट मुक्त गर्न र वर्तमानमा विद्यमान रहने कुरामा पनि प्रधानमन्त्रीले जोड दिए। हिमालयमा आफ्नो समयको एउटा अनुभव याद गरे, जहाँ एकजना ऋषिले उनलाई एउटा कटौरामा झर्ने पानीको थोपाको लयबद्ध ध्वनिमा ध्यान केन्द्रित गर्न सिकाएका थिए। उक्त अभ्यासलाई “दिव्य प्रतिध्वनि”का रूपमा वर्णित गर्दै त्यसले एकाग्रता विकसित गर्न र ध्यानमा विकसित हुन सहायता गरेको उल्लेख गरे। हिन्दू दर्शनमाथि विचार गर्दै मोदीले जीवनको परस्पर अन्तरसम्बन्ध र सार्वभौमिक कल्याणको महत्त्वमाथि बल दिने मन्त्रहरू उद्घृत गरे। “हिन्दूले कहिले पनि केवल व्यक्तिगत कल्याणमाथि ध्यान केन्द्रित गर्दैन। ही सबैको हित र समृद्धिको कामना गर्दछौं,” मोदीले बताए। प्रत्येक हिन्दू मन्त्र शान्तिको आह्वानका साथ समाप्त हुने र त्यो जीवनको सार अनि ऋषिहरूका आध्यात्मिक प्रथाको प्रतीक रहेको उनले चर्चा गरे। आफ्नो विचार साझा गर्ने अवसरका लागि आभार व्यक्त गर्दै प्रधानमन्त्रीले पोडकास्टको समापन गरे। यस कुराकानीले उनलाई धएरै लामो समयदेखि आफूभित्र दबाएर राखेको विचार खोज्ने र व्यक्त गर्ने अवसर दिएको प्रधानमन्त्री मोदीले बताए।
******
(Release ID: 2111779)
Visitor Counter : 12
Read this release in:
English
,
Urdu
,
Marathi
,
Hindi
,
Bengali-TR
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Tamil
,
Kannada
,
Malayalam