पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय
azadi ka amrit mahotsav

दुई वर्षभित्रै आइईडब्लु वैश्विक ऊर्जा क्यालेण्डरको प्रमुख अंश बन्नपुगेको छ : पेट्रोलियम मन्त्री हरदीप पूरी


आइईडब्लुको अर्को संस्करण यशोभूमि, द्वारकामा 11 देखि फेब्रुअरी 2025 सम्म आयोजित हुनेछ : पेट्रोलियम मन्त्रीको घोषणा

पेट्रोलियम मन्त्रीले एफआइपीआइ तेल एवं ग्यास पुरस्कार 2023 समारोहलाई सम्बोधन गर्दै भारतको ऊर्जा क्षेत्रको विकास अनि सुधारबारे प्रकाश पारे

Posted On: 26 NOV 2024 9:16PM by PIB Gangtok

भारत सरकारले भारतमा हाइड्रोकार्बन उद्योगको ऊर्ध्वप्रवाह, मध्यप्रवाह तथा अनुप्रवाह क्षेत्रमा उल्लेखनीय सुधार ग्रहण गरेको छ। केन्द्रिय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पूरीले एउटा कार्यक्रमलाई सम्बोधन गर्दै बताए। यी सुधारहरूमा काँचो तेल आपूर्तिमा विविधिकरण, ग्यासको मूल्यमा सुधार तथा निषेध क्षेत्रहरू खोल्ने जस्ता कदम सामेल रहेको र यो वहनीय, सुपथ साथै भारतको सुरक्षित ऊर्जा भविष्य सुनिश्चित गर्न लक्षित रहेको बताए। यसका साथै तेलक्षेत्र अधिनियम एवं विकास (ओआरडी) ऐनमा संशोधन लगायत रिफाइनरीहरूको क्षमता विस्तार गर्न र पेट्रोलमा ईथेनलको मिश्रण बढाउन प्रयास चलिरहेको पनि मन्त्री पूरीले प्रकाश पारे।

डिजिटल रूपमा उन्नत वर्षको कम्पनी, वर्षमा वहनीय रूपमा विकास हुने करपोरेट, वर्षका सर्जक अनि ऊर्जा क्षेत्रमा श्रेष्ठ स्टार्टअप लगायत 20 भन्दा धेरै श्रेणीमा उत्कृष्टता, नवाचार अनि नेतृत्त्वको उत्सव मनाउने एफआइपीआइ तेल एवं ग्यास पुरस्कार 2023 समारोहलाई सम्बोधन गर्दै मन्त्री पूरीले यस प्रकारको आशय व्यक्त गरे। समारोहमा दुई महिला अनि पुरुष श्रेणीमा वर्षका सफल युवा साधक जस्ता उल्लेखनीय व्यक्तित्त्वलाई पनि सम्मान जनाइयो। कार्यक्रममा केन्द्रिय पेट्रोलियम एवं प्राकृतिक ग्यास तथा पर्यटन राज्य मन्त्री सुरेश गोपी, पेट्रोलियम एवं प्राकृतिक ग्यास सचिव पङ्कज जैन तथा विभिन्न तेल/ ग्यास पीएसयुका सीएमडीहरू पनि उपस्थित थिए।

ऊर्जा क्षेत्रमा भारतको प्रगतिबारे बोल्दै मन्त्री पूरीले विगत तीन वर्षको सन्दर्भ अवधिमा तेलको मूल्य घटाउने काम, जस्ता प्रमुख उपलब्धिका साथ विश्वमा यो हासिल गर्ने भारत एक मात्र देश रहेको उल्लेख गरे। विश्वमा एलपीजी सिलिण्डरको मूल्य सबैभन्दा कम रहेको र पीएमयुवाई परिवारका लागि यो प्रतिदिन ₹6 र गैर पीएमयुवाई परिवारका लागि यो प्रतिदिन ₹14 बराबर रहेको उल्लेख उनले गरे। यसका साथै, वर्ष 2028 सम्म 310 एमएमटीपीएको लक्ष्यका साथ रिफाइनरीहरूको क्षमता 2014 को 215 एमएमटीपीएबाट 2024 सम्म 256.8 एमएमटीपीए पुऱ्याइएको पनि उनले जानकारी दिए। यसका अतिरिक्त, 2025 सम्म 16 प्रतिशत अपेक्षित वृद्धिका साथ 2030 सम्म 1 मिलियन वर्ग किलोमिटर क्षेत्रफलसम्म खोज कार्य बढाउने दिशामा भारत अघि बढिरहेको पनि उनले बताए।

सरकारले आगामी वर्ष 20 प्रतिशतको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ पेट्रोलमा ईथेनलको मिश्रण वर्ष 2014 को 1.53 प्रतिशतबाट बढाएर सफलतापूर्वक 2024 सम्म 16 प्रतिशत पुऱ्याएको पनि प्रकाश पारे। यो उपलब्धिले भारतलाई जैवइन्धन मिश्रणको सन्दर्भमा ब्राजिलपछि दोस्रो बृहत् अर्थनीतिको स्थान दिलाएको उनले बताए। शहरी ग्यास वितरण (सीजीडी) कभरेजको विस्तार पनि वर्ष 2014 को 5.5 प्रतिशतको तुलनामा 2024 भित्र 100 प्रतिशत सीजीडी क्षेत्रफल हासिल गरिएको कुराले रेखाह्कित गर्ने उनले उल्लेख गरे।

सरकारको पहल अनि निवेशकहरूको आत्मविश्वासका साथ डीपटेक स्टार्टअपहरूको सङ्ख्यामा वृद्धिका कारण भारतको ऊर्जा परिक्षेत्रले तेज गतिमा विकास गरिरहेको पनि मन्त्री पूरीले बताए। विगत पाँच वर्षमा भारतका उद्यमीहरूले डीपटेकमा 14 सयभन्दा धेरै पेटेन्टको आवेदन दर्ता गरेको र 1 लाखभन्दा धेरै स्टार्टअप अनि 120 युनिकर्नका साथ स्टार्टअप परितन्त्रको सन्दर्भमा भारत विश्वको तेस्रो स्थानमा रहेको उनले बताए।

भारत ऊर्जा सप्ताह (आइईडब्लु) 2024 को दोस्रो संस्करणलाई सफल बनाएकोमा पनि मन्त्री पूरीले सबै प्रतिभागीलाई बधाई दिए। भारत ऊर्जा सप्ताह 2024-25 को अर्को संस्करण यशोभूमि, द्वारका, नयाँ दिल्लीमा 11 देखि 14 फेब्रुअरी, 2025 सम्म आयोजित गरिने पनि उनले जानकारी दिए। कारोबारमा अरबौं डलर आकर्षित गर्नका साथै विश्वव्यापी ऊर्जा विशेषज्ञहरूका लागि भेला हुने नयाँ मञ्चका रूपमा आइईडब्लु तेज गतिले वैश्विक ऊर्जा मञ्च बनिरहेको पनि मन्त्री पूरीले प्रकाश पारे।

दुई वर्षभित्रै भारतको ऊर्जा सप्ताहले , भारतको द्रूत आर्थिक विकास, बढ्दो उपभोक्ता आधआर तथा अनुकूल निवेश परिवेशका कारण वैश्विक ऊर्जा क्यालेण्डरमा आफ्नो स्थान स्थापित गरेको उनले बताए। भारतको ऊर्जा क्षेत्र नवाचार अनि सम्भावनाका लागि बढ्दो रूपमा मान्य बनिरहेको पनि मन्त्री पूरीले उल्लेख गरे।

आगामी आइईडब्लु 2025 मा 700 प्रदर्शक, 105 सम्मेलनका साथ 70,000 भन्दा धेरै प्रतिनिधि आकर्षित गर्ने उल्लेख गर्दै यसका प्रमुख अंशबारे पनि मन्त्री पूरीले प्रकाश पारे। यसको तुलनामा 2024 को संस्करणमा 600 प्रदर्शक अनि 45 सामरिक एवं 46 प्राविधिक सम्मेलन आयोजित भएको बताए। आइईडब्लु 2025 मा 10 भन्दा धेरै देशको मण्डपका साथ विस्तार गरी भारतको ऊर्जा परितन्त्रको वैश्विक महत्त्व प्रदर्शित गरिने उनले जानकारी दिए। आइईडब्लु 2025 लाई सम्मेलनभन्दा बढी हरित, तीक्ष्ण तथा बढी अनुकूलित ऊर्जा परितन्त्र सिर्जना गर्ने दिशामा आन्दोलनको रूपमा स्वीकार गर्न पनि उनले प्रतिभागीहरूलाई आह्वान जनाए।

ऊर्जामा आत्मनिर्भरताको निम्ति भारतको प्रगतिलाई सुदृढ बनाउने दिशामा उल्लेखनीय योगदानको निम्ति पुरस्कृत साथै मनोनितहरूलाई मन्त्री पूरीले बधाई दिए।

************


(Release ID: 2077882) Visitor Counter : 31


Read this release in: English , Hindi , Malayalam