रक्षा मन्त्रालय

डीआरडीओद्वारा ओडिशाको तटबाट “अग्नि प्राइम” ब्यालेस्टिक मिसाइलको सफल उडान परीक्षण


Posted On: 08 JUN 2023 12:03PM by PIB Gangtok

रक्षा अनुसन्धान एवं विकास सङ्गठन (डीआरडीओ) द्वारा 07 जून, 2023 को दिन ओडिशाको तटस्थित डा. एपीजे अब्दुल कलाम द्वीपबाट नयाँ पिँढीको ब्यालेस्टिक मिसाइल “अग्नि प्राइम” सफलतापूर्वक उडान परीक्षण गरियो। उडान परीक्षणको समय, सबै उद्देश्य सफलतापूर्वक प्रदर्शित भयो।

यो मिसाइलको तीन सफल विकास परीक्षणपछि प्रयोगकर्ताद्वारा आयोजित पहिलो प्री-इण्डक्शन नाइट लञ्च थियो, जसले सिस्टमको सटीकता अनि विश्वसनीयतालाई मान्य गर्दछ। रडार, टेलीमेट्री र ईलेक्ट्रो अप्टिकल ट्रेकिङ सिस्टम जस्ता रेञ्ज इन्स्ट्रुमेन्टेशनलाई विभिन्न स्थानमा तैनाथ गरिएको थियो, जसमा दुई डाउन रेञ्ज जहाज सामेल थियो, ताकि वाहनको पूरा प्रक्षेपवक्रलाई समेट्ने उडान डाटा क्याप्चर गर्नसकियोस्।

डीआरडीओ अनि सामरिक बल कमानका वरिष्ठ अधिकारीहरूले सफल उडान परीक्षण हेरे, जसले सशस्त्र बलमा प्रणालीलाई सामेल गर्ने मार्ग प्रशस्त गरेको छ।

रक्षा मन्त्री राजनाथ सिंहले डीआरडीओ अनि सशस्त्र बलकाई नयाँ पिँढीको ब्यालेस्टिक मिसाइल अग्नि प्राइमको सफलताका साथसाथै कपी बुक प्रदर्शनको निम्ति बधाई दिएका छन्।

रक्षा अनुसन्धान एवं विकास विभागका सचिव अनि डीआरडीओका अध्यक्ष डा. समीर भी कामतले डीआरडीओ प्रयोगशालाका टीम अनि परीक्षण लञ्चमा सामेल प्रयोगकर्ताद्वारा गरिएको प्रयासको सराहना गरेका छन्।

****



(Release ID: 1930784) Visitor Counter : 100