• Skip to Content
  • Sitemap
  • Advance Search
Social Welfare

अन्तर्राष्ट्रिय स्वास्थ्य सेवातर्फ

आयुष्मान भारत प्रधानमन्त्री–जन आरोग्य योजना

Posted On: 01 NOV 2025 11:27AM

मुख्य बुँदाहरू

  • आयुष्मान भारत–प्रधानमन्त्री जन आरोग्य योजना विश्वकै सबैभन्दा ठूलो सार्वजनिक स्वास्थ्य योजना हो, जसको उद्देश्य प्रत्येक योग्य परिवारलाई वार्षिक रूपमा ५ लाख रूपियाँसम्मको स्वास्थ्य बीमा प्रदान गर्नु हो।
  • एबी–पीएमजेएवाई सात वर्षअघि २३ सितम्बर २०१८ मा शुरू गरिएको थियो।
  • एबी–पीएमजेएवाईले १ करोड़ २० लाखभन्दा बढ़ी विपन्न परिवारहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा अझ सस्तो बनाएको छ।
  • २८ अक्टोबर २०२५ सम्म, एबी–पीएमजेएवाईका लाभार्थीहरूका लागि ४२ करोड़भन्दा अधिक आयुष्मान कार्ड वितरण गरिएको छ।
  • ८६ लाखभन्दा धेर वरिष्ठ नागरिकहरू यस योजनामा समावेश भएका छन्।
  • यो आयुष्मान भारत योजनाको बहुआयामिक घटकहरू सहितको एक हिस्सा यो हो कि यी सबै मिलेर सार्वभौमिक स्वास्थ्य हासिल गर्नका लागि सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दछन्।

परिचय

स्वास्थ्य क्षेत्रमा लगानी गर्नु समुदायहरूलाई अझ सक्षम, दिगो र उत्पादक बनाउने कार्य हो। सार्वभौमिक स्वास्थ्य कवरेजको उद्देश्य विशेष गरी सबैभन्दा विपन्न परिवारहरूलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउनु हो, जसले उनीहरूलाई स्वस्थ र सन्तुष्ट जीवन जीऊन सक्षम बनाउँदछ।

भारतको आर्थिक वृद्धि दर निरन्तर प्रगतिशील हुँदै जाँदा, भारत सरकारले “सबका साथ, सबका विकास” भन्ने नारालाई अनुसरण गर्दै सस्तो सार्वभौमिक स्वास्थ्य सेवा सुनिश्चित गर्न ध्यान केन्द्रित गर्न सक्षम भएको छ, ताकि जनताले राम्रो स्वास्थ्य र समृद्ध जीवनको आनन्द लिन सकून् र “विकसित भारत @ २०४७को निर्माणमा योगदान दिन सकून्।

भारत सरकारले सार्वभौमिक स्वास्थ्य सेवा प्राप्त गर्ने उद्देश्यका साथ आयुष्मान भारत – प्रधानमन्त्री जन आरोग्य योजना (एबी–पीएमजेएवाई) २३ सितम्बर २०१८ मा शुरू गरेको हो। यो विश्वकै सबैभन्दा ठूलो सार्वजनिक स्वास्थ्य योजना हो, जसमा करोड़ौ विपन्न भारतीय परिवारहरू समावेश भएका छन्।

राष्ट्रिय स्वास्थ्य नीति २०१७ ले भारतमा प्रविधिको विकास, सामाजिक–आर्थिक अवस्थाको परिवर्तन, र रोगका ढाँचाहरूमा आएको रूपान्तरण जस्तै परम्परागत सङ्क्रामक रोगसंगै असङ्क्रामक, जीवनशैलीसित सम्बन्धित रोगहरूको वृद्धिलाई ध्यानमा राखेर बदलिँदै गएका स्वास्थ्य चुनौतीहरूको समाधान गर्दछ। यस नीतिसंग मेल खाने, एबी–पीएमजेएवाई २०१८ मा शुरू गरिएको व्यापक आयुष्मान भारत योजना को एउटा प्रमुख स्तम्भ हो, जसको उद्देश्य विशेष गरी ग्रामीण र आर्थिक रूपमा कमजोर वर्गका लागि समान स्वास्थ्य कवरेज उपलब्ध गराउने स्वास्थ्य पहल हो।

आयुष्मान भारत अन्तर्गतका अन्य स्तम्भहरूमा समावेश छन्:

  • आयुष्मान आरोग्य मन्दिर (एएएम) ले यो सुनिश्चित गर्दछ कि प्रारम्भिक स्वास्थ्य सेवा मानिसहरूको घर नजिक वा फोन कलमार्फत सजिलै पहुँच योग्य होस्।
  • आयुष्मान भारत डिजिटल मिशन (एबीडीएम) ले सबै स्वास्थ्य सुविधाहरूलाई गाउँका क्लिनिकदेखि ठूला अस्पतालसम्म डिजिटल रूपमा जोड्ने कार्य गर्दछ। यसको उद्देश्य देशको एकीकृत डिजिटल स्वास्थ्य पूर्वाधार विकास गर्नु हो। यसले स्वास्थ्य क्षेत्रका विभिन्न सरोकारवालाहरूलाई डिजिटल मार्गमार्फत आपसमा जोड्नेछ।
  • प्रधानमन्त्री–आयुष्मान भारत स्वास्थ्य पूर्वाधार मिशन (पीएम-एबीएचआईएम) २०२१ मा शुरू गरिएको हो,  यसले गाउँको स्वास्थ्य केन्द्रदेखि जिल्लास्तरीय अस्पतालसम्म बलियो स्वास्थ्य सेवा क्षमता निर्माण गर्ने काम गर्दछ।

आयुष्मान भारतले गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिक, दोस्रो र तोस्रो तीनै स्तरमा पहुँच योग्य बनाउँदछ।

आयुष्मान भारत – प्रधानमन्त्री जन आरोग्य योजना

एबी–पीएमजेएवाईले सामाजिक–आर्थिक रूपमा पछाड़िएका पञ्जीकृत परिवारहरूका लागि दोस्रो र तेस्रो स्तरको स्वास्थ्य सेवा तथा अस्पताल भर्नाका लागि वार्षिक ५ लाख रूपियाँसम्मको स्वास्थ्य कवरेज प्रदान गर्दछ, जसले उनीहरूलाई अत्याधिक मेडिकल बिलबाट जोगाउँदछ। यो योजनाले सूचीबद्ध सरकारी अनुदान प्राप्त र निजी अस्पतालहरूमा नगदरहित उपचार सुविधा उपलब्ध गराउँदछ।

एबी–पीएमजेएवाई योजनामा प्रगति

यसको शुरूवातदेखि अहिलेसम्म, एबी–पीएमजेएवाईले परिवारहरूलाई स्वास्थ्य खर्चमा १.५२ लाख करोड़ रूपियाँ भन्दा बढ़ी बचत गराएको छ, भारतको नवीनतम आर्थिक सर्वेक्षण (२०२४-२५) अनुसार।

अक्टोबर १, २०२५ सम्म, एबी–पीएमजेएवाईमा योजनाका लाभार्थीहरूका लागि सृजना गरिएका आयुष्मान कार्डहरू अनुसार ४२ करोड़भन्दा बढ़ी व्यक्तिहरू पञ्जीकृत भएका छन् । ७० वर्षभन्दा माथिका ८६.५१ लाखभन्दा बढ़ी वरिष्ठ नागरिकहरूलाई आयुष्मान वय वन्दना (भीभीएस) कार्ड प्रदान गरिएको छ। देशभरि ३३,००० भन्दा बढ़ी अस्पतालहरू, १७,६८५ सरकारी र १५,३८० निजी एबी–पीएमजेएवाई अन्तर्गत सूचीबद्ध छन्।

योजना अन्तर्गत लाखौँ मानिसहरूले सबै प्रकारका स्वास्थ्य सेवा उपभोग गरेका छन् (२८ अक्टोबर, २०२५ सम्म)।

 

विशेषताको नाम

कुल संख्या

कुल रकम रूपियाँमा

 

सामान्य चिकित्सा

21741389

183725535263

नेत्ररोग

4499544

25218529234

मेडिकल अङ्कोलोजी

4141188

45971190452

प्रसूति एवं स्त्रीरोग

3564071

26921505469

सामान्य शल्यक्रिया

3334123

51359883676

हड्डीरोग

2445678

81185282099

मूत्ररोग

1995470

36603974579

आपतकालिन कक्ष प्याकेज (12 घण्टा भन्दा कम बसाईको कक्ष)

1976059

3097080136

हृदय रोग

1282206

86730606349

नवजात शिशु सेवा

1104752

23200653194

एबी–पीएमजेएवाई बजेट

यो योजना पूर्ण रूपमा भारत सरकार र सम्बन्धित राज्य तथा केन्द्रशासित प्रदेश सरकारहरूले वित्त पोषण गर्ने गर्छन् र कार्यान्वयनको लागत दुवै पक्षले बाँडेर वहन गर्दछ। विगत केही वर्षमा केन्द्र सरकारको बजेट अनुमान बढ्दै गएको छ र २०२५-२६ को लागि ९,४०६ करोड़ रूपियाँको बजेट अनुमान गरिएको छ।

बितेका वर्षहरूमा एबी–पीएमजेएवाईको केन्द्र सरकारको बजेट:

आर्थिक वर्ष  

बजेट अनुमान (करोड़ रूपियाँमा)

 

2019-20

6,556

2020-21

6,429

2021-22

6,401

2022-23

7,857

2023-24

7,200

2024-25

7,500

2025-26

9,406

आयुष्मान आरोग्य मन्दिर

आयुष्मान आरोग्य मन्दिर (एएएम), आयुष्मान भारतको दोस्रो स्तम्भले, प्रारम्भिक स्वास्थ्य सेवालाई मानिसहरूको घर नजिक र सजिलै पहुँचयोग्य बनाउँदछ। यसले प्रसूति र बाल स्वास्थ्य सेवाभन्दा पर व्यापक सेवा वितरण गर्ने उद्देश्य राखेको छ, जसमा असङ्क्रामक रोगको उपचार, पीड़ा निवारक र पुनर्वास सेवा, मुख, आँखा र कान–नाक–घाँटी (ईएनटी) सेवा, मानसिक स्वास्थ्य, आपतकालीन र चोटपटकको पहिलो स्तरको सेवा, साथै आवश्यक निःशुल्क औषधि र निदान सेवाहरू समावेश छन्।

एएएम, जसमा प्राथमिक र उप-स्वास्थ्य केन्द्रहरू समावेश छन्। यी सबै आवश्यक स्रोतसाधनले युक्त छन-

  • उन्नत पूर्वाधार
  • अतिरिक्त मानव संसाधन
  • आवश्यक औषधि र निदान उपकरण
  • आईटी प्रणालीहरू, आदि

देशभरि सञ्चालनमा रहेका सबै एएम, ग्रामीण क्षेत्रहरू समेतमा टेलीकन्सल्टेशन सेवा उपलब्ध छ। एएएममा सितम्बर २०२५ सम्म ३९.६१ करोड़भन्दा अधिक टेलीकन्सल्टेशन गरिएको छ।

आयुष्मान भारत डिजिटल मिशन

एबीएचएले स्वास्थ्य क्षेत्रका व्यक्तिहरूका लागि अद्वितीय स्वास्थ्य पहिचान नम्बर तयार गर्दछ। यसले स्वास्थ्य सेवाका विभिन्न तहहरूमा निरन्तरता कायम गर्न र सेवा उपलब्धतालाई देशभरि, जस्तै टाढ़ा र ग्रामीण क्षेत्रहरूमा समेत सुनिश्चित गर्न सक्षम बनाउँदछ।

योजनाको प्रगति (५ अगस्त २०२५ सम्म):

  • ७९,९१,१८,०७२ एबीएचए  खाता सिर्जना गरिएको छ।
  • ,१८,९६४ स्वास्थ्य सुविधा एचएफआरमा पञ्जीकृत गरिएको छ।
  • ,७९,६९२ स्वास्थ्य व्यावसायी एचपीआर मा पञ्जीकृत भएका छन्।
  • ६७,१९,६५,६९० स्वास्थ्य रेकर्डहरू एबीएचएसित जड़ान गरिएको छ।

पीएम–आयुष्मान भारत स्वास्थ्य पूर्वाधार मिशन

कोविड-19 को समयमा, भारत सरकारले सम्पूर्ण सरकारी दृष्टिकोण प्रयोग गरी चाँड़ो प्रतिक्रिया जनायो। भारतका स्वास्थ्य प्रणालीहरूलाई सबै तहमा—स्थानीय क्लिनिकदेखि ठूला अस्पतालसम्म—राम्रो पूर्वाधार आवश्यक रहेको महामारीले देखायो । यी कमी कमजोरीहरू पूरा गर्नका लागि, प्रधानमन्त्री–आयुष्मान भारत स्वास्थ्य पूर्वाधार मिशन (पीएम-एबीएचआईएम) बजेट २०२१-२२ को भागको रूपमा २५ अक्टोबर २०२१ मा शुरू गरिएको थियो।

पीएम-एबीएचआईएम  को मुख्य उद्देश्य स्वास्थ्य पूर्वाधार, रोग निगरानी, र स्वास्थ्य अनुसन्धानमा शहर र गाउँ दुवै तहमा रहेका महत्वपूर्ण अभावहरूलाई पूरा गर्नु हो, ताकि भारत भविष्यमा महामारीहरूलाई स्वतन्त्र रूपमा सामना गर्न सक्षम होस्। यो २००५ पछि भारतको सबैभन्दा ठूलो सार्वजनिक स्वास्थ्य पूर्वाधार योजना हो, जसको कुल बजेट २०२१-२०२६ अवधिका लागि ६४,१८० करोड़ रूपियाँ तोकिएको छ। यसमध्ये ५४,२०५ करोड़ रूपियाँ राज्य स्तरीय कार्यक्रमका लागि छुट्याइएको छ भने ९,३४० करोड़ रूपियाँ केन्द्र स्तरीय कार्यक्रमका लागि राखिएको छ। यो भारतका अस्पताल, क्लिनिक र स्वास्थ्य अनुसन्धान सुविधाहरूलाई राष्ट्रव्यापी रूपमा उन्नत बनाउनको लागि महत्वपूर्ण ५ वर्षीय योजना हो, जसले देशलाई भविष्यका स्वास्थ्य आपतकालीन परिस्थितिहरूको लागि अझ राम्रो तयारीमा राख्नेछ।

आयुष्मान भारत योजना: कार्यसम्पादनको अवलोकन

२०२५ सम्म योजनामा प्रगति:

वित्तीय वर्ष २०२२-२३ देखि २०२४-२५ सम्म, राज्यहरू र केन्द्रशासित प्रदेशहरूले संयुक्त रूपमा आयुष्मान आरोग्य मन्दिरहरूको विकास र सञ्चालनमा ५,००० करोड़ रूपियाँ भन्दा अधिक खर्च गरेका छन्।

निष्कर्ष

एबी–पीएमजेएवाईले समाजका कमजोर वर्गहरूका निम्ति गुणस्तरीय र किफायती स्वास्थ्य सेवा सुनिश्चित गर्दछ र आयुष्मान आरोग्य मन्दिरहरूले प्रारम्भिक स्वास्थ्य सेवालाई मानिसहरूको घर नजिक ल्याउँदछ। एबीएचए (आयुष्मान भारत हेल्थ अकाउन्ट) योजनाले प्रत्येक नागरिकलाई अद्वितीय डिजिटल स्वास्थ्य आईडी प्रदान गर्दछ, जसले स्वास्थ्य रिकार्डहरू विभिन्न सुविधाहरूमा सहज रूपमा कायम राख्न सक्षम बनाउँदछ। पीएम-एबीएचआईएम ले आधारभूत स्वास्थ्य पूर्वाधारलाई सुदृढ़ बनाउँदै गाउँदेखि जिल्ला स्तरसम्म अस्पताल, प्रयोगशाला र स्वास्थ्य केन्द्रहरू निर्माण गर्दछ ताकि प्रणालीले गुणस्तरीय सेवा प्रदान गर्न र आपतकालीन परिस्थितिमा प्रतिक्रिया जनाउन सक्षम होस्।

साथमा, आयुष्मान भारत र स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय अन्तर्गतका यी योजनाहरूले किफायती, गुणस्तरीय र व्यापक स्वास्थ्य सेवा प्रदान गर्दछ, जसले सबैका लागि सार्वभौमिक स्वास्थ्य कवरेज सुनिश्चित गर्दछ।

सन्दर्भहरू

********

एमपीएस/टीडब्ल्यूबी

(Backgrounder ID: 156000) Visitor Counter : 5
Provide suggestions / comments
Link mygov.in
National Portal Of India
STQC Certificate