• Skip to Content
  • Sitemap
  • Advance Search
Rural Prosperity

आदर्श युवा ग्रामसभा

लोकतन्त्रको पाठशाला

Posted On: 30 OCT 2025 3:41PM

मुख्य बुँदा

  • आदर्श युवा ग्रामसभाले (एमवाईजीएस) विद्यार्थीहरूलाई धरातल स्तरमा लोकतन्त्रको संरचनाबारे व्यावहारिक अनुभव प्रदान गर्नका साथै वास्तविक ग्रामसभाको प्रक्रिया अनुकरण गरी नेतृत्त्व अनि नागरिक दायित्त्वको अभ्यास गराउँदछ।
  • यसले युवाहरूमा पञ्चायतीराज व्यवस्थाबारे ज्ञान बढाउनका अतिरिक्त स्थानीय शासनमा पारदर्शिता, समावेशिता अनि जवाफदेयतालाई बढावा दिन्छ।
  • यस पहलले, राष्ट्रिय शिक्षा नीति (एनईपी) 2020 सँग नजिकबाट तालमेल राख्दै, विद्यार्थीहरूबीच संवैधानिक मूल्य, सामाजिक जिम्मेवारी अनि नागरिक चेतना पोषित गर्नका साथै उनीहरूलाई क्रियाशील नागरिकताको निम्ति तयार गर्दछ।
  • प्रशिक्षित शिक्षक अनि मानकीकृत मोड्युलको माध्यमद्वारा संरचित सुविधालाई उच्च गुणस्तरको कार्यान्वयन अनि मापनयोग्य शिक्षणको परिणाम सुनिश्चित गर्दछ।
  • यस कार्यक्रमले युवाहरूलाई शासनमा सक्रिय रूपमा भाग लिन सिकाउनका साथै सञ्चार, आलोचनात्मक चिन्तन, समूहगत कार्य अनि आम सहमति कायम गर्न र निर्णय लिन जस्ता आवश्यक जीवन कौशल विकसित गरी शासनमा युवाहरूको भागीदारीलाई बढावा दिन्छ।

परिचय

भारतको गाउँहरूले हाम्रो लोकतन्त्रको जग बनाउँदछ, जसले विरासत, अर्थव्यवस्था अनि सामूहिक आकाङ्क्षालाई प्रतिनिधित्त्व गर्दछ। लगभग 6.64 लाखभन्दा धेरै गाउँमा करिब 65-70 प्रतिशत जनसङ्ख्याको बसोबासो छ भने ग्रामीण भारतको जीवनशक्ति यसका ग्रामसभाहरूको तागतमा निहित छ। अनुच्छेद 243 अन्तर्गत एउटा संवैधानिक निकायका रूपमा ग्रामसभा प्रत्यक्ष लोकतन्त्रको प्रतीक हो, जसले गाउँका प्रत्येक वयस्क बासिन्दालाई शासनमा भाग लिन, विकास सम्बन्धी प्राथमिकताहरूमाथि विचार-विमर्श गर्न र पञ्चायतीराज संस्थानको (पीआरआइ) जवाफदेयता सुनिश्चित गर्न सक्षम बनाउँदछ। यसले “जनताको, जनताद्वारा अनि जनताको निम्ति” शासनको साँचो भावनालाई दर्शाउँदछ, जसले धरातल स्तरमा पारदर्शिता, समावेशिता अनि भागीदारी योजनालाई बढावा दिन्छ।

सीमित जागरूकता, अपर्याप्त प्रदर्शन अनि सार्थक भागीदारीको सीमित अवसरका कारण ग्रामीण शासनमा यसको महत्त्वपूर्ण भूमिका भए तापनि, ग्रामसभाहरूमा युवाहरूको भागीदारी कम रहने गरेको छ। भारतमा विश्वको सबैभन्दा विशाल युवा जनसङ्ख्या छ र सामुदायिक विकास अनि स्थानीय शासनमा हाम्रा युवाहरूको सार्थक अनि उत्पादक भागीदारी, भारतको निम्ति विकसित भारतको दृष्टिकोण प्राप्त गर्ने महत्त्वपूर्ण कुञ्जी हो। उनीहरूको भागीदारीले धरातल स्तरमा लोकतन्त्रको जगलाई बलियो बनाउनका साथै समावेशी अनि प्रतिनिधि निर्णय लिनका लागि उत्तम अवसर निर्माण गर्नेछ।

विद्यार्थीहरूबीच नागरिक चेतनालाई प्रोत्साहित अनि विकसित गर्नका लागि, पञ्चायतीराज मन्त्रालयले स्कूल शिक्षा अनि साक्षरता विभाग तथा जनजातीय कार्य मन्त्रालयसँग साझेदारीमा “आदर्श युवा ग्रामसभा (एमवाईजीएस)”-को अवधारणा अघि सारेको छ, जुन युवा नागरिकहरूका बीच लोकतान्त्रिक मूल्य अनि सार्वजनिक जिम्मेवारीलाई पोषित गर्ने उद्देश्यका साथ अभिनव नागरिक शिक्षा पहल हो।  

अनुकरणीय सभाको प्रारूपमा आधारित, एमवाईजीएसले विशेष गरी जवाहर नवोदय विद्यालय (जेएनभी) र एकलव्य आदर्श आवासीय विद्यालयका (ईएमआरएस) विद्यार्थीहरूलाई धरातल स्तरमा लोकतन्त्रको काम-कार्वाहीबारे व्यावहारिक जानकारी प्रदान गर्दछ। यसले मार्गदर्शी भूमिका, चर्चा अनि निर्णय लिने अभ्यासको माध्यमद्वारा, विद्यार्थी विचार-विमर्श, आम सहमति निर्माण अनि सहभागी शासन प्रक्रियाको अनुभव प्रदान गर्दछ। यस अनुभवात्मक शिक्षाले स्थानीय स्वशासनबारे उनीहरूको बुझाई मात्र नबढाएर लोकतान्त्रिक संस्थानहरूप्रति जवाफदेयता, सहयोग अनि सम्मानको भावना पनि उत्पन्न गराउँदछ।

जेएनभी अनि ईएमआरएस के हो?

जवाहर नवोदय विद्यालय (जेएनभी), ग्रामीण प्रतिभाहरूलाई अघि ल्याउने उद्देश्यका साथ राष्ट्रिय शिक्षा नीति (1986) अन्तर्गत स्थापित आवासीय विद्यालयहरू हुन्। प्रतिभाशाली ग्रामीण बाल-बालिकालाई उनीहरूको सामाजिक-आर्थिक पृष्ठभूमि जे-जस्तो भए तापनि सांस्कृतिक, पर्यावरणीय अनि शारीरिक विकाससहित गुणस्तरीय आधुनिक शिक्षा प्रदान गर्नका लागि जेएनभी विद्यालयहरू स्थापित गरिएका छन्।

शिक्षाको सर्वोत्तम अवसरसम्म पहुँच प्रदान गर्न लगायत सामान्य जनमानसको हाराहारीमा ल्याउने उद्देश्यका साथ सुदूरवर्ती क्षेत्रमा अनुसूचित जनजाति विद्यार्थीहरूलाई गुणस्तरीय उच्च प्राथमिक, माध्यमिक अनि उच्च माध्यमिक स्तरको शिक्षा प्रदान गर्नका लागि एकलव्य आदर्श आवासीय विद्यालयहरू (ईएमआरएस) स्थापित गरिएका छन्।

संविधानको 73 औं संशोधनले गाउँ, खण्ड अनि जिल्ला स्तरमा शासनलाई सशक्त बनाउनका लागि त्रिस्तरीय पञ्चायतीराज प्रणालीको जग राखिएको थियो। लोकतान्त्रिक भागीदारी, संवैधानिक आदर्श अनि सामूहिक प्रगतिलाई महत्त्व दिने हिसाबले विशेष रूपमा आदर्श युवा ग्रामसभा जस्ता पहलको माध्यमद्वारा युवाहरूको मन-मस्तिष्कलाई यसबारे बुझ्न र जोड्नका लागि प्रोत्साहित गरी मन्त्रालयले जागरूक अनि सशक्त पिँढी बनाउने परिकल्पना गरेको छ।

आदर्श युवा ग्रामसभा पहल राष्ट्रिय शिक्षा नीति (एनईपी), 2020 को दृष्टिकोणका साथ दृढताका साथ जोडिएको छ, जसले विद्यार्थीहरूलाई राष्ट्रिय आफ्नोपनलाई प्रबल भावनाका साथसाथै मौलिक कर्तव्य अनि संवैधानिक मूल्यहरूप्रति गहिरो सम्मान सिर्जना गर्न शैक्षणिक पाठ्यक्रम अनि शिक्षाशास्त्रको आवश्यकतामाथि जोड दिन्छ। एनईपी 2020 ले तेजीका साथ बद्ली रहेको विश्वमा शिक्षार्थीहरूलाई उनीहरूको भूमिका अनि जिम्मेवारी बुझ्नका लागि तयार गर्नमाथि पनि बल दिन्छ। यी नीतिहरूले उनीहरूको विचार, कार्य अनि बुद्धिको माध्यमद्वारा युवाहरूलाई भारतीय हुनुमाथि गर्वबोध गराउने कल्पना गरिएको छ। यसले मानव अधिकार, सतत विकास अनि वैश्विक कल्याणलाई प्रोत्साहित गर्दै अन्ततः उनीहरूलाई जिम्मेवार अनि कृपालु वैश्विक नागरिकका रूपमा परिणत गर्दछ।

उद्देश्य

आदर्श युवा ग्रामसभाले विद्यार्थीहरूलाई सहभागी अनि अनुभवजन्य शिक्षाको माध्यमद्वारा पञ्चायतीराज संस्थानको संरचना अनि काम-कार्वाहीसँग परिचित गराउँदछ। यसले समावेशन, जवाफदेयता अनि पारदर्शिताको मूल्यलाई बढावा दिँदै सार्वजनिक सम्बोधन, महत्त्वपूर्ण चिन्त अनि आम सहमति बनाउने जस्ता नागरिकको नेतृत्त्व कौशल विकसित गर्दछ। लोकतान्त्रिक अनि विकास प्रक्रियामा योगदान पुऱ्याउने हिसाबले वास्तविक सामुदायिक मुद्दाहरूमाथि विचार-विमर्श गर्न युवाहरूलाई सामेल गरी, यस पहलले जागरूक अनि जिम्मेवार नागरिकलाई पोषित गर्दछ।यसको प्रमुख यस प्रकार छन् :

  • पञ्चायतीराज व्यवस्थाबारे विद्यार्थीहरूको शिक्षण : संविधानको 73 औं संशोधनको माध्यमद्वारा स्थापित त्रिस्तरीय पञ्चायतीराजसँग विद्यार्थीहरूलाई परिचित गराउनु,
  • भागीदारीलाई प्रोत्साहन : विद्यार्थीहरूको ग्रामसभा अनि स्थानीय शासन प्रक्रियामा सामेल हुनका लागि प्रेरित गर्नु,
  • नेतृत्त्व कौशलको विकास : पञ्चायतीराज संस्थानलाई बलियो बनाउन युवाहरूबीच जिम्मेवारी अनि नेतृत्त्वको भावनालाई बढावा दिनु,
  • स्थानीय मद्दाहरूको बुझाईलाई बढावा दिनु : विद्यार्थीहरूलाई धरातल स्तरमा वास्तविक जीवनको शासन चुनौतीहरूमाथि चर्चा अनि विश्लेषण गर्न मञ्च प्रदान गर्नु।

दृष्टिकोण

आदर्श युवा ग्रामसभाको दृष्टिकोण “लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा भाग लिँदै सतत अनि समावेशी राष्ट्रिय विकासमा योगदान पुऱ्याउने गरी सशक्त, जिम्मेवार अनि सहानुभूतिपूर्ण युवा नागरिकहरूको पोषण गर्नुरहेको छ।”

एमवाईजीएसको मुख्य दृष्टिकोणको उद्देश्य यस प्रकार छन् :

  • संवैधानिक मूल्य अनि लोकतान्त्रिक सिद्धान्तहरूमा निहित युवाहरूबीच सक्रिय, सहानुभूतिपूर्ण अनि जागरूक नागरिकतालाई बढावा दिनु,
  • समावेशिता, आम सहमति निर्माण, न्याय अनि समानताका मूल्यहरू स्थापित गर्नु। विद्यार्थीहरूलाई सामाजिक रूपमा जिम्मेवार व्यक्ति बन्नका लागि सशक्त बनाउनु,
  • नेतृत्त्व, भागीदारी, संवाद, महत्त्वपूर्ण सोच आदिको निम्ति विद्यार्थीहरूबीच महत्त्वपूर्ण जीवनकौशल निर्माण गर्नु,
  • स्थानीय शासन संरचना अनि स्थानीयकृत सतत विकास लक्ष्यहरूबारे जागरूकतालाई बल प्रदान गर्नु,
  • विद्यार्थीहरूलाई राष्ट्रिय एकता अनि विकासको निम्ति प्रतिबद्ध र सामाजिक रूपमा जिम्मेवार व्यक्ति बन्नका लागि सशक्त बनाउनु।

आदर्श युवा ग्रामसभाको विशेषता

आदर्श ग्रामसभा/ ग्राम पञ्चायत बैठकको आयोजन

आदर्श ग्रामसभाको गतिविधिमा, विद्यार्थीहरले वास्तविक संसारमा स्थानीय शासनको अनुकरण गर्न विभिन्न भूमिका खेल्दछन्।

केही विद्यार्थीलाई पदधारकका रूपमा मनोनित गर्नसकिन्छ, जस्तै सभापति, वार्ड सदस्य वा अध्यक्ष र अन्य स्थानीय समिति, पञ्चायत पदाधिकारी (सचिव, पीडीओ वा सहायक), अग्रपङ्क्तिका कार्यकर्ता (जस्तै आशा, आँगनबाडी कर्मी वा रोजगार सहायक), वा सम्बद्ध विभागका अधिकारीहरूको प्रतिनिधित्त्व पनि गर्नसक्छन्। यसमा ग्रामीण विकास स्वास्थ्य एवं महिला तथा बाल विकास सामेल छन्। विद्यार्थीहरूको समूहले आफ्नो समुदाय-विशेष चिन्ताहरू व्यक्त गर्नका लागि ग्राम पञ्चायतको विभिन्न सामाजिक वर्गको पनि प्रतिनिधित्त्व गर्दछन्।

बैठकको प्रक्रियामा अग्रिम तयारी सामेल हुन्छ, जस्तै कार्यसूची प्रसारित गर्नु, निर्धारित बैठकभन्दा कम्तिको पनि दस दिनअघि बैठकको सूचना जारी गर्नु र बैठकको विवरणलाई व्यापक रूपमा प्रसारित गर्नु। बैठकका समय, पञ्चायत सभापतिले परिचयका साथ नेतृत्त्व गर्दछन्, जसपछि पछिल्लो निर्णय, कार्यको प्रगति, नयाँ कार्यसूची अनि कार्ययोजनालाई अन्तिम रूप दिन प्रस्तुतिहरू पेश गरिन्छ। यसबाहेक, वित्तीय प्रबन्धनमाथि पनि चर्चाको सुविधा प्रदान गरिन्छ, जसमा बजेटलाई अन्तिम रूप दिनु, उपलब्ध निधिहरूको मूल्याङ्कन, प्रस्तावित कार्यहरूको अनुमान अनि वित्तपोषणको कमीको पहिचान गर्नु सामेल हुन्छ। अतिरिक्त वित्तीय संसाधन जुटाउनका लागि सम्भावित स्रोतहरूको पनि उनीहरूले पत्तो लगाउँछन्। विद्यार्थहरूले स्थानीय राजस्व सिर्जनाको निम्ति नवीन विचार प्रस्तावित गरी ती कमीहरू फर्छ्योट गर्न सक्रिय रूपमा विचार-विमर्श पनि गर्नसक्छन्।

निर्णय प्रक्रियामा प्रमुख प्रस्तावमाथि मतदान सामेल हुन्छ, जसपछि सभापतिले प्रस्तावहरूको सारांश प्रस्तुत गर्दछन्। सत्रको समापन मिनट दर्ता गर्नेले औपचारिक प्रस्तावहरूको मस्यौदा तयार गर्ने र सभापतिद्वारा बैठको समापनका साथ हुँदछ।

कार्यान्वयनको पहल

मार्च-अप्रेल 2025 मा चयनित जवाहर नवोदय विद्यालय अनि ईएमआरएसमा एउटा प्रायोगिक आदर्श ग्रामसभा/ ग्राम पञ्चायत आयोजित गरिएको थियो। आदर्श ग्रामसभा/ ग्राम पञ्चायतको संरचनाका साथसाथै यी बैठकहरूको आयोजन प्रक्रियालाई समेट्दै एउटा प्रारूप प्रदान गरिएको थियो। उपरोक्त संरचना राम्ररी बुझ्नुका लागि एउटा लघि भिडियोका रूपमा उपलब्ध गराइएको थियो।

बीस प्रतिशत स्कूलमा आदर्श ग्राम पञ्चायतको बैठक तथा 80 प्रतिशत स्कूलमा आदर्श ग्रामसभाको बैठक आयोजित गरिएको थियो। एकपटक यी बैठकहरू सफलतापूर्वक आयोजित गरिएपछि, भाग लिने स्कूलहरूबाट मूल्याङ्कनको निम्ति संरचित विचार एकत्रित गरिएको थियो, जसको आधारमा मानक सञ्चालन क्रमाचारमा (एसओपी) आवश्यक संशोधन गरी पहललाई अघि बढाउनका लागि विस्तार गरिएको थियो।

यो पहल कालक्रममा उल्लेखित गरिए अनुरूप सुव्यवस्थित तरिकाले अघि बढिरहेको छ।

  • जुलाई 2025 मा, विभिन्न स्कूलको पहिचान गरिएको थियो। आगामी गतिविधिका लागि तयार गर्न, यसपछि अगस्त 2025 को अवधिमा, 200 गुरु प्रशिक्षक अनि शिक्षकका लागि एउटा अभिविन्यास  कार्यक्रम आयोजित गरिएको थियो।
  • यसपछि, अगस्त-सेप्टेम्बर 2025 को अवधिमा, विद्यार्थीहरूलाई स्थानीय शासन प्रक्रियाबारे व्यावहारिक जानकारी प्रदान गर्न बागपत (उत्तर प्रदेश) अनि अलवर (राजस्थान) जस्ता चिन्हित स्कूलहरूमा अभ्यासी ग्रामसभा सत्र आयोजित गरिएको थियो।
  • यसबाहेक, अक्टोबर-नोभेम्बर 2025 मा दस फाइनलिस्ट टोली (जेएनभीबाट पाँच र ईएमआरएसबाट पाँच) चयन गर्नका लागि पाँचवटा क्षेत्रमा क्षेत्रीय प्रतियोगिता आयोजित गरिँदैछ।

आदर्श ग्रामसभा मोड्युल

आदर्श ग्रामसभा मोड्युलले स्कूलहरूमा सहभागी लोकतन्त्रको दृष्टिकोणलाई व्यवहारमा परिणत गर्नका लागि एउटा व्यापक संरचनाका रूपमा काम गर्दछ। युवाहरूको नेतृत्त्व रहेका ग्राम सभाहरूलाई प्रभावी, आकर्षक अनि उच्च गुणस्तरको कार्यान्वयन सुनिश्चित गर्न विद्यार्थीहरूलाई संरचित मार्गदर्शन, सुविधा उपकरण अनि मूल्याङ्कन प्रणाली प्रदान गर्दछ।

मूलतः, एमवाईजीएस मोड्युल एमएलआइपी संरचना : अर्थ, शिक्षण, आनन्द अनि गौरवद्वारा निर्देशित छ, जसले सार्थक, अनुभवात्मक शिक्षा अनि नागरिक सशक्तिकरणका सबै गतिविधिलाई सुनिश्चित गर्दछ।

मोड्युललाई तीन परस्पर जोडिएका घटकमा विभाजित गरिएको छ :

  1. राष्ट्रिय स्तरका गुरु प्रशिक्षक (एनएलएमटी) गाइड

एमवाईजीएसको निम्ति राष्ट्रिय स्तरमा गुरु प्रशिक्षक (एनएलएमटी) गाइड ग्राम सभाले सबै प्रक्रियालाई व्यापक अवलोकन प्रदान गरी सुविधाकर्ताको भूमिका र जिम्मेवारीलाई स्पष्ट रूपले दर्शाउँछ। यसमा एमएलआइपी (अर्थ, शिक्षण, आनन्त र गौरव) सिद्धान्त सामेल छ र यसमा प्रभावी अनि आकर्षक सुविधालाई समर्थन गर्न चरण-दर-चरण उपाय सामेल छन्।  

  1. शिक्षकहरूका लागि प्रशिक्षण मोड्युलको सुविधा

शिक्षकहरूका लागि सुविधा मोड्युल एउटा सरलीकृत, सचित्र अनि उपयोगकर्ता अनुकूल संसाधन हो, जुन शिक्षणलाई आकर्षक अनि सहभागी बनाउनका लागि तयार गरिएको छ। यसले विद्यार्थीहरूलाई लोकतन्त्र, नेतृत्त्व अनि जीवन कौशलका मूल सिद्धान्तहरूसँग परिचित गराउन शिक्षकहरूलाई मद्दत गर्नका साथै एमवाईजीएसमा प्रभावी रूपमा भाग लिने तरिकाबारे मार्गदर्शन प्रदान गर्दछ। मोड्युलले आयोजनको सुचारू निष्पादन सुनिश्चित गर्नका लागि तयारी योजना पनि प्रदान गर्दछ।

  1. मूल्याङ्कन संरचना  

मूल्याङ्कन संरचना एउटा उपयोगकर्तामैत्री उपाय हो, जसलाई घटनाभन्दा अघि, त्यस समय र पछि मापन गरिएका सङ्केतहरूका माध्यमद्वारा एमवाईजीएसको प्रभावशीलता आकलन गर्नका लागि तयार गरिएको छ। यसमा अनुकरणीय प्रदर्शन प्रदर्शित गर्ने स्कूलहरूको पहिचान गरी मान्यता दिनका लागि सङ्केतकहरू पनि सामेल छन्। 

यसका साथै, मोड्युलले स्कूल आधारित नागरिक शिक्षाका लागि एउटा समग्र परितन्त्र निर्माण गर्दछ, जसले कक्षाहरूलाई लोकतान्त्रिक तरिकाले सूक्ष्म परिवेशमा परिणत गर्दछ। विद्यार्थीहरूलाई शासनको प्रत्यक्ष अनुभव गर्न, नेतृत्त्व अनि संवाद कौशल निर्माण गर्नका साथै पारदर्शिता, समावेशन अनि जवाफदेयताका लागि आजीवन सम्मान सिर्जना गर्नका लागि सशक्त बनाउँदछ, जुन भारतको लोकतान्त्रिक तानाबानाको मूल मूल्य-मान्यता हो।

भागीदार विद्यार्थी अनि स्कूलहरूको वित्तपोषण र मान्यता

प्रत्येक अभ्यासी ग्रामसभा आयोजनको निम्ति एकमुष्ठ वित्तीय सहायताका रूपमा भागीदार स्कूलहरूलाई ₹20 हजारको दरले धनराशि प्रदान गरिन्छ। यस निधिको उपयोग सभाको व्यवस्थापनमा गर्नुपर्नेछ, जसमा लजिस्टिक सहायता अनि जलपान पनि सामेल छ।

  • भागीदार विद्यार्थीहरूलाई पञ्चायतीराज मन्त्रालयको तर्फबाट प्रशंसा प्रमाणपत्र प्रदान गरिनेछ, जसले उनीहरूलाई लोकतान्त्रिक शासनमा सक्रिय रूपमा रुचि लिन प्रेरित गर्नेछ। व्यापक भागीदारी प्रोत्साहित गर्दै सर्वश्रेष्ठ प्रदर्शन गर्ने स्कूलहरूलाई राष्ट्रिय स्तरमा मान्यता प्रदान गरिनेछ।
  • क्षेत्रीय स्तरमा विजेता टोलीलाई एउटा प्रतीकस्वरूप नगद पुरस्कार प्रदान गरिनेछ। यस धनराशिको उपयोग स्कूलको विकासमाथि गर्नसकिनेछ।
  • केन्द्रिय स्तरमा 3 विजेता टोलीलाई ठूलो नगद पुरस्कार प्रदान गरिनेछ। यस धनराशिको उपयोग स्कूलको विकासका लागि गर्नसकिनेछ।
  • मन्त्रालयले राष्ट्रिय स्तरको प्रतियोगिताका लागि चयनित टोलीको निम्ति लजिस्टिक सहायता पनि प्रदान गर्नेछ।

अपेक्षित परिणाम

यस पहलबाट तल उल्लेखित परिणामको अपेक्षा गरिएको छ, जसको उद्देश्य लोकतान्त्रिक मूल्य अनि स्थानीय शासनमा युवाहरूको भागीदारीलाई बढावा दिनुरहेको छ :

  • भागीदारीलाई बढावा – विद्यार्थीहरूलाई स्थानीय शासनमा सक्रिय रूपमा संलग्न गराउनका साथै धरातल स्तरमा लोकतान्त्रिक प्रक्रियाका बुझाई बढाउन प्रोत्साहित गर्नु,
  • युवा नेतृत्त्वलाई बढावा – युवाहरूलाई स्थानीय निकायमा नेतृत्त्व भूमिका खेल्न र आफ्नो समुदायमा सार्थक योगदान दिनका लागि प्रेरित गर्नु,
  • युवा आवाजलाई सशक्त बनाउनु – विद्यार्थीहरूलाई स्थानीय मुद्दाहरूमा आफ्नो विचार व्यक्त गर्नका लागि मञ्च प्रदान गर्नु, जागरूक चर्चा अनि समाधानहरूलाई बढावा दिनु,
  • युवाहरूलाई आफ्नो ग्राम पञ्चायतभित्र निर्णय लिने प्रक्रियामा सक्रिय रूपमा भाग लिन प्रोत्साहित गर्नु।

निष्कर्ष

आदर्श ग्रामसभा पहलले युवाहरूको मानसिकता, दायित्त्वबोध अनि नेतृत्त्व क्षमकतालाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्नेछ। जागरूकता, नेतृत्त्व अनि सहभागिता पोषित गरी, यस पहलको उद्देश्य युवा अनि स्थानीय शासनबीच सेतुको काम गर्नका साथै आगामी पिँढी भारतको लोकतान्त्रिक अनि विकासात्मक यात्रामा योगदान दिन राम्ररी सुसज्जित बन्ने सुनिश्चित गर्नुरहेको छ।

न्दर्भ :

ञ्चायतीराज मन्त्राल

शिक्षा मन्त्रालय :

https://dsel.education.gov.in/nvs

जनजातीय कार्य मन्त्रालय

https://sansad.in/getFile/annex/259/AU2536.pdf?source=pqars

*********

एमपीएस/टीडब्ल्यूबी

(Explainer ID: 155924) आगंतुक पटल : 40
Provide suggestions / comments
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , Marathi , हिन्दी , Bengali , Assamese , Kannada , Malayalam
Link mygov.in
National Portal Of India
STQC Certificate