• Skip to Content
  • Sitemap
  • Advance Search
Rural Prosperity

जल जीवन मिशन

2.08 लाख करोड़ रुपियाँको केन्द्रीय परिव्ययको साथ, 15.72 करोड़भन्दा अधिक ग्रामीण परिवारहरूलाई नलको जल उपलब्ध गराइनेछ

Posted On: 26 OCT 2025 10:26AM

मुख्य कुराहरू

  • 15.72 करोड़भन्दा अधिक ग्रामीण परिवारहरूलाई अहिले सुरक्षित नलको जल उपलब्ध छ।
  • मिशन (2019) को शुरुआतको समयमा केवल 3.23 करोड़ परिवारसँग मात्र नलको जल उपलब्ध थियो। त्यस बेलादेखि 12.48 करोड़ अतिरिक्त परिवारहरूलाई यसमा जोड़िएको छ, जुन भारतको सबैभन्दा छिटो बुनियादी ढाँचाका विस्तारहरू मध्ये एक हो।
  • यस मिशनको निर्माणको क्रममा 3 करोड़ व्यक्ति-वर्ष रोजगारी सिर्जना गर्ने सम्भावना छ, जसमा लगभग 25 लाख महिलाहरूलाई क्षेत्र परीक्षण किटको प्रयोग गर्न तालिम दिइनेछ।
  • विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को अनुमान के छ भने देशमा सुरक्षित रूपमा प्रबन्धित पेयजलको व्यवस्था गर्नाले 4 लाख झाड़ापखालाबाट हुने मृत्युलाई रोक्न सकिनेछ। देशमा सुरक्षित रूपमा प्रबन्धित पेयजलको सार्वभौमिक पहुँचका साथ लगभग 14 मिलियन डीएएलवाई (दिव्याङ्गता-समायोजित जीवन वर्ष) लाई रोक्न सकिने अनुमान पनि गरिएको छ।
  • डब्ल्यूएचओको विश्वास के छ भने प्रत्येक ग्रामीण परिवारलाई नल कनेक्शन प्रदान गर्नाले जल सङ्ग्रहणमा लाग्ने समय (प्रतिदिन 5.5 करोड़ घण्टा) को महत्त्वपूर्ण बचत हुनेछ, विशेष गरी महिलाहरूको मामिलामा (यस बोझको तीन चौथाइ)।
  • भारतभरिमा 2,843 जल परीक्षण प्रयोगशालाहरूले 2025-26 मा 38.78 लाख नमूनाहरूको परीक्षण गरे, जसले जलको गुणस्तरको कड़ा निगरानी सुनिश्चित गऱ्यो।

परिचय

भारतले जल जीवन अभियान (हर घर जल) अन्तर्गत एक प्रमुख उपलब्धि हासिल गरेको छ, जसमा अहिले 81 प्रतिशतभन्दा अधिक ग्रामीण परिवारहरूले स्वच्छ नलको जलमा पहुँच पाएका छन्। 22 अक्टोबर 2025 सम्म, 15.72 करोड़भन्दा अधिक ग्रामीण घरहरूले घरेलु नलहरूको माध्यमद्वारा सुरक्षित पेयजल प्राप्त गरिरहेका छन्, जुन ग्रामीण भारतमा सार्वभौमिक जल सुरक्षाको दिशामा एक महत्त्वपूर्ण कदम हो। यस मिशन अन्तर्गत, सरकारले राज्य र केन्द्र शासित प्रदेशहरूलाई 2,08,652 करोड़ रुपियाँको केन्द्रीय परिव्ययका साथ सहयोग स्वीकृत गरेको छ, जुन धेरै हदसम्म प्रयोग गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले 15 अगस्त 2019 मा प्रत्येक ग्रामीण परिवारलाई नलको जल उपलब्ध गराउने उद्देश्यले यो मिशनको शुरुआत गरेका थिए। त्यस समय, केवल 3.23 करोड़ परिवार (16.71 प्रतिशत) लाई मात्र नलको जल उपलब्ध थियो। त्यस बेलादेखि, 12.48 करोड़ अतिरिक्त परिवारहरूलाई जोड़िएको छ, जुन ग्रामीण भारतमा आधारभूत पूर्वाधारको सबैभन्दा छिटो विस्तारमध्ये एक हो।

जल जीवन मिशनले आमा र दिदीबहिनीहरूलाई आफ्नो घरको लागि पानी ल्याउने शताब्दी पुरानो झन्झटबाट मुक्त गर्न पनि प्रयासरत छ। यसको उद्देश्य उनीहरूको स्वास्थ्य, शिक्षा र सामाजिक-आर्थिक स्थितिमा सुधार ल्याउनु, जीवनलाई सहज बनाउनु र ग्रामीण परिवारहरूमा गौरव र सम्मानलाई बढ़ाउनु हो।

यस मिशनले स्थिरता र सामुदायिक सहभागितामा समान रूपमा जोड दिन्छ। यसमा धमिलो जल प्रबन्धन, जल संरक्षण र वर्षाको जल सञ्चयनको माध्यमद्वारा पुनर्भरण र पुन: प्रयोग जस्ता स्रोत स्थिरता उपायहरू सामेल छन्। यसको क्रियान्वयन समुदायमा आधारित दृष्टिकोणको माध्यमद्वारा गरिएको छ, जसमा जागरूकता र स्वामित्व सिर्जना गर्न हेतु सूचना, शिक्षा र सञ्चार (आईईसी) गतिविधिहरू प्रमुख घटकहरू हुन्। यो मिशनको उद्देश्य जलको लागि जन आन्दोलन निर्माण गर्नु हो, जसले गर्दा यो एक साझा राष्ट्रिय प्राथमिकता बन्न सकोस्।

उद्देश्य

जल जीवन मिशनका व्यापक उद्देश्यहरूमा सामेल छन्:

जल जीवन मिशन अन्तर्गतको प्रगति (22 अक्टोबर, 2025 सम्म)

जल जीवन मिशनले भारतको प्रत्येक ग्रामीण परिवारको लागि सुरक्षित र पर्याप्त पेयजल सुनिश्चित गर्ने दिशामा निरन्तर प्रगति गरिरहेको छ।

  • जिल्ला स्तरीय प्रगति: 192 जिल्लाका सबै घर, विद्यालय र आँगनवाड़ी केन्द्रहरूसम्म नलको जल पुगिसकेको छ, जसमध्ये 116 जिल्लाहरूलाई सत्यापनपछि ग्राम सभाका प्रस्तावहरूको माध्यमद्वारा आधिकारिक रूपमा प्रमाणित गरिएका छन्।
  • ब्लक, पञ्चायत र गाउँ कभरेज:
  • ब्लक: 1,912 ले पूर्ण कभरेजको सूचना दिएका छन्, जसमध्ये 1,019 प्रमाणित छन्।
  • ग्राम पञ्चायत: 1,25,185 ले सूचना दिएका छन् अनि 88,875 ले प्रमाणन प्राप्त गरेका छन्।
  • गाउँ : 2,66,273 ले सूचना दिएका छन्, जसमध्ये 1,74,348 हर घर जल पहल अन्तर्गत प्रमाणित छन्।
  • 100% कभरेज भएका राज्य/केन्द्रशासित प्रदेश: एघार राज्य र केन्द्र शासित प्रदेश, गोवा, अण्डमान तथा निकोबार द्वीप समूह, दादरा तथा नगर हवेली र दमन तथा दीव, हरियाणा, तेलेङ्गाना, पुडुचेरी, गुजरात, हिमाचल प्रदेश, पञ्जाब, मिजोरम र अरुणाचल प्रदेशले सबै ग्रामीण घरहरूको लागि पूर्ण नल जल कनेक्टिभिटी हासिल गरेका छन्।
  • संस्थागत कभरेज: देशभरिमा 9,23,297 विद्यालय र 9,66,876 आँगनवाड़ी केन्द्रहरूमा नलबाट जली आपूर्ति सुनिश्चित गरिएको छ।

रिपोर्टेड’ को अर्थ के हो भने राज्य/केन्द्र शासित प्रदेशको जल आपूर्ति विभागले पुष्टि गरेको छ कि त्यो प्रशासनिक एकाइका सबै घर, विद्यालय र आँगनवाड़ी केन्द्रहरूमा नलको माध्यमद्वारा पानी आपूर्ति भइरहेको छ।

प्रमाणित’ को अर्थ के हो भने ग्राम सभाले जल आपूर्ति विभागको यस दाबीको पुष्टि गरेपछि के प्रस्ताव पारित गरेको छ भने गाउँका सबै घर, विद्यालय र आँगनवाड़ी केन्द्रहरूमा नलको जल आपूर्ति गरिरहेको छ। यो कार्य जल आपूर्ति विभागले ग्राम पञ्चायतलाई यो प्रमाण पत्र प्रदान गरेपछि सबै घरलाई नलको जल आपूर्ति गरिएको घोषणापछि गरिन्छ।

गुणवत्ता आश्वासन र निगरानी

जल जीवन मिशन अन्तर्गत, ग्रामीण क्षेत्रमा सुरक्षित पेयजल सुनिश्चित गर्नका लागि गुणवत्ता आश्वासन र निगरानीको एक सुदृढ़ प्रणाली लागू गरिएको छ। 2025-26 (21 अक्टोबर 2025 सम्म) को अवधिमा कुल 2,843 प्रयोगशालाहरूले (2,184 संस्थागत र 659 जल उपचार संयन्त्र-आधारित) ले देशका 4,49,961 गाउँहरूमा 38.78 लाख जल नमूनाहरूको परीक्षण गरे।

समुदाय स्तरको सहभागितालाई बढ़ावा दिनका लागि 5.07 लाख गाउँहरूमा 24.80 लाख महिलाहरूलाई फिल्ड टेस्टिङ किट (एफटीके) को प्रयोग गरेर जलको गुणवत्ता परीक्षण गर्न तालिम दिइएको छ। यो समुदाय-सञ्चालित दृष्टिकोणले जल प्रदूषणको शीघ्र पत्तो लगाउने सुनिश्चित गर्दछ र ग्रामीण जल गुणवत्ता निगरानीको स्थानीय स्वामित्वलाई सुदृढ़ बनाउँछ।

 

जल जीवन मिशन (जेजेएम) का प्रमुख घटकहरू

जल जीवन मिशनका उद्देश्यहरूलाई हासिल गर्नका लागि, निम्नलिखित घटकहरूको परिकल्पना गरिएको छ:

  • गाउँभित्र पाइपयुक्त जल आपूर्तिको बुनियादी ढाँचा - प्रत्येक ग्रामीण घरमा नलको जलको कनेक्शन सुनिश्चित गर्नका लागि गाउँभित्र पाइपयुक्त जल प्रणालीको विकास।
  • सतत पेयजल स्रोत - जल आपूर्ति प्रणालीलाई दीर्घकालीन स्थिरता प्रदान गर्नका लागि विश्वसनीय पेयजल स्रोतहरूको विकास र/वा विद्यमान स्रोतहरूको संवर्धन।
  • थोक जल स्थानान्तरण र वितरण - थोक जल स्थानान्तरण प्रणाली, प्रशोधन संयन्त्र र वितरण नेटवर्कहरूको स्थापना।
  • जलको गुणवत्ताको लागि प्राविधिक हस्तक्षेप - जहाँ जलको गुणवत्ता एक समस्या हो, त्यहाँ दूषित पदार्थहरूलाई हटाउनका लागि प्रविधिहरूको कार्यान्वयन।
  • विद्यमान योजनाहरूको पुनः संयोजन - 55 लिटर प्रति व्यक्ति प्रति दिन (एलपीसीडी) को न्यूनतम सेवा स्तरमा कार्यात्मक घरेलु नल कनेक्शन (एफएचटीसी) प्रदान गर्नका लागि पूरा भइसकेका र चलिरहेका योजनाहरूको उन्नयन।
  • धमिलो जल प्रबन्धन - जल संरक्षणलाई बढ़ावा दिनका लागि धमिलो जलको प्रशोधन र पुन: प्रयोग।
  • सामुदायिक क्षमता निर्माण - सतत जल प्रबन्धनको लागि समुदायहरूको क्षमता निर्माण गर्ने उद्देश्यले सहायक गतिविधिहरू।
  • आकस्मिक कोष - प्राकृतिक आपदा वा विपत्तिबाट उत्पन्न हुने अप्रत्याशित चुनौती वा मुद्दाहरूलाई सम्बोधन गर्नका लागि धनको प्रावधान।

डिजिटल नवाचारको माध्यमद्वारा ग्रामीण जल आपूर्तिमा बद्लाव

जल शक्ति मन्त्रालयको पेयजल तथा स्वच्छता विभाग (डीडीडब्ल्यूएस) ले उन्नत ग्रामीण पाइप जल आपूर्ति योजना पानी (आरपीडब्ल्यूएसएस) मोड्युल, ग्रामीण जल सेवाहरूमा डिजिटल शासनको दिशामा एक ठूलो कदम हो।

नयाँ प्रणाली, जसले सबै पाइपयुक्त जल योजनाहरूको लागि एक डिजिटल रजिस्ट्रीको रूपमा काम गर्नेछ, पारदर्शिता, पत्ता लगाउने क्षमता र डेटा-सञ्चालित निगरानी सुनिश्चित गर्नका लागि प्रत्येकलाई एक विशिष्ट आरपीडब्ल्यूएसएस आईडी प्रदान गर्नेछ, जुन प्रगतिमा छ। राज्य र केन्द्र शासित प्रदेशलाई नोभेम्बर 2025 सम्ममा आरपीडब्ल्यूएसएस आईडी निर्माण पूरा गर्नका लागि भनिएको छ।

जीआईएस म्यापिङ र पीएम गति शक्तिसँग एकीकृत यो प्लेटफर्मले कुशल सञ्चालन र रखरखाउका लागि वास्तविक-समय ड्यासबोर्ड, पूर्वानुमान विश्लेषण र उपकरण प्रदान गर्दछ। यसले पञ्चायत र ग्राम जल तथा स्वच्छता समितिहरूलाई जल प्रणाली प्रबन्धनका लागि सत्यापित डेटा प्रदान गर्दछ र डब्ल्यूएएसएच क्षेत्रमा स्थानीय कौशल विकासलाई बढ़ावा दिँदछ।

प्रगतिमा रहेको उन्नत गरिएको आरपीडब्ल्यूएसएस आईडी निर्माण मोड्युलले जल जीवन मिशन अन्तर्गत जवाफदेहिता, स्थिरता र सामुदायिक सहभागितालाई मजबुत बनाउँछ।

जेजेएमको प्रभाव

जल जीवन मिशन (जेजेएम) को कार्यान्वयनले ग्रामीण जीवनमा उल्लेखनीय सुधार ल्याएको छ, जसलाई धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थानहरूले रेखाङ्कित गरेका छन्।

  • विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को अनुमान के छ भने प्रत्येक ग्रामीण परिवारलाई नल कनेक्शन प्रदान गर्नाले प्रतिदिन 5.5 करोड़ घण्टाभन्दा अधिकको बचत हुनेछ, मुख्यतः महिलाहरूको लागि (यस भारको तीन चौथाइ)।
  • डब्ल्यूएचओले यो पनि अनुमान गरेको छ कि भारतका सबै परिवारहरूको लागि सुरक्षित रूपमा प्रबन्धित पेयजलको सार्वभौमिक पहुँत सुनिश्चित गर्नाले झाड़ापखाला रोगबाट हुने लगभग 4 लाख मृत्युलाई रोक्न सकिन्छ, लगभग 14 मिलियन दिव्याङ्गता समायोजित जीवन वर्ष (डीएएलवाई) लाई रोक्न सकिन्छ र यसको परिणामस्वरूप स्वास्थ्य लागतमा 8.2 लाख करोड़ रुपियाँसम्मको अनुमानित बचत हुन सक्छ।
  • एसबीआई रिसर्च अनुसार, बाहिरबाट जल ल्याउने घरहरूको प्रतिशतमा 8.3% अङ्कको गिरावट आएको छ, जसको परिणामस्वरूप 9 करोड़ महिलाहरूलाई अब पानी ल्याउनुपर्ने आवश्यकता छैन। कृषि र सम्बद्ध गतिविधिहरूमा महिलाको सहभागितामा 7.4% अङ्कको वृद्धि भएको छ।
  • नोबेल पुरस्कार विजेता प्रो. माइकल क्रेमरको शोधबाट के पत्तो लागेको छ भने सुरक्षित जल कभरेजले पाँच वर्ष मुनिका बालकबालिकाहरूको मृत्यु दरमा लगभग 30% को कमी आउन सक्छ, जसले गर्दा वार्षिक 1,00,000 भन्दा अधिकको ज्यान बचाउन सकिन्छ।
  • भारतीय प्रबन्धन संस्थान, बेङ्गलोरका अनुसार, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) सँगको साझेदारीमा जेजेएमले आफ्नो निर्माणको क्रममा लगभग 3 करोड़ व्यक्ति-वर्ष रोजगारी सिर्जना गर्ने क्षमता राख्दछ, जसमा लगभग 25 लाख महिलाहरूलाई क्षेत्र परीक्षण किट प्रयोग गर्न तालिम दिइएको छ।

समुदाय-आधारित र प्रविधि-सञ्चालित सफलताका कहानीहरू

प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, “जल जीवन मिशन हरेक घरसम्म पानी उपलब्ध गराउनका लागि एक प्रमुख विकास मानदण्ड बनेको छ।” जल जीवन मिशन (जेजेएम) को सफलता पूर्वाधार निर्माणमा मात्र नभई “जन भागिदारी से पेयजल प्रबन्धन” को भावना, समुदाय-आधारित जल प्रशासन र प्रविधिको नवीन प्रयोगमा पनि निहित छ।

  • जल प्रबन्धनमा महिला नेतृत्व - महाराष्ट्र

म्हापन गाउँमा, महिला स्वयं सहायता समूह, अमृतनाथ महिला समूहले गाउँको नल जल योजनाको प्रबन्धन गर्छ। उनीहरूको जिम्मेवारीमा पम्प चलाउनु, प्रणालीको रखरखाउ गर्नु, मिटर रिडिङ लिनु, पानीको बिल जमा गर्नु र शिकायतहरूको समाधान गर्नु सामेल छन्। समूहले 100% जल बिल सङ्ग्रह हासिल गऱ्यो, जसले योजनाको वित्तीय स्थिति स्थिर बन्यो र यसलाई आत्मनिर्भर बनायो। कुशल प्रबन्धनको माध्यमद्वारा एसएचजीले 1,70,000 रुपियाँ आर्जन गऱ्यो, जसले समूहलाई एक स्थायी आय-उत्पादक एकाइ र समुदाय-आधारित उपयोगिता प्रबन्धनको लागि एक आदर्शमा रूपान्तरण गऱ्यो।

  • स्रोत स्थिरता र जलवायु लचिलोपन - नागाल्याण्ड

नागाल्याण्डको वोखामा मानिसहरूले जल जीवन मिशन अन्तर्गत आफ्नो जलको स्रोतको संरक्षण गरिरहेका छन्। समुदायहरूले “जन-प्रथम, स्रोत-प्रथम” दृष्टिकोण अपनाउँछन्। वोखाका समुदायहरूले के महसुस गरेका छन् भने जलग्रहण क्षेत्रहरूको संरक्षण गर्नु भनेको आफ्ना नलहरूको सुरक्षा गर्नु र वर्षौँसम्म जलको मुक्त प्रवाह प्राप्त गर्ने कुञ्जी हो। जेजेएमको सहयोग र वन तथा मृदा एवं जल संरक्षण विभागहरूसँग मिलेर ग्रामीण क्षतिग्रस्त ढलानहरूलाई पुनर्जीवित गर्नका लागि मिलेर काम गरिरहेका छन्। तिनीहरूले माटोको क्षय रोक्न र वर्षाको जल जमिनमा बग्नमा मद्दत गर्नका लागि खाड़ल, पुनर्भरण खाल्डा र रिसावन ट्याङ्कीहरू निर्माण गरेका छन्। माटोलाई अड्काएर राख्नका लागि एल्डर, ओक र बाँस जस्ता स्थानीय रूखहरू रोपिएका छन्। महिला समूहहरूले यी वृक्षारोपण अभियानहरूको नेतृत्व गर्छन्, जबकि युवा क्लबहरूले पुनर्भरण संरचनाहरूको हेरचाह गर्छन्।

  • स्वास्थ्य र स्वच्छता परिवर्तन - असम

असमको बोरबोरी गाउँमा जल जीवन मिशन (जेजेएम) अन्तर्गत सामुदायिक जागरूकताले लामो समयदेखि चलिरहेको पानीजन्य रोगहरूलाई समाप्त गर्नमा मद्दत गऱ्यो। पाइपयुक्त पानी पुर्याउने र स्वच्छता जागरूकता अभियान शुरु गरेपछि रिपोर्ट गरिएका मामिलाहरू 2022-23 मा 27 बाट घटेर दुई वर्षभित्र शून्य भएको छ अनि कुनै पनि मृत्युको रिपोर्ट गरिएको छैन। स्थानीय नेता बिन्दु देवीले जल आपूर्ति योजनाको लागि आफ्नो जमिन मात्र दान गरिनन् तर स्थायी रखरखाउ मोडेललाई पनि बढ़ावा दिइन्, जहाँ प्रत्येक परिवारले जल प्रणालीलाई सुचारू रूपमा चलाउनका लागि प्रति दिन 1 रुपियाँको योगदान गर्दछन्। यो दृष्टिकोणले समुदायको स्वामित्व र जिम्मेवारीलाई बढावा दियो, जसले प्रणालीको सुचारू तथा दीर्घकालीन सञ्चालन सुनिश्चित गऱ्यो।

  • जल सङ्कटलाई जल सुरक्षामा रूपान्तरण - राजस्थान

बोथारा गाउँमा, एक सामुदायिक बैठकमा गम्भीर जल सङ्कट र 103% भन्दा अधिक भूजल दोहन भएको खुलासा भयो। यो अनुभूतिपछि जल जीवन मिशन (जेजेएम) अन्तर्गत सबै घरहरूको लागि स्थायी पेयजल सुनिश्चित गर्नमा केन्द्रित एक जल सुरक्षा योजनाको तयारी गरियो। जल सुरक्षा समिति (डब्ल्यूएससी) बैठकको क्रममा गाउँलेहरूले जेजेएम अन्तर्गत निर्मित नयाँ खुल्ला कुवाहरूलाई प्रभावकारी पुनर्भरण उपायहरूको समर्थन आवश्यक पर्ने कुरामा चिन्ता व्यक्त गरे। यसको बिना, कुवाहरू अझै पनि सुक्खा हुन सक्छन्। डब्ल्यूएससीले एक जल सुरक्षा योजना तयार गऱ्यो अनि रिज-टु-भेली दृष्टिकोण अपनायो। चेक ड्याम र समोच्च खाड़ीहरू निर्माण गरियो, जसले गर्दा चेक ड्याम पूरा भएको दस दिनभित्र एक खुल्ला कुवाको जल स्तर 70 फिट बढ्यो। यो प्रयासले गाउँको वार्षिक जल भण्डारण क्षमतामा 11.77% को वृद्धि भयो, जसमा समुदायले पुनर्भरण संरचनाहरूको कुल लागतको 5% योगदान दिए।

  • डिजिटल शासन र पारदर्शिता - पश्चिम बङ्गाल

पश्चिम बङ्गालको ‘जल मित्र’ अनुप्रयोगले सामुदायिक जल प्रशासनमा निगरानी र पारदर्शितामा क्रान्तिकारी परिवर्तन ल्यायो। ‘जल मित्र’ मोबाइल र वेब अनुप्रयोग जल जीवन मिशन (जेजेएम) सँग संरेखित एक प्रबन्धन सूचना प्रणाली (एमआईएस) हो, जसको उद्देश्य प्रत्येक ग्रामीण परिवारलाई कार्यात्मक घरेलु नल कनेक्शन (एफएचटीसी) सुनिश्चित गर्नु हो, साथै डिजिटल नवाचारको माध्यमगद्वारा निरन्तर सेवा वितरण, सामुदायिक स्वामित्व र सहभागितामूलक निगरानीमा जोड दिनु हो। डिजिटल प्रबन्धन सूचना प्रणाली (एमआईएस) प्लेटफर्मले 13.70 करोड़ सामुदायिक गतिविधिहरू (अप्रेल 2024-अगस्त 2025) मा नजर राख्यो, 22,111 गाउँहरूमा 80.39 लाख घरहरूको लागि कार्यक्षमता आकलनलाई सुविधा प्रदान गर्यो र 4,522 जल बचाओ समितिहरूको गठनमा सहायता गऱ्यो। यो एपले एक खण्डित म्यानुअल प्रक्रियालाई एक वास्तविक-समय, डेटा-सञ्चालित प्रणालीमा प्रतिस्थापन गऱ्यो, जसले गर्दा जवाफदेहिता र निरन्तर कार्यक्षमता सुनिश्चित भयो।

निष्कर्ष

जल जीवन मिशनले 81% भन्दा अधिक घरहरूमा सुरक्षित नलको जलमा पहुँच सुनिश्चित गरेर ग्रामीण भारतलाई रूपान्तरण गरिरहेको छ। केवल छः वर्षमा, यसले तीव्र विस्तार, डिजिटल नवाचार र मजबुत सामुदायिक भागिदारीको माध्यमद्वारा हर घर जलको दृष्टिकोणलाई वास्तविकतामा परिणत गरिरहेको छ। बुनियादी ढाँचाको अतिरिक्त, जेजेएमले गाउँहरूमा स्वास्थ्य, जीविकोपार्जन र सम्मानमा सुधार ल्याइरहेको छ। यसले रोजगारी सिर्जना गरिरहेको छ, महिलाहरूको लागि समय बचत गरिरहेको छ र पानीजन्य रोगहरूलाई कम गरिरहेको छ। स्थिरता र समानतालाई आफ्नो मूलमा राख्दै यो मिशन सुशासन र जन-नेतृत्वमा विकासको एक मोडेलको रूपमा खड़ा छ, जसले भारतलाई सार्वभौमिक तथा विश्वसनीय जल सुरक्षाको नजिक लगिरहेको छ।

सन्दर्भ

जल मन्त्रालय शक्ति

पीआईबी पृष्ठभूमि

******

एमपीएस/टीडब्ल्यूबी

(Backgrounder ID: 155779) Visitor Counter : 3
Provide suggestions / comments
Link mygov.in
National Portal Of India
STQC Certificate