Technology
राष्ट्रिय ब्लकचेन फ्रेमवर्क
ब्लकचेन टेक्नोलोजीको माध्यमद्वारा शासनलाई मजबुत बनाउनु
Posted On:
24 OCT 2025 10:38AM
|
मुख्य कुरा
- नेशनल ब्लकचेन फ्रेमवर्क सेप्टेम्बर 2024 मा 64.76 करोड रुपियाँ बजेटको साथ लञ्च गरिएको थियो।
- नेशनल ब्लकचेन फ्रेमवर्कका मुख्य घटकहरूमा विश्वस्या ब्लकचेन स्ट्याक, एनबीएफ लाइट, प्रमाणिक र नेशनल ब्लकचेन पोर्टल सामेल छन्।
- ब्लकचेन टेक्नोलोजी स्ट्याक भुवनेश्वर, पुणे र हैदराबादका एनआईसी डेटा केन्द्रहरूमा डिप्लोय गरिएको छ।
- 21 अक्टोबर 2025 सम्म, ब्लकचेन प्लेटफर्ममा 34 करोड भन्दा अधिक दस्तावेजहरू भेरिफाई गरियो।
|
परिचय
क्रिप्टोकरेन्सीका सथा आफ्नो शुरुआती जुड़ावबाट उठेर ब्लकचेन टेक्नोलोजी 21 औँ शताब्दीको सबैभन्दा ठूलो परिवर्तन ल्याउने डिजिटल नवाचारहरू मध्ये एक बनेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिहरू भन्दा फरक, जसले आफ्नो शक्ति कम्प्युटेशनल पावरबाट हासिपल गर्दछ, ब्लकचेनका मूल्य मध्यस्थकर्ताहरू बिना भेरिभाई गर्ने लायकको विश्वास कायम गर्ने क्षमतामा निहित छ।
भारतको वर्तमान शासन प्रणालीहरू प्रायः केन्द्रीकृत डाटाबेसहरूमा निर्भर हुन्छन्, जुन त्रुटि, धोकाधडी र पारदर्शिताको अभावको जोखिममा पर्न सक्छन्। ब्लकचेन प्रविधिले आफ्नो छेडछाड-प्रतिरोधी, डिस्ट्रिब्युटेड लेजर सिस्टमको माध्यमद्वारा यी चुनौतीहरूलाई सामना गर्दछ, जहाँ रेकर्डहरू धेरै नोडहरूमा सुरक्षित रूपमा राखिन्छन्। यो डिजाइनले अनधिकृत परिमार्जनहरूलाई लगभग असम्भव बनाउँछ र डेटाको अखण्डता अनि विश्वासलाई धेरै हदसम्म बढाउँछ।

यसको अपार क्षमतालाई पहिचान गर्दै इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय (मिटवाई) ले विभिन्न क्षेत्रहरूमा ब्लकचेन समाधानहरूलाई तैनाथ गर्नका लागि एक एकीकृत वास्तुकला प्रदान गर्न नेशनल ब्लकचेन फ्रेमवर्क (एनबीएफ) विकास गरेको छ। एनबीएफले सार्वजनिक सेवा वितरणमा ब्लकचेनको एकीकरणलाई मार्गदर्शन गर्ने लक्ष्य राखेको छ, जसले गर्दा अधिक पारदर्शिता, जवाफदेहिता र दक्षता सुनिश्चित हुन सक्छ।
|
ब्लकचेन के हो?
ब्लकचेन एक डिस्ट्रिब्युटेड, पारदर्शी, सुरक्षित र अपरिवर्तनीय डेटाबेस हो जुन रेकर्ड वा लेनदेनको लेजरले जस्तै काम गर्दछ, जुन छेडछाड प्रतिरोधी छ र कम्प्युटरहरूको नेटवर्कमा एक्सेस गर्न सकिनेछ।
ब्लकचेनका प्रकारहरूलाई बुझ्ने
- पब्लिक ब्लकचेन: यस नेटवर्कमा सबै नोडहरूले रेकर्ड एक्सेस गर्दछ, लेनदेन फेरिफाई गर्न सक्छ, कामको प्रमाण प्रदर्शन गर्न सक्छ र नयाँ ब्लकहरूलाई जोड्न सक्दछ।
- प्राइभेट ब्लकचेन: यो एक अनुमति प्राप्त ब्लकचेन हो, जुन कुनै संस्थाभित्र चयन गरिएका सहभागीहरूसम्म सीमित छ। नियन्त्रण गर्ने निकायले सुरक्षा, अथोराइजेशन र पहुँचको स्तरलाई निर्धारण गर्छ, जसले यसलाई सरकारी अनुप्रयोगहरूको लागि आदर्श बनाउँछ। डिजाइन अनुसार, यसले डेटाको गोपनीयता र अपरेशन दक्षता सुनिश्चित गर्दै सहभागीहरू बीच विश्वास बढाउँछ।
- कन्सोर्टियम ब्लकचेन: यस नेटवर्कमा ब्लकचेन अर्ध-विकेन्द्रीकृत हुन्छ, जसमा साझा डेटा म्यानेजमेन्ट र भेलिडेशनको लागि धेरै संस्थाहरूद्वारा संयुक्त रूपमा शासित छ।
- हाइब्रिड ब्लकचेन: यो सार्वजनिक र निजी ब्लकचेनहरूको मिश्रण हो जसले चयनात्मक डेटा पहुँचलाई अनुमति दिन्छ।
|

ब्लकचेनको आधारभूत शक्तिहरू - पारदर्शिता, अपरिवर्तनीयता, विकेन्द्रीकरण र विश्वास - नेशनल ब्लकचेन फ्रेमवर्कका लागि अत्यन्त जरुरी छन्। यी विशेषताहरूले सुरक्षित तथा कुशल डिजिटल प्रणालीहरूलाई सक्षम बनाउँछन् अनि शासनलाई बदल्ने, नागरिक सेवाहरूलाई राम्रो बनाउने र प्रशासनिक झन्झटहरूलाई कम गर्नमा विशेष गरी महत्त्वपूर्ण छन्।

नेशनल ब्लकचेन फ्रेमवर्क: सुरक्षित र स्केलेबल डिजिटल शासनको लागि भारतको स्वदेशी प्लेटफर्म
नेशनलय ब्लकचेन फ्रेमवर्क (एनबीएफ), जुन मार्च 2021 मा 64.76 करोड रुपियाँका साथ शुरु गरिएको थियो, 4 सेप्टेम्बर 2024 मा आफ्नो आधिकारिक शुरुआतका साथै एक महत्त्वपूर्ण कोसेढुङ्गा साबित भयो। एनबीएफलाई अनुमति प्राप्त ब्लकचेन-आधारित अनुप्रयोगहरूको विकास र तैनातीलाई गति दिनका लागि डिजाइन गरिएको हो, दुन भारतको लागि सुरक्षित, पारदर्शी र स्केलेबल डिजिटल पूर्वाधार बनाउने दिशामा एक रणनीतिक कदम हो।
प्रविधि स्ट्याक - विश्वस्या ब्लकचेन स्ट्याक
नेशनल ब्लकचेन फ्रेमवर्कको मूलमा विश्वस्या ब्लकचेन स्ट्याक हो।
यो एक स्वदेशी र मोड्युलर प्लेटफर्म हो जुन शासनको लागि ब्लकचेन-आधारित अनुप्रयोगहरू बनाउने र तैनाथ गर्नका लागि प्राविधिक आधार प्रदान गर्न डिजाइन गरिएको हो। विश्वस्या ब्लकचेन स्ट्याकका विशेषताहरू हुन्:
- ब्लकचेन-एज-ए-सर्भिस (बीएएएस): विश्वस्याले ब्लकचेन पूर्वाधारलाई एक शेयर्ड सर्विसको रूपमा प्रदान गर्दछ। यसले सरकारी संस्थाहरूलाई आफ्नै पूर्वाधार सिर्जना वा प्रबन्धन गर्ने आवश्यकता बिना ब्लकचेन-आधारित अनुप्रयोगहरू तैनाथ गर्न अनुमति दिन्छ।
- डिस्ट्रिब्युटेड पूर्वाधार: यो स्ट्याक भुवनेश्वर, पुणे र हैदराबादमा अवस्थित एनआईसी डेटा केन्द्रहरूमा तैनाथ गरिएको छ। यो डिस्ट्रिब्युटेड नेटवर्क वास्तुकलाले ब्लकचेन-आधारित अनुप्रयोगहरूको लागि गल्ती सहनशीलता, स्केलेबिलिटी र लचिलोपन सुनिश्चित गर्दछ।
- परमिशन प्राप्त ब्लकचेन लेयर: यो प्लेटफर्म एक परमिशन प्राप्त ब्लकचेनमा निर्मित छ, जसले प्रमाणित र अधिकृत सहभागीहरूले मात्र लेनदेनमा सामेल हुन वा प्रमाणित गर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्दछ।
- ओपन एपीआई र एकीकरण सेवाहरू: विश्वस्याले प्रमाणीकरण र डेटा आदानप्रदानको लागि खुल्ला एपीआई (एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस) र एकीकरण मोड्युलहरू प्रदान गर्दछ।
यी सुविधाहरूले ई-शासन प्लेटफर्महरूसँग निर्बाध एकीकरण सक्षम गर्दछ।
एनबीएफ लाइट - स्टार्टअप्स र एकाडेमियाका लागि ब्लकचेन स्याण्डबक्स
एनबीएफ लाइट ब्लकचेन टेक्नोलोजी स्ट्याकको एक स्याण्डबक्स संस्करण हो, जुन नवाचार, प्रयोग र क्षमता निर्माणलाई प्रोत्साहन गर्नका लागि डिजाइन गरिएको हो। यसले स्टार्टअप, अनुसन्धान संस्थान र विद्यार्थीहरूलाई पूर्ण स्तरीय तैनातीको आवश्यकता बिना एक नियन्त्रित वातावरणमा ब्लकचेन-आधारित अनुप्रयोगहरू प्रोटोटाइप बनाउनमा अनुमति दिन्छ। यो आपूर्ति शृङ्खला र डिजिटल प्रमाणपत्रहरू जस्ता प्रमुख शासन र उद्योग डोमेनहरूमा स्मार्ट अनुबन्ध टेम्प्लेटहरूका साथ आउँछ, जसले प्रयोगकर्ताहरूलाई द्रुत रूपमा अनुप्रयोगहरू विकास र प्रमाणीकरण गर्न सक्षम बनाउँछ।
प्रामाणिक - एप प्रमाणीकरणको लागि नवीन ब्लकचेन समाधान
आजको द्रुत रूपमा विकसित डिजिटल परिदृश्यमा मोबाइल उपकरणहरूलाई दुर्भावनापूर्ण एप र धोकाधडी भएको ग्राहक सहायताबाट जोगाउनु महत्त्वपूर्ण छ, किनकि यी खतराहरूले व्यक्तिगत डेटासित सम्झौता गर्न सक्छन् र वित्तीय नोक्सान निम्त्याउन सक्छन्। प्रामाणिक एक नवीन समाधान हो जसले मोबाइल अनुप्रयोगहरूको प्रामाणिकता र स्रोत प्रमाणित गर्न ब्लकचेन प्रविधिको लाभ उठाउँछ। जब प्रयोगकर्ताहरूले कुनै एप स्क्यान वा जाँच गर्छन्, तब प्रामाणिकले यसको वैधता प्रमाणित गर्न ब्लकचेन रेकर्डहरूसँग विवरण मिलाउँछ, जसले गर्दा मोबाइल इकोसिस्टमभित्र विश्वास र पारदर्शितालाई बढावा मिल्दछ।

नेशनल ब्लकचेन पोर्टल
नेशनलय ब्लकचेन पोर्टलले शासन र उद्योगमा ब्लकचेन प्रविधिलाई अपनाउनका लागि भारतको रणनीतिक दृष्टिकोणलाई रूपरेखा तयार गर्दछ। यो प्लेटफर्मले एप्लिकेशनको लागि ब्लकचेनको नवीनता, मानकीकरण र क्रस-सेक्टर अपनाउनमा समर्थन गर्दछ, विश्वासलाई बढावा दिन्छ र उदीयमान प्रविधिहरूमा भारतको नेतृत्वलाई बढ़ावा दिँदछ। भारतको एनबीएफ विश्वका केही राज्य-नेतृत्वका पहलहरू मध्ये एक हो जसले धेरै उद्योगहरूमा ब्लकचेन प्रविधिलाई समर्थन गर्दछ।

ब्लकचेन-इनेबल चेन जसले शासन, आपूर्ति शृङ्खला र न्याय प्रणालीहरूलाई परिवर्तन गरिरहेको छ
एक विश्वसनीय डिजिटल अर्थतन्त्रतर्फ भारतको यात्रा मुख्य नियामक र प्रविधि सक्षमकर्ताहरूको समन्वित प्रयासहरूद्वारा अघि बढ़िरहेको छ। एनबीएफले शासन, आपूर्ति शृङ्खला र उद्यमहरूमा ब्लकचेन अपनाउन लागि मुख्य पूर्वाधार प्रदान गर्दछ।
प्रमाणपत्र र दस्तावेज शृङ्खला
प्रमाणपत्र जारी गर्ने र प्रयोग गर्ने हालको प्रणालीले जालसाजी दस्तावेजहरूको प्रयोग र सेवा वितरणमा ढिलाइ जस्ता चुनौतीहरूको सामना गर्दछ। यी चुनौतीहरूलाई पार गर्नका लागि नेशनल सूचना विज्ञान केन्द्र (एनआईसी) ले यस्ता रेकर्डहरूलाई सुरक्षित रूपमा स्टोर गर्ने र निकाल्नका लागि ‘प्रमाणपत्र शृङ्खला’ बनाउन ब्लकचेन प्रविधि अपनाएको छ।
|
यस प्रमाणपत्र शृङ्खलाको एक यूज केस सेन्ट्रल बोर्ड अफ् सेकेण्डरी एडुकेशनको एकाडेमिक डक्युमेन्ट हो, जसलाई ब्लकचेनमा भण्डारण गरिँदैछ।
|

त्यसरी नै, डक्युमेन्ट चेन एउटा यस्तो प्लेटफर्म हो जसले जारी गर्ने अधिकारी र उफयोग गर्ने संस्थाहरूलाई जाति, आय, रासन कार्ड, ड्राइभिङ लाइसेन्स, जन्म र मृत्यु प्रमाणपत्र आदि जस्ता सरकारद्वारा जारी गरिएका कुनै पनि दस्तावेजहरूको भण्डारण र पुन: प्राप्तिको लागि मानक प्रक्रिया प्रदान गर्दछ। 21 अक्टोबर 2025 सम्म, भारतको ब्लकचेन-आधारित प्लेटफर्मको माध्यमद्वारा 34 करोडभन्दा अधिक दस्तावेजहरू सुरक्षित रूपमा प्रमाणित गरिएको छ जसमध्ये 48,000 भन्दा अधिक दस्तावेजहरू डक्युमेन्ट चेनका छन्।
रसद शृङ्खला
रजिस्टिक्स चेनले धेरै सरोकारवालाहरू बीच सामान वा स्रोतहरूको आवागमन ट्र्याक गर्नको लागि एक सुरक्षित र पारदर्शी प्लेटफर्म प्रदान गर्दछ। ब्लकचेन प्रविधि प्रयोग गरेर आपूर्ति शृङ्खलामा भएका सबै लेनदेनहरू एक टेम्पर-प्रूफ लेजरमा रेकर्ड गरिन्छ, जसले प्रत्येक चरणमा ट्रेसेबिलिटी र जवाफदेहिता सुनिश्चित गर्दछ। रसद शृङ्खलाको प्रयोगका मामिलाहरू मध्ये एक कर्नाटकका दवाईहरू (औषध) को लागि अनलाइन आपूर्ति शृङ्खला प्रबन्धन प्रणाली हो।
|
औषध प्रणालीलाई ब्लकचेनसँग एकीकृत गरिएको छ जसले उत्पादकबाट अस्पतालहरूसम्म औषधिको आवागमनसँग सम्बन्धित लेनदेन रेकर्ड गर्न सकिनेछ, जसमा गुणस्तर जाँच पनि सामेल छ। बिरामीहरूले उपभोग गर्नु अघि निर्माताको विवरण, म्याद समाप्त हुने विवरण र औषधिको गुणस्तरको जाँच गर्न सक्छन्। यसले लेनदेनहरूमा ट्रेसेबिलिटी (ट्र्याक एण्ड ट्रेस) प्रदान गर्दछ जसले नक्कली औषधिहरू आउने सम्भावना कम हुन जान्छ, सटीकता बढाउँछ र पारदर्शिता ल्याउँछ।
|
न्यायपालिका शृङ्खला
न्यायपालिका शृङ्खलाले न्यायिक डेटा र दस्तावेजहरूको सुरक्षित, अपरिवर्तनीय र समय-स्ट्याम्प गरिएको रेकर्ड प्रदान गरेर न्याय प्रणालीभित्र पारदर्शिता, दक्षता र विश्वास बढाउनका लागि ब्लकचेनको लाभ उठाउँछ। ब्लकचेनले सूचना, समन र जमानत आदेशहरूको इलेक्ट्रोनिक डेलिभरीलाई सुविधा प्रदान गर्दछ, जसले ढिलाइ कम हुन्छ र म्यानुअल निर्भरता समाप्त हुँदछ। 21 अक्टोबर, 2025 सम्म ब्लकचेन प्लेटफर्ममा कुल 665 न्यायपालिका दस्तावेजहरू भेरिफाई गरिएका छन्।
इन्टर-अपरेबल क्रिमिनल जस्टिस सिस्टम
न्यायपालिका शृङ्खलामा आधारित इन्टर-अपरेबल क्रिमिनल जस्टिस सिस्टम (आईसीजेएस) ले आपराधिक न्याय पारिस्थितिकी प्रणालीलाई एकीकृत गर्दछ। यसले केस रेकर्ड, प्रमाण र न्यायिक दस्तावेजहरूको लागि एकीकृत डिजिटल प्लेटफर्म सुनिश्चित गर्दछ। 21 अक्टोबर 2025 सम्म ब्लकचेन प्लेटफर्ममा 39,000 भन्दा अधिक आईसीजेएस दस्तावेजहरू प्रमाणित गरिएका छन्।
सम्पत्ति शृङ्खला
ब्लकचेन-सञ्चालित सम्पत्ति प्रबन्धन प्रणालीले प्रत्येक सम्पत्ति लेनदेन ब्लकचेनमा सुरक्षित रूपमा रेकर्ड गरिएको सुनिश्चित गर्दछ। जमिन अभिलेखमा अद्यावधिक वा ट्रान्सफरको समयमा पनि सबै सरोकारवालाहरूले निर्णय लिनु अघि पूर्ण लेनदेन इतिहास पहुँच गर्न सक्छन्। यो पारदर्शिताले सम्भावित खरिददारहरूलाई स्वामित्व, अधिकार र दायित्व प्रमाणित गर्न मद्दत गर्दछ, जसमा मुद्दामामिलालाई उल्लेखनीय रूपमा कम गर्दछ र विवाद समाधानलाई छिटो बनाउँछ। 21 अक्टोबर 2025 सम्म, ब्लकचेन प्लेटफर्मको माध्यमद्वारा 34 करोड भन्दा अधिक सम्पत्ति दस्तावेजहरू प्रमाणित गरिएको छ।
भारतमा ब्लकचेन अपनाउनका लागि रणनीतिक रोडम्याप र नियामक पहल
मिटवाईद्वारा विकसित ब्लकचेन सम्बन्धी राष्ट्रिय रणनीतिले भारतमा ब्लकचेन प्रविधिको विकासको लागि रोडम्यापको रूपरेखा प्रस्तुत गर्दछ। यसले चुनौतीहरूलाई समाधान गर्दछ र विभिन्न क्षेत्रहरूमा ब्लकचेन एकीकरणको लागि छोटो अवधि र दीर्घकालीन लक्ष्यहरू तयार गर्दछ।
ब्लकचेन प्रविधि (बीसीटी) मा उत्कृष्टता केन्द्र (सीओई)
राष्ट्रिय सूचना विज्ञान केन्द्र (एनआईसी) ले एक उत्कृष्टता केन्द्र (सीओई) स्थापना गरेको छ, जसले सरकारी विभागहरूको लागि प्लेटफर्मको रूपमा कार्य गर्नेछ, ताकि पूर्ण मात्रामा कार्यान्वयनभन्दा पहिला पाइलट परियोजनाहरू (अवधारणाको प्रमाण) विकास गर्नका लागि परामर्श, प्रशिक्षण र समर्थन प्राप्त गर्न सकिनेछ।
सीओईले ब्लकचेनसित सम्बन्धित सेवा र आईसीटी (सूचना र सञ्चार प्रविधि) पूर्वाधार प्रदान गर्दछ जसले विभागहरूलाई तिनीहरूको प्रणालीहरू जड़ान गर्न र ब्लकचेन प्रविधि (बीसीटी) प्रभावकारी रूपमा प्रयोग गर्न मद्दत गर्दछ। यसले हाइपरलेजर सावटुथ, हाइपरलेजर फेब्रिक र इथरियम जस्ता लोकप्रिय ब्लकचेन प्लेटफर्महरूसँग काम गरेको छ - जुन सुरक्षित र पारदर्शी डिजिटल नेटवर्कहरू निर्माण गर्नका लागि प्रयोग गरिने खुला स्रोत प्रणालीहरू हुन्।
बीसीटीमा भारतीय दूरसञ्चार नियामक प्राधिकरण (ट्राई) को भूमिका
ट्राईले ब्लकचेन आधारित वितरित लेजर टेक्नोलोजी (डीएलटी) लाई दूरसञ्चार पारिस्थितिकी प्रणालीमा एकीकृत गरेको छ, जसले सबै प्रमुख संस्थानहरू (पीई) र टेलिमार्केटरहरू (टीएम) लाई आफ्नो सन्देश प्रसारण शृङ्खलाहरू दर्ता गर्न अनिवार्य गरेको छ, जसले गर्दा एसएमएसको उत्पत्तिदेखि डेलिभरीसम्मको अन्त्य-देखि-अन्त ट्र्याकिङ सक्षम पारिएको छ। नियामक र पहुँच प्रदायकहरूसँगको सहकार्यमा लागू गरिएको यो पहलले उपभोक्ता सुरक्षालाई उल्लेखनीय रूपमा बलियो बनाएको छ, स्पाम कम गरेको छ अनि नियामक अनुपालन र डिजिटल विश्वास लागू गर्न ब्लकचेनको प्रभावकारिता प्रदर्शन गरेको छ। 1.13 लाख भन्दा अधिक संस्थाहरूलाई समेट्ने यो ठूलो मात्रामा तैनाती आरबीआई, सेबी, एनआईसी र सी-डीएसीसँग सहकार्यमा कार्यान्वयन गरिएको थियो।
बीसीटीमा भारतीय रिजर्व ब्याङ्कको भूमिका
भारतीय रिजर्व ब्याङ्क (आरबीआई) ले डिजिटल रुपियाँ (हरू?) जस्ता पाइलट परियोजनाहरूको माध्यमद्वारा भारतको वित्तीय प्रणालीलाई आधुनिकीकरण गर्न ब्लकचेन प्रविधिको उपयोग गरिरहेको छ। ग्राहक र व्यापारीहरूको बन्द प्रयोगकर्ता समूहभित्र दिसम्बर 2022 मा सुरु गरिएको खुद्रा पाइलटले भुक्तानी प्रणालीहरूमा वित्तीय समावेशीकरण र नवीनतालाई प्रवर्द्धन गर्दै ब्लकचेनले कसरी तत्काल, ट्रेसेबल र पारदर्शी भुक्तानीहरूलाई सक्षम बनाउँछ भनेर प्रदर्शन गर्दछ।
एनएसडीएलले डिबेन्चर कभेनन्ट अनुगमनको लागि ब्लकचेन अपनाएको छ
भारतको सबैभन्दा ठूलो निक्षेपकर्ता, राष्ट्रिय धितोपत्र निक्षेप लिमिटेड (एनएसडीएल) ले डिबेन्चर कभेनन्ट अनुगमनको लागि वितरित लेजर टेक्नोलोजी (डीएलटी) मा आधारित ब्लकचेन प्लेटफर्म प्रस्तुत गरेको छ, जुन भारतको पूँजी बजारलाई आधुनिकीकरण गर्ने दिशामा एक प्रमुख कदम हो। यो प्लेटफर्मले जारीकर्ता र डिबेन्चर ट्रस्टीहरूलाई सम्पत्ति शुल्क रेकर्ड गर्न, सम्पत्ति कभर अनुपात निगरानी गर्न र एक सुरक्षित डिजिटल लेजरमा करारहरू ट्र्याक गर्न सक्षम बनाउँछ। यो लेजर टेम्पर प्रूफ, क्रिप्टोग्राफिक रूपमा हस्ताक्षर गरिएको र टाइम-स्ट्याम्प गरिएको छ, जसले एक सत्यापन योग्य लेखा परीक्षण ट्रेल सिर्जना गर्दछ र निवेशकहरूको विश्वास बढाउँछ।
ब्लकचेन टेक्नोलोजीमा क्षमता निर्माण पहल
ब्लकचेन जस्ता उदीयमान प्रविधिहरूमा कुशल प्रतिभा आधारलाई बढावा दिनका लागि इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय (मिटवाई) ले ब्लकचेनमा केन्द्रित धेरै क्षमता निर्माण कार्यक्रम शुरु गरेको छ। यी पहलहरूको उद्देश्य भविष्यको लागि तयार कार्यबल सिर्जना गर्नु हो।
कौशल विकास कार्यक्रम
डिजिटल इण्डिया कर्पोरेशन (मिटवाई) को क्षमता निर्माण डिभिजनले विभागहरूमा प्राविधिक दक्षता बढाउन सरकारी अधिकारीहरूको लागि कौशल विकास कार्यक्रमहरू सञ्चालन गरेको छ। 214 भन्दा अधिक कार्यक्रमहरूले ब्लकचेन जस्ता उदीयमान क्षेत्रहरूमा 21,000 भन्दा अधिक अधिकारीहरूलाई तालिम दिएका छन्। राज्य ई-मिसन टोलीहरू (एसईएमटी) द्वारा समर्थित यी पहलहरूले प्रविधि-नेतृत्व शासन चलाउन सुसज्जित भविष्य-तयार सरकारी कार्यबललाई बढावा दिइरहेका छन्।
फिनटेक र ब्लकचेन विकासमा स्नातकोत्तर डिप्लोमा (पीजी-डीएफबीडी):
क्रिप्टोकरेन्सी, एनएफटी (नन-फन्जिबल टोकन) र अन्य ब्लकचेन अनुप्रयोगहरूको उदयले छिटो, सस्तो र अधिक सुरक्षित प्लेटफर्महरूको माग बढाएको छ, जसले फिनटेक पारिस्थितिकी प्रणालीमा वृद्धिलाई बढावा दिएको छ। यो माग पूरा गर्नका लागि फिनटेक र ब्लकचेन विकासमा स्नातकोत्तर डिप्लोमा (पीजी-डीएफबीडी) जस्ता कार्यक्रमहरूले पेशेवर र विद्यार्थीहरूलाई ब्लकचेन, फिनटेक, एआई/एमएल, साइबर सुरक्षा, प्रोग्रामिङ, र नियामक ढाँचाहरू समेट्ने व्यापक 900-घण्टा पाठ्यक्रम प्रदान गर्दछ।
ब्लेन्ड: सी-डीएसी अनलाइन कोर्स
उन्नत कम्प्युटिङको विकास केन्द्र (सी-डीएसी) द्वारा प्रस्ताव गरिएको ब्लेन्ड कार्यक्रम, इन्जिनियरिङका विद्यार्थी र प्रारम्भिक करियर पेशेवरहरूका लागि एक अनलाइन कोर्स हो, जसको उद्देश्य ब्लकचेन प्रविधि र यसका व्यावहारिक अनुप्रयोगहरूमा दक्षता निर्माण गर्नु हो। यो कोर्स ब्लकचेन अवधारणाहरू, वास्तुकला, घटकहरू र परिचालन संयन्त्रहरूको व्यापक बुझाइ प्रदान गर्नका लागि डिजाइन गरिएको हो, जबकि सहभागीहरूलाई विभिन्न क्षेत्रहरूमा वास्तविक विश्वको ब्लकचेन अनुप्रयोगहरू विकास गर्नमा सक्षम बनाउँछ।
फ्यूचरस्किल्स प्राइम
फ्यूचरस्किल्स प्राइम (रोजगारीका लागि आईटी जनशक्तिको री-स्किलिङ/अप-स्किलिङको लागि कार्यक्रम) इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालय (मिटवाई) द्वारा प्रायोजित एक उद्योग उन्मुख पहल हो। कार्यक्रमले भारतको कार्यबललाई ब्लकचेन जस्ता दस उदीयमान प्रविधिहरूमा डिजिटल क्षमताहरूले सुसज्जित गर्ने लक्ष्य राखेको छ, ताकि रोजगारी बढाउन सकियोस् र देशको प्राविधिक प्रतिभा पूललाई बलियो बनाउन सकियोस्।
अगाडिको बाटो: भविष्यको ब्लकचेन प्रयोगका केसहरू

सार्वजनिक सेवाहरूमा दक्षता र विश्वास बढाउनका लागि विभिन्न क्षेत्रहरूमा ब्लकचेन-आधारित प्रयोगका केसहरूको अध्ययन गरिँदैछ। यी पहलहरूले ब्लकचेनले कसरी शासनमा नवीनता चलाउन सक्छ, जवाफदेहिता सुनिश्चित गर्न र प्रणालीगत अक्षमताहरू कम गर्न सक्छ भनेर देखाउँछन्। अवधारणाहरूको प्रमुख प्रमाण (पीओसी) मा सुरक्षित स्वामित्व रेकर्डको लागि भूमि रेकर्ड, पारदर्शी दान ट्र्याकिङको लागि ब्लड ब्याङ्क, वास्तविक समय कर अनुगमनको लागि जीएसटी चेन र सुरक्षित आपूर्ति शृङ्खलाहरूको लागि सार्वजनिक वितरण प्रणाली (पीडीएस) सामेल छन्।
निष्कर्ष
डिजिटल इण्डिया र आत्मनिर्भर भारतको दृष्टिकोण अनुरूप, ब्लकचेन प्रविधिले डिजिटल शासनमा विश्वास र पारदर्शिता कसरी सम्मिलित हुन्छ भन्ने कुरालाई रूपान्तरण गरिरहेको छ। राष्ट्रिय ब्लकचेन फ्रेमवर्क पहलको माध्यमद्वारा भारतले एक एकीकृत र अन्तरसञ्चालनयोग्य ब्लकचेन पारिस्थितिकी प्रणाली निर्माण गरिरहेको छ जसले सरकार-देखि-नागरिक (जी2सी) र सरकार-देखि-व्यवसाय (जी2बी) सेवाहरूलाई समर्थन गर्दछ, जबकि प्रविधिमा नवीनता र आत्मनिर्भरतालाई अगाडि बढाउँछ। क्षमता निर्माण र स्वदेशी ब्लकचेन समाधानहरूको विकासमा निरन्तर ध्यान केन्द्रित गर्दै भारत समावेशी विकासको लागि ब्लकचेनको लाभ उठाउने वैश्विक अगुवाको रूपमा उभिन तयार छ।
सन्दर्भ
इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालय
राज्यसभा
सञ्चार मन्त्रालय
वित्त मन्त्रालय
डिजिटल इण्डिया कर्पोरेशन
राष्ट्रिय सूचना विज्ञान केन्द्र
राष्ट्रिय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि संस्थान
ब्लकचेन प्रविधिमा उत्कृष्टता केन्द्र
******
एमपीएस/टीडब्ल्यूबी
(Backgrounder ID: 155766)
Visitor Counter : 4
Provide suggestions / comments