Economy
एआइका साथ बद्लिँदो भारत
₹10,300 करोडभन्दा बढी निवेश तथा 38,000 जीपीयुले दिइरहेको छ समावेशी नवाचारलाई बढावा
Posted On:
12 OCT 2025 4:31PM
मुख्य विन्दु
- इण्डिया एआइ मिशनको निम्ति पाँच वर्षको अवधिमा ₹10,300+ करोड आबन्टित गर्नका साथै यसमा 38,000 जीपीयु लगाइयो।
- प्रौद्योगिकी तथा एआइ परितन्त्रमा 6 मिलियन मानिस कार्यरत छन्।
- यस वर्ष प्रौद्योगिकी क्षेत्रको राजस्व $280 बिलियन पार गर्ने अनुमान।
- एआइले 2035 सम्म भारतको अर्थव्यवस्थामा $1.7 ट्रिलियन जोड्न सक्नेछ।
|
भूमिका
भारत कृत्रिम बुद्धिमत्ता (एआइ) द्वारा सञ्चालित एउटा नयाँ युगको सँघारमा खडा छ, जहाँ प्रौद्योगिकीले जीवनलाई परिवर्तित गर्नका साथै राष्ट्रको प्रगतिलाई आकार दिइरहेको छ। एआइ अब अनुसन्धान प्रयोगशाला वा विशाल कम्पनीहरूमा मात्र सीमित छैन। यो हरेक स्तरमा नागरिकहरूसम्म पुगिरहेको छ। सुदूरका इलाकामा स्वास्थ्य सेवाको पहुँचमा सुधार ल्याउनुदेखि लिएर किसानहरूलाई पूर्ण जानकारीका साथ फसल सम्बन्धी निर्णय लिन मद्दत गर्नुसम्म, एआइले दैनिक जीवलनलाई सरल, स्मार्ट अनि बढी कनेक्टेड बनाइरहेको छ। यसले व्यक्तिगत शिक्षाको माध्यमद्वारा कक्षाहरूमा क्रान्ति ल्याउनका अतिरिक्त शहरहरूलाई सुरक्षित बनाउन लगायत तेज डाटा सञ्चालित शासनको माध्यमद्वारा सार्वजनिक सेवाहरूलाई उत्तम बनाइरहेको छ।
इण्डिया एआइ मिशन र एआइ उत्कृष्टता केन्द्र जस्ता पहल यस परिवर्तनको केन्द्रमा रहेको छ। यसले कम्प्युटिङ पावरसम्म पहुँचलाई विस्तार गरिरहेको छ भने अनुसन्धानलाई समर्थन दिनका अतिरिक्त स्टार्टअप्स तथा संस्थानहरूलाई मानिसहरूलाई सीधै फाइदा पुऱ्यानसक्ने गरी यस्तो समाधान तयार गर्न मद्दत गरिरहेको छ। भारतको दृष्टिकोण एआइलाई खुल्ला, किफायती अनि सुलभ बनाउन केन्द्रित छ, ताकि नवाचारले समग्र रूपमा समाजको उत्थान सुनिश्चित हुनसकोस्।
कृत्रिम बुद्धिमत्ता के हो?
कृत्रिम बुद्धिमत्ता (एआइ) मशिनको त्यो योग्यता हो, जसद्वारा ती सबै कार्य गर्नसकिन्छ, जसका लागि सामान्य रूपमा मानवीय बुद्धिमत्ताको आवश्यकता पर्ने गर्दछ। यसले सिस्टमलाई अनुभवबाट सिक्ने, नयाँ परिस्थिति अनुकूल ढल्ने र जटिल समस्यालाई स्वतन्त्र रूपमा समाधान गर्न सक्षम बनाउँदछ। एआइले सूचनाको विश्वलेषण गर्न, प्याटर्न चिन्न र जवाफ तयार गर्नका लागि डाटासेट, एल्गोरिदम अनि व्यापक भाषा मोडलको उपयोग गर्दछ। समयका साथै यसले आफ्नो प्रदर्शनमा सुधार गर्दछ, जसबाट मानिस समान तर्क गर्न, निर्णय लिन र संवाद गर्न सक्षम बन्दछ।
|
यो समावेशी दृष्टिकोण, नीति आयोगको प्रतिवेदन “समावेशी सामाजिक विकासका लागि कृत्रिम बुद्धिमत्ता (अक्टोबर 2025)” -मा पनि परिलक्षित छ। यस प्रतिवेदनले कसरी कृत्रिम बुद्धिमत्ताले स्वास्थ्य सेवा, शिक्षा, कौशल विकास अनि वित्तीय समावेशनसम्म पहुँच बढाएर भारतको 49 करोड अनौपचारिक कामगारहरूलाई सशक्त बनाउन सक्दछ भन्ने दर्शाउँछ। यसका साथै कसरी कृत्रिम बुद्धिमत्ता सञ्चालित उपकरण भारतको अर्थव्यवस्थाको मेरुदण्ड बन्ने लाखौं मानिसको उत्पादकता अनि लचिलोपनलाई बढाउन सक्दछ भन्ने कुरामाथि पनि प्रकाश पार्दछ। प्रतिवेदनमा गहिरो सामाजिक अनि आर्थिक अन्तर पाट्नका साथै कृत्रिम बुद्धिमत्ताको लाभ प्रत्येक नागरिकसम्म पुग्ने पनि सुनिश्चित प्रौद्योगिकीले गर्नसक्ने कुरामाथि पनि जोड दिइएको छ।
हाल भारतमा एआइ परितन्त्र
- भारतको प्रौद्योगिकी क्षेत्र तेजीका साथ विस्तार भइरहेको छ। यस वर्ष वार्षिक राजस्वमा $280 बिलियनको आँकडा पार गर्नसक्ने अनुमान छ।
- प्रौद्योगिकी अनि एआइ परितन्त्रमा 6 मिलियनभन्दा धेरै मानिस कार्यरत छन्।
- देशमा 1,800 भन्दा धेरै वैश्विक क्षमता केन्द्र छन्, जसमा 500 भन्दा धेरै एआइमा केन्द्रित छ।
- भारतमा करिब 1.8 लाख स्टार्टअप्स छन् र विगत वर्ष शुरु गरिएका नयाँ स्टार्टअपमध्ये लगभग 89% ले आफअनो उत्पाद वा सेवामा एआइको उपयोग गर्दछन्।
- न्यासकम (एनएएसएससीओएम) एआइ अङ्गीकरण सूचकाङ्कमा भारतले 4 मध्ये 2.45 अङ्का प्राप्त गरेको छ, जसले 87% उद्यमले सक्रिय रूपमा एआइ समाधान उपयोग गरिरहेको दर्शाउँछ।
- एआइ अपनाउने अग्रणी क्षेत्रमा औद्योगिक अनि अटोमेटिभ, उपभोक्ता वस्तु अनि खुद्रा क्षेत्र, ब्याङ्किङ, वित्तीय सेवा तथा बीमा अनि स्वास्थ्य सेवा क्षेत्र सामेल छन्। यी सबै मिलेर एआइको कूल मूल्यमध्ये करिब 60 प्रतिशत योगदान पुऱ्याउँदछन्।
- हालै भएको बीसीजी सर्वेक्षण अनुसार, करिब 26% भारतीय कम्पनीले व्यापक परिमाणमा एआइ परिपक्वता हासिल गरेका छन्।
|
जसै-जसै भारतले एउटा समावेशी एआइ परितन्त्रको निर्माण गरिरहेको छ, यसको बढ्दो वैश्विक मान्यताले यसको प्रगतिलाई दर्शाउँछ। स्ट्यानफोर्ड एआइ सूचकाङ्क जस्तो स्तराङ्कनले भारतलाई एआइको कौशल, क्षमता अनि नीतिहरूको मामिलामा शीर्ष चार देशमा स्थान प्रदान गर्दछ। देश गिटहबमा एआइ परियोजनामध्ये दोस्रो सबैभन्दा ठूलो योगदानकर्ता पनि बनेको छ, जसले यसको विकासकर्ता समुदायको प्रबलतालाई दर्शाउँछ। एउटा प्रबल एसटीईएम (विज्ञान, प्रौद्योगिकी, अभियान्त्रिकी, गणित) कार्यबल, विस्तृत अनुसन्धान परितन्त्र र बढ्दो डिजिटल पूर्वाधारका साथ भारतले आर्थिक विकास, सामाजिक प्रगति अनि वर्ष 2047 सम्म विकसित भारतको दीर्घकालिक परिकल्नपालाई साकार बनाउनका लागि एआइको उपयोग गर्न स्वयंलाई तयार बनाइरहेको छ।

इण्डिया एआइ मिशन
“भारतमा एआको निर्माण अनि भारतको निम्ति एआइलाई कारगर बनाउनु”को परिकल्पनाबाट प्रेरित भई, क्याबिनेटले मार्च 2024 मा इण्डिया एआइ मिशनलाई स्वीकृति दिएको थियो, जसको बजेट पाँच वर्षको निम्ति ₹10,371.92 करोड हुनेछ। यो मिशन भारतलाई कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा वैश्विक अग्रणी बनाउने दिशामा निर्णायक कदम हो।
आफ्नो शुरुवातदेखि नै यस मिशनले देशको कम्प्युटिङ पूर्वाधारको विस्तारमा उल्लेखनीय प्रगति गरेको छ। 10,000 जीपीयुको शुरुवाती लक्ष्यदेखि लिएर अब भारतले 38,000 जीपीयु हासिल गरिसकेको छ, जसले विश्वस्तरीय एआइ संसाधनसम्म किफायती पहुँच उपलब्ध भइरहेको छ।
जीपीयु के हो?
जीपीयु वा ग्राफिक्स प्रोसेसिङ युनिट एउटा शक्तिशाली कम्प्युटर चिप हो, जसले मशिनलाई तेजीका साथ सोच्ने, इमेज प्रोसेस गर्ने, एआइ प्रोग्राम चलाउने र जटिल कार्यहरूलाई नियमित प्रोसेसरको तुलनामा बढी कुशलताका साथ सम्हाल्न मद्दत गर्दछ।
|
ईलेक्ट्रनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्रालय अन्तर्गत एउटा स्वतन्त्र व्यापार प्रभाग रहेको इण्डिया एआइद्वारा कार्यान्वित यस मिशनले व्यापक परितन्त्रको निर्माण गरिरहेको छ, जसले नवाचारलाई बढावा दिनका साथै स्टार्टअपलाई समर्थन गर्नका अतिरिक्त डाटा पहुँचलाई सुदृढ बनाउन लगायत जनताको हितका लागि एआको उत्तरदायी उपयोग सुनिश्चित गर्दछ।

इण्डिया एआइ मिशनको सात स्तम्भ छन् :
इण्डिया एआइ कम्प्युट स्तम्भ
यस स्तम्भले किफायती मूल्यमा उच्च स्तरीय जीपीयु उपलब्ध गराउँदछ। यसअघि बताइए जस्तै, 38,000 भन्दा धेरै जीपीयु लगाइसकिएको छ। यी जीपीयु मात्र ₹65 प्रति घण्टाको छूट दरमा उपलब्ध छ।
इण्डिया एआइ एप्लिकेशन डेभेलपमेन्ट पहल
यस स्तम्भले विशिष्ट रूपमा भारतको चुनौतीहरूका लागि एआइ एप्लिकेशन विकसित गर्दछ। यसमा स्वास्थ्य सेवा, कृषि, जलवायु परिवर्तन, शासन र सहायक शिक्षण प्रौद्योगिकी सामेल छन्। जुलाई 2025 सम्म तीस एप्लिकेशनलाई स्वीकृति प्रदान गरिसकिएको छ। मन्त्रालय अनि संस्थानहरूका साथ क्षेत्र-विशिष्ट ह्याकाथन आयोजित गरिन्छ। उदाहरणक लागि, साइबरगार्ड एआइ ह्याकाथनले साइबर सुरक्षाको निम्ति एआइ विकसित गर्न मद्दत गर्दछ।
एआइकोश (डाटासेट प्लेटफर्म)
एआइकोशले, एआइ मोडलको प्रशिक्षणका लागि डाटासेट विकसित गर्दछ। यसले सरकारी तथा गैर सरकारी स्रोतबाट डाटालाई एकिकृत गर्दछ। यस प्लेटफर्ममा 20 क्षेत्रमा 3,000 भन्दा धेरै डाटासेट अनि 243 एआइ मोडल छन्। यसले संसाधन विकासकर्तालाई बुनियादी मोड्युल बनाउनुको साटो एआइ समाधानमाथि ध्यान केन्द्रित गर्न मद्दत गर्दछ। जुलाई 2025 सम्म यस प्लेटफर्ममा 265,000 भन्दा धेरै भिजिट र 6,000 पञ्जिकृत उपयोगकर्ता अनि 13,000 भन्दा धेरै डाउनलोड भइसकेको थियो।
इण्डियाएआइ फाउण्डेशन मोडल
यस स्तम्भले भारतीय डाटा अनि भाषाहरूको उपयोग गरी भारतको आफ्नो व्यापक मल्टीमोडल मोडल विकसित गर्दछ। यसले जेनरेटिभ एआइमा सम्प्रभु क्षमता अनि वैश्विक प्रतिस्पर्धा सुनिश्चित गर्दछ। इण्डियाएआइलाई 500 भन्दा धेरै प्रस्ताव प्राप्त भएको छ। पहिलो चरणमा, चारवटा स्टार्टअप चुनिएको थियो। सर्वम एआइ, सोकेट एआइ, ज्ञानी एआइ र गण एआइ।
इण्डियाएआइ फ्युचरस्किल्स
यस स्तम्भले एआइ-कुशल पेशेवर तयार गर्दछ। 500 पीएचडी फेलो, 5,000 स्नातकोत्तर अनि 8,000 स्नातक छात्रलाई सहायता प्रदान गर्दछ। जुलाई 2025 सम्म, 200 भन्दा धेरै छात्रलाई फेलोशीप प्राप्त भएको थियो। छब्बीस संस्थानले पीएचडी छात्र सामेल गरेको थियो। टियर-2 र टियर-3 शहरहरूमा डाटा अनि एआइ ल्याब स्थापित गरिँदैछ। एनआइईएलआइटीका साथ 27 ल्याबको पहिचान गरिएको छ। राज्य अनि केन्द्र शासित प्रदेशहरूले ल्याबको निम्ति 174 आइटीआइ अनि पोलिटेक्निकलाई मनोनित गरेका छन्।
इण्डियाएआइ स्टार्टअप फाइनेन्सिङ
यस स्तम्भले एआइ स्टार्टअप्सलाई वित्तीय सहायता प्रदान गर्दछ। इण्डियाएआइ स्टार्टअप्स ग्लोबल प्रोग्राम मार्च 2025 मा शुभारम्भ गरिएको थियो। यस स्टेशनले एफ अनि एचईसी पेरिसको सहयोगमा 10 भारतीय स्टार्टअप्सलाई युरोपीय बजारसम्म विस्तार गर्न मद्दत गर्दछ।
सुरक्षित अनि विश्वसनीय एआइ
यस स्तम्भले सुदृढ शासनका साथ जिम्मेवार एआइ अङ्गीकरण सुनिश्चित गर्दछ। पहिलो चरणमा आठ परियोजना चयन गरिएको थियो। यी परियोजना मशिन अनलर्निङ, पूर्वाग्रह शमन, निजता संरक्षित मशिन लर्निङ, व्याख्यात्मकता, अडिटिङ तथा शासन परीक्षणमा केन्द्रित छन्। जोस्रो चरणमा 400 भन्दा धेरै आवेदन प्राप्त भएको थियो। इण्डियाएआइ सेफ्टी इन्स्टिट्युटमा सामेल हुनका लागि भागीदार संस्थानहरूको निम्ति 9 मई 2025 को दिन रुचिपत्र प्रकाशित गरिएको थियो।
इण्डिया मोबाइल कङ्ग्रेस 2025 मा एआइ
नवौं इण्डिया मोबाइल कङ्ग्रेसमा आर्टिफिशियल इन्टेलिजेन्स मुख्य विषय रहेको थियो, जसको उद्घाटन प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा 8 अक्टोबर 2025 को दिन यशोभूमि, नयाँ दिल्लीमा गरिएको थियो। दूरसञ्चार विभाग अनि सीओएआइद्वारा आयोजित यो कार्यक्रम “इनोभेट टु ट्रान्सफर्म” ध्येयवाक्य अन्तर्गत 8 देखि 11 अक्टोबरसम्म चलेको थियो।

आइएमसी 2025 मा अन्तरराष्ट्रिय एआइ शिखर सम्मेलनसहित 6 प्रमुख वैश्विक शिखर सम्मेलन सामेल छ, जसले नेटवर्क, सेवा अनि आगामी पिँढीको डिजिटल पूर्वाधारमा एआइको परिवर्तनकारी भूमिकामाथि प्रकाश पारेको थियो। एआइ, 5-जी, 6-जी, स्मार्ट मोबिलिटी, साइबर सुरक्षा, क्वान्टम कम्प्युटिङ र हरित प्रौद्योगिकीको 1,600 भन्दा धेरै नयाँ उपयोग-मामिला 100 भन्दा धेरै सत्र अनि 800 भन्दा धेरै वक्ताको माध्यमद्वारा प्रदर्शित गरिएको थियो।
यस कार्यक्रममा 150 देशका 1.5 लाखभन्दा धेरै आगन्तुक, 7,000 वैश्विक प्रतिनिधि अनि 400 कम्पनी सामेल भएका थिए। एआइ अनि डिजिटल प्रौद्योगिकीको भविष्यलाई आकार दिनका लागि कार्यक्रमले नवप्रवर्तक स्टार्टअप्स, नीति निर्माता अनि उद्योगका दिग्गजहरूलाई एक साथ लिएर आएको थियो।
|
अन्य प्रमुख सरकारी पहल तथा नीतिगत प्रयास
भारत सरकारले कैयौं परिवर्तनकारी पहलको माध्यमद्वारा आफ्नो आर्टिफिशियल इन्टेलिजेन्स भिजनलाई कार्यरूप दिइरहेको छ। यो प्रयास सुदृढ एआइ परितन्त्रको निर्माण, नवाचारलाई बढावा दिनु र प्रौद्योगिकीले समाजको हरेक वर्गलाई सुनिश्चित लाभ प्रदान गर्ने बनाउन केन्द्रित छ। विश्व स्तरीय अनुसन्धान केन्द्र बनाउनुदेखि लिएर घरेलु एआइ मोडल विकसित गर्नुसम्म, सरकारको दृष्टिकोण नीति, पूर्वाधार अनि क्षमता निर्माणलाई समान रूपले जोड्दछ।
एआइको निम्ति उत्कृष्टता केन्द्र
अनुसन्धान सञ्चालित नवाचारलाई प्रोत्साहित गर्नका लागि सरकारले स्वास्थ्य सेवा, कृषि अनि चिरस्थायी शहरहरू जस्ता प्रमुख क्षेत्रमा तीन उत्कृष्टता केन्द्र (सीओई) स्थापित गरेको छ। बजेट 2025 मा शिक्षाको निम्ति चौथो उत्कृष्टता केन्द्र घोषणा गरिएको थियो। यी केन्द्रहरू सहयोगात्मक संस्थानका रूपमा कार्य गर्नका लागि तयार गरिएको छ, जहाँ शिक्षा, उद्योग अनि सरकारी संस्थानले मिलेर स्केलेबल एआइ समाधान विकसित गर्दछन्। यसका साथै युवाहरूलाई उद्योग सम्बन्धी एआइ कौशल प्रदान गर्न र भविष्यको निम्ति तयार कार्यबल निर्माण गर्नका लागि पाँचवटा कौशल विकासको राष्ट्रिय उत्कृष्टता केन्द्र पनि स्थापित गरिएका छन्।
एआइ योग्यता ढाँचा
यस ढाँचाले सरकारी अधिकारीहरूलाई संरचित प्रशिक्षण प्रदान गर्दछ, जसबाट आवश्यक एआइ कौशल हासिल गर्न र नीति निर्माण अनि शासनमा त्यसको उपयोग गर्न मद्दत प्राप्त हुँदछ। वैश्विक मानक अनुरूप तयार गरिएको, यस ढाँचाले भारतको सार्वजनिक क्षेत्र एआइ सञ्चालित भविष्यको निम्ति सूचित, सक्रिय अनि तयार रहने सुनिश्चित गर्दछ।
इण्डियाएआइ स्टार्टअप्स ग्लोबल एक्सलरेशन प्रोग्राम
पेरिसस्थित स्टेशन एफ एवं एचईसी पेरिसका साथ साझेदारीमा शुरु गरिएको यस कार्यक्रमले दस प्रतिभाशाली भारतीय एआइ स्टार्टअप्सलाई वैश्विक विशेषज्ञता, नेटवर्क अनि संसाधनसम्म पहुँच प्रदान गरी समर्थन गर्दछ। यसको उद्देश्य भारतीय नवप्रवर्तहरूलाई अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न र आफ्नो वैश्विक उपस्थिति विस्तार गर्नुरहेको छ।
सर्वम एआइ – स्मार्टर आधार सेवा
बङ्गलुरूस्थित कम्पनी, सर्वम एआइले उन्नत एआइ अनुसन्धानलाई व्यावहारिक शासन समाधानमा परिवर्तित गरिरहेको छ। भारतीय विशिष्ट पहिचान प्राधिकरण (युआइडीएआइ) सँग साझेदारीमा, यसले आधार सेवालाई बढी स्मार्ट अनि सुरक्षित बनाउन जेनरेटिभ एआइ उपयोग गरिरहेको छ। अप्रेल 2025 मा सर्वम एआइलाई भारतको सोभरेन एलएलएम ईकोसिस्टम बनाउने स्वीकृति प्राप्त भएको थियो, जुन ओपन सोर्स मोडल हो, जसलाई सार्वजनिक सेवा वितरण उत्तम बनाउन र डिजिटल विश्वासलाई बढावा दिनका लागि तयार गरिएको हो।
भाषिणी – डिजिटल समावेशनको निम्ति आवाज
भाषिणी एउटा एआइ सञ्चालित प्लेटफर्म हो, जसले कैयौं भारतीय भाषामा अनुवाद अनि वाक् उपकरण प्रदान गरी भाषा सम्बन्धी बाधाहरू हटाउँदछ। यसले नागरिकलाई डिजिटल सेवासम्म सुगमताका साथ पुग्न मद्दत गर्दछ, चाहे उनी पढ्न वा लेख्न सहज नै किन नहोस्। जून 2025 मा डिजिटल इण्डिया भाषिणी प्रभाग अनि रेलवे सूचना प्रणाली केन्द्रले (सीआरआइएस) सार्वजनिक रेलवे प्लेटफर्ममा बहुभाषी एआइ समाधान तैनाथ गर्नका लागि एउटा सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको थियो।
जुलाई 2022 मा आफ्नो शुरुवातपछि, भाषिनीले दस लाखभन्दा धेरै डाउनलोड पार गरिसकेको छ भने यसले 20 भारतीय भाषालाई समर्थन गर्नका साथै 350 भन्दा धेरै एआइ मोडललाई एकिकृत गर्दछ। 450 भन्दा धेरै सक्रिय ग्राहकका साथ, यसले डिजिटल समावेशनलाई बढावा दिनका अतिरिक्त भाषिक विभाजनलाई पाट्ने काम जारी राखेको छ।
भारतजेन एआइ – भारतको बहुभाषी एआइ मोडल
2 जून, 2025 को दिन भारतजेन शिखर सम्मेलनमा शुभारम्भ गरिएको भारतजेन एआइ पहिलो सरकारी वित्तपोषित, स्वदेशी मल्टीमोडल बृहत् भाषा मोडल हो। यसले 22 भारतीय भाषालाई समर्थन गर्दछ र टेक्स्ट, स्पीच अनि ईमेजलाई बुझेर एकिकृत गर्दछ।
घरेलु डाटासेटको उपयोग गरी निर्मित भारतजेनले भारतको सांस्कृतिक विविधतालाई दर्शाउँछ भने स्टार्टअप्स अनि शोधार्थीहरूलाई भारतीय आवश्यकता अनुरूप एआइ समाधान तयार गर्न साझा मञ्च पनि प्रदान गर्दछ।
भारत एआइ प्रभाव शिखर सम्मेलन 2026
भारतले फेब्रुअरी 2026 मा एआ प्रभाव शिखर सम्मेलन (एआइ इम्प्याक्ट समिट) आयोजित गर्नेछ। यस शिखर सम्मेलनले भारतको एआइ क्षमता प्रदर्शित गर्नका साथै विभिन्न क्षेत्रमा नवाचारलाई प्रोत्साहित गर्नेछ। 18 सेप्टेम्बर 2025 को दिन भारतले यस आयोजनका व्यक्ति अनि प्रमुख पहलहरूको अनावरण गरेको थियो।

प्रमुख पहल यस प्रकार छन् :
- एआइ पिच फेस्ट (उडान) : विश्वभरीका एआइ स्टार्टअप्सको निम्ति एउटा मञ्च, जसको ध्यान महिला नेता, दिव्याङ्ग परिवर्तनकर्ता छन्।
- युवा, महिला अनि अन्य प्रतिभागीका लागि वैश्विक नवाचार चुनौती : ती एआइ सञ्चालित समाधानलाई बढावा दिनका लागि पहल, जसले विभिन्न क्षेत्रमा वास्तविक विश्वका सार्वजनिक चुनौतीलाई समाधान गर्दछन्।
- अनसुन्धान सङ्गोष्ठी : नवीनतम एआइ अनुसन्धानलाई प्रदर्शित गर्न र भारत, ग्लोबल साउथ अनि व्यापक अन्तरराष्ट्रिय समुदायका अग्रणी शोधार्थीलाई आफ्नो कार्य प्रस्तुत गर्न, विधि अनि साक्ष्यको आदान-प्रदान गर्न तथा सहयोगलाई प्रोत्साहित गर्नका लागि सभा।
- एआइ एक्सपो : यो एक्सपो जिम्मेवार इन्टेलिजेन्समाथि केन्द्रित हुनेछ र यसमा भारत अनि 30 भन्दा धेरै देशका 300 भन्दा बढी प्रदर्शक सामेल हुनेछन्।
शिखर सम्मेलनका व्यक्ति अनि प्रमुख पहलको अनावरण गरिने यस कार्यक्रममा भारत-विशिष्ट डाटामा प्रशिक्षित स्वदेशी एआइ मोडल बनाउनका लागि आठ नयाँ बुनियादी मोडल पहल पनि शुभारम्भ गरिनेछ। एउटा अन्य प्रमुख फोकस एआइ डाटा ल्याब्समाथि थियो, जसमा सम्पूर्ण भारतमा तीस ल्याब्स शुरु गरिएको थियो, जसबाट 570 ल्याबको नेटवर्क बनेको थियो। पहिलो 27 ल्याब राष्ट्रिय ईलेक्ट्रनिक्स एवं सूचना प्रौद्योगिकी संस्थान (एनआइईएलआइटी) सँगको साझेदारीमा स्थापित गरिएको थियो। यी ल्याबहरूले इण्डियाएआइ मिशनको फ्युचरस्किल्स पहल अन्तर्गत बुनियादी एआइ अनि डाटा प्रशिक्षण प्रदान गर्दछन्।
यस कार्यक्रममा इण्डियाएआइ फेलोशीप प्रोग्राम अनि पोर्टल पनि विस्तार गरियो, जसबाट 13,500 स्कलर्सलाई सहायता प्राप्त हुनेछ। यसमा सबै विषयका 8,000 स्नातक, 5,000 स्नातकोत्तर र 500 पीएचडी शोधकर्ता सामेल छन्। अब ईञ्जिनियरिङ, चिकित्सा, कानुन, वाणिज्य, व्यवसाय अनि मुक्त कला जस्ता क्षेत्रका विद्यार्थीलाई फेलोशीप उपलब्ध छ।
दैनन्दिन जीवन अनि कार्यमा एआइ
कृत्रिम बुद्धिमत्ताले नवाचारको नयाँ लहर चलाइरहेको छ, जसले स्वास्थ्य सेवा अनि खेतीदेखि लिएर शिक्षा, शासन अनि जलवायु पूर्वानुमानसम्म, दैनिक जीवनको हरेक पक्षलाई प्रभावित गर्दछ। यसले डाक्टरलाई बिमारी तेजीका साथ निदान गर्न, किसानहरूलाई डाटा आधारित निर्णय लिन सहायता गर्न, विद्यार्थीहरूलाई सिकाईको परिणाम राम्रो बनाउन र शासनलाई बढी कुशल तथा पारदर्शी बनाउन पनि मद्दत गर्दछ।
यस परिवर्तनको केन्द्रमा लार्ज ल्याङवेज मोडल (एलएलएम) छ। यो एउटा उन्नत एआइ सिस्टम हो, जसले विशाल मात्रामा डाटाबाट सिकेर मानव जस्तो टेक्स्ट बुझेर तयार गर्दछ। एलएलएमले नै च्याटबोट, अनुवाद उपकरण अनि परोक्ष सहायतालाई सम्भव बनाउँदछ। यसले मानिसका लागि आफ्नो भाषामा जानकारी खोज्न, सरकारी सेवाको उपयोग गर्न र नयाँ कौशल सिक्न सजिलो बनाउँदछ।
|
एआइप्रति भारतको दृष्टिको प्रौद्योगिकीभन्दा अघि बढ्दै समावेशिता अनि सशक्तिकरणसम्म जाँदछ। राष्ट्रिय पहल अनि वैश्विक सहयोगको माध्यमद्वारा एआइको उपयोग वास्तविक संसारका चुनौतीहरू समाधान गर्न, सार्वजनिक सेवालाई उत्तम बनाउन र प्रत्येक नागरिकका लागि अवसरहरू बढी सुलभ बनाउनका लागि गरिँदैछ। ग्रामीण स्वास्थ्य सेवामा सुधार र मौसमको भविष्यवाणी गर्नुदेखि लिएर अदालतको फसेलालाई क्षेत्रीय भाषामा अनुवाद गर्नुसम्म, डिजिटल रूपमा सशक्त अनि समतामूलक भारत निर्माणको प्रगतिको शक्तिशाली प्रवर्तकका रूपमा एआइको उदय भइरहेको छ।
केही प्रमुख क्षेत्र, जहाँ दैनन्दिन जिन्दगीमा सुधार गरिरहेका छन्, ती हुन् :
स्वास्थ्य रक्षा
एआइले स्वास्थ्य सेवाको वितरणमा परिवर्तन ल्याइरहेको छ। यसले डाक्टरहरूलाई बिमारी चाँडै पत्तो लगाउन, मेडिकल स्क्यानको विश्लेषण गर्न र व्यक्तिगत उपचारबारे सुझाउ दिन मद्दत गर्दछ। एआइद्वारा सञ्चालित टेलिमेडिसिन प्लेटफर्मले ग्रामीण क्षेत्रका रोगीहरूलाई शीर्ष अस्पतालका विशेषज्ञहरूसँग जोड्दछ, जसबाट समय अनि लागतको बचत हुनका साथै हेरचाहको गुणस्तरमा सुधार आउँदछ। स्वास्थ्य सेवामा सुरक्षित अनि नैतिक एआइलाई बढावा दिनका लागि वैश्विक संस्था, हेल्थएआइमा भारतको भागीदारी र आइसीएमआर तथा इण्डियाएआइको बेलायत अनि सिङ्गापुर जस्ता देशका साथ सहयोगद्वारा जिम्मेवार नवाचार अनि वैश्विक सर्वोत्तम पद्धति सुनिश्चित गरिँदैछ।
कृषि
किसानहरूका लागि एआइ एउटा विश्वसनीय डिजिटल साथी हो। यसले मौसमको भविष्यवाणी गर्नका साथै कीराहरूको आक्रमणको पत्तो लगाई सिञ्चाई वा रोपाईको निम्ति सर्वोत्तम समयबारे सुझाउ दिन्छ। कृषि एवं किसान कल्याण मन्त्रालयले किसान ई-मित्र जस्ता पहलको माध्यमद्वारा एआइको उपयोग गरिरहेको छ, जुन आभासी सहायक हो र किसानहरूलाई पीएम किसान सम्मान निधि जस्ता सरकारी योजनासम्म पुग्न मद्दत गर्दछ।
राष्ट्रिय कीरा निगरानी प्रणाली अनि फसल स्वास्थ्य निगरानी उपग्रह डाटा, मौसम निविष्टि एवं माटोको विश्लेषण संयोजित गरी तुरुन्तै सल्ला प्रदान गर्दछ, जसबाट उब्जनी अनि आमदानी सुरक्षामा सुधार आउँदछ।
शिक्षा एवं कौशल विकास
शिक्षालाई बढी समावेशी, आकर्षक अनि भविष्य अनुरूप तयार गर्नका लागि भारतीय शिक्षा प्रणालीमा कृत्रिम बुद्धिमत्तालाई एकिकृत गरिँदैछ। राष्ट्रिय शिक्षा नीति (एनईपी), 2020 अन्तर्गत केन्द्रिय माध्यमिक शिक्षा बोर्डले (सीबीएसई) कक्षा 6 देखि 15 घण्टाको कृत्रिम बुद्धिमत्ता कौशल मोड्युल र कक्षा 9 देखि 12 सम्म वैकल्पिक एआइ विषय प्रदान गर्दछ। एनसीईआरटीको डिजिटल लर्निङ प्लेटफर्म दीक्षाले विशेष गरी दृष्टिहीन शिक्षार्थीहरूको निम्ति सुगमता बढाउन भिडियोमा कीवर्ड खोज अनि जोडले पढ्ने सुविधा जस्ता एआइ उपकरणको उपयोग गर्दछ।
यसबाहेक, ईलेक्ट्रनिकी एवं सूचना प्रौद्योगिकी मन्त्रालय अन्तर्गत राष्ट्रिय ई-गभर्नेन्स प्रभागले (एनईजीडी) आफ्नो सहयोगीहरूका लागि मिलेर युवाआइ – युथ फर उन्नति एण्ड विकास (उन्नति एवं विकासका लागि युवा) नामक राष्ट्रिय कार्यक्रम लागू गरेको छ, जसको उद्देश्य कक्षा 8 देखि 12 सम्मका विद्यार्थीलाई समावेशी तरिकाले एआइ अनि सामाजिक कौशल प्रदान गर्नुरहेको छ। यस कार्यक्रमले विद्यार्थीलाई आठवटा विषयगत क्षेत्र – कृषि, आरोग्य, शिक्षा, पर्यावरण, परिवहन, ग्रामीण विकास, स्मार्ट सिटी र विधि एवं न्यायमा एआइ कौशल सिक्न र लागू गर्नका लागि मञ्च प्रदान गर्दछ, जसबाट उनीहरूलाई वास्तविक संसारका चुनौतीको निम्ति एआइ सञ्चालित समाधान विकसित गर्न सक्षम बनाउन सकिनेछ।
शासन एवं न्याय
एआइले शासन अनि लोक सेवा प्रदान गर्ने प्रक्रियालाई नयाँ रूप दिइरहेको छ। भारतको सर्वोच्च न्यायालय अनुसार ई-कोट्र परियोजनाको तेस्रो चरण अन्तर्गत न्याय प्रणालीलाई बढी कुशल अनि सुलभ बनाउनका लागि आधुनिक प्रौद्योगिकीहरू एकिकृत गरिँदैछ। अनुवाद, पूर्वानुमान, प्रशासनिक दक्षता, स्वचालित फाइलिङ, इन्टेलिजेन्ट सेड्युलिङ र च्याटबोटको माध्यमद्वारा सञ्चारमा एआइ अनि यसको उपसमूह जस्तै मशिन लर्निङ, अप्टिकल क्यारेक्टर रिकग्निशन र नेचुरल ल्याङवेज प्रोसेसिङको उपयोग गरिँदैछ।
उच्च न्यायालयहरूमा एआइ अनुवाद समितिले सर्वोच्च न्यायालय अनि उच्च न्यायालयका निर्णयहरूलाई स्थानीय भाषाहरूमा अनुवादको निगरानी गरिरहेको छ। ई-एचसीआर र ई-आइएल जस्ता डिजिटल कानुनी प्लेटफर्मले अब नागरिकहरूलाई कैयौं क्षेत्रीय भाषामा निर्णयसम्म अनलाइन पहुँच प्रदान गर्दछ, जसबाचट न्याय प्रदान गर्न बढी पारदर्शी अनि समावेशी बनेको छ।
मौसम पूर्वानुमान एवं जलवायु सेवा
कृत्रिम बुद्धिमत्ताले प्राकृतिक घटनाहरूको भविष्यवाणी गर्न र त्यस अनुसार जवाफी तयारी गर्न भारतको क्षमतालाई सुदृढ बनाइरहेको छ। भारतीय मौसम विभागले वर्षा, कुइरो, चट्याङ अनि डँडेलोको भविष्यवाणीको निम्ति एआइ आधारित मोडलको उपयोग गर्दछ। उन्नत ड्वोरक तकनिकीले चक्रवातको तीव्रता अनुमान लगाउन मद्दत गर्दछ भने आगामी एआइ च्याटबोट, मौसमजीपीटीले किसान एवं आपदा प्रबन्धन अभिकरणलाई वास्तविक समयमा मौसम अनि जलवायु सम्बन्धी सल्लाह दिनेछ।
के एआइले गर्दा बेरोजगारी बढ्नेछ?
एआइलाई प्रायः नोकरीको निम्ति खतराका रूपमा हेर्ने गरिन्छ, तर वास्तवमा यसले नयाँ प्रकारको अवसर सिर्जना गरिरहेको छ। न्यासकमको प्रतिवेदन “एडभान्सिङ इण्डियाज एआइ स्किल्स (अगस्त 2024)” अनुसार, भारतको एआइ प्रतिभा आधार 2027 सम्म करिब 6 देखि 6.5 लाख पेशेवरसम्म बढेर 15 प्रतिशतको चक्रवृद्धि वार्षिक वृद्धि दरबाट बढेर 12.5 लाखभन्दा धेरै पुग्ने आशा गरिएको छ।
डाटा साइन्स, डाटा क्युरेशन, एआइ ईञ्जिनियरिङङ अनि एनालिटिक्स जस्ता क्षेत्रमा एआइको माग बढिरहेको छ। अगस्त 2025 सम्म करिब 8.65 लाख प्रार्थीले विभिन्न उदीयमान प्रौद्योगिकी पाठ्यक्रममा नाम दर्ता गरी प्रशिक्षण प्राप्त गरेका थिए, जसमा एआइ अनि बिग डाटा एनालिटिक्समा 3.20 लाख सामेल छन्।
भविष्यका लागि कार्यबल तयार गर्न ईलेक्ट्रनिकी एवं सूचना प्रौद्योगिकी मन्त्रालयले फ्युचरस्किल्स प्राइम नामक एउटा राष्ट्रिय कार्यक्रम शुरु गरेको छ, जुन एआइसहित 10 नयाँ अनि उदीयमान प्रविधिमा आइटी विशेषज्ञको कौशल विकास एवं उन्नयनमा केन्द्रित छ। अगस्त 2025 सम्म फ्युचरस्किल्स प्राइम पोर्टलमा 18.56 लाखभन्दा धेरै प्रार्थीले पञ्जिकरण गराएका थिए, र 3.37 लाखभन्दा धेरैले सफलतापूर्वक आफ्नो पाठ्यक्रम पूरा गरेका थिए।
|
समावेशी सामाजिक विकासको निम्ति एआइ

नीति आयोगको प्रतिवेदन “समावेशी सामाजिक विकासको निम्ति कृत्रिम बुद्धिमत्त (अक्टोबर 2025)”-ले भारतको अनौपचारिक कार्यबललाई सशक्त बनाउनका लागि प्रौद्योगिकीको उपयोगको एउटा मार्गचित्र प्रस्तुत गर्दछ। यसमा एउटा महत्त्वपूर्ण प्रश्न सोधिएको छ – विश्वको सबैभन्दा उन्नत प्रौद्योगिकी सबैभन्दा उपेक्षित श्रमिकसम्म कसरी पुग्नसक्दछ, जसबाट तिनले आफ्नो बाधाहरू पार गर्नसकून् र भारतको विकास गाथामा आफ्नो स्थान बनाउन सकून्?
यो प्रतिवेदन अनौपचारिक क्षेत्रका कामगारहरूको वास्तविक जीवनको अनुभवमा आधारित छ। यसले राजकोटको एकजना घरेलु स्वास्थ्य सेवा सहायक, दिल्लीका एक मिस्त्री, एक किसान अनि कैयौं अन्य मानिसका चुनौती अनि आकाङ्क्षालाई दर्शाउँछ। यस कथाले लगातार आउने बाधालाई दर्शाउँछ, तर साथै अपार सम्भावनाहरूलाई पनि दर्शाउँछ, जसलाई सोच-विचार गरी प्रयोग गरिएका प्रौद्योगिकीले उजागर गर्नसक्दछ। यी लाखौं मानिसका लागि प्रौद्योगिकीले तिनीहरूको कौशलको स्थान लिनुको साटो त्यसतर्फ बढ्नुपर्नेछ।
मार्गचित्रमा कसरी एआइ, इन्टरनेट अव् थिङ्स, ब्लकचेन, रोबोटिक्स र इमर्सिभ लर्निङले भारतका 49 करोड अनौपचारिक कामगारको सामु आउने व्यवस्थागत बाधाहरू हटाउन सक्दछ भन्ने चर्चा गरिएको छ। यसमा वर्ष 2035 सम्म, भोइस फर्स्ट एआइ इन्टरफेसले भाषा अनि साक्षरता भधाहरू हटाउन सक्नेछ भन्ने भविष्यको कल्पना गरिएको छ। स्मार्ट कन्ट्रेक्टले समयमा अनि पारदर्शी भुक्तानी सुनिश्चित गर्नेछ। माइक्रो क्रिडेन्सियल अनि अन डिमाण्ड लर्निङले कामगारहरूलाई आफ्नो महत्त्वकाङ्क्षा अनुसार कौशल बढाउन मद्दत गर्नेछ।
यस परिकल्पनाको मूल डिजिटल श्रमसेतु मिशन हो, जुन भारतको अनौपचारिक क्षेत्रका लागि अग्रणी तकनिकीलाई व्यापक परिमाणमा लागू गर्ने राष्ट्रिय पहल हो। यो मिशन व्यक्ति आधारित वा क्षेत्र आधारित प्राथमिकता, राज्य सञ्चालित कार्यान्वयन, नियामक सक्षमता अनि रणनीतिक साझेदारीमा केन्द्रित छ, जसबाट सामर्थ्य अनि व्यापक स्वीकृति सुनिश्चित गर्नसकिनेछ। यो सुदृढ बहुस्तरीय प्रभाव मूल्याङ्कन ढाँचाद्वारा निर्देशित भई सरकार, उद्योग अनि नागरिक समाजलाई सङ्गठित गर्नेछ।
प्रतिवेदनमा यस समावेशी डिजिटल उछाललाई हासिल गर्नका लागि आशावादभन्दा अरू बढी आवश्यक रहने कुरामाथि जोड दिइएको छ। यसमा अनुसन्धान एवं विकास, लक्षित कौशल कार्यक्रम र सुदृढ नवाचार परितन्त्रमा निवेशको आवश्यकता रहेको बताइएको छ। आधार, युपीआइ र जनधन जस्ता डिजिटल सार्वजनिक पूर्वाधारको क्षेत्रमा भारतको पछिल्लो सफलताले समावेशी, व्यापक मञ्च सम्भव रहेको दर्शाउँछ।
प्रस्तावित कार्यान्वयन मार्गचित्र
चरण -1 (2025-2026) : मिशन अभिविन्यास
स्पष्ट लक्ष्य, समय सीमा र मापनीय परिणामका साथ मिशन चार्टरको प्रारूप तयार गर्नु। प्राथमिकता निर्धारित गर्नु र उद्देश्यलाई परिभाषित गर्नका लागि सरकार, उद्योग, शिक्षा जगत अनि नागरिक समाजका हितधारकहरूलाई सामेल गरिनेछ।
|
चरण - 2 (2026-2027) : संस्थागत ढाँचा अनि शासन संरचना
अन्तर श्रेत्रीय शासन संरचना, नेतृत्त्वकारी भूमिका अनि कार्यान्वयनको रूपरेखाको स्थापन। यस चरणले घरेलु नवाचार अनि सार्वजनिक निजी भागीदारीलाई बढावा दिँदै कानुनी, नियामक अनि डिजिटल पूर्वाधारको तयारीमाथि पनि ध्यान केन्द्रित गर्नेछ।
|
चरण - 3 (2027-2029) : प्रायोगिक अनि चयनित कार्यक्रमहरूको शुभारम्भ
उच्च तत्परता रहेका क्षेत्रमा वास्तविक परिस्थितिको समाधानको परीक्षण गर्न प्रायोगिक परियोजना लागू गरिनेछ। सुगम्यता अनि अन्तिम चरण अपनाउन (लास्ट माइल एडप्सन) प्राथमिकता दिइनेछ, जसको निम्ति सशक्त निगरानी अनि मूल्याङ्कन ढाँचा तयार गरिनेछ।
|
चरण - 4 (2029 देखि अघि) : राष्ट्रव्यापी रोलआउट अनि एकिकरण
सिद्ध समाधानलाई राज्य अनि शहरहरूमा लागू गरिनेछ। स्थानीय अनुकूलनबाट क्षेत्रीय प्रासङ्गिकता अनि विभिन्न क्षेत्रमा श्रमिकको गतिशीलता सुनिश्चित हुनेछ। यस चरणको उद्देश्य मिशनलाई संस्थागत बनाउनका साथै यसको लाभ व्यापक स्तरमा कायम राख्नु हुनेछ।
|
यस मिशनको लक्ष्य वर्ष 2035 सम्म भारतलाई समावेशी एआइ परिनियोजनमा वैश्विक दिग्गजका रूपमा स्थापित गर्नुरहेको छ। यसको उद्देश्य प्रौद्योगिकीले विकासलाई गति मात्र नदिएर आजीविकालाई पनि सुदृढ बनाउनुपर्नेछ, अवसरहरूसम्म पहुँच खोल्नका साथै समतामूलक एवं सशक्त डिजिटल अर्थव्यवस्थातर्फ देशको यात्रामा सहयोग गर्नु रहनेछ।
निष्कर्ष
एआइको क्षेत्रमा भारतको यात्राले स्पष्ट दृष्टि अनि निर्णायक कार्वाहीलाई दर्शाउँछ। कम्प्युटिङ पूर्वाधारको विस्तारदेखि लिएर घरेलु मोडलहरूलाई बढावा दिनु र स्टार्टअप्सलाई समर्थन दिनु, देशले सुदृढ एआइ परितन्त्रको निर्माण गरिरहेको छ, जसले नागरिकहरूलाई लाभान्वित गर्नका साछा नवाचारलाई पनि बढाव दिँदछ। कृषि, स्वास्थ्य सेवा, शिक्षा अनि शासनको क्षेत्रमा गरिएका पहलहरूको व्यावहारिक अनुप्रयोगले वास्तविक प्रभाव दर्शाउँछ। इण्डियाएआइ मिशन, डिजिटल श्रमसेतु र आधारभूत मोडलको विकास जस्ता रणनीतिक पहलले नवाचार प्रत्येक नागरिकसम्म पुग्नका साथै अनुसन्धान, कौशल अनि उद्यमिताले प्रोत्साहन पाउने सुनिश्चित गरिरहेको छ। यस प्रयासले भारतलाई एउटा वैश्विक एआइ दिग्गजका रूपमा स्थापित हुनका साथै विकसित भारत@2047 को परिकल्पनालाई अघि बढाउन बलियो आधार प्रदान गर्दछ।
सन्दर्भ :
ईलेक्ट्रनिकी एवं सूचना-प्रौद्योगिकी मन्त्रालय
सञ्चार मन्त्रालय
विज्ञान एवं प्रौद्योगिकी विभाग
कृषि एवं किसान कल्याण मन्त्रालय
नीति आयोग
*********
भिभि/एसए
(Backgrounder ID: 155554)
Visitor Counter : 6
Provide suggestions / comments