Economy
निर्यातमा वृद्धि: भारत वैश्विक मञ्चमा अगाड़ी
अप्रेल-अगस्त २०२४ को तुलनामा अप्रैल-अगस्त २०२५ मा निर्यातमा ५.१९ प्रतिशको वृद्धि, व्यापारिक आत्मविश्वासमा वृद्धि
Posted On:
07 OCT 2025 1:10PM
- भारतीय निर्यातले अगस्त २०२४ को तुलनामा अगस्त २०२५ मा ४.७७ प्रतिशतको सकारात्मक वृद्धि दर्ता गरेको छ।
- अप्रेल-अगस्त २०२४ को तुलनामा अप्रेल-अगस्त २०२५ मा निर्यात ५.१९ प्रतिशत बढ़ेर ३४६.१० बिलियन अमेरिकी डलर भएको छ।
- अप्रेल-अगस्त २०२५ मा मालवस्तु निर्यातमा २.३१ प्रतिशतसम्म बढ़ेको छ अनि सेवा निर्यातमा ८.६५ को वृद्धि भएको छ।
- हङकङ, चीन, अमेरिका, जर्मनी, कोरिया, संयुक्त अरब अमीरात, नेपाल, बेल्जियम, बंग्लादेश अनि ब्राजिलतर्फ भारतको निर्यात अप्रेल-अगस्त २०२४ को तुलनामा अप्रेल-अगस्त २०२५ मा बढ़ेको छ।
|
परिचय
भारतीय निर्यातको यात्रा वैश्विक एकीकरणको साथ नवाचारको परिणाम हो। सिल्क रूटदेखि लिएर उदारीकरणपछिको वृद्धिसम्म निर्यातमा मसाला अनि वस्त्रहरूदेखि लिएर प्रौद्योगिकी, औषधि अनि अभियान्त्रिकी वस्तुहरूसम्म विविधता आएको छ। विश्व ब्याङकको तथ्याङ्क अनुसार विश्वको निर्यात २.५ प्रतिशतको दरले बढ़ेको छ, जबकि भारतको निर्यात वैश्विक विकासबाट अघि बढ़ेर ७.१ प्रतिशत (२०२४) को दरले बढ़ीरहेको छ अनि यसले अन्तराष्ट्रीय स्तरमा भारतको प्रगतिको संकेत दिंदछ। भारतीय सकल घरेलु उत्पादहरूमा निर्यातको हिस्सेदारी २०१५ मा १९.८ प्रतिशत बढ़ेर २०२४ मा २१.२ प्रतिशत भएको छ, जसले भारतीय अर्थव्यवस्था (विश्व ब्याङ्कमा निर्यातको बढ़दो प्रासंगिकतालाई पनि दर्शाउँदछ। भारतको व्यापार प्रदर्शनले वित्तीय वर्ष २०२५-२६ को पहिलो पाँच महिनामा पनि विकासको प्रवृत्ति कायम राखेको छ।

- अप्रेल-अगस्त २०२४ को तुलनामा अप्रेल-अगस्त २०२५ मा कुल निर्यात (व्यापारिक एवं सेवा निर्यात मिलाएर) मा ५.१९ प्रतिशतको वृद्धि।
- अप्रेल-अगस्त २०२५ को लागि कुल निर्यात मूल्य ३४६.१० रह्यो, जबकि अप्रेल -अगस्त २०२४ मा यो ३२९.०३ बिलियन अमेरिकी डलर थियो।
- अप्रेल-अगस्त २०२५ मा व्यापारिक निर्यातको हिस्सा ५३.०९ प्रतिशत थियो।
- अप्रेल-अगस्त २०२५ मा सेवा निर्यातको हिस्सा ४६.९१ प्रतिशत रह्यो।
- अगस्त २०२४ को तुलनामा अगस्त २०२५ मा निर्यातमा ४.७७ प्रतिशतको वृद्धि दर्ता गरिएको छ।
यो विकास पथलाई स्वीकार गर्दै सरकारले चालू वित्तीय वर्ष २०२५-२६ मा १ ट्रिलियन अमेरिकी डलरको निर्यातको लक्ष्य पनि निर्धारित गरेको छ, जसमध्ये ३४.६१ प्रतिशत पहिलो पाँच महिनामा नै हासिल गरिएको छ।
सरकारी सुधारहरू, डिजिटल परिवर्तन अनि उद्यमशीलताको भावनाले प्रेरित, देशको निर्यात क्षेत्र नयाँ सम्भावनाहरूको शिखरमा उभिएको छ, जसले संसारको ध्यान आकर्षित गरिरहेको छ अनि वैश्विक मञ्चमा आत्मनिर्भर भारतको कथालाई नयाँ आकार दइरहेको छ।
वस्तु निर्यात वृद्धि पछिका प्रमुख कारक

भारतको व्यापारिक निर्यात २०२५ मा माथितिर बढ़ीरहेको छ। यसले अप्रेल-अगस्त २०२५ मा २.३१ प्रतिशतको स्वस्थ वृद्धि दर्ता गरेको छ, जहाँ अप्रेल-अगस्त २०२४ को अवधि १७९.६० बिलियन अमेरिकी डलरको तुलनामा निर्यात १८३.७४ बिलियन अमेरिकी डलर थियो। यद्यपी पाँच महिनामध्ये १९ प्रतिशत मालवस्तु निर्यात केवल अगस्त २०२५ मा गरिएको थियो, जसमा पछिल्लो वर्षदेखि ६.६५ प्रतिशतको वृद्धि भएको थियो।
भारतको गैर पेट्रोलियम अनि गैर रत्न एवं आभूषण निर्यात अप्रेल-अगस्त २०२५ मा बढ़ेर १४६.७० बिलियन अमेरिकी डलर भएको छ, जुन एक वर्ष अघि १३६.१३ बिलियन अमेरिकी डलर थियो।
यसले ७.७६ प्रतिशतको बलियो वृद्धिलाई दर्शाउँदछ। यसले श्रेणी अभियान्त्रिकी सामान, इलेक्ट्रोनिक्स, औषधि, रसायन अनि अन्यद्वारा सञ्चालित भारतको निर्यात शक्तिलाई उजागर गर्दछ।
इलेक्ट्रोनिक सामाग्री, चिया, अभ्रक अनि कोइला, वस्त्र आदि जस्ता वस्तुहरूले पछिल्लो वर्षको तुलनामा अप्रेल-अगस्त २०२५ मा प्रभावशाली वृद्धि दर्ता गऱ्यो।

इलेक्ट्रोनिक सामान
इलेक्ट्रोनिक वस्तुहरूले विकासको गतिलाई नेतृत्व गरेको छ, निर्यातमा ५.५१ बिलियन अमेरिकी डलरको वृद्धि भएको छ, जुन अप्रेल-अगस्त २०२५ मा पछिल्लो वर्ष यही अवधिको तुलनामा ४०.६३ प्रतिशको वृद्धि भएको छ। सामानले अगस्त २०२५ मा पनि पछिल्लो वर्षको तुलनामा २५.९१ प्रतिशतको वृद्धिको साथ उत्कृष्ट प्रदर्शन गरेको छ। पछिल्लो १० वर्षहरूमा इलेक्ट्रोनिक सामानहरूको उत्पादनमा ६ गुणा वृद्धि भएको छ अनि इलेक्ट्रोनिक सामानहरूको निर्यातमा ८ गुणा वृद्धि भएको छ। मेक इन इण्डिया अनि पीएलआई योजनाहरूद्वारा सञ्चालित संयुक्त राज्य अमेरिका, संयुक्त अरब अमीरात, चीन, नीदरल्याण्ड अनि यूकेसहित प्रमुख बजारहरूको साथ भारतीय इलेक्ट्रोनिक सामानहरूको निर्यात बढ़ीरहेको छ।
स्मार्टफोन प्रमुख विकास चालकहरूमध्ये एउटा बनेको छ। यस क्षेत्रमा भारत एउटा शुद्ध आयातकदेखि शुद्ध निर्यातकमा परिणत भएको छ। वित्तीय वर्ष २०२६ को केवल पाँच महिनाभित्र स्मार्टफोन निर्यातले १ लाख करोड़ रूपियाँ पार गरेको छ। जुन पछिल्लो वर्षको यही अवधिको तुलनामा ५५ प्रतिशत अधिक छ।
अन्य अनाज

अप्रेल-अगस्त २०२४ को तुलनामा अप्रेल-अगस्त २०२५ मा भारतका अन्य अन्नहरूको निर्यातमा २१.९५ प्रतिशतको वृद्धि भएको छ। यसमा राय, जौं, ओट्स, फोनीय, किनुवा आदि सामेल छन्। यसमा गहुँ, चामल मकै अनि बाजरा सामेल छैन। अन्य अन्नहरूको वैश्विक मांगमा वृद्धिको पछाड़ीको कारण पौष्टिक अनि स्वास्थ्यप्रति जागरूक खाद्य उत्पादहरूप्रति जागरूकता हो। भारतको समृद्ध कृषि विरासतसितै यो अन्यले कृषि विविधतालाई बढ़ाउँदछ। खाद्य सुरक्षालाई बढ़ाउँदछ अनि निर्यातका नयाँ अवसर प्रदान गर्दछ। शीर्ष निर्यात गन्तव्य नेपाल, श्रीलंका, संयुक्त अरब अमीरात बंग्लादेश अनि भुटान हो।
मासु डेयरी अनि पोल्ट्री उत्पाद

पछिल्लो वर्षको तुलनामा अप्रेल-अगस्त २०२५ मा मासु, डेयरी र पोल्ट्री उत्पादहरूमा २०.२९ प्रतिशतको वृद्धि भएको छ। अगस्त २०२४ को तुलनामा अगस्त २०२५ को अवधि १७.६९ प्रतिशतको वृद्धि दर्ता गरिएको छ। वियतनाम, संयुक्त अरब अमीरात, मिस्र, मलेशिया अनि सऊदी अरब मासु, डेयरी र पोल्ट्री उत्पादहरूको केही आयातकहरू मध्ये हुन्। निर्यातमा वृद्धिका विभिन्न सरकारी पहलहरूद्वारा उत्प्रेरित गरिएको छ। उदाहरणको लागि कृषि निर्यात नीतिले बजार पहुँचलाई अघि बढ़ाउनको लागि एउटा संस्थागत तन्त्र प्रदान गर्दछ अनि कृषकहरूलाई निर्यातको अवसरहरूको लाभ उठाउनको लागि सहायता प्रदान गर्दछ। कृषि अनि प्रसंस्कृत खाद्य निर्यात सम्वर्धन योजना (एपीडा) ले निर्यात आधारभूत ढाँचाको विकास, गुणवत्ता विकास अनि बजार विकासमा व्यवसायीहरूलाई सहायता प्रदान गर्दछ।
चिया

चियाले निर्यातमा वृद्धि दर्ता गरेको छ अनि पछिल्लो वर्षको तुलनामा अप्रेल-अगस्त २०२५ मा १८.२० प्रतिशत अधिक भएको छ। चिया निर्यातमा पनि अगस्त २०२४ को तुलनामा अगस्त २०२५ मा २०.५० प्रतिशतको वृद्धि दर्ता गरिएको छ, जसबाट समग्र चिया निर्यात वृद्धिमा तीव्रता आएको छ।
भारतले वैश्विक चिया उद्योगमा एउटा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ अनि २०२४ मा श्रीलंकालाई पछाड़ी छोड़दै विश्वको दोस्रो सबैभन्दा ठूलो चिया निर्यातक बनेको छ। भारतको असम, दार्जीलिङ अनि नीलगिरी चिया विश्वको राम्रो चियाको गन्तिमा आउँदछ। कालो चिया निर्यातमा सबैभन्दा अघि छ, जसले ९६ प्रतिशत शिपमेन्ट बनाउँदछ, जबकी ग्रीन, हर्बल, मसाला अनि लेमन टी आदिले भारतको वैश्विक प्रतिष्ठालाई अझ बढ़ाउँदछ।
भारतले धेरै देशहरूमा चिया निर्यात गर्दछ, जसमा संयुक्त अरब अमीरात, इराक, अमेरिका, रूसी संघ अनि ईरान शीर्ष गन्तव्यहरूको रूपमा अघि आएको छ।
अभ्रक, कोइला अनि अन्य अयस्क, प्रसंस्कृत खनिज

अभ्रक, कोइला अनि अन्य अयस्क, प्रसंस्कृत खनिज निर्यात पछिल्लो वर्षको तुलनामा अप्रेल-अगस्त २०२५ मा १६.६० प्रतिशत बढ़ेको छ। पछिल्लो वर्षको तुलनामा २४.५७ प्रतिशको वृद्धिको साथ अगस्त २०२५ मा पनि वस्तुको बढ़दो मांगको अनुभव गरियो। केही शीर्ष देश जहाँ भारतले प्रससंस्कृत खनिजहरू र त्यसको उप-उत्पादहरूको निर्यात गर्दछ, ती हुन् चीन, अमेरिका, ब्रिटेन, ओमान र बंग्लादेश।
अन्य महत्वपूर्ण वस्तुहरू
अप्रेल-अगस्त २०२४ को तुलनामा अप्रेल-अगस्त २०२५ मा प्रतिशत परिवर्तन
|
इञ्जीनियरिङ सामान
|
ड्रग्स अनि फार्मासस्यूटिकल्स
|
सबै वस्त्रहरूको रेडीमेड परिधान
|
५.८६ प्रतिशत
|
७.३० प्रतिशत
|
५.७८ प्रतिशत
|
भारतको पारम्परिक निर्यात मुख्य आधार इञ्जीनियरिङ वस्तुहरूले पनि स्थिर लाभ दर्ता गरेको छ, जो अप्रेल-अगस्त २०२४ मा ४६.५२ बिलियन अमेरिकी डलरदेखि अप्रेल-अगस्त २०२५ मा ५.८६ प्रतिशतको वृद्धिको साथ ४९.२४ बिलियन अमेरिकी डलर भएको छ। संयुक्त अरब अमीरात, जर्मनी, ब्रिटेन अनि सऊदी अरबको साथ अमेरिका प्रमुख गन्तव्य बनिरह्यो। औद्योगिक मशीनरी श्रेणी अन्तर्गत निर्यात गरिने प्रमुख सामान आईसी (आन्तरिक दहन) इञ्जिन अनि पूर्जाहरू, डेयरीको लागि औद्योगिक मशीनरी, खाद्य प्रसंस्करण, वस्त्र, औद्योगिक मशीनरी जस्तै बोइलर, पार्ट्स, मोल्डिंग इञ्जेक्ट गर्नेको लागि मशीनरी वाल्ब अनि एटीएम छन्। भारत सरकारले इञ्जीनियरिङको निर्यातलाई बलियो बनाइ राख्नको लागि जीरो ड्यूटी एक्सपोर्ट प्रमोशन कैपिटल गुड्स (ईपीसीजी) अनि मार्केट एक्सेस इनिशिएटिव (एमएआई) जस्तै कैयौं योजनाहरू शुरू गरेको छ। यी पहलहरूको उद्देश्य निर्यातकलाई प्रोत्साहित गर्नु अनि अन्तराष्ट्रिय बजारहरूबाट राजस्व बढ़ाउनमा मदद गर्नु हो।
ड्रग्स अनि फार्मास्यूटिकल्स निर्यात अप्रेल-अगस्त २०२४ मा ११.८९ बिलियन अमेरिकी डलरदेखि बढ़ेर अप्रेल-अगस्त २०२४ मा १२.७६ बिलियन अमेरिकी डलर भएको छ, जुन वर्षको तुलनामा ०.८७ बिलियन अमेरिकी डलर (७.३० प्रतिशत) को वृद्धि हो।
भारतको सस्तो जेनेरिक औषधि र विशेष प्रकारका औषधि आपूर्ति गर्ने क्षमताले विकसित तथा उदाउँदो दुबै बजारहरूमा माग कायम राख्न मद्दत गरेको छ। यस अवधिमा अमेरिका, बेलायत, ब्राजिल, फ्रान्स र दक्षिण अफ्रिका प्रमुख आयातकर्ताको रूपमा देखिएका छन्।
यस क्षेत्रमा भएको वृद्धिमा योगदान पुर्याउने सरकारका प्रमुख पहलहरूमा औषधि प्रचार-प्रसारका लागि एकरूप कोड (यीसीएमपी) २०२४ र राष्ट्रिय चिकित्सा उपकरण नीति २०२३ जस्ता गुणस्तर नियन्त्रण र निर्यात प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरू सामेल छन्।
कैलेन्डर वर्ष २०२४ मा ४.१ प्रतिशत भागीदारीको साथ भारत विश्व स्तरमा वस्त्र अनि परिधानको छैटौं सबैभन्दा ठूलो निर्यातक हो। सबै वस्त्रहरूको रेडीमेड परिधान, श्रम केन्द्रित क्षेत्रमा सकारात्मक योगदान दिनु जारी राखेको छ। पछिल्लो वर्षको तुलनामा अप्रेल-अगस्त २०२५ मा यसको निर्यात ५.७८ प्रतिशको वृद्धिको साथ बढ़ेर ६.७७ बिलियन अमेरिकी डलर भएको छ। संयुक्त राज्य अमेरिका, ब्रिटेन, संयुक्त अरब अमीरात, जर्मनी, नीदरल्याण्ड अनि स्पेनको नेतृत्वमा पारम्परिक बजारहरूमा मांगमा तीव्रता कायम छ, जसले वैश्विक परिधान आपूर्ति श्रृंखलाहरूमा भारतको बलियो उपस्थितिलाई पुष्टि गर्दछ। घरेलु मूल्यवर्धनलाई बढ़ावा दिएर, टिकाऊ प्रथाहरूलाई अघि बढ़ाएर उच्च गुणवत्ता भएका वस्त्रको आपूर्तिकर्ताको रूपमा भारतको ब्राण्डलाई बलियो बनाएर यस क्षेत्रमा आत्मनिर्भरतामाथि ध्यान केन्द्रित गरिएकोले यस क्षेत्रको विकासमा तेजी आइरहेको छ।
भारतको रणनीतिक व्यापार सम्बन्ध: शीर्ष व्यापारिक निर्यात गन्तव्य
भारतको रणनीतिक व्यापार सम्बन्धले वैश्विक अर्थव्यवस्थामा यसको बढ़दो भूमिकालाई दर्शाउँदछ, जसमा विभिन्न क्षेत्रहरूमा व्यापारिक निर्यातको लगातार विस्तार भइरहेको छ। अप्रेल-अगस्त २०२४ को तुलनामा अप्रेल-अगस्त २०२५ मा धेरै देशहरूमा भारतको व्यापारिक निर्यात बढ़ेको छ।

प्रवेशद्वारका रूपमा हङकङ
२०२४-२५ मा हङकङमा भारतको व्यापारिक निर्यात ६.०७ बिलियन अमेरिकी डलर थियो। यो निर्यातले भारतका विविध व्यापार संरचनालाई उजागर गर्दछ, जसमा रत्न अनि आभूषण जस्ता विलासी वस्तुहरूदेखि लिएर इञ्जीनियरिङ र इलेक्ट्रोनिक सामानहरू समावेश छन्।
अप्रेल-अगस्त २०२५ मा हङकङतर्फको व्यापारिक निर्यात २६.१९ बढ़ेर २.६२ बिलियन अमेरिकी डलर भएको छ। हङकङ, जसलाई लामो समयसम्म "चीनको प्रवेश द्वार" को रूपमा जानिन्थ्यो, अहिले बढ़दो भारत-चीन आर्थिक सम्बन्धहरूबिच "भारत का प्रवेश द्वार" बन्ने क्षमता राख्दछ। २०२४ मा हङकङको माध्यमबाट भारत अनि चीनबिच पुन: निर्यात व्यापार ९७.९ बिलियन हङकङ डलर (१२.५९ बिलियन अमेरिकी डलर) थियो। यसले वैश्विक व्यापारमा भारतको बढ़दो भूमिका अनि यसको निर्यात क्षेत्रहरूको ताकतलाई दर्शाउँदछ।
एशियामा छिमेकी चीनको साथ व्यापार: चीनमा भारतको व्यापारिक निर्यातमा हालका वर्षहरूमा उल्लेखनीय वृद्धि देखिएको छ। यो वित्तिय वर्ष २०२४-२५ मा लगभग १४.२५ बिलियन डलर सम्म पुगेको थियो, जसमा अप्रेल-अगस्त २०२५ मा वर्ष दर वर्ष १९.६५ प्रतिशतको मजबूत वृद्धि भएको छ। भारतमा चीनको निर्यात गरिने प्रमुख वस्तुहरूमा पेट्रोलियम उत्पाद, इञ्जीनियरिङ सामान, इलेक्ट्रोनिक सामान, कार्बनिक अनि गैर कार्बनिक रासायनिक उत्पाद अनि लौह अयस्त अनि समुद्री उत्पाद सामेल छन्। यसले भारतको बढ़दो औद्योगिक क्षमताहरू र चीनको विनिर्माण क्षेत्रको लागि काँचो माल अनि मध्यवर्ती वस्तुहरूको आपूर्तिकर्ताको रूपमा यसको भूमिकालाई दर्शाउँदछ।
संयुक्त राज्य अमेरिकामा भारतको निर्यात: अगस्त २०२५ मा संयुक्त राज्य अमेरिकामा भारतको व्यापारिक निर्यात ६.८७ बिलियन अमिरिकी डलर थियो। भारतद्वारा संयुक्त राज्य अमेरिकाको निर्यात गरिने वस्तुहरूमा धेरजसो इलेक्ट्रोनिक सामान, इञ्जीनियरिङ सामान, औषधि अनि औषधिजन्य वस्तु, रत्न एवं आभूषण अनि वस्त्र सामेल छन्।
संयुक्त राज्य अमेरिका बनाम अन्य देशहरूमा भारतको व्यापारिक निर्यात
|
भारतको निर्यात गन्तव्य
|
जुलाई २०२५ (मिलियन अमेरिकी डलरमा)
|
अगस्त २०२५ (मिलियन अमेरिकि डलरमा)
|
सुंयक्त राज्य अमेरिका
|
८०१२.४५
|
६८६५.४७↓
|
संयुक्त अरब अमीरात
|
२९८४.६६
|
३२४५.२६↑
|
नीदरल्याण्ड
|
१६६८.९२
|
१८२९.७७↑
|
अस्ट्रेलिया
|
४९५.६५
|
५५४.६७↑
|
नेपाल
|
६००.८५
|
६१७.२६↑
|
दक्षीण अफ्रिका
|
६११.२८
|
६५४.५८↑
|
हङकङ
|
५४८.१५
|
५८४.७०↑
|
वैश्विक मञ्चमा भारतको बढ़दो प्रतिस्पर्धात्मकता अनि एउटा गतिशील बजारमा उच्च मूल्य भएका उत्पादहरू वितरित गर्ने क्षमतालाई दर्शाउँदछ। यसले भारतीय आयातहरूमा संयुक्त राज्य अमेरिकाद्वारा लगाइएको अतिरिक्त टैरिफको स्थितिमा भारतको तैयारीलाई दर्शाउँदछ। जुलाई २०२५ देखि अगस्त २०२५ सम्म संयुक्त राज्य अमेरिकाको निर्यातमा कमी आएको छ अनि यसै अवधिमा अन्य देशहरूसित निर्यातमा वृद्धि भएको छ। विविधिकरणमाथि ध्यान केन्द्रित गर्दै, भारतले उत्पादको गुणवत्तालाई उन्नत बनाइरहेको छ। वैश्विक मानिसहरूको साथ तालमेल कायम गरिरहेको छ, आपूर्ति श्रृंखलाहरूलाई बलियो बनाइरहेको छ अनि नयाँ बजारहरूको दोहन गरिरहेको छ। बढ़दो निर्यातको साथै, देशले आफ्नो निर्यात स्थलहरूमा विविधता ल्याइरहेको छ। जसबाट भारतीय उत्पादहरूको वैश्विक भविष्यलाई बढ़ावा मिलेको छ।
यूरोपीय देश जर्मनीको साथ व्यापार: वर्ष २०२४-२५ मा जर्मनीतर्फ भारतको व्यापारिक निर्यात लगभग १०.६३ बिलियन अमेरिकी डलर थियो। निर्यात गरिने प्रमुख वस्तुहरूमा इञ्जीनियरिङ सामान कुल निर्यातको ४० प्रतिशत छ। साथै यसमा इलेक्ट्रिकल अनि इलेक्ट्रोनिक उपकरण, कार्बनिक अनि गैर कार्बनिक रसायन, भारतीय वस्त्र अनि औषधि अनि औषधिजन्य वस्तुहरू सामेल छन्। अप्रेल-अगस्त २०२५ मा, जर्मनीको भारतीय व्यापारिक निर्यात पछिल्लो वर्षको तुलनामा ११.७३ प्रतिशतको दरले बढ़ेको छ, जसले यूरोपीय देशसित बढ़दो व्यापारको संकेत दिंदछ। जर्मनीप्रति भारतको व्यापारिक निर्यात महत्वपूर्ण छ किनकि यसले यूरोपको सबै ठूला अर्थव्यवस्था अनि यूरोपीय संघको बजारको लागि एउटा प्रमुख केन्द्रको साथ व्यापारलाई गहन बनाइदिन्छ।
पूर्वी एशिया, कोरियामा भारतको उपस्थिति: भारत अर्थव्यवस्थाका विभिन्न क्षेत्रहरूलाई सामेल गर्ने व्यापार सम्बन्धहरूको साथ कोरियाको शीर्ष व्यापारिक भागीदारहरूमध्ये एउटा हो। वित्तीय वर्ष २०२४-२५ मा, इञ्जीनियरिङ सामान (कोरियाको कुल निर्यातको ४० प्रतिशतभन्दा अधिक), पेट्रोलियम उत्पाद अनि कार्बनिक र गैर कार्बनिक रसायनले कोरियालाई ७० प्रतिशतभन्दा अधिक निर्यात गऱ्यो। अप्रेल-अगस्त २०२५ मा कोरियातर्फ व्यापारिक निर्यातमा पछिल्लो वर्षको तुलनामा ९.६९ प्रतिशत अर्थात २.६३ बिलियन अमेरिकी डलरको वृद्धि भयो, जसले भारतीय उत्पादहरूमाथि कोरियाको उपभोक्ताहरूको विश्वासलाई दर्शाउँदछ। यी निर्यातहरूलाई भारत-कोरिया व्यापक आर्थिक भागीदारी सम्झौता (सीईपीए) द्वारा अझ अधिक समर्थन दिइएको छ, जसले टैरिफ कम गरेको छ अनि भारतीय व्यवसायहरूको लागि बजार पहुँचमा सुधार गरेको छ।

सेवा निर्यात: भारतको निर्यात वृद्धिको नयाँ इञ्जिन
आर्थिक समीक्षा २०२४ मा सेवा क्षेत्रको 'ओल्ड वॉर हॉर्स' को रूपमा उल्लेख गरिएको थियो, जसले यसको निरन्तर ताकत अनि अर्थव्यवस्थालाई चलाउनमा यसको भूमिकालाई दर्शाउँदछ। पछिल्लो वर्षको तुलनामा अप्रेल-अगस्त २०२५ मा ८.६५ प्रतिशतको वृद्धिको साथ, भारतको सेवा निर्यातले लचीलोपन विकास प्रदर्शन जारी राख्यो, जसद्वारा वैश्विक सेवा अर्थव्यवस्थामा एउटा अग्रणी खेलाड़ीको रूपमा देशको स्थिति बलियो भएको छ।
सूचना प्रौद्योगिकी, व्यवसाय प्रक्रिया प्रबन्धन्, वित्तीय सेवाहरू, पर्यटन अनि पेशेवर परामर्श जस्ता क्षेत्रहरूमा बलियो प्रदर्शनद्वारा प्रेरित, सेवा क्षेत्र भारतको विदेशी मुद्रा आयमा एउटा महत्वपूर्ण योगदानकर्ता बनेको छ। अप्रेल-अगस्त २०२५ मा सेवा क्षेत्रको व्यापार अधिशेष ७९.९७ बिलियन अमेरिकी डलर थियो। यसको सम्बन्धमा, सेवा क्षेत्रमा व्यापार अधिशेषको साथ समग्र व्यापार घाटामा कमी ल्याउनमा सेवा क्षेत्रको पनि योगदान छ। २०२५ मा भारतको सेवा निर्यातमा वृद्धिको श्रेय निरन्तर विकासलाई बढ़ाउन धेरै प्रमुख कारकहरूलाई दिनसकिन्छ।
प्रौद्योगिकी क्षेत्र: वित्तीय वर्ष २०२४ मा भारतको तक्निकी क्षेत्र कुल सकल घरेलु उत्पादको ७.३ प्रतिशत थियो। २०३० सम्म, भारतको डिजिटल अर्थव्यवस्था देशको समग्र अर्थव्यवस्थामा लगभग पाँचौं हिस्सामा योगदान दिने अनुमान छ। तक्निकी प्रगति अनि क्लाउड कम्प्यूटिङ, एआई अनि फिनटेक सहित डिजिटल समाधानहरूलाई तेजीका साथ अप्नाउनाले उच्च मूल्य डिजिटल सेवाहरूमा भारतको वैश्विक प्रतिस्पर्धात्मकताको विस्तार गरेको छ। डिजिटल इण्डिया, मेक इन इण्डिया अनि स्टार्टअप इण्डिया जस्ता योजनाहरूले पनि यस क्षेत्रलाई समर्थन दिइरहेको छ।
जनसांख्यिकीय विभाजन: भारतमा विश्वको सबैभन्दा ठूलो युवा जनसंख्या छ। देशको लगभग ६५ प्रतिशत मानिसहरू ३५ वर्षभन्दा कम आयुका छन् जो अन्य देशहरूको तुलनामा यसको प्रतिस्पर्धात्मक लाभलाई बलियो बनाउँदछ। युवा जनसंख्याले राम्रो उत्पादकता अनि बढ़दो उपभोक्ता मांगको क्षमताको साथ एउटा ठूलो कार्यबलको प्रतिनिधित्व गर्दछ। वर्तमान जनसांख्यिकी विभाजन अनि कौशल भारत कार्यक्रम जस्ता कार्यक्रमहरूको साथ कौशल विकासमाथि भारत सरकारको ध्यानका साथ, सेवा क्षेत्रले कुशल कार्यबलको साथ ईँधन भरिरहन्छ।
एफडीआई मापदण्डहरूको उदारीकरण: भारत सरकारले सधैं नियामक बाधाहरूलाई हटाएर, प्रक्रियाहरूलाई सुव्यवस्थित गरी, आधारभूत ढाँचालाई विकसित गरेर, सामानलाई राम्रो बनाएर अनि ईज अफ डुइँग बिजनेसलाई बढ़ाएर व्यापारिक माहौलमा सुधार गरेर अधिक एफडीआई आकर्षित गर्ने प्रयास गर्दछ। उदाहरणहरूमध्ये एउटा यो हो कि केन्द्रिय बजट २०२५ मा बीमा क्षेत्रको लागि एफडीआई सेक्टोरल कैपलाई ७४ प्रतिशत बढ़ाएर १०० प्रतिशत गर्ने घोषणा गरिएको छ। यो बढ़ेको सीमा ती कम्पनीहरूका लागि उपलब्ध छ, जसले सम्पूर्ण प्रिमियम भारतमा निवेष गर्दछ।
यस्तै प्रकारले भारत-यूके सीईटीएमा भारतले यूकेसित व्यापक प्रतिबद्धताहरू हासिल गरेको छ। डिजिटल रूपमा वितरित सेवाहरूमा यूकेको प्रतिबद्धताहरू यूकेको लगभग २०० बिलियन अमेरीकी डलरको आयातमा भागीदारीको विस्तार गर्नको लागि आईटी अनि व्यावसायिक सेवाहरूमा निरन्तर मजबूत विकासलाई सक्षम बनाउनेछ। देशहरूको साथ व्यापार अनि सेवा क्षेत्रमा विकासको लागि नीतिहरूको लागि सरकारको निरन्तर प्रयासहरूको परिणाम स्वरूप क्षेत्रको विकासको अध्य्यन हुँदछ।
भारतको निर्यात प्रतिस्पर्धात्मकतालाई बढ़ावा दिनको लागि सरकारको पहल
भारतको निर्यात सम्वर्धन योजनाहरू बुनियादी ढाँचाको असक्षमताहरूलाई हटाएर, लागतमा कटौती गरेर, गुणवत्ता नियन्त्रण अनि प्रतिस्पर्धात्मकता वृद्धि गरेर निर्यात प्रदर्शनलाई बढ़ावा दिनको लागि डिजाइन गरिएको सरकारी पहलहरूको एउटा व्यापक समूह हो। यी पहलहरूको परिणाम यो हो कि जून २०२४ को तुलनामा जून २०२५ मा आयातक देशहरूद्वारा भारतीय निर्यात गरिएको उत्पादहरूको अस्वीकृतिको दरमा १२.५ प्रतिशतको कमी आएको छ।

भारतले विदेश व्यापार नीति २०२३ को माध्यमबाट विदेशी व्यापार अनि निर्यातलाई बढ़ावा दिइरहेको छ। जसले छुट, व्यापार गर्नमा सहज, सहयोग अनि नयाँ बजारहरूको लागि प्रोत्साहनलाई समर्थन गर्दछ। यसबाट निर्यातकहरूको पुरानो लम्बित प्राधिकरणहरूलाई बन्द गर्ने अनि नयाँ तरिकाले शुरूवात गर्ने अवसर पनि मिल्दछ। आरओडीटीईपी योजना निर्यातकहरूको एम्बेडेड शुल्कहरू, करहरू अनि लेवीको लागि प्रतिपूर्ति गर्दछ जो अन्यथा कुनै अन्य विद्यमान योजना अन्तर्गत फिर्ता गरिंदैन। यसले मार्च, २०२५ सम्म लगभग ५८,००० करोड़ रूपियाँको प्रतिपूर्ति गरेको छ।
निर्यात हबको रूपमा जिल्ला जस्ता पहल राज्यहरू र जिल्लाहरूको व्यापारमा सक्रिय खेलाड़ी बनाइरहेको छ। निर्यात क्षमता भएको ७३ जिल्लाहरूको पहिचान गरिएको छ अनि ५९० जिल्लाहरूको लागि जिल्ला निर्यात कार्य योजना (डीईएपी) तयार गरिएको छ। एसईजेड व्यापारको समर्थन गर्दै वित्तीय वर्ष २०२४-२५ मा १४.५६ लाख करोड़ रूपियाँको रोजगारहरू, निवेश अनि निर्यातलाई पनि बढ़ावा दिइरहेको छ, जसले पछिल्लो वर्षको तुलनामा ७.३७ प्रतिशतको वृद्धि दर्शाउँदछ।
|
भारतले धेरै प्रमुख पहलहरूको माध्यमबाट आफ्नो व्यापार अनि लजिस्टिक्समा सुधार गरिरहेको छ। टीआईईएस (निर्यात योजनाको लागि व्यापार अवसंरचना) परीक्षण प्रयोगशालाहरू, गोदामहरू अनि कार्गो सुविधाहरू जस्ता निर्यात केन्द्रित बुनियादी ढाँचाको निर्माणमा सहयोग गर्दछ। पीएम गतिशक्ति योजना अनि राष्ट्रीय लजिस्टिक्स नीति परिवहन अनि बुनियादी ढाँचा क्षेत्रहरूमा मल्टी मोडल कनेक्टिविटीको माध्यमद्वारा पहिवहनलाई तेज अनि हरित बनाइरहेको छ। भारतको वैश्विक लजिस्टिक्स रैंक २०१८ मा ४४ देखि बढ़ेर २०२३ मा ३८ भएको छ। यस बीच, २०२० मा शुरू गरिएको पीएलआई योजना १४ क्षेत्रहरूमा विनिर्माणलाई बढ़ावा दिइरहेको छ। १.७६ करोड़ रूपियाँको निवेशलाई आकर्षित गरिरहेको छ, उत्पादनमा १६.५ लाख करोड़ रूपियाँको आय गरिरहेको छ अनि मार्च २०२५ सम्म १२ लाख भन्दा अधिक नोकरीहरू सृजना गरिरहेको छ।
|
भारतले व्यापार गर्नमा सहज दिशामा ठूलो कदम उठाएको छ, जो २०१४ मा १४२ औं स्थानबाट बढ़ेर २०२० मा ६३ औं स्थानमा पुगेको छ। यसमा २०१४ पछि ४२,००० अनुपालनलाई समाप्त गर्ने अनि ३७०० भन्दा अधिक कानूनी प्रावधानहरूलाई अपराधको श्रेणीबाट हटाउने जस्ता सुधार प्रमुख योगदानकर्ता हो।
डिजिटल उपकरणले पनि व्यापारलाई परिवर्तन गरिरेहेको छ। राष्टिय एकल खिड़की प्रणालीलाई सहज बनाउँदछ, ट्रेड कनेक्ट ईप्लेटफार्म व्यापार प्रश्नहरूको समाधान अनि अन्तराष्ट्रिय बजारहरूसम्म पहुँच बढ़ाउनको लागि निर्यातकहरूको मार्गदर्शन गर्दछ। ई-कमर्स निर्यात अब सीमा शुल्क, प्रमाणन, पैकेजिंग अनि वेयरहाउसिंग जस्ता एकीकृत सुविधाहरू प्रदान गर्दछ, साना शहरहरूलाई वैश्विक बजारहरूसित जोड़दछ, अनि आइसगेट ई-फाइलिंग, ई-भुक्तान, आईपीआरको लागि अनलाइन पञ्जीकरण, सीमा शुल्क ईडीआईमा दस्तावेज ट्रैकिंग स्थिति, अनलाइन सत्यापन अनि अन्यलाई सुव्यवस्थित गर्दछ। यो २४X७ हेल्पलाइन सुविधा हो।
|
भारतलाई वैश्विक स्तरमा लिएर जाने नयाँ कदम
अघिल्लो पिढ़ीको जीएसटी सुधार
- १ नोभेम्बर २०२५ देखि सिस्टम सञ्चालित जोखिम जाँचको आधारमा शुन्य रेटेड आपूर्तिको लागि ९० प्रतिशत अन्तिम रिफण्ड।
- निर्यातमा जीएसटी रिफण्डको लागि मूल्य आधारित सीमा हटाइएको छ। यसबाट साना निर्यातकहरूलाई मदद मिल्नेछ किनकि उनीहरूले आफ्नो कम मूल्यको ढुवानीमा पनि रिफण्डको दावी गर्नसक्छन्।
- पेपर पैकेजिङ, वस्त्र, छाला अनि काठमा जीएसटी १२-१८ प्रतिशत घटाएर ५ प्रतिशत गर्दछ, जसको परिणाम स्वरूप उत्पादन लागत कम हुँदछ, जसबाट निर्यातक अधिक प्रतिस्पर्धी मूल्यहरूको पेशकश गर्नसक्छन्। ट्रक अनि डेलीवरी भ्यानमा जीएसटी २८ प्रतिशतबाट घटाएर १८ प्रतिशत गरिएको छ, अनि पैकेजिङ सामग्रीमा जीएसटी घटाइएको छ, जसको कारण माल ढुलाई अनि ढुवानी व्यवस्था लागत कम हुनेछ, जसबाट प्रतिस्पर्धात्मकता बढ़नेछ। यस बाहेक, खेलौनाहरू अनि खेलका सामानहरूमा जीएसटीलाई १२ प्रतिशतबाट घटाएर ५ प्रतिशत गरिएको छ, जसबाट घरेलु उत्पादनलाई प्रोत्साहित गर्न सकिनेछ, सस्तो आयातको सामना गर्नसकियोस् अनि बढ़दो वैश्विक मांगको दोहन गर्न सकियोस्।
- "मध्यस्थ सेवाहरू" को लागि आपूर्तिको स्थान यस्ता सेवाहरू प्राप्तकर्ताको स्थान अनुसार निर्धारित गरिनेछ, ताकि यस्ता सेवाहरूको भारतीय निर्यातकहरूको निर्यात लाभको दावा गर्नमा मदद मिल्न सकोस्।
- वस्त्र अनि खाद्य प्रसंस्करणमा इन्वर्टेड ड्यूटी स्ट्रक्चरमा सुधारद्वारा कार्यशील पूञ्जीको दबाव कम हुँदछ, रिफण्ड निर्भरता कम हुँदछ अनि घरेलु विनिर्माणलाई प्रोत्साहन मिल्दछ।
- जोखिम आधारित आधारमा इन्वर्टेड ड्यूटी स्ट्रक्चर (आईडीएस) दावीहरूको लागि ९० प्रतिशत अन्तिम रिफण्ड।
निर्यात सम्वर्धन मिशन
केन्द्रीय बजट २०२५-२६ मा घोषित निर्यात सम्वर्धन मिशनको समन्वय वाणिज्य विभागका साथै एमएसएमई मन्त्रालय अनि वित्त मन्त्रालयद्वारा गरिंदैछ। मिशन अन्तर्गत, एमएसएमईलाई समर्थन दिंदा विशेष ध्यान दिनका साथै निर्यात ऋण पहुँच, सीमापार व्यवपारको लागि फैक्टरिंग अनि गैर टैरिफ बाधाहरूलाई हटाउँदासित सम्बन्धित चुनौतिहरूको समाधान गर्ने उद्द्श्यले २,२५० करोड़ रूपियाँको पहलको प्रस्ताव गरिएको छ।
नयाँ व्यापार समझौता
व्यापार सम्झौता व्यापार बाधाहरूलाई कम गर्न वा समाप्त गर्नको लागि देशहरू वा क्षेत्रीय ब्लकहरूबीच सम्झौता गरिएको छ, यद्यपी व्यापारलाई बढ़ाउने दृष्टिद्वारा आपसी बातचीत हुँदछ। केही नयाँ व्यापार सम्झौता जसमाथि चर्चा गरिंदैछ या जारी छ, त्यो हो-
- भारत यूके व्यापक आर्थिक अनि व्यापार सम्झौता (सीईटीए)
- भारत-यूरोपीय संघ मुक्त व्यापार समझौता
- भारत-अस्ट्रेलिया व्यापक आर्थिक सहयोग समझौता
- भारत-न्यूजील्याण्ड मुक्त व्यापार समझौता
- भारत अनि ओमान व्यापक आर्थिक भागीदारी समझौता (सीईपीए)
- भारत-पेरू मुक्त व्यापार समझौता (एफटीए)
- भारत-चिली व्यापक आर्थिक भागीदारी समझौता (सीईपीए)
- भारत-यूएई व्यापक आर्थिक भागीदारी समझौता (सीईपीए)
निष्कर्ष
माल अनि सेवाहरू दुवैमा फैलिएको भारतको बलियो निर्यात प्रदर्शन, वैश्विक बजारमा देशको बढ़दो प्रतिस्पर्धात्मकता अनि लचीलोपनलाई दर्शाउँदछ। इलेक्ट्रोनिक्स सामान, अन्य अन्न, चिया, डेयरी, अभ्रक उत्पादहरू जस्ता शीर्ष प्रदर्शन वस्तुहरूमा उल्लेखनीय वृद्धि, प्रमुख गन्तव्य देशहरूको बढ़ेको व्यापारिक निर्यातको साथ, भारतको निर्यात पहलहरू अनि योजनाहरूको प्रभावशीलतालाई उजागर गर्दछ। सरकारको नीतिगत हस्तक्षेपहरूले निर्यातकहरूको विश्वास बढ़ाएको छ, नवाचारको समर्थन गरेको छ, व्यापारको लागि बजारलाई आकाश बनाएको छ अनि बजारका अवसरहरूको विस्तार गरेको छ। भारतीय व्यापार मापदण्डहरू बलियो हुनका साथै निर्यातमा वृद्धि आर्थिक विकास, रोजगार अनि अन्तराष्ट्रिय व्यापारमा भारतको प्रभावशाली स्थितिलाई अझ तेज गर्नको लागि तयार छ।
सन्दर्भ:
पत्र सूचना कार्यालय
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=1868284
https://static.pib.gov.in/WriteReadData/specificdocs/documents/2025/aug/doc2025814608701.pdf
https://www.pib.gov.in/FactsheetDetails.aspx?Id=149107
https://www.pib.gov.in/PressNoteDetails.aspx?NoteId=154945&ModuleId=3
https://www.pib.gov.in/PressNoteDetails.aspx?id=155151&NoteId=155151&ModuleId=3
वस्त्र मन्त्रालय
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2156220
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2162261
वित्त मन्त्रालय
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2097911
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2108360
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2149736
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2163555
https://gstcouncil.gov.in/sites/default/files/2025-09/press_release_press_information_bureau.pdf
नीति आयोग
https://www.niti.gov.in/sites/default/files/2024-12/Trade-Watch.pdf
विश्व ब्याङ्क
https://data.worldbank.org/indicator/NE.EXP.GNFS.ZS?locations=IN
https://lpi.worldbank.org/international/global
डीडी न्यूज
https://ddnews.gov.in/en/indias-exports-to-surpass-last-year-despite-tariffs-piyush-goyal/
https://ddnews.gov.in/en/pli-schemes-see-actual-investment-of-rs-1-76-lakh-crore-create-over-12-lakhs-jobs-minister/
https://ddnews.gov.in/en/indias-transformative-decade-landmark-reforms-drive-ease-of-doing-business/
https://ddnews.gov.in/en/india-oman-agree-to-speed-up-talks-on-signing-bilateral-economic-pact/
ट्विटर
https://x.com/AshwiniVaishnaw/status/1967496528135889375?ref_src=twsrc%5Egoogle%7Ctwcamp%5Eserp%7Ctwgr%5Etweet
संसद
https://sansad.in/getFile/loksabhaquestions/annex/185/AU2737_MAtnjv.pdf?source=pqals
निर्यात डट जीओवी डट इन
https://niryat.gov.in/#?start_date=202404&end_date=202503&sort_table=export_achieved-sort-desc
आईबीईएफ
https://www.ibef.org/exports/coffee-industry-in-india
https://www.ibef.org/exports/agriculture-and-food-industry-india
https://ibef.org/news/india-surpasses-china-in-smartphone-exports-to-united-states-us
इन्वेस्ट इण्डिया
https://www.investindia.gov.in/team-india-blogs/5-key-factors-driving-indias-growth-tech-investment-destination
न्यूज अन एआईआर
https://www.newsonair.gov.in/new-delhi-hits-out-after-us-announces-additional-tarrifs-asserts-india-will-take-all-necessary-actions-to-protect-national-interests/
https://www.newsonair.gov.in/india-achieves-significant-milestone-in-global-tea-industry-becomes-worlds-2nd-largest-exporter-of-tea-in-2024/
सांख्यिकी एवं कार्यक्रम कार्यान्वयन मन्त्रालय
https://www.mospi.gov.in/sites/default/files/press_release/GDP_PR_Q1_2025-26_29082025.pdf
विदेश मन्त्रालय
https://www.mea.gov.in/Portal/ForeignRelation/website_brief_India-Hong_Kong_Bilateral_Relations__1_.pdf
https://indbiz.gov.in/dashboard/#ranking
केरल सरकार
https://industry.kerala.gov.in/index.php/district-as-exports-hub
वाणिज्य एवं उद्योग मन्त्रालय
https://www.commerce.gov.in/wp-content/uploads/2025/02/LS-Unstarred-No-234.pdf
https://sezindia.gov.in/sites/default/files/factsheet/FACT%20SHEET%20ON%20SEZs%20as%20on%2030.06.2025.pdf
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2156504
https://static.pib.gov.in/WriteReadData/specificdocs/documents/2025/sep/doc2025915637401.pdf
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2101785
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=1912572
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2131526
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=1907322
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2152518
http://pib.gov.in/PressReleseDetailm.aspx?PRID=2108151
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2149736
https://www.investindia.gov.in/team-india-blogs/top-12-indian-sezs-global-investors
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2163475
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2166088
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2160190
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2127826
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2149736
https://indiantradeportal.in/vs.jsp?lang=0&id=0,31,24100,24109
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2168168
इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्रालय
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2147394
पत्तन, पोत परिवहन एवं जलमार्ग मन्त्रालय
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2112193
उद्योग एवं आन्तरिक व्यापार सम्बर्धन विभाग
https://www.nsws.gov.in/
सीआईआई
https://www.cii.in/International_ResearchPDF/India%20Peru%20Report%202025.pdf
******
एसके/एम
(Backgrounder ID: 155447)
Visitor Counter : 4
Provide suggestions / comments