• Skip to Content
  • Sitemap
  • Advance Search
Economy

जीएसटी सुधार 2025 – मणिपुरको अर्थव्यवस्थाको सबै क्षेत्रमा कसरी लाभ हुनेछ

Posted On: 10 OCT 2025 10:32 AM

मुख्य कुरा

  • 5 प्रतिशत जीएसटीबाट मणिपुरको हतकर्घा उद्योगको क्षमता अनि वैश्विक आकर्षणले बढावा पाउनुले 2.5 लाख बुनकर लाभान्वित हुनेछन्
  • सस्तो शिल्पबाट 1.2 लाख कारिगरलाई लाभ; 5 प्रतिशत जीएसटी अन्तर्गत एसएचजी अनि एसएमई वृद्धि हुने आशा
  • जीएसटीमा कमीका साथै खाद्य प्रसंस्करणमा उत्तम आमदानी र 1.5 लाख श्रमिकको माग
  • जीएसटी घट्नुले 1 लाखभन्दा धेरै डेयरी उत्पादकदेखि लिएर 10,000 कफी उत्पादकसम्मको नाफा अनि बजार पहुँचमा सुधार

परिचय

जीएसटीको नयाँ सुधारको उद्देश्य समावेशी विकासलाई बढावा दिनुका साथै लघु व्यापारी अनि व्यवसायीहरूसहित सबैका लागि व्यापार गर्ने सुगमता बढाउनु रहेको छ। मणिपुरको सानो आकारको उद्योग, पारम्परिक शिल्प अनि कृषि आधारित आजीविकामा निहित अर्थव्यवस्था यी परिवर्तनबाट महत्त्वपूर्ण रूपमा लाभान्वित भइरहेका छन्। उखरूल अनि सेनापतिको अग्ला इलाकामा कफीको खेतीदेखि लिएर चुराचाँदपुर अनि इम्फालमा बाँसको शिल्प र ढुङ्गाको नक्कासीसम्म, राज्यको विविविध आर्थिक गतिविधि व्यापक परिमाणमा क्षेत्रीय समुदायद्वारा सञ्चालित हुने गर्दछ। सुधारको उद्देश्य आगत लागत घटाउँदै मागलाई प्रोत्साहित गरी मणिपुरको अनौठो उत्पादलाई घरेलु अनि वैश्विक दुवै बजारमा धेरै प्रतिस्पर्धी बनाउनु रहेको छ।

जसै-जसै यो सुधार प्रभावी बन्नेछ, त्यसबाट भारतको बढ्दो अर्थव्यवस्थामा योगदान पुऱ्याउनका साथै पारम्परिक आजीविकालाई संरक्षित गर्नका लागि स्थानीय समुदायलाई सशक्त बनाउने आशा गरिएको छ।

अरेबिका कफी

प्याकेज्ड कफीमा जीएसटीलाई 18 प्रतिशतबाट घटाएर 5 प्रतिशत गर्नुले मणिपुरको कफी उद्योगले धेरै राहत पाएको छ। उखरूल, सेनापति अनि चन्देल जस्ता जिल्ला कफी, विशेष गरी उच्च गुणस्तरको अरेबिका प्रजातिको कफीको खेतीका लागि महत्त्वपूर्ण केन्द्र रहिआएका छन्। यहाँ करिब 10 हजार किसान कफीको खेतीमा संलग्न छन्। यी क्षेत्रले प्रसंस्करण, प्याकेजिङ र वितरण नेटवर्कमा अतिरिक्त रोजगार सिर्जना गरी मूल्य शृङ्खलालाई समर्थन गर्दछन्।

संशोधित दरले उपभोक्ता अनि उत्पादकबीच दुवैको लागतलाई घटाउने, सामर्थ्यमा सुधार ल्याउनेछ र मागलाई बढावा दिनेछ। यसले घरेलु अनि निर्यात बजारमा लाभलाई बढावा दिनका साथै प्रतिस्पर्धात्मकतालाई प्रबल बनाउने आशा गरिएको छ। यसबाहेक, सुधारले जैविक अनि दिगो कृषि पद्धति अपनाउन प्रोत्साहित गर्दछ।

बाँस अनि बेत शिल्प

मणिपुरको बाँस अनि बेत शिल्प पारम्परिक रूपमा चुराचाँदपुर, उखरूल अनि तामेङलोङमा कुशल समुदायद्वारा बनाइन्छ। करिब 1.2 लाख कारिगरका साथ यी क्षेत्रले ग्रामीण परिवारलाई अतिरिक्त आमदानी प्रदान गर्दछ।

फर्निचर, टोकरी, म्याट अनि अन्य काठका शिल्पमा जीएसटीलाई 12 प्रतिशतबाट घटाएर 5 प्रतिशत गर्नुले उत्पादको मूल्य घट्नका साथै शहरी अनि ग्रामीण दुवै बजारमा मागलाई बढावा दिनेछ। यी सुधारले शिल्प क्षेत्रमा एसएमई र एसएचजीलाई सुदृढ बनाउनेछ।

हतकर्घा वस्त्र

फानेक, इन्नाफी र रानी जस्ता कैयौं हतकर्घा वस्त्र विशेष रूपमा इम्फाल, थौबल, विष्णुपुर र सेनापतिका क्षेत्रीय समुदायका महिला कारिगरहरूले तयार गर्छन्। यी हस्तशिल्पले पारम्परिक बुनाई प्रथालाई कायम मात्र नराखी, करिब 2.5 लाख बुनकरलाई स्थिर आमदानी पनि प्रदान गर्दछन्।

हतकर्घाबाट बुनिएका कपडामाथि जीएसटीलाई 12 प्रतिशतबाट घटाएर 5 प्रतिशत गर्नुले कारिगरहरूका लागि बजार प्रतिस्पर्धात्मकतामा वृद्धिका साथै उपभोक्ताहरूका लागि सामर्थ्यमा सीधार सुधार आउने आशा गरिएको छ। यस सुधारले मणिपुरको हतकर्घा उत्पादहरूको वैश्विक अपील बढाउनका साथै मणिपुरको पारम्परिक बुनाई तकनिकीलाई संरक्षित गर्न पनि सघाउ पुऱ्याउनेछ।

ढुङ्गाको नक्कासी  अनि मूर्तिकला

इम्फाल, चुराचाँदपुर अनि उखरूल ती समुदायको केन्द्रमा छ, जो ढुङ्गाको नक्कासी अनि मूर्तिकलामा आफ्नो कौशलका लागि प्रसिद्ध छन्। यी पारम्परिक शिल्पमा करिब 50 हजार कारिगर संलग्न छन्।

सिरेमिक टेबलवेयरमाथि जीएसटीलाई 12 प्रतिशतबाट घटाएर 5 प्रतिशत गर्नुले काँचो माल अनि तयार मालको लागत धेरै घट्नेछ। यस कर राहतले मणिपुरको ढुङ्गाका उत्पादहरूको क्षमता अनि वैश्विक प्रतिस्पर्धामा सुधार ल्याउनेछ। सुधारले पारम्परिक नक्कासी तकनिकीको संरक्षण अनि प्रचारलाई पनि समर्थन गर्दछ। यसबाट राज्यको समृद्ध कारिगर विरासत फल्ने-फुल्ने क्रमलाई सुनिश्चित गर्नेछ।

प्रसंस्कृत खाद्य पदार्थ

इम्फाल, सेनापति अनि चन्देल जिल्लामा केन्द्रित मणिपुरको प्रसंस्कृत खाद्य उद्योग कैयौं साना अनि मध्यम उद्योग (एसएमई) र स्वयंसहायता समूह (एसएचजी) द्वारा सञ्चालित छ। खाद्य प्रसंस्करण एकाइहरूमा कार्यरत करिब 1.5 लाख श्रमिक सामेल यस क्षेत्रमा उत्पादन अनि प्याकेजिङमा ग्रामीण महिलाहरूको महत्त्वपूर्ण भागीदारी रहेको छ।

प्रसंस्कृत खाद्य पदार्थ जस्तै अचार, बाँसको टुसा, पास राखिएको खाद्य पदार्थ, सब्जीहरूबाट तयार हुने उत्पाद आदिमाथि जीएसटीलाई 12 प्रतिशतबाट घटाएर 5 प्रतिशत गर्नु उत्पादक अनि उपभोक्ताहरूका लागि ठूलो प्रोत्साहन बन्नेछ। कम्ति कर दरले उत्पादहरूको मूल्य पनि घटाउनेछ। यसका साथै उनीहरूको सामर्थ्य अनि बजारसम्म पहुँच पनि बढाउनेछ।

डेयरी उत्पाद

इम्फाल, थौबल अनि विष्णुपुर जिल्लामा, डेयरी फार्मिङको प्रबन्धन ठूलो परिमाणमा ग्रामीण अनि आदिवासी समुदायका स-साना समूहद्वारा गरिन्छ। यसमा 1 लाखभन्दा धेरै डेयरी किसान अनि सहकारी सदस्य कार्यरत छन्। घिउ, नौनी घिउ, पनीर अनि पनीरमाथि जीएसटीलाई घटाएर शून्य/ 5 प्रतिशत गर्नुले आवश्यक डेयरी उत्पादलाई बढी किफायती बनाएको छ, जसबाट उपभोक्ताले महत्त्वपूर्ण राहत पाएका छन्।

संशोधित दरको कारण उत्पादन लागत घट्ने आशा गरिएको छ। यसबाट किसान अनि सहकारी समितिहरूका लागि लाभको मार्जिनमा सुधार आउनेछ। यसका साथै घरेलु अनि निर्यात, दुवै बजारमा उनीहरूको प्रतिस्पर्धात्मकता बढ्नेछ।

निष्कर्ष

संशोधित जीएसटी दर, सम्पूर्ण भारतमा आर्थिक सुधारको दिशामा महत्त्वपूर्ण कदम हो। आवश्यक अनि मूल्यवर्धित क्षेत्रमा करको भार घटाउने यो परिवर्तन उत्पादन, सामर्थ्य अनि बजार प्रतिस्पर्धात्मकतालाई बढावा दिन तयार छ। मणिपुर जस्तो सानो तर उच्च क्षमता भएको राज्यका लागि यो प्रयास विशेष रूपमा सार्थक छ। यसको प्रभावले स्थानीय किसान, कारिगर अनि उद्यमीहरूलाई सशक्त बनाउनेछ।

यसका साथै यस जीएसटी सुधारले एउटा सन्तुलित अनि समावेशी विकासलाई समर्थन गर्दछ र भारतको पूर्वोत्तर राज्यहरूलाई देशको अर्थव्यवस्थामा अरू बढी प्रबलताका साथ योगदान पुऱ्याउन सशक्त बनाउनेछ। (पीआइबी)

********

एसके/एम

(Factsheet ID: 150359) Visitor Counter : 9


Provide suggestions / comments
Link mygov.in
National Portal Of India
STQC Certificate