57th International Film Festival of India 2026
20 – 28 Nov 2026

“एक व्यक्तिको बिदा, अर्कोको घर”: जब आईएफएफआई २०२६ मा ‘अ फिउ डेज इन द सन’ मा दुई संसारको टकराब हुन्छ


मेक्सिकोको रिभिएरा मायाको एउटा थ्रिलरले कसरी विशेषाधिकार र बाँच्नका लागि सङ्घर्षले मानिसहरूलाई उनीहरूले अपेक्षा गरेभन्दा नजिक ल्याउन सक्छ भनेर सोध्छ

पोस्ट गरियो: 26 NOV 2026 5:48PMby PIB Gangtokरिलिज आईडी: 2342205Views: 5

गोवा, २६ नोभेम्बर २०२६:

आज गोवामा ५७ औँ अन्तर्राष्ट्रिय फिल्म महोत्सव (आईएफएफआई) मा आयोजित पत्रकार सम्मेलनमा, निर्देशक मौरो मुलर, लेखक जोसे डेभिड फिगुएरोआ गार्सिया र निर्माता लेस्ली होलेरनले सिनेमा अफ द वर्ल्ड खण्डमा प्रस्तुत गरिएको आफ्नो द्विभाषिक फिल्म ‘अ फ्यू डेज इन द सन’ बारे छलफल गरे। अन्तरक्रियाले फिल्मको निर्माण र रचनात्मक दृष्टिकोणमा अन्तर्दृष्टि प्रदान गर्‍यो।

मेक्सिकोको रिभिएरा मायामा, एक धनी युरोपेली जोडीले स्थानीय समुदायलाई विकासका लागि योजना गरिएको भूमिबाट जबरजस्ती हटाउन अवैध तरिकाहरू प्रयोग गर्छन्। यसैबीच, एक श्रमिक वर्गको मेक्सिकन परिवारले एक किशोरलाई जेलबाट बाहिर राख्न भ्रष्ट प्रहरी अधिकारीसँग जोखिमपूर्ण सम्झौता गर्छ। जब उनीहरूको बाटो मिल्छ, दुवै जोडी हिंसात्मक अपहरणमा संलग्न हुन्छन् जुन चाँडै नियन्त्रण बाहिर जान्छ। कठोर परिदृश्यमा फसेका, उनीहरूले आफ्ना कार्यहरूका परिणामहरूको सामना गर्नुपर्छ र कसरी विशेषाधिकार र बाँच्नका लागि सङ्घर्षले उनीहरूलाई अपेक्षा गरेभन्दा नजिक ल्याउन सक्छ भनेर पत्ता लगाउनैपर्छ।

यो फिल्म पाँच देश (मेक्सिको, डोमिनिकन गणराज्य, जर्मनी, संयुक्त राज्य अमेरिका र स्विजरल्याण्ड) मा दुई भाषा (अंग्रेजी र स्पेनिश) मा अन्तर्राष्ट्रिय सह-निर्माण हो। यसको केन्द्रमा एउटा सरल विचार छ: एक व्यक्तिको बिदा अर्को व्यक्तिको घर र दैनिक जीवन हो। जब यी दुई संसारको टकराब हुन्छ तब के हुन्छ?

मुलरले आफ्नो जीवनले कथा र यसको दृष्टिकोणलाई कति आकार दियो भन्ने बारेमा कुरा गरे। उनी स्विट्जरल्याण्डमा हुर्केका थिए अनि मेक्सिको र संयुक्त राज्य अमेरिकामा पनि बसेका छन्। उनी के विश्वास गर्छन् भने समानुभूति खेती गर्न र बाँच्ने कुनै एक तरिका छैन भनेर सिक्न र बाँच्ने कुनै पनि तरिका अर्को भन्दा राम्रो वा नराम्रो हुँदैन भन्ने कुरा सिक्न विभिन्न देशमा यात्रा र बसोबास गर्न आवश्यक छ। उनले थपे, भाषाहरू जान्नु र यात्रा गर्नुले हामीलाई मानिसहरू किन फरक छनौट गर्छन् भनेर बुझ्न मद्दत गर्छ र तिनीहरू वरपरका प्रणाली र संस्थाहरूले ती समान छनौटहरूको परिणामलाई कसरी आकार दिन्छन् भनेर चिन्न मद्दत गर्छ।

मुलर आईएफएफआई का लागि अपरिचित होइनन्। उनको पहिलेको फिल्म द जेनिटर (एल कन्सर्जे) को विश्व प्रिमियर नोभेम्बर २०२५ मा गोवामा भएको ५६ औँ आईएफएफआई मा भएको थियो।

गार्सियाले संस्कृति र सामाजिक वर्गहरूको टकराबलाई जोड दिए, जुन फिल्मले स्पष्ट रूपमा उजागर गरेको भिन्नता हो। उनले के औँल्याए भने जब समान निर्णयहरू गरिन्छन्, तब धनी युरोपेली पात्रहरूले श्रमिकवर्ग दम्पतीले जस्तो परिणाम भोग्दैनन्, जसको जीवनमा आमूल परिवर्तन आउँछ। होलेरनले यो कुरा उठाउँदै, गरिब व्यक्तिका लागि सानो गल्तीले पनि सबै कुरा ध्वस्त पार्न सक्छ भनेर भने। फिल्ममा, बन्दीहरूलाई समात्नेहरू र बन्दीहरू आफैँ सबै एक तरिकाले आफ्नो परिस्थितिद्वारा कैद गरिएका छन्।

गार्सियाले समाजको हरेक तहमा भ्रष्टाचार कसरी फैलिन्छ भन्ने कुराको पनि अन्वेषण गरे। तल्लो तहमा यो घूसखोरी जस्तै स्पष्ट छ, जबकि धनी दम्पतीले अवैध रूपमा समुदायलाई जमिनको टुक्राबाट सार्ने प्रयास शक्ति र राजनीतिसँग जोडिएको उच्च-स्तरको भ्रष्टाचार हो, जुन सामान्यतया स्वीकार गरिन्छ। फिल्मले दुवै प्रकारका भ्रष्टाचारलाई एउटै तहमा राख्ने प्रयास गर्दछ। मुलर र गार्सियाले संसारमा बढ्दो असमानता र मानिसहरूलाई उनीहरूको सामाजिक-आर्थिक वर्गद्वारा कसरी वर्गीकृत गरिन्छ भन्ने बारेमा पनि कुरा गरे।

मुलरले फिल्मले मानिसहरू नैतिक रूपमा किन खराब छनौट गर्छन् भन्ने कुराका लागि समानुभूति जगाउने लक्ष्य राखेको छ भनेर बताए। उनले शुद्ध नाटकभन्दा नयाँ र फराकिलो दर्शकहरूमा पुग्न थ्रिलर विधा रोजे। उनले भने, कलागृह र व्यावसायिक सिनेमाको सिमानामा उभिएको "चरित्र-संचालित थ्रिलर" नै परिणाम हो।

होलेरनले फिल्मलाई एक तरिकाले महिला-केन्द्रित भनेर वर्णन गरिन्। दुवै परिवारका महिलाहरूले गरेका छनौटहरू, उनीहरू ती कसरी गर्छन् र कसरी उनीहरू एकअर्कासँग जोडिन्छन्, त्यसले कथाको धेरैजसो भागलाई चलाउँछ। गार्सियाले थपे के भने भने विभिन्न वर्गहरूको टकराबका कथाहरू सबैसँग सम्बन्धित छन्, किनकि हामी सबैले आफूलाई समाजको कुनै न कुनै वर्गमा राख्छौँ। दुवै पक्षले समान दुविधाको सामना गरिरहेको देखाएर, फिल्मले दर्शकहरूलाई विशेषाधिकारमा भिन्नताको बाबजुद अन्य वर्गका व्यक्तिहरूलाई बहिष्कार गर्नुको सट्टा बुझ्न आमन्त्रित गर्दछ।

होलेरनले जब उनी भावनात्मक रूपमा चिन्ने तर त्यसको हिस्सा नभएको कुरा देख्छिन् तब उनी प्रेरणा पाउँछिन् र यसबारे सिक्न चाहन्छिन् भनेर बताइन्। समुदायमा प्रवेश गर्ने बाहिरी व्यक्तिहरूको फिल्मको अन्वेषण यसैबाट आउँछ। उनले धेरै निर्माण देशहरूमा निर्माण प्रक्रिया बुझअने बारेमा पनि बताइन्। उनले भनिन्, अपरिचित ठाउँहरू पत्ता लगाउनु अनि लेखक र निर्देशकहरूसँग सहकार्य गर्नु, साथै विश्वभरिका मानिसहरूलाई भेट्नु निर्माणको सबैभन्दा राम्रो भाग हो। उनले मुम्बईसँग प्रेम गाँसेका बारेमा बताइन्, यसको विविधता र जीवन्ततालाई उनको गृहनगर, न्यूयोर्कसँग तुलना गरिन्।

होलेरनले विश्वभरका मानिसहरू समानता, मान्यता र प्रतिनिधित्वको भोका छन् अनि न्याय र निष्पक्षताको चापमा फर्कदै गर्दा विविधतासँग सहज हुन खोजिरहेका छन् भनेर बताइन्। उनले परिचित ठाउँभन्दा बाहिर यात्रा गर्ने, नयाँ भाषा सुन्ने अनि नयाँ संस्कृतिको स्वाद र सुगन्ध लिने महत्त्वमा जोड दिइन्। यदि मानिसहरूले धेरै यात्रा गर्न सके भने, संसार राम्रो ठाउँ हुने थियो, उनले भनिन्।

श्री लाभ जैनले सत्रको सञ्चालन गर्नुभयो।

YT

आईएफएफआईएलओआईडी यहाँ पढ्नुहोस्:      https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

***********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2342205
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026