सड़क यातायात तथा राजमार्ग मन्त्रालय
azadi ka amrit mahotsav

सवारीसाधनको उमेर र उत्सर्जन मापदण्डका आधारमा सडक यातायात तथा राजमार्ग मन्त्रालय(मोर्तथ्द्वारा) पीयूसी प्रमाणपत्रको वैधता अवधि संशोधन


पोस्ट गरियो: 19 NOV 2026 4:12PM by PIB Gangtok

नयाँ दिल्ली, १९ नोभेम्बर २०२६:

सडक यातायात तथा राजमार्ग मन्त्रालयले नियम ११५ को उपनियम (७) मा संशोधन प्रस्ताव गरेको छ। यस संशोधनको उद्देश्य सवारीसाधनको उमेरअनुसार उत्सर्जन परीक्षणको आवृत्ति निर्धारण गर्नु, नयाँ तथा कम प्रदूषण उत्सर्जन गर्ने सवारीसाधनका धनीमाथि नियम पालना गर्ने भार कम गर्नु र प्रदूषण नियन्त्रण प्रमाणपत्र जारी गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउनु हो। साथै, सञ्चालनमा रहेका सवारीसाधनबाट हुने उत्सर्जनको निरन्तर निगरानी सुनिश्चित गर्नु पनि यसको उद्देश्य रहेको छ।

प्रस्तावित संशोधनमा निम्न व्यवस्था गरिएको छः

  • संशोधित वैधता अवधि निम्नानुसार प्रस्ताव गरिएको छः
  • बीएस–१, बीएस–२ र बीएस–३ सवारीसाधन: ३ महिना
  • बीएस–४ सवारीसाधन: ६ महिना
  • बीएस–६ गैर-ढुवानी सवारीसाधन:
    • पहिलो पटक दर्ता भएको मितिदेखि ६ वर्षसम्मः ३ वर्ष
    • ६ वर्षभन्दा बढी तर १० वर्षभन्दा बढी नभएकोः १ वर्ष
    • १० वर्षभन्दा बढीः ६ महिना
  • बीएस–६ ढुवानी सवारीसाधन
  • पहिलो पटक दर्ता भएको मितिदेखि ६ वर्षसम्मः २ वर्ष
  • ६ वर्षभन्दा बढी तर १० वर्षभन्दा बढी नभएकोः १ वर्ष
  • १० वर्षभन्दा बढीः ६ महिना

२. संशोधन लागू हुनुअघि जारी गरिएका प्रदूषण नियन्त्रण प्रमाणपत्र (पीयूसीसी) मा संशोधित वैधता अवधि लागू हुने व्यवस्था संक्रमणकालीन रूपमा गरिएको छ। यस्तो प्रमाणपत्रमा संशोधित वैधता अवधि संशोधन लागू भएपछि पहिलो पटक नवीकरण गर्दा मात्र लागू हुनेछ।

३. विद्यमान प्रमाणपत्रको म्याद सकिनुभन्दा अघिका १० दिनभित्र पीयूसी प्रमाणपत्र नवीकरण गरिएमा नवीकरण गरिएको प्रमाणपत्रको वैधता विद्यमान प्रमाणपत्रको म्याद समाप्त भएको मितिदेखि लागू हुनेछ। तर, विद्यमान प्रमाणपत्रको म्याद समाप्त भएपछि नवीकरणका लागि आवेदन दिइएमा नवीकरण गरिएको प्रमाणपत्रको वैधता नवीकरण गरिएको मितिदेखि लागू हुनेछ।

*********

MPS/TWB


(रिलिज आईडी: 2338543) आगन्तुक काउन्टर : 6
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Gujarati , Urdu , हिन्दी , Kannada