रक्षा मन्त्रालय
azadi ka amrit mahotsav

अभ्यास टाइगर ट्रायम्फ २०२६ को उद्घाटन समारोह


पोस्ट गरियो: 03 NOV 2026 11:02AM by PIB Gangtok

नयाँ दिल्ली, ३ नोभेम्बर २०२६

​भारत–अमेरिका द्विपक्षीय त्रि-सेवा मानवीय सहायता र आपदा राहत (एचएडीआर) अभ्यास 'टाइगर ट्रायम्फ २०२६' को ५ औँ संस्करणको उद्घाटन समारोह ०२ नोभेम्बर २०२६ को दिन 'म्यारिटाइम वारफेयर सेन्टर' (एमडब्ल्यूसी), विशाखापट्टनममा सम्पन्न भयो। यस वर्ष टेबलटप अभ्यास (टीटीएक्स) को रूपमा सञ्चालन भइरहेको यस अभ्यासको मुख्य उद्देश्य व्यापक रूपमा हुने एचएडीआर कार्यहरूका अवधि दुवै देशका सशस्त्र बलहरूबीच समन्वय, संयुक्त योजना र अन्तर-सञ्चालनशीलतालाई अभिवृद्धि गर्नु रहेको छ। उद्घाटन समारोहको अध्यक्षता भारतीय पूर्वी नौसेना बेडाका फ्ल्याग अफिसर कमान्डिङ रियर एडमिरल विशाल विश्नोई र अमेरिकी प्रशान्त नौसैनिक बेडाका उप-कमान्डर रियर एडमिरल जोआकिन जे मार्टिनेज डे पिनिलोसले गरेका थिए।

​यो अभ्यासले भारत र अमेरिकाबीचको गहिरिँदो रणनीतिक समुद्री हित र दुई देशहरूबीच बढ्दो रक्षा साझेदारीलाई प्रतिबिम्बित गर्दछ। वर्तमान संस्करणको उद्देश्य अन्तर-सञ्चालनशीलतालाई अझ सुदृढ़ बनाउनु र व्यापक रूपमा हुने एचएडीआर कार्यहरूको योजना तथा समन्वयमा केन्द्रित भई संयुक्त बहु-क्षेत्रीय अभियानहरू  सञ्चालन गर्न सहज बनाउनु हो।

​भारतीय पक्षबाट सहभागी हुने टोलीमा भारतीय नौसेनाका समुद्री सञ्चालनका विभिन्न क्षेत्रका विशेषज्ञहरू, भारतीय नौ सेना, थल सेना र भारतीय वायुसेनाका विभिन्न एकाइका प्रतिनिधिहरूसँगै तीनवटै सेवाका विशेष बलका कर्मीहरू सामेल छन्। टाइगर ट्रायम्फ २०२६ को यस ५ औँ संस्करणमा पहिलो पटक राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) को एउटा टोलीले पनि सहभागिता जनाउनेछ।

​अमेरिकी संयुक्त बलमा वायुसेना, थल सेना, समुद्री सेना र नौसेना लगायत अमेरिकी सशस्त्र बलका विभिन्न क्षेत्रका प्रतिनिधि विशेषज्ञहरूका साथै अन्तरिक्ष, साइबर, चिकित्सा र विस्फोटक पदार्थ निष्क्रिय पार्ने क्षेत्रका विशेषज्ञहरू सामेल छन्।

*****

MPS/TWB


(रिलिज आईडी: 2332239) आगन्तुक काउन्टर : 15
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Assamese , Gujarati , Tamil