पोस्ट गरियो:
02 NOV 2026 4:07PM by PIB Gangtok
नयाँ दिल्ली: २ नोभेम्बर २०२६
भारत सरकारको विशेष अभियानको उद्देश्य थाँतीमा रहेका मामिलाहरूलाई कम गर्न अनि स्वच्छतालाई संगठनात्मक मूल्यको रूपमा संस्थागत गर्नु हो। यो समयबद्ध पहिलो गहन स्वच्छता अभियान, रद्दी सामग्रीको व्यवस्थापनको माध्यमबाट स्थान अनुकूलन अनि सुव्यवस्थित रिकार्ड प्रबन्धनको माध्यमबाट कार्यस्थल प्रबन्धनमा केन्द्रित रहेको छ। यस अतिरिक्त, यस अभियानले जन उजुरीको शीघ्र निवारणलाई प्राथमिकता दिएर, फाइलहरूको समीक्षा अनि छँटाई अभियान (भौतिक अनि इलेक्ट्रोनिक) को सञ्चालन गरेर थाँतीमा रहेका संसदीय आश्वासनहरू, वीआईपी सन्दर्भहरू अनि अन्तर-मन्त्रालय परामर्शहरूलाई व्यवस्थित रूपले निपटाएर प्रशासनिक दक्षतालाई बलियो बनाउँदछ। विशेष अभियानको छैटौं संस्करण २ अक्टोबरदेखि ३१ अक्टोबरसम्म आयोजित गरियो। संस्कृति मन्त्रालयले अभियानको उद्देश्यहरू अनुरूप, आफ्नो सम्बद्ध अनि स्वायत्त संगठनहरूसित मिलेर पूर्ण उत्साह अनि एउटा संरचित योजनाको साथ अभियानलाई अपनाएको थियो।
चलिरहेको अभियानले प्रमुख क्षेत्रहरूमा महत्वपूर्ण परिणाम प्राप्त गरेको छ, जुन सुशासनको भावनालाई मूर्त रूप दिने प्रकारको स्वच्छ, कार्यात्मक अनि नागरिक केन्द्रित कार्यालय स्थान बनाउने लक्ष्यको साथ कुशल शासनको लागि एउटा बलियो प्रतिबद्धतालाई दर्शाउँदछ।
विशेष अभियान ६ को प्रमुख उपलब्धिहरू:
|
मापदण्ड
|
लक्ष्य
|
उपलब्धि
|
|
जन उजुरी
|
९२
|
८१ (८८ प्रतिशत)
|
|
जन उजुरी अपील
|
४४
|
३२(७३ प्रतिशत)
|
|
सांसद सम्बन्धि सन्दर्भ
|
८०
|
५५ (६९ प्रतिशत)
|
|
पीएमओको सन्दर्भ
|
२६
|
२२ (८५ प्रतिशत)
|
|
राज्य सरकारका सन्दर्भ
|
२८
|
१६(५७ प्रतिशत)
|
|
भौतिक फाइल र ई-फाइलहरूको समीक्षा
|
३१५१५ अनि ३२३
|
१०० प्रतिशत
|
|
फाइलहरूको छँटाई
|
२९२१
|
१०० प्रतिशत
|
|
बाहिरी स्वच्छता अभियानको लागि स्थलहरूको संख्या
|
५९५
|
|
- खाली गराइएको स्थान: ४९,२९५ वर्ग फुट
- रद्दी सामग्रीको व्यवस्थापनबाट अर्जित राजस्व: २६,६०,६५८ रूपियाँ।
- मंत्रालयले पत्र सूचना कार्यालयबाट ३ वटा बयान जारी गऱ्यो अनिस विभिन्न संगठनहरूद्वारा यसको १८९ ट्वीट प्रकाशित गरियो।
अभियानको कार्यान्वयन चरणका केही झलकहरू:
विशेष अभियानको अवधि संगठनहरूको स्वच्छता अभियान

एनसीएसएमद्वारा अवशेषबाट कला


भारतीय मानव विज्ञान सर्वेक्षणद्वारा अवशेषबाट कला

विक्टोरिया मेमोरियल हलमा पुरानो स्मारिका काउण्टरलाई वीआईपी विश्राम कक्षमा रूपान्तरण

संस्कृति मन्त्रालय स्वच्छतालाई बढ़ावा दिन, संस्थागत बनाउन अनि सबै संगठनहरूमा थाँतीमा रहेका मामिलाहरूलाई कम गर्नको लागि विशेष अभियानको अवधि गरिएका कार्यहरूलाई जारी राख्नको लागि प्रतिबद्ध छ।
*****
MPS/TWB