प्रधानमन्त्रीको कार्यालय
युवाहरूको भविष्यको सुरक्षाका लागि पेपर लीक मामिलामा प्रधानमन्त्रीद्वारा द्रूतमार्गी अदालत गठन गर्ने घोषणा
प्रविष्टि तिथि:
23 JUL 2026 9:46AM by PIB Gangtok
नयाँ दिल्ली, 23 जुलाई 2026।
देशका युवाहरूको कल्याण अनि उनीहरूको उज्ज्वल भविष्य सरकारको सर्वोच्च प्राथमिकता रहेको प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज रेखाङ्कित गरेका छन्।
पेपर लीक मामिलामा सामेल व्यक्तिहरूलाई त्वरित अनि कडा सजाय सुनिश्चित गर्नका लागि द्रूतमार्गी अदालत स्थापित गर्ने सरकारले निर्णय लिएको प्रधानमन्त्रीले बताएका छन्। यस सम्बन्धमा आवश्यक कदम उठाउनका लागि सम्बन्धित अधिकारी अनि विभागहरूलाई निर्देश जारी गरिएको पनि श्री मोदीले अवगत गराएका छन्। यो निर्णय विद्यार्थीहरूको हितरक्षाका लागि उठाइएका कडा कदमहरूको शृङ्खलामध्ये यो एउटा महत्त्वपूर्ण कदम रहेको पनि उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले कडा सन्देश दिँदै देशका युवाहरूको भविष्यका साथ खेलवाड गर्नेहरूका विरुद्ध कठोरतम कार्वाही हुने र कुनै पनि स्थितिमा नछोडिने बताएका छन्।
प्रधानमन्त्रीले एक्समा (X) एउटा पोस्टको माध्यमद्वारा जानकारी साझा गर्दै भनेका छन् :
“देशका युवाहरूको हित अनि उनीहरूको भविष्य हाम्रो सर्वोच्च प्राथमिकता हो।
पेपर लीकका सबै मामिलाका दोषीहरूलाई चाँडै नै कठोर दण्ड दिनका लागि, केसको त्वरित निस्तारण गर्न द्रूतमार्गी अदालत गठन गरिनेछ। यस सम्बन्धमा आवश्यक कार्वाही सुनिश्चित गर्न सम्बन्धित विभागलाई निर्देश दिइएको छ।
विद्यार्थीहरूको हित सुरक्षित गर्नका लागि सरकारद्वारा लिइएका निर्णयहरूको शृङ्खलामा यो एउटा महत्त्वपूर्ण कदम हो।
युवाहरूको भविष्यका साथ खेलवाड गर्ने कुनै पनि व्यक्तिलाई छोडिनेछैन।“
**********
एमपीएस/टीडब्ल्यूबी
(रिलीज़ आईडी: 2288343)
आगंतुक पटल : 11
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Bengali
,
Bengali-TR
,
Manipuri
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam