PIB Backgrounder
वर्षा जल जमा गरौं (क्याच दी रेन) : जल संरक्षणको निम्ति एकपटक पुनः राष्ट्रिय अपील
प्रविष्टि तिथि:
19 JUL 2026 8:55AM by PIB Gangtok
मन की बातको 28 जून, 2026 का दिन प्रसारित 135 औं संस्करणमा माननीय प्रधानमन्त्रीले देशवासीहरूलाई वर्षाको प्रत्येक थोपा बचाउन तथा जल संरक्षण अभियानलाई देशभरी लगातार गति दिन आह्वान गरेका थिए। यसको प्रतिक्रियामा 4 जुलाईदेखि 4 अगस्त 2026 सम्म देशभरी एउटा केन्द्रित राष्ट्रव्यापी अभियान चलाइनेछ, जसको उद्देश्य वर्षाको जल जमा गर्न, भूजल पुनर्भरण, पारम्परिक जल स्रोतहरूलाई पहिलेको स्थितिमा ल्याउन, बिरुवा रोपन गतिविधि तथा जनभागीदारीलाई सशक्त बनाउनु रहेको छ।
“क्याच दी रेन – यस मिशनको माध्यनद्वारा हामीले वर्षाको जलको प्रत्येक थोपालाई मिलेर बचाउनु पर्नेछ। म सबै देशवासीलाई वर्षा जलको हरेक थोपालाई सामूहिक प्रयासद्वारा संरक्षित गर्न विशेष आग्रह गर्दछु।“ – माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी

हामीले जुन काम गर्नु छ :
- प्रत्येक घर, सोसाइटी एवं कार्यस्थलले वर्षा जल सञ्चयन प्रणाली अपनाउनु पर्नेछ।
- उपयुक्त स्थानहरूमा रिचार्ज पिट एवं रिचार्ज शाफ्ट निर्माण गर्नु तथा अनुपयोगी बोरवेलहरूको मरम्मति गरी त्यसलाई भूजल पुनर्भरणको निम्ति उपयोगमा ल्याउनु।
- इनार, कुवा तथा पारम्परिक जल स्रोतहरूलाई बहाल गरी पुनः उपयोगयोग्य बनाउनु।
- वरिपरीका पोखरी अनि जलाशयहरूबाट लेदो-हिलो हटाएर त्यसको जलधारण क्षमता बढाउनु, ताकि मनसूनको जल धेरैभन्दा धेरै संरक्षण हुने सुनिश्चित गर्नसकियोस्।
- जल संरक्षण क्षेत्रहरूमा धेरैभन्दा धेरै बिरुवा रोपन गरी हरित आवरणलाई बढावा दिनु।
जल सञ्चयन जनभागीदारी 1.0 (6 सेप्टेम्बर 2024)
जल संरक्षणमा जनभागीदारीलाई अरू बढी सशक्त बनाउने उद्देश्यका साथ “जल सञ्चय जनभागीदारी” अभियानको शुभारम्भ 6 सेप्टेम्बर, 2024 को दिन गुजरातको सूरतमा गरिएको थियो। यस अवसरमा माननीय प्रधानमन्त्रीले परोक्ष माध्यमद्वारा कार्यक्रमलाई सम्बोधित गर्दै जल संरक्षणलाई राष्ट्रिय प्राथमिकता बनाउने आफ्नो दृढ सङ्कल्प पुनः दोहोऱ्याएका थिए।
समुदाय, करपोरेट सामाजिक उत्तरदायित्त्व (सीएसआर) अनि लागत – यी तीन “सी”को सिद्धान्तमा आधारित यस पहलको माध्यमद्वारा जनभागीदारी, संस्थागत सहयोग, करपोरेट सामाजिक उत्तरदायित्त्वको योगदान तथा विभिन्न सरकारी योजनाहरूको सम्मिलनलाई बढावा दिई जल संरक्षण प्रयासहरूलाई गति प्रदान गरियो। यस पहलको मुख्य उद्देश्य कम लागतको भूजल पुनर्भरण एवं जल भण्डारण संरचनाहरूको निर्माण, अनुपयोगी बोरवेलहरूको बहाली तथा वैज्ञानिक एवं स्थानीय परिस्थिति अनुरूप उपयुक्त समाधान अपनाउनु रहेको छ। यसलाई “सम्पूर्ण सरकार” अनि “सम्पूर्ण समाज”को सहभागितामा आधारित दृष्टिकोणका साथ कार्यान्वित गरियो।
1 अप्रेल 2024 देखि 31 मई 2025 सम्म सञ्चालित “जल सञ्चय जनभागीदारी (जेएसजेबी) 1.0” अभियानले कम्तिमा पनि 10 लाख भूजल पुनर्भरण संरचनाहरू निर्माण गर्ने निर्धारित लक्ष्यलाई उल्लेखियनी रूपमा पार गर्दै देशभरी 27 लाखभन्दा धेरै कृत्रिम भूजल पुनर्भरण संरचना निर्माणको कीर्तिमान स्थापित गरेको थियो।
जल सञ्चय जनभागीदारी 2.0 (2025)
जेएसजेबी 1.0 को सफलताको आधारमा 1 जून 2025 को दिन जेएसजेबी 2.0 शुभारम्भ गरियो। यस चरणमा कम लागतको स्थानीय परिस्थिति अनुरूप पहलहरूको माध्यमद्वारा अतिदोहन अनि संसाधन अत्यधिक दोहन गर्ने जिल्लाहरूमा भूजल पुनर्भरणलाई तीव्र गति प्रदान गर्नमाथि विशेष बल दिइयो।
देशभरी 31 मई 2026 सम्म कम्तिमा पनि एक करोड भूजल पुनर्भरण संरचनाहरूको निर्माण गर्ने लक्ष्य निर्धारित गरिएको थियो भने 1.5 करोडभन्दा धेरै संरचना निर्माण गरिएको सूचना प्राप्त भयो, जुन निर्धारित लक्ष्यभन्दा 50 प्रतिशत धेरै थियो। यी संरचनाहरूको हाल भौतिक सत्यापन अनि क्षेत्रीय प्रमाणिकरण गरिँदैछ।
जेएसजेबी 1.0 अन्तर्गत उत्कृष्ट योगदान पुऱ्याउने राज्य, संस्था अनि अन्य हितधारकहरूलाई सम्मानित गर्नका लागि सरकारद्वारा नोभेम्बर 2025 मा आयोजित छैटौं राष्ट्रिय जल पुरस्कारको अवसरमा उत्कृष्ट प्रदर्शनकर्ताहरूलाई सम्मानित गरियो।
जल सञ्चय जनभागीदारी – क्याच दी रेन (2026)

“जल सञ्चय जनभागीदारी – क्याच दी रेन (जेएसजेबी – सीटीआर)” अभियानको शुभारम् 1 जून 2026 को दिन गरियो। यस अभियानको माध्यमद्वारा “जल सञ्चय जनभागीदारी” पहलको परिधि विस्तार गरी यसलाई “जलशक्ति अभियान – क्याच दी रेन (जेएसए – सीटीआर)” सँग जोडियो।
वर्षा जल सञ्चयन, भूजल पुनर्भरण, जल भण्डारण तथा जनभागीदारीमाथि नयाँ तरिकाले विशेष बल दिँदै यस अभियानको उद्देश्य प्रत्येक वर्षालाई जल संरक्षणको अवसरमा परिवर्तित गर्नुरहेको छ। यस अभियानले स्थानीय परिस्थिति अनुरूप, कम लागतका उपायहरू प्रोत्साहित गर्नका साथै स्थायी जल प्रबन्धनको माध्यमद्वारा जलवायु परिवर्तनप्रति लचिलोपन सुदृढ बनाउने प्रयास गर्दछ।
अभियान अन्तर्गत केन्द्र एवं राज्य सरकारका विभिन्न योजनाका साथ सम्मिलन सुनिश्चित गरिएको छ, जसमा तल उल्लेखित सामेल छन् :-
- विकसित भारत – रोजगार एवं आजीविका मिशनको प्रत्याभूति (ग्रामीण (वीभी-जी रामजी),
- पीएमकेएसवाई अन्तर्गत “प्रत्येक थोपाबाट धेरै फसल”
- पीएमकेएसवाई अन्तर्गत जल निकायहरूको मरम्मति, नविनीकरण एवं पुनर्स्थापना
- सीएएमपीए
- वित्त आयोगको अनुदान
- राज्य सरकारका योजनाहरू

जेएसजीबी – सीटीआर अभियानको मूल आधार जनभागीदारी रहेको छ। यस अन्तर्गत पञ्चायतीराज संस्था, शहरी स्थानीय निकाय, महिला समूह, युवा जमात, शैक्षणिक संस्थान, नागरिक समाज सङ्गठन तथा स्थानीय समुदायलाई जल संरक्षणका प्रयासहरूमा सक्रिय रूपमा सहभागी बनाउनका लागि प्रेरित अनि सङ्गठित गरिँदैछ।
जलशक्ति अभियान – क्याच दी रेन (जेएसए – सीटीआर)
जलशक्ति अभियान – क्याच दी रेन (जेएसए-सीटीआर)-को शुभारम्भ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा 22 मार्च 2021 को दिन विश्व जल दिवसको अवसरमा “जहाँ वर्षा हुन्छ, जब वर्षा हुन्छ, वर्षा जललाई सञ्चित गरौं” विषयका साथ गरेका थिए।
यो अभियान वर्ष 2019 मा शुरु गरिएको जलशक्ति अभियानको उल्लेखनीय सफलतामा आधारित छ, जसलाई देशको 256 जिल्ला अन्तर्गत 1,592 जल सङ्कटग्रस्त खण्डमा लागू गरिएको छ। यस अन्तर्गत जन आन्दोलनको भावनाका साथ वर्षा जल सञ्चयन, भूजल पुनर्भरण, जलग्रहण क्षेत्र विकास, जल निकायहरूको पुनर्जीवन तथा बिरुवा रोपनलाई व्यापक रूपमा प्रोत्साहित गरिएको थियो। तबदेखि यो अभियान प्रत्येक वर्ष विभिन्न विषय अनि प्राथमिकता क्षेत्रहरूमा लागू गरिँदैछ।
2021 - “जहाँ वर्षा हुन्छ, जब वर्षा हुन्छ, त्यहाँ वर्षा जल सञ्चय गरौं”
- वर्षा जल सञ्चयन एवं जल संरक्षण।
- जल निकायहरूको भौगोलिक निर्देशाङ्क।
- वैज्ञानिक आधारमा जल संरक्षणको योजना एवं प्रबन्धन।
- जलशक्ति केन्द्रहरूको स्थापना तथा जनजागरूकता गतिविधिहरूको आयोजन।
2022 – जल संरक्षण गतिविधिहरूको विस्तार
- पारम्परिक जलाशयहरूलाई पुनः चालू गर्नु,
- भूजल पुनर्भरण एवं जलग्रहण क्षेत्रको विकास,
- सिमसार एवं नदीहरूको कायाकल्प,
- झरना क्षेत्रको विकास एवं जलग्रहण क्षेत्रको संरक्षण।
2023 – पेयजल स्रोतहरूको स्थिरता एवं सतत् संरक्षण
- 150 जल सङ्कटग्रस्त क्षेत्रहरूमाथि विशेष ध्यान,
- पेयजल स्रोतहरूलाई सुदृढ बनाउनु,
- भूजल पुनर्भरण एवं जल स्रोतहरूको स्थिरता सुनिश्चित गर्नु,
- धरातल स्तरमा निगरानी एवं सामुदायिक सहभागिता।
2024 – नारी शक्तिबाट जलशक्ति
- महिलाहरूको नेतृत्त्वमा जल संरक्षण पहल,
- जलाशयहरूबाट हिलो-लेदो हटाउनका साथै सफा गर्नु,
- परित्यक्त बोरवेलहरूलाई भूजल पुनर्भरणका लागि पुनः चालू गर्नु,
- वन्यकरण एवं स्थानीय जल संसाधनहरूलाई पुनर्जीवन।
देशभरी महिलाहरूको नेतृत्त्वमा सञ्चालित पहलहरूबाट सामुदायिक नेतृत्त्वले जल सुरक्षालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्नसक्ने प्रदर्शित गरेको छ। जल संरक्षण, स्वच्छता एवं स्वच्छ व्यवहारको क्षेत्रमा उनीहरूको उत्कृष्ट योगदानलाई स्वच्छ सुजल शक्ति सम्मानको माध्यमद्वारा निरन्तर सम्मानित गरिँदैछ, जसले उनीहरूको अनुकरणीय प्रयासहरूलाई मान्यता प्रदान गर्दछ।
जलशक्ति केन्द्र (जेएसके)
यस अभियानको एउटा प्रमुख संस्थागत घटक देशभरीका जिल्लाहरूमा जलशक्ति केन्द्रको (जेएसके) स्थापना रहेको छ। यी केन्द्रहरूले जल संरक्षणका लागि ज्ञान एवं सुविधा केन्द्रका रूपमा काम गर्दछन्। यसका माध्यमद्वारा वर्षा जल सञ्चयनको तकनिकीको जानकारी प्रसार गर्नका साथै स्थानीय समुदाय अनि जिल्ला प्रशासनलाई तकनिकी मार्गदर्शन प्रदान गर्नका अतिरिक्त जल संरक्षण सम्बन्धी गतिविधिको प्रभावी कार्यान्वयनमा सहयोग प्रदान गरिन्छ।

वर्षा जल सञ्चयनबाट ग्रामीण दृढतासम्म
माननीय प्रधानमन्त्रीको दूरदर्शी नेतृत्त्वमा जल संरक्षण एउटा राष्ट्रिय प्राथमिकता अनि जनआन्दोलनका रूपमा स्थापित भएको छ। क्याच दी रेन अनि जल सञ्चय जनभागीदारी जस्ता पहलबाट सरकारले जल संरक्षमलाई एउटा क्षेत्र विशेष कार्यक्रमबाट अघि बढ्दै सामुदायिक सहभागिता, वैज्ञानिक योजना अनि संसाधनको सम्मिलनमा आधारित राष्ट्रव्यापी जनआन्दोलनको स्वरूप प्रदान गरेको छ।
विकसित भारतको कल्पनाको दिशामा अग्रसर भारतको निम्ति वर्षा जल सञ्चयन, भूजल पुनर्भरण, जलाशयहरूलाई पुनः शुरु गर्नु तथा जलको लाभकारी उपयोग, कृषिलाई सुदृढ बनाउनु, ग्रामीण आजीविकालाई सहयोग प्रदान गर्नु, जलवायु परिवर्तनप्रति लचिलोपन बढाउनुका साथै भावी पिँढीका लागि जल संसाधन सुरक्षित गर्न अत्यन्तै महत्त्वपूर्ण रहनेछ।
वैज्ञानिक योजना, स्थानीय स्वामित्त्व अनि सामूहिक सहभागितालाई बढावा दिईयस अभियानले ग्रामीण भारतमा दिगो अनि जलवायुमैत्री जल परिसम्पत्तिहरू निर्माण गरिरहेको छ। जलवायु परिवर्तन अनि पानीको बढ्दो मागको यस कालखण्डमा वर्षाको प्रत्येक थोपाको संरक्षण जल सुरक्षा सुनिश्चित गर्नका लागि अनिवार्य आवश्यकता हो। यसबाट कृषिले अरू धेरै बल पाउनका साथै स्थायी ग्रामीण विकासले पनि गति प्राप्त गर्नेछ।
प्रधानमन्त्रीको “मन की बात”सहित विभिन्न मञ्चमा जलको प्रत्येक थोपाको संरक्षणमाथि लगातार दिइएको बलले नागरिक, संस्था तथा शासनका सबै स्तरलाई जल सुरक्षाको लक्ष्य प्राप्तिका लागि सामूहिक रूपमा काम गर्न प्रेरित गरिरहेको छ।
सन्दर्भ :
जलशक्ति मन्त्रालय
पीडीएफ हेर्न यहाँ क्लिक गर्नुहोस् :
*********
पीआइबी अनुसन्धान
(रिलीज़ आईडी: 2286552)
आगंतुक पटल : 9