PIB Headquarters
azadi ka amrit mahotsav

स्थानीय स्वाददेखि लिएर खाद्य नवाचारसम्म : आहार-2026 को उद्यमशीलता गाथा


पोस्ट गरियो: 12 MAR 2026 3:14PM by PIB Gangtok

आहार-2026 को 40 औं संस्करणले नयाँ दिल्लीमा खाद्य अनि आतिथ्य परितन्त्रका हितधारकहरूलाई एक साथ ल्याउने काम गरेको छ। 10 देखि14 मार्च, 2026 सम्म चल्ने पाँच दिवसीय अन्तरराष्ट्रिय प्रदर्शनीले उत्पादक, निर्यातक, आतिथ्य व्यवसायी अनि प्रौद्योगिकी प्रदाताहरूलाई नयाँ अवसरसँग जोडिन रर खोज गर्नका लागि एउटा मञ्च प्रदान गर्नेछ। विगत केही वर्षमा, आहार खाद्य अनि आतिथ्य क्षेत्रमा एशियाको अग्रणी व्यापार प्रदर्शनीमध्ये एकका रूपमा यो स्थापित भएको छ। भारत अनि विदेशका करिब 1,800 प्रदर्शकका साथ यो कार्यक्रम प्रसंस्कृत खाद्य पदार्थ, पेय पदार्थ, डेयरी, बेकरी उत्पाद तथा कृषि उब्जनीसहित उत्पादहरूको विस्तृत शृङ्खला यहाँ प्रदर्शित गरिन्छ।

भारत मण्डपमको कैयौं हलमा फैलिएको यस प्रदर्शनीमा उत्पादक, निर्यातक, खरिददार अनि आतिथ्य व्यवसायबीच बिजनेस-टू-बिजनेस (बी-2-बी) सुगम बनाउने सुविधा प्रदान गर्दै पारम्परिक स्वाद अनि आधुनिक खाद्य प्रसंस्करण नवाचार दुवैमाथि प्रकाश पारिएको छ। उत्पाद प्रदर्शनबाहेक, आहारले भारतको विकसित खाद्य प्रसंस्करण परिदृश्यलाई आकार दिने उद्यमी अनि उद्यमहरूको कथालाई अघि ल्याउँदछ।

सिक्किमदेखि राष्ट्रिय स्तरसम्म

एक जिल्ला, एक उत्पाद पहलको जीवन्त विपणीमा सिक्किम राज्य मण्डपले हिमाली राज्यको विशिष्ट स्वादहरू प्रदर्शित गर्दछ, जसले आगन्तुक अनि खरिददारहरूलाई समान रूपमा आकर्षित गरिरहेको छ।

प्रतिभागीमा सिक्किमको गान्तोककी उद्यमी साङ्गेडोमा भोटिया पनि सामेल छन्, जसको यात्राले कसरी सरकारी सहायताले स-साना खाद्य व्यवसायलाई विकसित गर्ने सुविधा प्रदान गरिरहेको छ भन्ने दर्शाउँछ। साङ्गेडोमाले करिब 16 सालअघि सानो हिसाबले पारम्परिक सिक्किमे खाद्य उत्पादको उत्पादन गर्दै आफ्नो उद्यमशीलताको यात्रा शुरु गरेकी थिइन्। शुरुवाती वर्षमा, त्यो व्यवसायलाई कायम राख्नु पूर्णरूपले आफ्नो व्यक्तिगत बचतमाथि निर्भर थियो। हाल उनले “टेस्ट अव् सिक्किम” ब्राण्ड चलाउँछन्, जुन आफ्नो पारम्परिक अचारको निम्ति जानिन्छ। अचार बनाउनका साथसाथै उनले गुरु प्रशिक्षकका रूपमा, ग्रामीण महिलाहरूलाई खाद्य प्रसंस्करण कौशलमा पनि प्रशिक्षित गर्दछन्, जसबाट उनीहरूका लागि आमदानी बढाउनका साथै आत्मनिर्भर बन्ने अवसर पनि सिर्जना हुँदछ।

उनले तब एउटा ठूलो सफलता हासिल गरिन्, जब प्रधानमन्त्री सूक्ष्म खाद्य प्रसंस्करण द्यमका लागि औपचारिकरणको (पीएमएफएमई) लाभ उठाइन्, जुन केन्द्र सरकारको एउटा प्रमुख पहल हो, जसले मसिना खाद्य प्रसंस्करण व्यवसायलाई सहायता प्रदान गर्दछ। उनले ₹10 लाखको ऋण लिई आधुनिक प्रसंस्करण उपकरणमा निवेश गरिन्, जसले उत्पादन क्षमता विस्तार गर्न सघाउ पुऱ्यायो। उनले ₹3.5 लाखको सहायता राशि प्राप्त गरिन्, जसले उनलाई ऋण चुकाउन र आत्मविश्वासकासाथ आफ्नो उद्यम प्रबन्धन गर्न सजिलो बनायो।

सुश्री साङ्गेडोमाले याद गर्दै धेरै सानो रूपमा व्यवसाय शुरु गरेको बताइन्। “ऋण प्राप्त गरेपछि, मैले मशिनहरूमा निवेश गर्नसके र उत्पादन विस्तार गरे। यस योजनाले म जस्ता अन्य उद्यमी र विशेष गरी कम वित्तीय संसाधन भएका महिलाहरूको निम्ति नयाँ अवसर खोलिएको छ”, उनले बताइन्।

उनले सिक्किमको प्रसिद्ध जैविक “डल्ले खोर्सानी”बाट बनिएको मूल्यवर्धित उत्पादहरूमाथि ध्यान केन्द्रित गरेकी छन्, जसले भौगोलिक सङ्केत (जीआइ ट्याग) प्राप्त गरेको छ। डल्ले खोर्सानी सीधैकिसानहरूबाट प्राप्त गरिन्छ र पास राखिएको अचार, मसलाको मिश्रण अनि मिश्रित मसला जस्ता उत्पादमा संसाधित गरिन्छ। उत्पाद शृङ्खलामा स्थानीय रूपमा फल्ने फल जस्तै लप्सीको अचार पनि सामेल छ, जुन अद्वितीय क्षेत्रीय व्यञ्जन बनाउन डल्ले खोर्सानीको विशिष्ट स्वादका साथ पाइन्छ। उनी बताउँछन् – हाम्रो उत्पाद सिक्किमको निम्ति अद्वितीय छ। ठूला शहरहका मानिसहरू यसलाई चाख्न र प्रामाणिक स्वादको सराहना गर्न धेरै उत्सुक छन्।

नीतिगत समर्थनका साथ, उनले आफ्नो उत्पादलाई दिल्ली, हैदराबाद, चेन्नई, कोलकाता, महाराष्ट्र अनि अरुणाचल प्रदेशसहित भारतको कैयौं शहरसम्म पुऱ्याइसकेकी छन्। आहार-2026मा, साङ्गेडोमाले पहिलोपटक भाग लिइरहेकी छन् र आउँदो वर्ष फेरि सामेल हुने इच्छा व्यक्त गरेकी छन्।

भारतको चिया मूल्य शृङ्खलामा पत्तो लगाउने क्षमता अनि गुणस्तर नवाचार

कर्नाटकको एउटा चियाको ब्राण्ड “आयरन केटल”का प्रतिनिधि धीरज अर्जुन केएसले संवादको क्रममा चियाको आपूर्ति शृङ्खलामा पारदर्शिता, पत्तो लगाउने क्षमता र गुणस्तर सोर्सिङमाथि कम्पनीको ध्यान रहेको अन्तरदृष्टि साझा गरे। आयरन केटलले तीन मुख्य श्रेणीमा चिया प्रदान गर्दछ – आसमबाट मगाइएको सीटीसी (क्रश, टियर,कर्ल) चिया, स्वाद अनि ग्रीन टीको एउटा शृङ्खला र एउटा विशेष सञ्जीवनी ग्रीन टी लाइन। गुणस्तर सोर्सिङ कम्पनीको मोडलका लागि केन्द्रिय छ। क्पनीको मुख्य कार्यालय बङ्गलुरूमा छ भने प्रसंस्करण सुविधाआसम र नीलगिरी, तमिल नाडुको सोर्सिङ क्षेत्र नजिक स्थित छ। यससँग कैयौं प्रमाणपत्र छ, जसमा रेनफरेस्ट एलायन्स, एचएसीसीपी (खतरा विश्लेषण एवं महत्त्वपूर्ण नियन्त्रण विन्दु) र आइएसओ (मानकिकरणका लागि अन्तरराष्ट्रिय सङ्गठन) सामेल छन्।

“हातले दुई पात एक सुइरो” चुँडाउन धेरै मेहनत लाग्ने गर्दछ र यसको उब्जनी पनि कम्ति हुन्छ, तर यसले उत्तम चिया तयार पार्दछ। धीरज अर्जुन भन्छ्न, “यही कारण हो हामी ती किसानहरूलाई प्रीमियम मूल्य प्रदान गर्दछौं, जसले उच्च मिहिन पत्ताको मानकलाई कायम राख्दछन्।”

गुणस्तर मानक सुनिश्चित गर्नका लागि, कम्पनीले आसम र नीलगिरीमा कृषि विज्ञान अधिकारीहरू पनि तैनाथ गरेको छ, जसले सीधै किसानहरूकासाथ काम गर्नकाअतिरिक्त खेतीको तरिका, कीटनाशकको उपयोग, र पत्ती चुँडाउने तकनिकीको प्रशिक्षण प्रदान गर्दछन्। नेटवर्कमा सामेल हुनका लागि नयाँ किसानहरूद्वारा गुणस्तर क्रमाचार पालन सुनिश्चित गर्न एकदेखि दुई महिनाको मार्गदर्शन अनि अवलोकनबाट गुज्रिनुपर्दछ।

आयरन केटलले चिया आपूर्ति शृङ्खलामा पारदर्शिता बढाउनका लागि क्युआर कोड आधारित ट्रेसेबिलिटी सिस्टम पेश गरेको छ। प्रत्येक खुद्रा चिया प्याकमाएउटा अद्वितीय क्युआर कोड हुन्छ, जसद्वारा उपभोक्ताले चियाको गुणस्तर पत्तो लगाउन सक्छन्। कोड स्क्यान गरी उपभोक्ताले विस्तृत जानकारी प्राप्त गर्नसक्छन्, जसमा यी कुराहरू सामेल छन् :

  • किसानको नाम
  • खेतको जियो ट्याग स्थान
  • पत्ता टिपिएको सही मिति र समय
  • पत्ता कारखाना पुगेको समय,
  • खेती प्रणालीको विवरण, जस्तै कीटनाशकको उपयोग।

डिजिटल ट्रेसेबिलिटीको मोडलले उपभोक्ता विश्वासलाई प्रबल बनाउनका साथै मूल्य शृङ्खलामा जवाफदेयतालाई पनि बढावा दिन्छ।

पहिलोपटक आहार-2026 मा भाग लिँदै कम्पनीले प्रदर्शनीलाई आफ्नो ट्रेस गर्नयोग्य चियाको मोडललाई व्यापक दर्शकका सामु पेश गर्ने अवसरकारूपमा हेरेको छ। समर्पित प्रयासले, कसरी डिजिटल ट्रेसेबिलिटीले किसान केन्द्रित सोर्सिङ र गुणस्तर सञ्चालित मूल्य निर्धारणद्वारा प्रबल उपभोक्ता विश्वासको निर्माण गर्दै कृषि मूल्य शृङ्खलालाई नयाँ आकार दिनसक्दछ भन्ने उजागर गर्दछ।

कानपुरको एउटा मसला उद्यमले आफ्नो पहुँच विस्तार गरिरहेको छ

उत्तर प्रदेशको कानपुरस्थित एउटा मसला निर्माण कम्पनी “सुभाष एग्रो इण्डस्ट्री प्राइभेट लिमिटेड”ले भारतमा लघु एवं मध्यम आकारका खाद्य प्रसंस्करण उद्योगहरूको यात्रा अनि स्थिर विकासलाई दर्शाउँछ। 12992 मा स्थापि, उद्यमले प्रायः भारतीय भान्साघरमा उपयोग गरिने आवश्यक मसला उत्पादनद्वारा शुरुवात गरेको थियो। बितेको तीन दसकमा आफ्नो परिचालनलाई बिस्तारै विस्तार गरी कैयौं राज्यमा वितरक अनि खुद्रा भागीदारीको बलियो नेटवर्क बनाए। आज कम्पनीले बेसार, धनिया, खोर्सानी अनि मिश्रित मसलासहित भान्साघरका आवश्यक वस्तुहरूको एउटा विस्तृत शृङ्खला उत्पादन गर्दछ। “कम्पनीले सीजनिङ ब्लेण्ड्स पनि आपूर्ति गर्दछ, विशेष गरी नमकीन जस्ता उत्पादको निम्ति। समयसँगै उद्यमले पापड, अचार, अगरबत्ती, धूप स्टिक्स, हिङ र सोया नगेट्स पनिसामेल गर्नका लागि मसलादेखि इतर उत्पाद पोर्टफोलियोमा विविधता ल्याएको छ,” सुभाष एग्रो इण्डस्ट्री प्राइभेट लिमिटेडका प्रतिनिधि जीतेन्द्रमोहन तिवारीले बताए।

“आज हामी हरेक प्याकमा सुगन्ध, शुद्धता अनि ताजापनको उच्च मानक कायम राख्दै 100 भन्दा धेरै उत्पाद पेश गर्दछौं,” उनले उल्लेख गरे।

ती उत्पादहरू उत्तर प्रदेश, मध्य प्रदेश, बिहार, छत्तीसगढ, झारखण्ड अनि उत्तराखण्डसहित कैयौं राज्यमा वितरक अनि खुद्रा बिक्रेताहरूको नेटवर्कको माध्यमद्वारा वितरित गरिन्छ। आहार-2026 मा भाग लिनुले, कम्पनीको निम्ति आफ्नो उत्पाद शृङ्खला प्रदर्शित गर्न, सम्भावित खरिददारसँग जोडिन र भारतको बढ्दो खाद्य प्रसंस्करण क्षेत्रभित्र नयाँ बजार अवसर पत्तो लगाउने अवसर प्रदान गर्दछ।

ताजा फलदेखि जमेको नवाचारसम्म

आहार-2026 मा ध्यान आकर्षित गर्ने उद्यमहरूमा नागपुर स्थित “गणपति फ्रोजन वर्ल्ड” पनि सामेल छ। कम्पनीले खाद्य प्रसंस्करण अनि आतिथ्य क्षेत्रका लागि मूल्यवर्धित फलका सामग्रीमाथि ध्यान केन्द्रित गर्ने व्यवसायको बढ्दो खण्डलाई प्रतिनिधित्त्व गर्ने यस कम्पनीका प्रतिनिधि गौरवले उल्लेख गरे। करिब आठ सालअघि स्थापित उद्यमले शुरुमा मौसमी फलहरू संसाधित गर्ने र त्यसलाई व्यवसायको निम्ति सुविधाजनक, उपयोगका लागि तयार सामग्रीमा परिवर्तित गर्नमाथि ध्यान केन्द्रित गरेको थियो।

समयका साथ, यसले विविध उत्पाद पोर्टफोलियो विकसित गऱ्यो, जसमा जमेका फलको गुदी, फलको शट्स, कुल्फी प्रीमिक्स र जमेको जामुन सामेल छन्, जसलाई व्यापक रूपमा पेय पदार्थ, डेसर्ट र प्रसंस्कृत खाद्य उत्पादमा उपयोग गरिन्छ। ताजा फललाई जमेको गुदी र सामग्रीमा परिणत गरी, कम्पनीले खाद्य निर्माताहरूलाई मौसमी उपलब्धताको वास्ता नहगरी सालभरी फलको स्वाद पुऱ्याउन सक्षम बनाउँदछ।

अल्फान्सो आँपको गुदी, सरिफाको गुदी र जामुनको गुदी जस्ता उत्पादको उपयोग प्रायः मिल्कशेक, आइसक्रीम अनि डेसर्ट तयार पार्न गरिन्छ। उत्पादहरूलाई करिब -18 डिग्री सेल्सियसमा संरक्षित गरिन्छ, जसले वाणिज्यिक उपयोगकर्ताका लागि भण्डारण अनि परिवहन सरल बनाउँदै ताजगी, स्वाद अनि सेल्फ स्थिरता कायम गर्न मद्दत गर्दछ।

मुख्य रूपमा बिजनेस-टू-बिजनेस (बी2बी) सेग्मेन्टमा काम गर्दै गणपति फ्रोजन वर्ल्डले मिल्कसेक, पेय पदार्थ, डेसर्ट अनि अन्य फल आधारित उत्पादको उत्पादन गर्ने निर्माताहरूलाई फलको सामग्री आपूर्ति गर्दछ। कम्पनीले एचओआरईसीए (होटल, रेस्तुराँ र खानपान) क्षेत्रमा पनि काम गर्दछ, जसले धेरै मात्रामा भोडन तयार गर्न सक्षम बनाउने तत्त्व प्रदान गर्दछ।

वर्ष 2023 देखि तीनपटक प्रदर्शनीमा भाग लिएपछि, गणपति फ्रोजन वर्ल्डले आफ्नो उत्पाद शृङ्खला प्रदर्शित गर्न र देशभरी खाद्य प्रसंस्करण, आतिथ्य व्यवसाय अनि वितरकसँग जोडिन आहार-2026 को उपयोग एउटा मञ्चका रूपमा गरिरहेको छ।

“आहार हाम्रो निम्ति उत्पाद प्रदर्शित गर्न र देशभरी खरिददारसँग जोडिने महत्त्वपूर्ण मञ्च रहेको छ। प्रत्येक वर्ष हामी नयाँ अवसर साझेदारी स्थापित भएको देख्छौं,” गौरव बताउँछन्।

गुजरातबाट निर्जलित खाद्य नवाचार

भारतको बढ्दो खाद्य प्रसंस्करण क्षेत्र अभिनव स्टार्टअपको उद्भवको साक्षी बनिरहेको छ, जसले कृषि उब्जनीहरू संसाधित गरी उपभोग गर्ने तरिका बद्ली रहेको छ। यस्तै एउटा उदाहरण आरम्भ फूड एक्सपोर्ट हो, जसको प्रतिनिधित्त्व प्रबन्ध निर्देशक ध्रुव भलरियाले आहार-2026 मा आफ्नो उत्पाद प्रदर्शित गरिरहेका छन्।

कम्पनी वर्ष 2021 तिर स्थापित र गुजरातको भावनगरमा स्थित छ, जसले भान्साघरका साथै खाद्य प्रसंस्करण उद्योगका लागि उपयोगको निम्ति तयार निर्जलित सामग्री (निर्जलित फल, सब्जी र स्वाद पाउडर) उत्पादनमाथि ध्यान केन्द्रित गरेको छ।

प्रदर्शनीमा कम्पनीले रामभेंडा, निम्बू, चुकन्दर, आलु, र प्याजका साथसाथै आइफल अनि निम्बूको पाउडर जस्ता फलको पाउडरसहित उत्पादको विविध शृङ्खला प्रदर्शित गरेको छ। उत्पाद शृङ्खलामा पदिना, करी पत्ता र कसुरी मेथी जस्ता निर्जलित जडीबुटी पनि सामेल छ, जसको व्यापक रूपमा मसला मिश्रण, तत्काल खाद्य पदार्थ, बेकरी उत्पाद, पेय पदार्थ अनि स्मूदीमा उपयोग गरिन्छ। कम्पनीको दृष्टिकोणले खाद्य प्रसंस्करणमा निर्जलीकरण प्रौद्योगिकीको बढ्दो महत्त्व उजागर गर्दछ। ताजा उब्जनीलाई सेल्फ-स्टेबल पाउडर अनि फ्लेक्समा परिवर्तित गरी, यस्ता उद्चयमले फसल कटाईपछि हुने नोक्सानी घटाउँदै कृषिमा मूल्य जोड्दछ।

भारतको उदीयमान खाद्य प्रसंस्करण परितन्त्रको प्रदर्शन

आहार-2026 बाट उदय हुने विविध कथाले भारतको खाद्य प्रसंस्करण क्षेत्रको बढ्दो गतिशीलतालाई उजागर गर्दछ। क्षेत्रीय स्वादलाई बढावा दिने स-साना उद्यमीदेखि लिएर नवीन तकनिकी र मूल्यवर्धित उत्पाद पेश गर्ने स्टार्टअपसम्म, देशभरीका व्यवसायले कसरी नयाँ अवसर खोजिरहेको छ भन्ने कुरा प्रदर्शनीले दर्शाउँछ। उद्यमी, उद्योग, हितधारक अनि खरिददारहरूलाई एउटै छानामुनि ल्याएर, आहार जस्तो मञ्चले भारतको खाद्य प्रसंस्करण परितन्त्रभित्र समृद्धि अनि नवाचार प्रदर्शित गर्दै खाद्य मूल्य शृङ्खलामा सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गरिरहेको छ।

सन्दर्भ

वाणिज्य एवं उद्योग मन्त्रालय

https://www.itpo.gov.in/aahar-2026-delhi

********

पीआइबी अनुसन्धान


(रिलिज आईडी: 2240661) आगन्तुक काउन्टर : 11
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Bengali , Bengali-TR , Gujarati