प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीद्वारा सबैलाई देवमोगरा, कोयम्बतुर, रायपुर, गुवाहाटी र दिल्लीको 7 लोक कल्याण मार्गमा “परीक्षा पे चर्चा”को विशेष “एक्जाम वारियर्स” एपिसोड हेर्न अपील


पोस्ट गरियो: 03 FEB 2026 2:17PM by PIB Gangtok

नयाँ दिल्ली, 03 फेब्रुअरी 2026।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज रोचक संवाद अनि भारतका युवाहरूको सामूहिक भावना हेर्नका लागि नागरिकहरूलाई 6 फेब्रुअरी, 2026 को दिन प्रसारित हुने विशेष “परीक्षा पे चर्चा” कार्यक्रम हेर्नका लागि आमन्त्रित गरेका छन्।

प्रधानमन्त्रीद्वारा परीक्षाको मौसम नजिक आउनका साथै एकपटक फेरि “परीक्षा पे चर्चा” कार्यक्रमको माध्यमद्वारा युवा छात्राहरूसँग संवाद स्थापित गरे। यस वर्ष देवमोगरा, कोयम्बतुर, रायपुर, गुवाहाटी अनि दिल्लीको 7 लोक कल्याण मार्गस्थित “एक्जाम वारियर्स”का साथ संवादमूलक सत्र आयोजित गरियो।

प्रधानमन्त्रीले यस अनुभवलाई ताजापन ल्याउने अनि प्रेरणादायक रहेको बताउनका साथै विद्यार्थीहरूको खुल्लापनको सराहना गरे। उनले तनाउमुक्त परीक्षाको महत्त्वमाथि बल दिनका साथै चुनौतीहरूबाट पार पाउन, सन्तुलन कायम गर्न र आत्मविश्वास बढाउनका लागि व्यावहारिक सुझाउ साझा गरे।

श्री मोदीले एक्समा एउटा पोस्टमा भनेका छन् :

“जसै-जसै परीक्षा नजिक आइरहेको छ, #ParikshaPeCharcha पनि फर्किआएको छ।”

यसपटक देवमोगरा, कोयम्बतुर, रायपुर, गुवाहाटी र दिल्लीको 7 लोक कल्याण मार्गमा #ExamWarriors  का साथ चर्चा भयो। सधैं जस्तै, युवा मित्रहरूसँग परस्पर कुराकानी गर्नु र तनाउमुक्त परीक्षा लगायत कैयौं अन्य विषयमा चर्चा गर्नु धेरै राम्रो लाग्यो।

6 फेब्रुअरीको दिन पीपीसीको एपिसोड अवश्यै हेर्नुहोला!

********

एमपीएस/टीडब्ल्यूबी


(रिलिज आईडी: 2222863) आगन्तुक काउन्टर : 10