PIB Headquarters
                
                
                
                
                
                    
                    
                        6-जी-का साथ विकसित भारतको निर्माण
                    
                    
                        
4-जी-मा आत्मनिर्भरतादेखि 6-जी वैश्विक नेतृत्त्वसम्म
                    
                
                
                    Posted On:
                26 OCT 2025 2:07PM by PIB Gangtok
                
                
                
                
                
                
                
	
		
			| मुख्य बुँदा 
				भारतको 6-जी भिजन 2030 को लक्ष्यले देशलाई आगामी पिँढीको दूरसञ्चार नवाचारमा वैश्विक सह-नेतृत्त्वका रूपमा स्थापित गर्नुपर्नेछ,भारत 6-जी एलायन्सले वैश्विक अनुसन्धान गठबन्धनको सहयोगमा स्वदेशी नवाचारका लागि स्टार्टअप, उद्योग, शिक्षा अनि अनुसन्धान संस्थानहरूलाई एकजुट गर्दछ, वर्ष 2035 सम्म, 10 प्रतिशत वैश्विक 6-जी पेटेन्ट र 1.2 ट्रिलियन अमेरिकी डलरको जीडीपीलाई प्रभावित गर्ने अनुमान गरिएको छ, 5-जी – 6-जी परितन्त्रलाई बलियो बनाउनका लागि दूरसञ्चार प्रौद्योगिकी विकास निधि (टीटीडीएफ) अन्तर्गत ₹310.6 करोडको 115+ अनुसन्धान एवं विकास परियोजनालाई स्वीकृति दिइएको छ, भारतको मेड इन इण्डिया 4-जी स्ट्याक अनि एक लाख स्वदेशी 4-जी टावरको स्थापनाले सशक्त 6-जी ढाँचाको जग राख्दछ। 100 5-जी प्रयोगशाला 6-जीको तयारीमा जुटेका छन्।  | 
	
 
 
परिचय
भारत सरकारले 6-जी प्रौद्योगिकीलाई उन्न गर्ने उद्देश्यले कैयौं रणनीतिक पहलको माध्यमद्वारा देशलाई आगामी पिँढीको कनेक्टिभिटीतर्फ लगिरहेको छ। किफायत, स्थायित्त्व अनि सर्वव्यापकताको सिद्धान्तमा आधारित, भारतको 6-जी भिजन स्वदेशी नवाचार, उन्नत अनुसन्धान एवं विकास र वैश्विक सहयोगको माध्यमद्वारा समाजलाई सशक्त बनाउन केन्द्रित छ। उद्योग, शिक्षा जगत अनि अनुसन्धान संस्थानहरूको सक्रिय भागीदारीका साथ, भारतले स्वयंलाई भविष्यको दूरसञ्चार प्रौद्योगिकीको वैश्विक केन्द्रका रूपमा स्थापित गरिरहेको छ, जुन वर्ष 2047 सम्म विकसित भारत निर्माणको व्यापक राष्ट्रिय लक्ष्य अनुरूप छ। 
6-जी के हो?
6-जी, वा छैटौं पिँढीको बेतार प्रौद्योगिकी, 5-जी भन्दा अग्रगामी हुनेछ र इन्टरनेट कनेक्सनलाई धेरै नै सुचारू अनि तेज बनाउनेछ। यसले 5-जीको तुलनामा उच्च रेडियो आवृत्ति उपयोग गर्नेछ, जसले करिब कुनै विलम्बबिना धेरै ठूलो डाटा सम्हाल्नेछ। 
	
		
			| 6-जी-को लक्ष्य माइक्रो-सेकेण्डमा सूचना पठाउनु अनि प्राप्त गर्नु हो, जुन 5-जी-को प्रतिक्रिया समयभन्दा एक हजार गुणा तेज हुनेछ। यसको अर्थ, करिब शून्य अन्तरालका (ल्याग) साथ तत्काल कनेक्सन सुदूर्ती चिकित्सा शल्यक्रिया, स्मार्ट रोबोटिक्स अनि वास्तविक समयमा गेमिङ जस्ता वस्तुको निम्ति उपयोगी हुनेछ। | 
	
 
6-जी नेटवर्कले उन्नत ईमेजिङ, सटीक स्थान मार्गन अनि जीवन्त आभासी अनुभव जस्ता सुविधालाई पनि उत्तम बनाउनेछ। कृत्रिम बुद्धिमत्ताका (एआइ) साथ मिलेर यो कतिसम्म स्मार्ट हुनेछ भने डाटालाई कहाँ सङ्ग्रहित, संसाधित अनि साझा गर्नुपर्ने हो, यसले स्वयं तय गर्नसक्नेछ, जसबाट प्रौद्योगिकी हरेक ठाउँ बढी कुशल अनि प्रतिक्रियाशील बन्नेछ। 
भारतको 6-जी भिजन : भारतलाई वैश्विक दूरसञ्चार नवप्रवर्तकका रूपमा स्थापित गर्नु 
भारतको 6-जी भिजन घोषणापत्रको उद्देश्य भारतलाई उन्नत दूरसञ्चार प्रौद्योगिकीको अग्रणी आपूर्तिकर्ता बनाउनु रहेको छ, जुन विकसित भारतको उद्देश्य अनुरूप छ। 5-जी को तेजीका साथ प्रसार अनि घरेलु स्तरमा अपनाउनुले भारतको 6-जी भिजनको जग राख्दछ, जसबाट देश भावी दूरसञ्चार नवाचारमा वैश्विक नेताका रूपमा स्थापित भइरहेको छ। 6-जी-को भिजन किफायत, स्थायित्त्व अनि सर्वव्यापकताको सिद्धान्तमा आधारित छ। 
22 मार्च, 2023 को दिन “भारत 6-जी भिजन” दस्तावेज जारी गरिएको थियो, जसमा भारतलाई वर्ष 2030 सम्म 6-जी प्रौद्योगिकी डिजाइन, विकास एवं कार्यान्वयनमा अग्रणी योगदानकर्ताका रूपमा देखाइएको छ। सरकारले देशमा 6-जी प्रौद्योगिकी विकासलाई सुगम बनाउन तल उल्लेखित पहल गरेको छ :
	- देशमा अनुसन्धान एवं विकास तथा नवाचारलाई बढावा दिन 6-जी टीएचजेड टेस्टबेड र अडभान्स्ड अप्टिकल कम्युनिकेशन टेसबेड नामक दुईवटा टेस्टबेडलाई वित्तपोषित गर्नु, 
- देशमा क्षमता निर्माण अनि 6-जी रेडी शैक्षणिक अनि स्टार्टअप परितन्त्र निर्माणको निम्ति वित्त वर्ष 2023-24 मा भारतभरीका शैक्षणिक संस्थानमा 100 5-जी प्रयोगशालालाई स्वीकृति, 
- 6-जी प्रौद्योगिकीको निम्ति वैश्विक रोडम्याप अनुरूप अनुसन्धान एवं नवाचारलाई बढावा दिन 6-जी नेटवर्क परितन्त्रमाथि 104 अनुसन्धान प्रस्तावलाई स्वीकृति। 
भारत 6-जी एलायन्स
भारत 6-जी एलायन्स (बी-6-जी-ए) भारतीय उद्योग, दूरसञ्चार सेवा प्रदाता, शिक्षा जगत, राष्ट्रिय अनुसन्धान संस्थान अनि मानक सङ्गठनहरूको एउटा पहल हो। सरकार अनि उद्योगद्वारा समर्थित यसले उन्नत सञ्चार प्रौद्योगिकीका लागि आत्मनिर्भर, विश्व स्तरमा प्रतिस्पर्धी परितन्त्र बाउन स्वदेशी 6-जी अनुसन्धान अनि विकासलाई बढावा दिन्छ। अत्याधुनिक प्रयोगशाला अनि मल्टी चिप मोड्युल, एसओसीएस र उन्नतआइओटी अनुप्रयोगमाथि नवाचारमाथि ध्यान केन्द्रित गर्दै भारतको लक्ष्य वैश्विक 6-जी आन्दोलनको नेतृत्त्व गर्नुरहेको छ। बी-6-जी-ए एउटा उद्योगको नेतृत्त्व रहेको निकाय हो, जसलाई सरकारले सुविधा प्रदान गर्दछ भने यसले सार्वजनिक/ निजी कम्पनी, शिक्षा जगत, अनुसन्धान संस्थान अनि मानक विकास सङ्गठनसहित प्रौद्योगिकी क्षेत्रका हितधारकलाई सहयोगी मञ्च प्रदान गर्दछ। भारत 6-जी एलायन्सले 6-जीको विभिन्न डोमेन, जस्तै स्पेक्ट्रम, प्रौद्योगिकी, अनुप्रयोग, हरित तथा स्थायित्त्व एवं उपयोगको मामिलामा सातवटा कार्य समूह गठन गरेको छ। 
वैश्विक सञ्चारको भविष्यलाई पुनःपरिभाषित गर्ने दिशामा एक कदम अघि बढाउँदै, भारतले 6-जी एलायसन्लले नेक्स्टजी एलायसन्स (अमेरिका), 6-जी आइए (युरोप) 6-जी फ्लेगशिप ओउलु युनिभर्सिटी (फिनल्याण्ड), 6-जी फोरम (दक्षिण कोरिया), एक्सजीएमएफ (जापान), एनजीएमएन एलायन्स (5-जी एसीआइए), युकेआइ एफएनआइ, युके टीआइएन, युरोपीय अन्तरिक्ष एजेन्सी (ईएसए) र 6-जी ब्रासिल (ब्राजिल) जस्ता अग्रणी अनुसन्धान गठबन्धनका साथ सहयोगात्मक अनुसन्धान एवं मानकीकरणको निम्ति सम्झौता ज्ञापनमा (एमओयु) हस्ताक्षर गरेको छ। राष्ट्रिय तालमेलको उपयोग गर्न यसको टीएसडीएसआइ र नासकमका साथ सम्झौता ज्ञापन छ। 6-जी अनुसन्धान गठबन्धनका साथ यस सम्झौताले ज्ञापन लचिलो आपूर्ति शृङ्खलासहित सुरक्षित अनि विश्वसनीय दूरसञ्चार प्रौद्योगिकीको विकास सक्षम बनाउनेछ। 

भारत को 6-G मिशन
भारतको 6-जी लक्ष्य आगामी पिँढीको बेतार सञ्चारमा वैश्विक अग्रणी बन्ने महत्त्वकाङ्क्षी परिकल्पनाका साथ शुरु भएको हो। यस परिकल्पनाले नवोन्मेषक, शोधार्थी, स्टार्टअप्स अनि नीति निर्माताको एउटा गतिशील परितन्त्रको उद्भवलाई प्रेरित गरेको छ भने सबै कनेक्टिभिटीलाई अघि बढाउनका लागि यो समर्पित छ। जसै-जसै यो मिशन आफ्नो आगामी चरणतर्फ अघि बढिरहेको छ र 6-जी-ले भारतलाई लाभान्वित मात्र नगरेर यहींबाट उत्पन्न होस् भन्ने कुरामा केन्द्रित भइरहेको छ। सहयोग अनि साझा उद्देश्यको माध्यमद्वारा, भारतले वैश्विक डिजिटल भविष्यमा नेतृत्त्वको निम्ति मार्ग प्रशस्त गरिरहेको छ। 

इण्डिया मोबाइल कङ्ग्रेस, 2025 मा ध्यानको केन्द्र भारत 
इण्डिया मोबाइल कङ्ग्रेस (आइएमसी), 2025 को समय आयोजित अन्तरराष्ट्रिय 6-जी सङ्गोष्ठी, 2025 आगामी पिँढीको सञ्चार प्रौद्योगिकीतर्फ भारतको यात्रामा महत्त्वपूर्ण कोशेढुङ्गा साबित भएको छ। यस कार्यक्रममा दूरसञ्चार नवातार, स्वदेशी अनुसन्धान एवं विकास र वैश्विक डिजिटल नेतृत्त्वमा देशको बढ्दो तागतमाथि प्रकाश पारिएको थियो। 

भारतको प्रौद्योगिकी आत्मनिर्भरतालाई अघि बढाउनु 
भारतको मेड इन इण्डिया 4-जी स्ट्याकलाई यसको प्रौद्योगिकी आत्मनिर्भरता अनि निर्यातको तयारीको दिशामा देशको महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रदरिशित गरियो। यसले स्वदेशी विकास “इण्डिया 6-जी भिजन, 2030”को जग राख्दछ, जसको उद्देश्य भविष्यको निम्ति तयार, सुरक्षित अनि विस्तारयोग्य दूरसञ्चार नेटवर्क बनाउनु रहेको छ। 
भारतको 6-जी मार्गचित्रमा वर्ष 2035 सम्म राष्ट्रिय सकल घरेलु उत्पादनमा यस क्षेत्रद्वारा करिब 1.2 ट्रिलियन अमेरिकी डलरको योगदान रहने लक्ष्य राखिएको छ। देशको लक्ष्य वैश्विक 6-जी पेटेन्टमा 10 प्रतिशत हिस्सादारी प्राप्त गर्नुरहेको छ, जसले दूरसञ्चार प्रौद्योगिकीको क्षेत्रमा भारत नवाचारको केन्द्रका रूपमा उदाइरहेको दर्शाउँछ। यसको समानान्तर, सङ्ग्रह सञ्चार बजार वर्ष 2033 सम्म तीन गुणा बढ्ने अनुमान छ, जसले भारतको अन्तरिक्ष आधारित कनेक्टिभिटी परितन्त्र सुदृढ बन्नेछ। 
विशेष ध्यान सहयोग अनि समावेशितामाथि 

सङ्गोष्ठीमा एउटा समावेशी अनि किफायती वैश्विक 6-जी ढाँचालाई आकार दिन बढी अन्तरराष्ट्रिय सहयोग, स्वदेशी अनुसन्धान एवं विकास र शिक्षा जगत, उद्योग अनि सरकारहरूबीच तालमेललाई बढावा दिन आह्वान गरिएको थियो। एउटा स्वदेशी दूरसञ्चार परितन्त्रको निर्माणमाथि जोड दिइएको थियो, जसलाई हालै भएको प्रगति जस्तै देशभरी एक लाख स्वदेशी 4-जी टावरको स्थापनाद्वारा समर्थित गरिएको थियो, जुन आगामी पिँढीको नेटवर्कका लागि सुदृढ बुनियादी पूर्वाधार विकसित गर्ने दिशामा महत्त्वपूर्ण कदम हो। 
यस मार्गदर्शक परिकल्पनामा भारतले प्रौद्योगिकीको उपभोकता हुनुदेखि बढी 6-जी क्रान्तिमा सहनिर्माता अनि सहनेता बन्नुपर्ने कुरामाथि जोड दिइएको छ, जसले घरेलु अनि वैश्विक, दुवै स्तरको आवश्यकताका लागि सञ्चारको भविष्यलाई आकार दिइरहेको छ। 

प्रमुख घोषणा अनि जारी गरिएको श्वेतपत्र 
यस कार्यक्रममा भारतको 6-जी तयारीमा तेजी ल्याउने उद्देश्यका साथ कैयौं महत्त्वपूर्ण परिणाम प्रस्तुत गरियो :
	- 6-जी सिद्धान्तमाथि एउटा संयुक्त घोषणा 10 अक्टोबर, 2025 को दिन जारी गरियो,
- भारत 6-जी एलायन्सद्वारा दुईवटा सम्झौता ज्ञापनमा (एमओयु) गरियो : 6 जी अनि सम्बद्ध प्रौद्योगिकीमा सहयोगात्मक अनुसन्धान अनि नवाचारलाई बढावा दिन एउटा नासकमका साथ र दोस्रो युरोपीय अन्तरिक्ष एजेन्सीका साथ,
- भारत 6-जी एलायन्सद्वारा चारवटा श्वेतपत्र पनि गरियो, जसले यस क्षेत्रको निम्ति रणनीतिक दिशा प्रदान गर्दछ :
	- भारतमा 6 जी को निम्ति स्पेक्ट्रम मार्गचित्र, 
- आगामी पिँढीको दूरसञ्चारलाई सशक्त बनाउनु, 
- एआइ र नेटवर्कको 5-जीसम्म विकास
- आरएफ सेन्सिङको निम्ति 6-जी स्थापत्य, सुरक्षा अनि एक्सपोजर फ्रेमवर्क
	
		
			| अन्तरराष्ट्रिय भारत 6-जी सङ्गोष्ठी 2025 मा भारत 6-जी, 6-जी एआइ, एटीआइएस नेक्स्ट जी एलायन्स र अन्यसहित अग्रणी वैश्विक गठबन्धनले 6-जीलाई वैश्विक सार्वजनिक वस्तुका रूपमा आकार दिन संयुक्त वक्तव्य जारी गरियो।  नयाँ दिल्ली घोषणामा 6-जी नेटवर्कलाई तल उल्लेखित प्रकारले तयार गर्ने पुष्टि गरियो : 
				विश्वसनीय अनि सुरक्षितलचिलो अनि भरोसायोग्यमुक्त अनि अन्तर सञ्चालनीयसमावेशी अनि किफायतीचिरस्थायी अनि वैश्विक रूपमा कनेक्टेड स्थलीय अनि गैर स्थलीय (उपग्रह, उच्च-उँचाई रहेको प्लेटफर्म) नेटवर्क एकिकरणको माध्यमद्वारा ऊर्जा दक्षता अनि सर्वव्यापी कभरेजमाथि ध्यान केन्द्रित ग्रदै स्थिरतालाई केन्द्रमा राखिएको छ। घोषणापत्रले निरन्तर कौशल विकासको आवश्यकता आलोकित गर्दै सबै हितधारक, सरकार, उद्योग अनि शिक्षा जगतसँग मिलेर काम गर्न आह्वान गर्दछ, जसबाट 6-जी समाजको उत्थान गर्नका अतिरिक्त कोही पनि पछि नछुटोस्। अन्तरराष्ट्रिय 6-जी सङ्गोष्ठी 2025 ले वैश्विक सहयोगलाई बढावा दिँदै स्वदेशी दूरसञ्चार क्षमतालाई अघि बढाउन भारतको प्रतिबद्धता पुष्टि गरेको छ। नवाचार, किफायत अनि समावेशितामा ध्यान केन्द्रित गर्दै भारतले आफ्नो “भारत 6-जी भिजन 2030” अनुरूप एउटा कनेक्टेड, आत्मनिर्भर अनि भविष्यको निम्ति तयार 6-जी परितन्त्रको मार्ग प्रशस्त गरिरहेको छ।  | 
	
 
भविष्यको निम्ति तयार 6-जी दूरसञ्चार परितन्त्रको निम्ति सरकारको पहल 
आगामी पिँढीको दूरसञ्चार क्षेत्रमा नवाचार, सहयोग अनि कौशललाई बढावा दिने पहलको माध्यमद्वारा 6-जी तयार परितन्त्रतर्फ भारत अघि बढिरहेको छ। यो प्रयास अत्याधुनिक समाधानलाई सक्षम बनाउने स्वदेशी अनुसन्धान, उद्योग-शैक्षणिक साझेदारी र स्टार्टअप समर्थनमा केन्द्रित छ। 
	- शैक्षणिक संस्थानहरूमा 100 5-जी प्रयोगशाला : 6-जी तयार नवाचार परितन्त्रको निर्माण 
उन्नत दूरसञ्चार प्रौद्योगिकीमा कौशल, अनुसन्धान अनि प्रयोगलाई बढावा दिनका लागि, भारत सरकारले देशभरी शैक्षणिक संस्थानहरूमा 100 5-जी प्रयोगशाला स्थापित गरेको छ। यसको प्रमुख उद्देश्य यस प्रकार छन् :
	- विद्यार्थी अनि शैक्षणिक समुदायमा 5-जी प्रौद्योगिकीमा दक्षता अनि सहभागिताको निर्माण गर्नु, 
- 5-जी वातावरणको उपयोग गर्ने विद्यार्थीका लागि युजी र पीजी स्तरमा परियोजनालाई सक्षम बनाउनु, 
- 5-जी उपयोगको मामिलामा विचार गर्नका साथै विकसित गर्नका लागि शैक्षणिक-उद्योग सहभागितालाई प्रोत्साहित गर्नु, 
- संस्थानका वरिपरी स्टार्टअप्स र एमएसएमईको निम्ति 5-जी परीक्षण सेटअपसम्म स्थानीय पहुँच प्रदान गर्नु, 
- भारतीय शिक्षा जगत अनि स्टार्टअप परितन्त्रलाई 6-जीको निम्ति तयार गर्नु।
 
	- दूरसञ्चार प्रौद्योगिकी विकास निधि (टीटीडीएफ) : दूरसञ्चारमा स्वदेशी अनुसन्धान एवं विकासलाई बढावा 
1 अक्टोबर 2022 को दिन शुरु गरिएको दूरसञ्चार प्रौद्योगिकी विकास निधि (टीटीडीएफ) योजनाको उद्देश्य 6-जी प्रौद्योगिकीसहित दूरसञ्चारमा नवाचार र अनुसन्धान एवं विकासमा तेजी ल्याउनु रहेको छ।
मुख्य कुरा :
	- 
	
		- दूरसञ्चार प्रौद्योगिकी विकास निधि योजना, ग्रामीण अनि सुदूरवर्ती क्षेत्रमा किफायती ब्रडब्याण्ड अनि मोबाइल सेवा सक्षम बनाउन दूरसञ्चार उत्पाद अनि समाधानका प्रौद्योगिकी अभिकल्प, विकास, व्यावसायिकरणमा सामेल घरेलु कम्पनी अनि संस्थानहरूका लागि अधिसूचित गरिएको छ। 
- यस योजनाको उद्देश्य दूरसञ्चार प्रौद्योगिकीमा अनुसन्धान एवं विकास (आर एवं डी) र नवाचारलाई वित्तपोषित गर्नु, भारतमा दूरसञ्चार परितन्त्रलाई बढाउन शिक्षा, स्टार्टअप, एमएसएमई, अनुसन्धान संस्थान र उद्योगहरूबीच सहयोगलाई बढावा दिनुरहेको छ। 
- टीटीडीएफ योजना अन्तर्गत 30 सेप्टेम्बर, 2025 सम्म, 5-जी र 6-जीसित सम्बन्धित ₹310.6 करोड बराबरको कूल 115 परियोजनालाई स्वीकृति दिइएको छ। यस अनुसन्धान एवं विकास परियोजनाको अवधि 1 देखि 5 वर्षसम्म रहनेछ। परियोजना हाल विकासको प्रारम्भिक चरणमा छ। 
 
 
	- भारत 6-जी एलायन्स : वैश्विक 6-जी नेतृत्त्वका लगि एकिकृत राष्ट्रिय प्रयास 
भारत 6-जी परिकल्पनालाई अघि बढाउनका लागि, भारतले उद्योग, शिक्षा जगत, स्टार्टअप्स, अनुसन्धान संस्थान अनि मानकिकरण निकायहरूलाई एक साथ ल्याउन भारत 6-जी एलायसन्स शुरु गरेको हो। यो गठबन्धन स्वदेशी नवाचारलाई सक्षम बनाउन र वैश्विक सहयोगलाई बढावा दिन केन्द्रित छ। 
	- 
	
		- जुलाई 2025 सम्म, गठबन्धनमा 80 भन्दा धेरै सदस्य सङ्गठन थियो, जसमध्ये 30 भन्दा धेरै स्टार्टअप्स सामेल छन्। 
- ज्ञानको वैश्विक आदान-प्रदान र संयुक्त विकासलाई बढावा दिन अन्तरराष्ट्रिय 6-जी गठबन्धनका साथ कैयौं सम्झौता ज्ञापनमा हस्ताक्षर गरिएको छ। 
- यसको लक्ष्य विश्वलाई जीवनको उच्च स्तरीय अनुभव प्रदान गर्न सर्वव्यापी, बुद्धिमान अनि सुरक्षित कनेक्टिभिटी प्रदान गर्नुरहेको छ। 
- यसको उद्देश्य ग्रामीण-शहरी विभाजनलाई पाट्नका साथै वैश्विक डिजिटल समावेशनलाई सक्षम बनाउनु रहेको छ। 
- अवधारणाको प्रमाणका लागि विचार चरण, र यसपछि भारत अनि वैश्विक समुदायका लागि प्रौद्योगिकी समाधान कार्यान्वित गरिनेछ। 
 
 
	- आइआइटी-बीमा प्रौद्योगिकी नवाचार केन्द्र : 6-जी तयार प्रौद्योगिकीमा अग्रणी 
अन्तरविषयी साइबर-भौतिक प्रणालीमाथि राष्ट्रिय मिशन (एनएम-आइसीपीएस) अन्तर्गत आइआइआइटी बङ्गलुरूमा एउटा प्रौद्योगिकी नवाचार केन्द्र स्थापित गरिएको छ, जसको ध्यान उन्नत सञ्चार प्रणालीमा केन्द्रित हुनका साथै यसले भविष्यको 6-जी नेटवर्कलाई आकार दिनेछ। 
	- 
	
		- यो केनन्द्र उन्नत सञ्चार प्रणालीको निम्ति समर्पित छ, जसले वर्तमान अनि भविष्यको राष्ट्रिय आवश्यकता अनि अन्तरराष्ट्रिय प्रवृत्तिलाई सम्बोधित गर्नेछ। 
- कभरेज, क्षमता अनि सेन्सिङलाई बढाउनका लागि पुनःविन्यासयोग्य बुद्धिमान सतह अनि ओ-आरएएन विशाल एमआइएमओको विकास। 
- मुख्य ध्यानकेन्द्रित क्षेत्रमा 5-जी एडभान्स्ड (5-जी+) तथा 6-जी प्रणाली अनि नेटवर्कका लागि प्रौद्योगिकीको निर्माण ब्लक डिजाइन र विकसित गर्नु सामेल छ। 
- स्वदेशी अनुसन्धानलाई प्राथमिकता दिइनेछ, जसबाट बौद्धिक सम्पदा (आइपी) सिर्जना हुँदछ, जस्तै वाणिज्यिक अनुप्रयोगका लागि उत्पाद आइपी। 
- उत्पाद आधारित नवाचारलाई बढावा दिन र आगामी 5-जी एडभान्स्ड अनि 6-जी मानकमा समावेशनलाई सुविधाजनक बनाउनका लागि पेटेन्ट (आइपीआर) उत्पन्न गर्नमाथि जोड। 
 
यी सबै पहलले मिलेर एउटा सुरक्षित, समावेशी अनि भविष्यरोधी (भविष्यमा कुनै पनि सम्भावित समस्या वा परिवर्तनको निम्ति तयार) डिजिटल बुनियादी पूर्वाधारलाई आकार दिइरहेको छ, जसले वैश्विक 6-जी दौडमा भारतको नेतृत्त्वलाई सुदृढता मात्र प्रदान नगरेर सबैको निम्ति सूचना, कनेक्टिभिटी अनि सेवासम्म समान पहुँचलाई पनि बढावा दिनेछ। स्टार्टअप्सलाई सशक्त बनाउका साथै प्रतिभाहरूलाई पोषित गरी वैश्विक साझेदारीहरूलाई बल प्रदान गरी, भारतले कनेक्टेड, आत्मनिर्भर अनि डिजिटल रूपमा समावेशी भविष्यको जग बसालिरहेको छ। 
निष्कर्ष
आगामी पिँढीको दूरसञ्चार प्रौद्योगिकीप्रति भारतको खोज आत्मनिर्भरता, नवाचार अनि वैश्विक सहयोगको परिकल्पनाबाट प्रेरित छ। अन्तरराष्ट्रिय भारत 6-जी सङ्गोष्ठी 2025 मा भएका चर्चा अनि घोषणाहरूले सुरक्षित, समावेशी अनि भविष्यका लागि तयार डिजिटल परितन्त्र विकसित गर्नका लागि देशको प्रतिबद्धलाई पुष्टि गरेको छ। भारत 6-जी एलायसन्स, दूरसञ्चार प्रौद्योगिकी विकास कोष जस्ता पहल अनि वैश्विक अनुसन्धान संस्थानहरूका साथ सक्रिय साझेदारीको माध्यमद्वारा भारत लगातार प्रौद्योगिकी अपनाउने देशको साटो प्रौद्योगिकी निर्माता अनि मानक निर्धारक देश बन्ने दिशामा अघि बढिरहेको छ।  
यस रणनीतिक पहलले घरेलु दूरसञ्चार परितन्त्रलाई सुदृढता मात्र प्रदान नगरेर भारतलाई वैश्विक 6-जी ढाँचामा प्रमुख योगदानकर्ताका रूपमा स्थापित गर्नेछ। किफायत, स्थायित्त्व अनि सर्वव्यापकतामाथि निरन्तर जोड दिनुले भारतको प्रौद्योगिकी प्रगति समाजको हरेक वर्गलाई लाभान्वित गर्नका साथै देशको वर्ष 2047 सम्म विकसित भारत बन्ने परिकल्पनालाई पनि बल प्रदान गर्ने सुनिश्चित गर्नेछ। 
 
सन्दर्भ :
टेकटार्गेट : https://www.techtarget.com/searchnetworking/definition/6G
सञ्चार मन्त्रालय :
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2027221
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2176270
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2110684
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2159196
https://www.pib.gov.in/PressReleseDetailm.aspx?PRID=2153062
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2128597
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2092929
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2093532
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2027221
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2143837
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2177814
https://ttdf.usof.gov.in/TTDF-Guidelines.pdf
भारत 6G एलायन्स :
https://bharat6galliance.com/bharat6G/public/assets/report/document_79664556.pdf
https://bharat6galliance.com/bharat6G/public/assets/report/B6GA-Annual-Report-2024-25.pdf
विज्ञान एवं प्रौद्योगिकी विभाग : https://comet.iiitb.ac.in/wp-content/uploads/2024/10/IIITB-COMET-Brochure-3.pdf
**********
एमपीएस/टीडब्ल्यूबी
                
                
                
                
                
                (Release ID: 2183852)
                Visitor Counter : 5