PIB Headquarters
azadi ka amrit mahotsav

आईएनएस विक्रान्त: भारतको पहिलो स्वदेशी विमानवाहक र नौसेना क्षमतामा कोसे ढुङ्गा


प्रविष्टि तिथि: 24 OCT 2025 7:15PM by PIB Gangtok

मुख्य तथ्यहरू:

  • आईएनएस विक्रान्त, भारतको पहिलो स्वदेशी विमानवाहक जहाज, २ सेप्टेम्बर २०२२ मा शुरू गरियो।
  • यसमा ७६% स्वदेशी सामग्री समावेश छ, जसमा एसएआईएलबाट प्राप्त ३०,००० टन स्टील पनि सामेल छ। यस परियोजनामा ५५० भन्दा बढ़ी ओईएमएस, १०० सूक्ष्म, लघु र मध्यम उद्यम (एसमएसएमई) को सहभागिता रहेको छ र यसले २,००० प्रत्यक्ष र १२,५०० अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ।
  • अत्याधुनिक अटोमेसनद्वारा सुसज्जित, यसमा ३० विमान को एयर विङ्ग सञ्चालन हुन्छ, जसमा मिग-29 के, कामोभ-31, एमएच-60 आर, मिग 29 केयूबी, चेतक र एएलएच  सामेल  छन्।
  • मार्च २०२५ मा गोवाबाट पश्चिमतर्फ २३० नौटिकल माइल टाड़ा  रहेको एमभी हेलन स्टारबाट घाइते कर्मचारीहरूलाई उद्धार गरेर आफ्नो बहुमुखी क्षमता प्रदर्शन गऱ्यो।  
  • यसले ५,००० घर परिवारहरूको लागि पर्याप्त विद्युत उत्पादन गर्न सक्छ।

परिचय

आईएनएस विक्रान्त देशको पहिलो विमानवाहक जहाज (आईएसी 1), आकांक्षाशील र आत्मनिर्भर भारतको गर्वित प्रतीकको रूपमा उभिएको छ। भारतीय नौसेनाको युद्धपोत डिजाइन ब्युरोले यसको डिजाइन गरेको हो र यसलाई कोचिन शिपयार्ड लिमिटेड (सीएसएल) द्वारा निर्माण गरिएको छ।  यसले देशमा अहिलेसम्म निर्माण गरिएको सबैभन्दा ठूलो युद्धपोतको रिकार्ड बनाएको छ। २ सेप्टेम्बर २०२२ मा माननीय प्रधानमन्त्रीद्वारा भारतीय नौसेनामा कमीशन गरिएको आईएनएस  विक्रान्त स्वदेशी क्षमता, संसाधन र सीपको प्रतीक हो।

भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले २०२५ को दीपावली भारतीय नौसेना जहाज (आईएनएस) विक्रान्तमा मनाएर भारतीय नौसेना कर्मचारी र सशस्त्र सेनाका जवानहरूको समर्पण र साहसको सम्मान गरे। यो भ्रमणले अग्रिम र रणनीतिक क्षेत्रहरूमा तैनाथ सैनिकहरूसँग दीपावली मनाउने उहाँको परम्परा जारी राख्यो, जसले युद्धका सबै क्षेत्रमा देशको सुरक्षा गर्ने व्यक्तिहरूसँग एकता र सहकार्यको नमूना प्रस्तुत गर्दछ। जहाजले प्रधानमन्त्रीलाई १९ देखि २० अक्टोबर २०२५ सम्म रातभरको समुद्री यात्रा (सोर्टी) का लागि आतिथ्य गऱ्यो। सो सोर्टीको अवधि निम्नलिखित गतिविधिहरू सम्पन्न गरियो:

  • दिन र रातको हवाई शक्ति प्रदर्शन
  • पनडुब्बी विरोधी रकेट प्रक्षेपण
  • रातको समयमा जहाजको आपूर्ति कार्य
  • नजिकको दुरीमा एन्टी-एयर फायरिङ प्रदर्शन
  • स्टीम पास र फ्लाइ पास
  • सांस्कृतिक कार्यक्रम र बराखाना
  • माननीय प्रधानमन्त्रीको सम्बोधन र क्रूसँग अन्तरक्रिया
  • समुद्रमा योग प्रदर्शन साथै विशेष बलहरूको प्रदर्शन

इतिहास र विकास

आईएनएस विक्रान्तले आफ्नो नाम भारतको पहिलो विमानवाहक जहाज आईएनएस विक्रान्त (आक 11) बाट लिएको हो, जुन १९९७ मा डिकमीशन गरिएको थियो। अघिल्लो आईएनएस विक्रान्तले १९६१ को गोवा मुक्ति अपरेसन र १९७१ को भारत–पाक युद्धमा महत्वपूर्ण भूमिका खेल्यो, र यसले भारतको नौसेनाको इतिहासमा गर्व गर्न लायकको स्थान प्राप्त गऱ्यो। वर्तमान आईएनएस  विक्रान्त, भारतको पहिलो स्वदेशी विमानवाहक जहाज (आईएसी 1), यसले यस्तो परम्परालाई अगाड़ि बढ़ाउँदछ जसले देशको नौसेना आत्मनिर्भरता र युद्धपोत निर्माण क्षमतामा एक महत्वपूर्ण कोसे ढुङ्गा प्रस्तुत गर्दछ।

निर्माणको सुरुवात: जहाजको कील २००९ को फरवरी महिनामा कोचिन शिपयार्ड लिमिटेडमा राखिएको थियो, जसले यसको निर्माणको औपचारिक शुरूवातलाई दर्शाउँदछ।

लञ्च र परीक्षणहरू: अगस्त २०१३ मा लञ्च गरिएको पहिलो समुद्री परीक्षणहरू अगस्त २०२१ मा शुरू गरियो।

डिजाइन: भारतीय नौसेनाको इन-हाउस युद्धपोत डिजाइन ब्युरो (WDB) द्वारा अवधारणाबद्ध र डिजाइन गरिएको छ।

कमीशनिङ: यसलाई २ सेप्टेम्बर २०२२ मा कोचिमा कमीशन गरिएको हो, जसले भारतलाई स्वदेशी रूपमा विमानवाहक जहाज डिजाइन र निर्माण गर्न सक्षम केही राष्ट्रहरू मध्ये एक बनायो।

स्वदेशी सामग्री: जहाजको ७६ प्रतिशत भाग स्वदेशी रूपमा निर्माण गरिएको छ, जसमा स्टील अथोरिटी अफ इन्डिया लिमिटेड (एसएआईएल) द्वारा आपूर्ति गरिएको लगभग ३०,००० टन विशेष स्टील पनि सामेल छ।

उद्योग सहभागिता: यस परियोजनामा ५५० भन्दा बढ़ी ओरिजिनल इक्विपमेन्ट निर्माता (ओईएम) र उप-ठेकेदारहरू साथै १०० सूक्ष्म, लघु र मध्यम उद्यम (एमएसएमई) को सहभागिता रहेको थियो।

रोजगार सिर्जना: लगभग २,००० व्यक्तिहरूले कोचिन शिपयार्ड लिमिटेडमा प्रत्यक्ष रूपमा रोजगार पाएका थिए भने लगभग १२,५०० व्यक्तिहरूले सम्बन्धित उद्योग र आपूर्तिकर्ताहरूमार्फत अप्रत्यक्ष रूपमा रोजगार पाएका थिए।

रक्षामा आत्मनिर्भरताको प्रतीक, आईएनएस विक्रान्त केवल एउटा युद्धपोतमात्र होइन। यो २१औँ शताब्दीमा भारतको परिश्रम, क्षमता, प्रभाव र प्रतिबद्धताको प्रमाण हो।

क्षमता र विशिष्टताहरू

आईएनएस विक्रान्तको प्राविधिक र सञ्चालन सम्बन्धि क्षमताहरू निम्न विशेषताहरूमा प्रतिबिम्बित छन्:

  • यो विमानवाहक जहाजको लम्बाइ २६२.५ मिटर र चौड़ाइ ६१.६ मिटर छ, र यसको विस्थापन लगभग ४५,००० टन रहेको छ।
  • यसलाई चारवटा ग्यास टर्बाइनद्वारा सञ्चालित गरिएको छ, जसले मिलेर लगभग ८८ मेगावाट विद्युत उत्पादन गर्दछ।
  • आईएनएस विक्रान्तले अधिकतम डिजाइन गरिएको २८ नट्स गतिमा यात्रा गर्नसक्छ।
  • यो जहाजमा लगभग १,६०० जनाको जनशक्ति बस्न सक्दछ, जसमा महिला अधिकारी र नाविकहरू समेत छन्, र यसमा लगभग २,२०० कक्षहरू रहेका छन्।
  • यसले शॉर्ट टेक-अफ बट अरस्टेड रिकभरी (एसटीओबीएआर)) प्रणाली मा सञ्चालन गर्दछ, जसले विमानलाई स्की-जम्पको माध्यमबाट उड़ान भर्ने र अरस्टर तारको सहायताले अवतरण गर्न अनुमति दिंदछ।
  • यो विमानवाहक जहाजले अधिकतम ३० वटा विमान राख्न सक्छ, जसमा मद 29 के लड़ाकु जहाज, मिग 29 केयूबी, चेतक, कामोभ 31, एमएच 60आर हेलिकोप्टर र एड्भान्स्ड लाइट हेलिकोप्टर (एएलएच) सामेल छन्।
  • जहाजले लगभग ५,००० घरपरिवारलाई विद्युत आपूर्ति गर्न पर्याप्त शक्ति उत्पादन गर्दछ, जसको भित्री तार कोचिदेखि काशीसम्म फैलिने प्रकारको लम्बाइ भएको छ।

आईएनएस विक्रान्तका उपलब्धिहरू

कमीशनिङ भएदेखि यता आईएनएस विक्रान्तले राष्ट्रको समुद्री क्षमताको आधार स्तम्भको रूपमा आफ्नो भूमिका दृढ़ बनाएको छ। यी उपलब्धिहरूलेमात्र जहाजको आधुनिक क्षमताहरू देखाउने छैनन्, तर सागर  ‘सागर’ (सेक्युरिटी एण्ड ग्रोथ फर अल इन द रिजन) दृष्टिकोणप्रति भारतको प्रतिबद्धतालाई पनि सुदृढ पार्छ, जसले इन्डो-प्यासिफिक क्षेत्रमा शान्ति, स्थिरता र सहकार्यलाई प्रवर्द्धन गर्दछ।

  • पहिलो समुद्री परीक्षण (४ अगस्त २०२१): आईएनएस विक्रान्तले कोचिबाट आफ्नो प्रारम्भिक यात्रा शुरू गऱ्यो, जसले प्रोपल्सन, नेभिगेशन र हतियार प्रणालीहरूको प्रमाणिकरण गर्‍यो र पूर्ण सञ्चालन तयारीको आधार तयार गऱ्यो।
  • एलसीए (नौसेना) र मिग-29के का पहिलो अवतरणहरू (फरवरी २०२३): विमानवाहक जहाजले स्वदेशी एलसीए  नौसेना र मिग-29के  जहाजहरूको पहिलो अवतरण सफलता हासिल गऱ्यो।
  • रातको अवतरण सञ्चालन (मई २०२३): आईएनएस विक्रान्तले रातको सफल अवतरणहरू सम्पन्न गऱ्यो, जसले चुनौतीपूर्ण परिस्थितिहरूमा जटिल मिसनका लागि तयारी प्रदर्शन गर्‍यो।
  • अन्तिम सञ्चालन अनुमति (जनवरी–नोभेम्बर २०२४): लड़ाकु विमान र हेलिकप्टरद्वारा दिन र रात दुवै सोर्टि सहित ७५० घण्टा भन्दा बढ़ी उड़ान सञ्चालनहरूले विमानवाहक जहाजको सञ्चालन तयारीलाई प्रमाणित गर्‍यो।
  • मिलन 24:  आईएनएस विक्रान्तले फरवरी २०२४ मा मिलन 24 मा सहभागिता जनाएको थियो, जुन भारतीय नौसेनाले आयोजना गरेको द्विवार्षिक बहुपक्षीय नौसेना अभ्यास हो। यसमा ६ वटा महादेशका ४७ मित्र राष्ट्रका वरिष्ठ नेतृत्वसहित ३६ भन्दा बढ़ी जहाज, दुईवटा पनडुब्बी र ५५ विमानहरूको सहभागिता रहेको थियो। यस कार्यक्रमले भारतीय महासागर क्षेत्रको प्राथमिक सुरक्षा साझेदारको रूपमा भारतको स्थिति पुनः पुष्टि गर्‍यो र भारतीय नौसेनाको संरचनालाई लडाइँका लागि तयार, विश्वासिलो, एकजुट र भविष्यका लागि तयार बलको रूपमा सुदृढ़ बनायो।

  • राष्ट्रपति भ्रमण र सञ्चालन प्रदर्शन (७ नोभेम्बर २०२४): भारतका माननीय राष्ट्रपतिले उड़ान, अवतरण, क्षेप्यास्त्र प्रदर्शन र फ्लीट म्यानोभरहरू अवलोकन गर्नुभयो, जसले आईएनएस विक्रान्तको समुद्री क्षमताको शक्तिशाली प्रतीकको रूपमा भूमिका पुष्टि गर्‍यो।
  • एक्सर्साइज वरुणा २०२५: आईएनएस विक्रान्तले एक्स-वरीणा २५ (भारतीय–फ्रान्सेली नौसेना द्विपक्षीय एक्सर्साइज) मा मार्च २०२५ मा क्यारियर स्ट्राइक समूह चार्ल्स डे गौलसँग सहभागिता जनाएको थियो। यसमा उन्नत पनडुब्बी विरोधी युद्ध र हवाई रक्षा अभ्यासहरू सम्पन्न गरियो, जसमा भारतीय नौसेनाको क्यारियर ब्याटल समूह र फ्रान्सेली नौसेना सीएसजी  को सहभागिता रहेको थियो।  
  • सञ्चालनात्मक उपलब्धि (मार्च २०२५): अरबी सागरमा आफ्नो तैनातीको अवधि, आईएनएस विक्रान्तले आईएनएस दीपकसँग मिलेर पानामा ध्वज भएको बल्क क्यारियर एमभी हेलन स्टार सम्बन्धि आपतकालीन परिस्थितिमा चाँड़ो प्रतिक्रिया जनायो। आईएनएस विक्रान्तको सि किङ हेलिकप्टरले चुनौतीपूर्ण मेडिकल उद्धार (एमईडीईभीएसी) सञ्चालन गऱ्यो, जसमा एमभी हेलन स्टारका तीनजना घाइते चालक दलका सदस्यहरूलाई आईएनएस  हंसा, गोवामा स्थानान्तरण गरियो।
  • थिएटर स्तर सञ्चालन तयारी अभ्यास (ट्रोपेक्स २०२५): भारतीय महासागर क्षेत्रमा भारतको सबैभन्दा ठूलो द्विवार्षिक अभ्यासमा सहभागी, जसमा १५० भन्दा बढ़ी युद्धजहाज, पनडुब्बी र विमानहरू समावेश थिए, र समुद्री युद्धका सबै क्षेत्रहरूको परीक्षण गरियो।
  • एक्सर्साइज कोंकण २०२५: मुम्बईको समुद्रपारि बेलायतको रोयल नेभीसँग द्विपक्षीय अभ्यास सञ्चालन गरियो, जसमा हवाई, सतही र पन-तल सञ्चालनहरू समावेश थिए।
  • अपरेशन सिन्दूर: विक्रान्त क्यारियर ब्याटल समूह अपरेशन सिन्दूरको अवधि भारतीय नौसेनाको आक्रामक निरोधक स्थितिको केन्द्रमा रहेको थियो। उत्तरी अरबी सागरमा तैनाथ यो समूहले दबाव सिर्जना गर्ने रणनीतिमा महत्वपूर्ण भूमिका खेलेको थियो, जसले पाकिस्तान नौसेनालाई रक्षात्मक स्थितिमा रहन बाध्य बनायो र तत्काल युद्धविरामको अनुरोध गर्न बाध्य बनायो।
  • समुद्रमा प्रधानमन्त्रीको दिन (अक्टोबर २०२५): दीवालीको अवसरमा जहाजले माननीय प्रधानमन्त्रीलाई १९ देखि २० अक्टोबर २०२५ सम्म रातभरिको समुद्री यात्रा (सोर्टी) का लागि आतिथ्य दियो।

आईएनएस विक्रान्त: मानवीय सहायता र विपद् राहत (एचएडीआर) को स्तम्भ

आत्मरक्षा र रणनीतिक सैन्य क्षमताभन्दा पर, विक्रान्तले मानवीय सहायता र विपद् राहत (एचएडीआर) अभियानहरूमा पनि एक शक्तिशाली साधन प्रमाणित भएको छ।

  • एचएडीआर अभियानका लागि रणनीतिक क्षमताहरू

विक्रान्त अत्याधुनिक प्रविधि र पूर्वाधारले सुसज्जित छ, जसले यसलाई विभिन्न अभियानका लागि बहुउद्देश्यीय प्लेटफर्म बनाउँदछ। यसको डिजाइनले मेशिनरी सञ्चालन, जहाज नेभिगेशन, र जीवनरक्षक प्रणालीमा उच्च स्तरको स्वचालन समावेश गरेको छ, जसले आपतकालीन तैनातीको समयमा यसको कार्यक्षमता बढ़ाउँदछ। विक्रान्तको एउटा उल्लेखनीय विशेषता यसको बलियो विद्युत उत्पादन प्रणाली हो, जसले लगभग ५,००० घरपरिवारका लागि आवश्यक विद्युत आपूर्ति गर्न सक्षम छ र यसले दुर्गम वा विपद् प्रभावित क्षेत्रमा दीर्घकालीन सञ्चालनलाई सहज बनाउँदछ। यस अतिरिक्त, विमानस्थल सुविधाहरूको व्यापक प्रयोगले यसलाई आपतकालीन अवस्थामा मोबाइल कमान्ड सेन्टर, अस्पताल, र आपूर्ति केन्द्रको रूपमा प्रयोग गर्न सक्षम बनाउँदछ।

 

  • भारतको क्षेत्रीय रणनीतिसँग सुसम्बद्धता

एचएडीआर अभियानहरूमा आईएनएस विक्रान्तको भूमिका भारतको व्यापक समुद्री रणनीतिसँग सुसम्बद्ध छ, विशेष गरी 'सागर' (सेक्युरिटी एण्ड ग्रोथ फर अस ईन द रिजन) पहलसँग यो सम्बद्ध छ। प्रकोप र आकस्मिक अवस्थामा भारतीय नौसेना मानवीय सहायता र विपद् राहत प्रदान गर्न अग्रपंक्तिमा रहँदै आएको छ। यी गतिविधिहरूले भारतीय महासागर क्षेत्रमा भारतलाई 'प्राथमिक सुरक्षा साझेदार' 'प्रथम उत्तरदायी'को रूपमा प्रतिष्ठा बढ़ाएको छ।

 

  • उद्धार अभियान

गोवा पश्चिम लगभग २३० नौटिकल माइल टाढ़ा पानामा ध्वज भएको एमभी हेलन स्टारबाट आएको आपतकालीन कलको जवाफमा, आईएनएस विक्रान्तको सि किङ हेलिकप्टरले चालक दलका तीनजना घाइते सदस्यहरूलाई सफलतापूर्वक एयरलिफ्ट गरी आईएनएस हन्सा पुर्‍यायो, जहाँ उनीहरूको चिकित्सा उपचार गरिएको थियो। यस अभियानले राष्ट्रिय समुद्र सीमाभन्दा पर पनि मानवीय सहायता र विपद् राहत (एचएडीआर) प्रति भारतीय नौसेनाको अडिग प्रतिबद्धता प्रदर्शन गर्‍यो।

भारतको समुद्री आत्मनिर्भरतामा एउटा कोसे ढुङ्गा

२०१४ देखि, भारतीय जहाज निर्माणस्थलहरूले नौसेनाका लागि ४० भन्दा बढ़ी स्वदेशी युद्धपोत र पनडुब्बीहरू डेलिभर गरिसकेका छन्  र प्रत्येक करिब ४० दिनमा नयाँ प्लेटफर्म समावेश भइरहेको छ। यसले देशको क्षमतावृद्धि र समुद्री सुरक्षा सुदृढ़ीकरणतर्फको जोश र उत्साहको साँचो प्रमाण प्रस्तुत गर्दछ। आईएनएस विक्रान्तको विकास र सञ्चालनले भारतीय नौसेनाको आत्मनिर्भरताको यात्रामा एक ऐतिहासिक अध्याय चिन्हित गर्दछ।

स्वदेशी डिजाइन र निर्माण

आईएनएस विक्रान्त भारतीय नौसेनाको वारशिप डिजाइन ब्युरो (डब्ल्यूडीबी) द्वारा डिजाइन गरिएको थियो र कोचिन शिपयार्ड लिमिटेड (सीएसएल) मा निर्माण गरिएको थियो। जहाजमा ठूलो संख्यामा स्वदेशी उपकरण र मेशिनरीहरू छन्, जसमा देशका प्रमुख औद्योगिक घराना जस्तै बीईल, बीएचईएल, जीआरएसई, केल्ट्रोन, किर्लोसकर, लार्सेन एण्ड टुब्रो, वार्त्सिला इन्डिया लगायत १०० भन्दा बढ़ी सूक्ष्म, लघु अनि मध्यम उद्यमहरू संलग्न छन्। जहाजको लागि स्वदेशी युद्धपोत ग्रेड स्टीलको विकास र उत्पादन नौसेना, डीआरडीओ र स्टील अथोरिटी अफ इण्डिया (एसएआईएल) बीचको साझेदारी मार्फत गरिएको थियो, जसले देशलाई युद्धपोत स्टीलमा आत्मनिर्भर बन्न सक्षम बनाएको छ।

समुद्री क्षमताहरूको सुदृढ़ीकरण

जुन २०२३ मा, भारतीय नौसेनाले आईएनएस विक्रान्त र आईएनएस  विक्रमादित्य सहित विभिन्न जहाज, पनडुब्बी र विमानहरूको बहु-जहाजीय सञ्चालनमार्फत आफ्नो शक्तिशाली समुद्री क्षमताहरू प्रदर्शन गऱ्यो, जसले समुद्री क्षेत्रमा भारतको प्राविधिक विशेषज्ञता प्रमाणित गर्‍यो।

रणनीतिक खरिद: राफेल–मरीन जेट

अप्रेल २०२५ मा  भारतले फ्रान्ससँग ६३,००० करोड़ रूपियाँको सम्झौतामा २६ राफेल–मरीन फाइटर जेट खरिद गर्ने समझदारी गरेको थियो, जसले विमान वाहकबाट सञ्चालन गर्नसक्ने क्षमता राख्दछ। यस खरिदमा पाइलट प्रशिक्षण, फ्लाइट सिमुलेटर, हतियार  र दीर्घकालीन मर्मतसम्भार समर्थन समावेश छ, साथै भारतीय रक्षा उत्पादन क्षमता बढ़ाउन प्रविधि हस्तान्तरण पनि समावेश गरिएको छ। राफेल–मरीन जेटहरूले आईएनेएस विक्रान्त र आईएनएस विक्रमादित्य दुवैको हवाई पंखालाई सुदृढ पार्दै अतुलनीय युद्ध तयारी सुनिश्चित गर्नेछन्।

स्वदेशी जहाज निर्माणमा प्रतिबद्धता

भारतीय नौसेनाको दोश्रो स्वदेशी विमानवाहक जहाजको दृष्टि र पूर्वी नौसेनाको कमाण्डलाई अझ सुदृढ़ बनाउन आईएनएस विक्रान्तलाई विशाखापट्टनममा तैनाथ गर्ने योजनाले यसको आत्मनिर्भरता र क्षेत्रीय सुरक्षाप्रति प्रतिबद्धतालाई अझ स्पष्ट पार्दछ। दिस्म्बर २०२४ सम्म, भारतमा १३३ भन्दा बढ़ी जहाज र पनडुब्बीहरू निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ, जसले भारतीय जहाज निर्माण क्षेत्रमा विकासलाई सुदृढ़ गर्दै भारतीय नौसेनालाई मुख्य स्तम्भको रूपमा राखेको छ। दिसम्बर २०२४ सम्म, नौसेनामा समावेश गर्न योजना बनाइएका ६४ युद्धपोतमध्ये ६३ वटा भारतमै निर्माण हुँदैछन्। यसमा भव्य आईएनएस विक्रान्त विमानवाहक जहाज र आईएनएस अरिहन्त तथा आईएनएस अरिघाट जस्ता आणविक पनडुब्बीहरू समावेश छन्।

निष्कर्ष

आईएनएस  विक्रान्त भारतको समुद्री पुनरुत्थानको दीर्घकालीन प्रतीकको रूपमा स्थापित छ, जहाँ स्वदेशी निर्माण गरिएको विमानवाहक जहाज समुद्रमा अघि बढ्दै राष्ट्रको सैनिक क्षमता प्रदर्शन गर्दछ। भारतीय नौसेनाको क्षेत्रीय सुरक्षा भूमिकालाई सुदृढ़ पार्नु मात्र नभएर, विक्रान्तले भविष्यका पुस्तालाई पूर्ण रक्षा स्वदेशीकरणतर्फ प्रेरित गर्दछ। भारतले इण्डो–प्यासिफिक क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ़ बनाउँदै जाँदा, यस जहाजले विश्वका शीर्ष रक्षा निर्यातक राष्ट्रहरूमध्ये एक बन्ने देशको महत्वाकांक्षा पनि उजागर गर्दछ। आईएनएस विक्रान्तले देशमा नयाँ आत्मविश्वास भर्नुका साथै राष्ट्रमा नयाँ विश्वास सिर्जना गरेको छ।

सन्दर्भहरू:

पत्र सूचना कार्यालय:

https://www.pib.gov.in/PressReleaseIframePage.aspx?PRID=1856230

https://www.pib.gov.in/Pressreleaseshare.aspx?PRID=1856121

https://www.pib.gov.in/PressReleaseIframePage.aspx?PRID=2113906

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=1856215

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2180962

https://www.pib.gov.in/newsite/PrintRelease.aspx?relid=98029

https://www.pib.gov.in/Pressreleaseshare.aspx?PRID=1768294

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=1742282

https://www.pib.gov.in/PressReleseDetail.aspx?PRID=1743815

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=1896759

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=1927354

https://www.pib.gov.in/PressReleseDetailm.aspx?PRID=2088180

https://www.pib.gov.in/PressReleaseIframePage.aspx?PRID=2071628

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2100813

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2175054

https://www.pib.gov.in/Pressreleaseshare.aspx?PRID=1845871

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2093018

https://www.pib.gov.in/PressReleaseIframePage.aspx?PRID=1931254

https://www.pib.gov.in/PressNoteDetails.aspx?ModuleId=3&NoteId=154353

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=21ADARaf24851

https://www.pib.gov.in/FactsheetDetails.aspx?Id=149099

https://www.pib.gov.in/FeaturesDeatils.aspx?NoteId=151135

https://www.pib.gov.in/newsite/erelcontent.aspx?relid=98029

https://static.pib.gov.in/WriteReadData/specificdocs/documents/2024/nov/doc2024117431801.pdf

****

एमपीएस/टीडब्ल्यूबी


(रिलीज़ आईडी: 2183011) आगंतुक पटल : 21
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Gujarati , Urdu , हिन्दी , Bengali , Odia