PIB Headquarters
azadi ka amrit mahotsav

एसओएआर – एआइ सञ्चालित शिक्षा अनि कौशल विकासलाई प्रोत्साहन


Posted On: 22 OCT 2025 10:25AM by PIB Gangtok

मुख्य बुँदा

  • एआइ तत्परताको निम्ति कौशल विकासको (एसओएआर) लक्ष्य कक्षा 6 देखि 12 सम्मका स्कूले विद्यार्थी अनि शिक्षकलाई एआइमा सक्षम बनाउनु रहेको छ, ताकि यस तेजीका साथ डिजिटल बनिरहेको संसारमा भविष्यको निम्ति तयार भारत निर्माण गर्नसकियोस्।
  • एसओएआरमा विद्यार्थीहरूका लागि 15 घण्टाको तीन लक्षित मोड्युल अनि शिक्षकहरूका लागि 45 घण्टाको एउटा स्वतन्त्र मोड्युल सामेल छ, जसमा एआइको नैतिक उपयोग अनि मशिन लर्निङको मौलिक अवधारणा जस्ता विषयमा ध्यान केन्द्रित गरिएको छ।
  • केन्द्रिय बजेट 2025-26 मा शिक्षाको निम्ति कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) उत्कृष्टता केन्द्र स्थापित गर्नका लागि ₹500 करोड आबन्टित गरिएको छ, जसको उद्देश्य एआइ सञ्चालित शिक्षा अनि नवाचारलाई बढावा दिनुरहेको छ।
  • जून 2025 सम्म, एनपीएस-2 अन्तर्गत एआइ डाटा इञ्जिनियर अनि मशिन लर्निङ ईञ्जिनियर जस्ता एआइसित सम्बन्धित भूमिकाको निम्ति वित्त वर्ष 2022-23 देखि वित्त वर्ष 2025-26 बीच 1,480 प्रशिक्षुलाई प्रशिक्षित गरिसकिएको थियो।

 

परिचय

एआइ, मशिन लर्निङ, डाटा विज्ञान अनि स्वचालनमा (अटोमेशन) प्रगतिका कारण वैश्विक कार्यबल एउटा गहन परिवर्तनको समयबाट गुज्रिरहेको छ। जसै-जसै एआइ स्वास्थ्य सेवा, वित्त, शिक्षा, विनिर्माण अनि सार्वजनिक सेवा जस्ता उद्योगमा अन्तरनिहित हुँदै गइरहेको छ, व्यापक एआइ साक्षरता अनि विशिष्ट प्रतिभाको तत्काल आवश्यकता पनि खट्किन थालेको छ। कौशल विकास अनि उद्यमिता मन्त्रालयको (एमएसडीई) एआइ तत्परताको निम्ति कौशल विकास (एसओएआर) कार्याक्रम एउटा रणनीतिक पहल हो, जसको उद्देश्य भारतको शैक्षिक व्यवस्थामा कृत्रिम बुद्धिमत्ता दक्षतालाई एकिकृत गर्नुरहेको छ। यो सरकारको वैश्विक तकनिकी प्रगतिमा अग्रणी हुनुको लक्ष्य अनुरूप छ। स्किल इण्डिया मिशन 10 साल पूरा भएको अवसरमा, जुलाई 2025 मा यस कार्यक्रमको शुरुवात गरिएको थियो। स्किल इण्डिया मिशनले 2015 देखि विभिन्न कौशल योजनाको माध्यमद्वारा मानिसहरूलाई सशक्त बनाएको छ, जसमा प्रधानमन्त्री कौशल विकास योजना (पीएमकेभीवाई) 4.0 अन्तर्गत एआ जस्तो उदीयमान क्षेत्र पनि सामेल गरिएको छ।

एसओएआरको मिशन – भविष्यलाई सशक्त बनाउनु

  • एआइ जागरूकतालाई बढावा दिनु : एसओएआर पहल स्कूले विद्यार्थी अनि शिक्षकहरूबीच एआइ साक्षरतालाई बढावा दिनुलाई प्राथमिकता दिन्छ। मशिन लर्निङको (एमएल) मूल तत्त्व अनि एआइको नैतिक उपयोग जस्ता मूलभूत एआइ अवधारणालाई प्रस्तुत गरी यस कार्यक्रमको उद्देश्य युवा शिक्षार्थीहरूमा जिज्ञासा अनि आकाङ्क्षा जगाउनु र उनीहरूलाई तकनिकी सञ्चालित भविष्यको निम्ति तयार गर्नुरहेको छ। शिक्षकहरूका लागि, एसओएआर वर्तमान पाठ्यक्रममा एआइ मोड्युल सामेल गर्नका लागि विशेष प्रशिक्षण प्रदान प्रदान गर्दछ, जसबाट प्रभावी सेवा भुक्तानी अनि उद्योगहरूको आवश्यकताका साथ समन्वय सुनिश्चित हुन्छ।
  • आर्थिक आत्मनिर्भरताको समर्थन : एसओएआरले युवाहरूलाई आइटी, डिजिटल नवाचार अनि एआइ-सञ्चालित उद्योगहरू जस्ता बढी माग भएका क्षेत्रको निम्ति कौशलले युक्त गरी भारतको आर्थिक आत्मनिर्भरताको (आत्मनिर्भर भारत) परिकल्पनालाई रणनीतिक रूपमा समर्थन गर्दछ। यो पहल पीएमकेभीवाई 4.0 जस्ता प्रमुख योजना अन्तर्गत राष्ट्रिय प्राथमिकता अनुरूप छ, जुन रोजगार क्षमता अनि उद्यमितालाई बढाउन उदीयमान तकनिकीको कौशल विकासमा केन्द्रित छ।
  • तकनिकी सञ्चालित भारतको निर्माण : एसओएआरको दीर्घकालिक दृष्टिकोण भारतलाई एआइको क्षेत्रमा एउटा वैश्विक अग्रणी देशका रूपमा स्थापित गर्नका साथै यसका लागि युवाहरूलाई एआइ सञ्चालित करिअर अनि उद्यमिताको निम्ति तयार गर्नुरहेको छ। एआइ साक्षर विद्यार्थी अनि शिक्षकहरूको प्रबल परितन्त्रलाई बढावा दिई, यस पहलको उद्देश्य एआइ विकास, डाटा विश्लेषण र तकनिकी नवाचारमा विभिन्न भूमिकाको निम्ति कुशल पेशेवरको समूह तयार गर्नुरहेको छ।

कृत्रिम बुद्धिमत्ता : भारतको शिक्षा परिदृश्यमा परिवर्तन

कृत्रिम बुद्धिमत्ताले नवाचारलाई बढावा दिनका साथै डिजिटल साक्षरतालाई बढाउँदै विद्यार्थीहरूलाई प्रौद्योगिकी सञ्चालित भविष्यको निम्ति तयार गरी शिक्षामा क्रान्ति ल्याइरहेको छ। राष्ट्रिय शिक्षा नीति (एनईपी), 2020 को सिफारिश अनुरूप, एआइलाई कक्षा अनि कौशल विकास रूपरेखामा सहजताका साथ एकिकृत गरिँदैछ। यस परिवर्तनलाई गति दिने केही प्रमुख विकास कार्यक्रम यस प्रकार छन् :

  • स्कूले पाठ्यक्रममा कृत्रिम बुद्धिमत्ता :

राष्ट्रिय शिक्षा नीति (एनईपी), 2020 ले विद्यार्थीहरूमा नवाचार अनि डिजिटल साक्षरतालाई बढावा दिनका लागि उचित चरणमा स्कूले पाठ्यक्रममा कृत्रिम बुद्धिमत्ता (एआइ) जस्ता समकालीन विषयलाई सामेल गर्नमाथि जोड दिन्छ। केन्द्रिय माध्यमिक शिक्षा बोर्डले (सीबीएसई) पहिले नै सम्बद्ध स्कूलहरूमा एआइलाई लिएर एउटा विषयका रूपमा लागू गरिरहेको छ। वर्ष 2019-20 शैक्षणिक सत्रदेखि कक्षा 9 मा शुरु गरी 2020-2021 सत्रदेखि कक्षा 11 सम्म विस्तारित गरियो भने यो विषय कौशल विकास र व्यक्तिगत शिक्षण उपकरण जस्ता व्यावहारिक अनुप्रयोगमाथि केन्द्रित छ।

  • एआइमा उत्कृष्टता केन्द्रको स्थापना :

भारत सरकारले शिक्षामा एआइ अपनाउन बढावा दिने प्रमुख पहलका रूपमा एआइ उत्कृष्टता केन्द्र स्थापना गरिरहेको छ। यसको उद्देश्य भारतीय भाषाहरूका लागि एआइको लाभ उठाउनु, कक्षाहरूमा आलोचनात्मक सोचलाई बढावा दिनु र पारम्परिक शिक्षण विधिको ठाउँमा “चकबोर्डदेखि चिपसेटसम्म” जस्ता तकनिकी सञ्चालित दृष्टिकोणलाई अघि बढाउनु रहेको छ।

यस्ता केन्द्रले एआइ पूर्वाधार अनि मानव संसाधन निर्माणको व्यापक राष्ट्रिय प्रयासलाई समर्थन गर्नेछ। यसमा अखिल भारतीय तकनिकी शिक्षा परिषद (एआइसीटीई) द्वारा अनुमोदित संस्थानहरूलाई विभिन्न शैक्षणिक पाठ्यक्रममा एआइलाई वैकल्पिक विषयका रूपमा सामेल गर्ने सिफारिश पनि छ।

भारतीय प्रौद्योगिकी संस्थानले (आइआइटी) उन्नत एआइ सम्बन्धित पाठ्यक्रम जस्तै डीप लर्निङ, मशिन लर्निङ र प्रेडिक्टिभ डाटा एनालिटिक्स प्रदान गरी यसलाई पूरक बनाउँदछ।

  • स्किल इण्डिया मिशनमा (एसआइएम) एआइ अनि डिजिटल लर्निङको एकिकरण :

भारत सरकारले भविष्यको निम्ति प्रशिक्षित कार्यबल तयार गर्न स्किल इण्डिया मिशनमा (एसआइएम) एआइ अनि डिजिटल लर्निङ कार्यक्रमलाई सक्रिय रूपमा सामेल गरिरहेको छ। यसको निम्ति प्रधानमन्त्री कौशल विकास योजना (पीएमकेभीवाई) 4.0, राष्ट्रिय प्रशिक्षुता संवर्धन योजना (एनएपीएस), औद्योगिक प्रशिक्षण संस्थान (आइटीआइ) र राष्ट्रिय कौशल प्रशिक्षण संस्थान (एनएसटीआइ) तथा स्किल इण्डिया डिजिटल हब (एसआइडीएच) प्लेटफर्म अन्तर्गत लक्षित पहल गरिँदैछन्।

पीएमकेभीवाई 4.0 : वर्ष 2015 मा शुरु गरिएको यो कार्यक्रम अल्पकालिक प्रशिक्षण, कौशल उन्नयन अनि पूर्ण शिक्षणको मान्यतामाथि केन्द्रित छ, जसमा कृत्रिम बुद्धिमत्ता (एआइ) जस्ता भविष्यको कौशललाई प्राथमिकता दिइन्छ।

एनएपीएस : हालै दोस्रो चरणमा प्रवेश गरेको राष्ट्रिय प्रशिक्षुता संवर्धन योजनाले (एनएपीएस-2), अगस्त 2016 देखि न्यूनतम निर्धारित राशिको 25% सम्म, अधिकतम ₹1,500 मासिक छात्रवृत्ति प्रदान गरी प्रशिक्षुतालाई समर्थन गर्दछ।

यो राशि प्रत्यक्ष लाभ अन्तरणको माध्यमद्वारा प्रदान गरिन्छ। एआइसित सम्बन्धित व्यवसाय अन्तर्गत वित्त वर्ष 2022-23 देखि वित्त वर्ष 2025-26 (जून 2025) सम्म, देशभरी 1,480 प्रशिक्षुलाई जोडियो, जसमा एआइ डाटा ईञ्जिनियर, मशिन लर्निङ ईञ्जिनियर अनि पाइथन एआइ प्रशिक्षु जस्ता भूमिका सामेल छन्।

मार्च 2025 सम्म, करिब 60 निजी प्रतिष्ठानले हाल एनएपीएस अन्तर्गत एआइसित सम्बन्धित पाठ्यक्रममा प्रशिक्षण प्रदान गरिरहेका छन्।

एसआइडीएच प्लेटफर्म : कौशल विकास अनि उद्यमिता मन्त्रालय अन्तर्गत कौशल विकासको एउटा व्यापक डिजिटल प्लेटफर्म हो, जसले भारतीय युवाहरूलाई सशक्त बनाउनका लागि विभिन्न विशेषज्ञता स्तरमा एआइ/ एमएल अनि डिजिटल प्रौद्योगिकीहरूमा उद्योगसँग प्रासङ्गिक पाठ्यक्रमका साथसाथै नोकरी अनि उद्यमिताको अवसर प्रदान गर्दछ।

एसओएआर : प्रासङ्गिकता अनि अपेक्षित परिणाम

स्किल इण्डिया मिशनका साथ रणनीतिक समन्वय : एसओएआरले युवाहरूलाई एआइ सञ्चालित क्षेत्रमा रोजगार क्षमता अनि उत्पादकता बढाउँदै आवश्यक डिजिटल कौशल प्रदान गर्न विद्यार्थीहरूका लागि लक्षित मोड्युल प्रदान गरी स्किल इण्डिया मिशनलाई समर्थन गर्दछ।

विकसित भारत परिकल्पनामा योगदान : यस कार्यक्रमले “सबैको निम्ति एआइ” पहलको माध्यमद्वारा वर्ष 2047 सम्म भारतलाई विकसित राष्ट्र बनाउने परिकल्पनालाई अघि बढाउँदछ। यसले तकनिकी कुशल कार्यबललाई बढावा दिन्छ, जसले राष्ट्रिय कौशल विकास रणनीतिमा बल दिइए जस्तै नवाचार अनि वैश्विक प्रतिस्पर्धालाई बढावा दिनका लागि एआइको लाभ उठाउँदछ।

डिजिटल समावेशलाई बढावा एसओएआरले स्किल इण्डिया डिजिटल हब जस्ता सुलभ प्लेटफर्ममा एआइ प्रशिक्षणलाई एकिकृत गरी शहरी ग्रामीण डिजिटल विभाजनलाई घटाउँदछ। यसले सरकारी अनि निजी स्कूलहरूमा डिजिटल कौशलसम्म समान पहुँच सुनिश्चित गर्दछ, जसबाट वञ्चित समुदाय सशक्त बन्दछ।

एआइ जागरूक विद्यार्थी अनि प्रशिक्षित शिक्षक : एसओएआरको उद्देश्य, नैतिक एआइ अनुप्रयोगमा सक्षम अनि सरकारी तथा निजी स्कूलका शिक्षकहरूलाई शिक्षण पद्धति उत्तम बनाउन कक्षामा एआइलाई व्यापक रूपमा अपनाउन सुनिश्चित गर्ने हिसाबले प्रशिक्षित गर्न एआइ जागरूक विद्यार्थीहरू तयार गर्नुरहेको छ।

एआइ करिअरमा रुचि बढाउनका साथै कौशल अन्तराल घटाउनु : एसओएआर कार्यक्रमको उद्देश्य व्यावहारिक कौशलको माध्यमद्वारा एआइ करिअरमा युवाहरूको रुचि बढाउनु रहेको छ। यसले समावेशी प्रशिक्षण प्रदान गरी उच्च माग भएको तकनिकी कौशलसम्म पहुँचलाई सक्षम बनाउँदै डिजिटल दक्षतामा शहरी-ग्रामीण अन्तरलाई घटाउँदछ।

निष्कर्ष

एआइ तत्परताको निम्ति कौशल विकास (एसओएआर) कार्यक्रम भारतलाई एआइ सञ्चालित शिक्षा अनि कार्यबल विकासमा वैश्विक देशका रूपमा स्थापित गर्ने दिशामा महत्त्वपूर्ण कदम हो। स्कूले पाठ्यक्रम अनि व्यावसायिक प्रशिक्षणमा एआइ साक्षरतालाई सामेल गरी, एसओएआरले विद्यार्थी अनि शिक्षकहरूलाई आधुनिक कौशलद्वारा युक्त मात्र नगरेर नवाचार अनि प्रौद्योगिकीको नैतिक उपयोगको संस्कृतिलाई पनि बढावा दिन्छ। रणनीतिक साझेदारी अनि स्किल इण्डिया डिजिटल हब जस्ता प्लेटफर्मको माध्यमद्वारा यस कार्यक्रमले विविध सामाजिक-आर्थिक समूहमा पहुँच सुनिश्चित गर्दछ, ताकि भारतीय युवाहरूले तकनिकी अनि आर्थिक प्रगतिलाई गति प्रदान गर्नसकून्।  विकसित भारत @2047 परिकल्पनाको आधारशिलाका रूपमा एसओएआरले एउटा डिजिटल रूपमा समावेशी, प्रतिस्पर्धी अनि आत्मनिर्भर भारतको आधार राख्दछ, जुन वैश्विक नवाचारको भविष्यलाई आकार दिन तयार छ।

सन्दर्भ :

केन्द्रिय बजेट :

https://www.indiabudget.gov.in/doc/bh1.pdf

पत्र सूचना कार्यालय :

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2153010

https://www.pib.gov.in/PressReleseDetailm.aspx?PRID=2147048

https://www.pib.gov.in/Pressreleaseshare.aspx?PRID=1704878

शिक्षा मन्त्रालय :

https://www.education.gov.in/sites/upload_files/mhrd/files/PIB2132184.pdf

कौशल विकास एवं उद्यमिता मन्त्रालय :

https://www.skillindiadigital.gov.in/home

https://sansad.in/getFile/loksabhaquestions/annex/184/AU2748_0eg8Dq.pdf?source=pqals

https://www.apprenticeshipindia.gov.in/

अन्य :

https://www.cprgindia.org/Padh-AI-Conclave/image/pdf/PADHAI-CONCLAVE-BROCHURE.pdf

*******

एसके/आरके


(Release ID: 2181503) Visitor Counter : 7