PIB Headquarters
विद्युतीय उपकरणको क्षेत्रमा भारतको तीव्र प्रगति
२०२४–२५ मा उत्पादन ११.३ लाख करोड़ रूपियाँ पुग्यो, १० वर्षमा ६ गुणा वृद्धि
Posted On:
11 OCT 2025 2:23PM by PIB Gangtok
मुख्य बुँदाहरू:
- विद्युतीय उपकरणहरूको उत्पादनमा वद्धि भएर २०१४–१५ मा १.९ लाख करोड़ रूपियाँ बाट बढ़ेर २०२४–२५ मा ११.३ लाख करोड़ पुगेको छ।
- मोबाइल फोन निर्यात १२७ गुणाले वृद्धि भएर २०१४–१५ मा १,५०० करोड़ रूपियाँबाट २०२४–२५ मा २ लाख करोड़ रूपियाँ पुगेको छ।
- भारत अहिले विश्वको दोस्रो ठूलो मोबाइल फोन उत्पादक देश बनेको छ।
- पछिल्लो १० वर्षमा विद्युतीय उपकरणहरूको उत्पादन क्षेत्रमा २५ लाख रोजगारी सिर्जना भएको छ।
|
परिचय
विद्युतीय उपकरण, नवीनता र आर्थिक वृद्धिको इन्जिन बन्न पुगेको छ, जसले विश्वका अर्थतन्त्रहरूलाई अघि बढाइरहेको छ र प्रविधिको स्वरूपलाई पुनः परिभाषित गरिरहेको छ। विश्वभरि, यो क्षेत्रले सञ्चार, स्वचालन र जड़ानमा प्रगति गराउँदैछ, जसले समाजहरू कसरी बस्छन्, काम गर्छन् र आपसमा अन्तक्रिया गर्छन् भन्ने तरिकामा परिवर्तन ल्याइरहेको छ।
भारतले अत्यन्तै तीव्र रूपमा आफूलाई एउटा प्रमुख विद्युतीय उपकरणहरूको उत्पादन केन्द्रको रूपमा रूपान्तरण गरेको छ, जसले विगत १० वर्षमा उत्पादनमा लगभग ६ गुणा वृद्धि हासिल गरेको छ। यस क्षेत्रले केवल औद्योगिक आधारलाई विस्तार गरेको छैन, तर पछिल्लो १० वर्षमा २५ लाख रोजगारी पनि सिर्जना गरेको छ, जसले रोजगारी र आर्थिक वृद्धिमा यसको महत्वपूर्ण भूमिका दर्शाउँदछ। सरकारी रणनीतिक पहलहरू र बलियो नीतिगत समर्थनले स्थानीय उत्पादनमा थप वृद्धि गरेको छ, निर्यात विस्तार गरेको छ, र विश्वव्यापी लगानी आकर्षित गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
वर्ष २०३०–३१ सम्ममा ५०० अर्ब डलरको स्वदेशी विद्युतीय उपकरणहरू उत्पादन प्रणाली निर्माण गर्ने महत्वाकांक्षी लक्ष्यसहित, भारत विश्वका लागि नवप्रवर्तन गर्ने तथा आफ्नै देशभित्र विशाल अवसरहरू सिर्जना गर्ने क्रममा विश्वको एउटा प्रविधि नेतृत्वकर्ता रूपमा अघि आउने तयारीमा छ।
विद्युतीय उपकरणहरूको उत्पादन र निर्यातको परिदृश्य
भारत मेक इन इण्डिया र आत्मनिर्भर भारत जस्ता पहलहरूले प्रेरित हुँदै, तीव्र गतिमा विश्वव्यापी रूपमा विद्युतीय उपकरणहरूको उत्पादन केन्द्रको रूपमा रूपान्तरण भएको छ। दृढ़ नीतिगत समर्थन, प्रविधिमा भएको प्रगति, र दक्ष जनशक्तिको बलमा, देशको उत्पादन र निर्यात दुबै अभूतपूर्व स्तरमा पुगेको छ।
मुख्य उपलब्धिहरू:
- विद्युतीय उपकरणहरूको उत्पादन २०१४–१५ मा १.९ लाख करोड़ रूपियाँबाट बढ़ेर २०२४–२५ मा ११.३ लाख करोड़ रूपियाँ पुगेको छ, जुन लगभग ६ गुणा वृद्धि हो।
- सोही अवधिमा निर्यात ३८,००० करोड़ रूपियाँ बाट बढ़ेर ३.२७ लाख करोड़ रूपियाँ पुगेको छ, जुन आठ-गुणा वृद्धि हो।
- पछिल्लो १० वर्षमा भारतको विद्युतीय उपकरणहरूको उत्पादन क्षेत्रमा २५ लाख रोजगारी सिर्जना भएको छ।
- वित्तीय वर्ष २०२०–२१ देखि हालसम्म भारतले विद्युतीय उपकरणहरूको उत्पादन क्षेत्रमा ४ अर्ब अमेरिकी डलरभन्दा बढ़ी प्रत्यक्ष एफडीआई आकर्षित गरेको छ।
- वित्तीय वर्ष २०२४–२५ मा भारतका विद्युतीय उपकरणहरूको सामग्रीहरूको शीर्ष ५ निर्यात गन्तव्यहरू हुन्- संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, निदरल्याण्ड्स, संयुक्त अधिराज्य र इटाली।
|

उत्पादनमा आधारित प्रोत्साहन योजना (पीएलआई) जस्ता सहयोगी उपायहरू र व्यवसाय गर्न सहजताको सुधारले उत्पादन र निर्यातमा उल्लेखनीय वृद्धि ल्याएको छन्। विद्युतीय उपकरणहरूको उत्पादनमा भएको तीव्र वृद्धिले देशभरि महत्वपूर्ण रोजगारीका अवसरहरू सृजना गरेको छ, साथै भारतको विद्युतीय उपकरणहरूको क्षेत्र वैश्विक आपूर्ति श्रृंखलामा गहिरो रूपमा एकीकृत हुँदै गएको छ, जसले प्रतिस्पर्धात्मकता बढ़ाउनुका साथै विदेशी लगानी आकर्षित गरिरहेको छ।
मोबाइल निर्माण र निर्यात
भारतको मोबाइल फोन क्रान्तिले जनजीवन र जीविकोपार्जनलाई पुनः परिभाषित गरिरहेको छ। आज भारतका ८५ प्रतिशतभन्दा अधिक घर परिवारमा कम्तीमा एउटा स्मार्टफोन छ, जसले ब्याङ्किङ, शिक्षा, मनोरञ्जन, तथा सरकारी सेवाहरूको पहुँच जस्ता कुरामा प्रमुख उपकरणको रूपमा काम गरिरहेको छ। मोबाइल जड़ानले वित्तीय समावेशिता र डिजिटल सशक्तीकरणको एउटा शक्तिशाली साधनको रूपमा काम गरिरहेको छ, जसले भारतलाई विश्वकै सबैभन्दा जड़ित समाजहरूमध्ये एक बनाइदिएको छ।

मुख्य उपलब्धिहरू:
- मोबाइल फोन उत्पादन २०१४–१५ मा १८,००० करोड़ रूपियाँबाट बढ़ेर २०२४–२५ मा ५.४५ लाख करोड़ रूपियाँ पुगेको छ, जुन २८ गुणा वृद्धि हो।
- भारत अहिले विश्वको दोस्रो ठूलो मोबाइल फोन उत्पादक देश बनेको छ।
- भारतको मोबाइल निर्माण उद्योगले तीव्र गति लिएको छ — २०१४ मा केवल २ इकाइबाट बढ़ेर आज ३०० भन्दा धेर इकाइहरू भएका छन्।
- अहिले वार्षिक लगभग ३३० मिलियन मोबाइल फोन उत्पादन हुन्छ, र देशभरि १ अर्ब जति उपकरणहरू सक्रिय रूपमा प्रयोगमा छ।
- मोबाइल निर्यात १२७ गुणाले बढ़ेको छ, २०१४–१५ मा १,५०० करोड़ रूपियाँबाट बढ़ेर २०२४–२५ मा २ लाख करोड़ पुगेको छ।
- २०२४ मा भारतबाट एप्पलको निर्यातले नयाँ रिकार्ड बनाउँदै १,१०,९८९ करोड़ रूपियाँ (US$12.8 अर्ब) पुगेको छ, जसले १ लाख करोड़ रूपियाँको आँकड़ा पार गरेको छ र ४२% वार्षिक वृद्धि देखाएको छ।
- केवल वित्तीय वर्ष २०२५–२६ को पहिलो पाँच महिनामै, स्मार्टफोन निर्यात १ लाख करोड़ पुगेको छ, जुन पछिल्लो वर्षको सोही अवधिको तुलनामा ५५% वृद्धि हो।
- भारतले मोबाइल उत्पादनमा लगभग आत्मनिर्भरताको उपलब्धि हासिल गरेको छ। २०१४–१५ मा आवश्यकताको ७८% आयात गरिन्थ्यो, तर आज प्रायः सबै मोबाइलहरू स्वदेशमै उत्पादन भइरहेको छ।
- वित्तिय वर्ष २०२५–२६ को दोस्रो त्रैमासिकमा भारतले चीनलाई पछि पार्दै अमेरिकामा सबैभन्दा धेरै स्मार्टफोन निर्यात गर्ने देश बनेको छ।

आधुनिक उद्योगहरूको मेरुदण्डको रूपमा विद्युतीय उपकरण
विद्युतीय उपकरणहरू आधुनिक अर्थतन्त्रको मेरुदण्ड हो। घरदेखि अस्पतालसम्म, कारखानादेखि सवारी साधनसम्म, यसले दक्षता, सहजता र नवप्रवर्तनलाई सक्षम बनाउँदछ। आज सबै प्रमुख क्षेत्रहरूले प्रदर्शन सुधार गर्न, सुरक्षा बढ़ाउन र उत्कृष्ट सेवा दिन विद्युतीय उपकरणहरूमा निर्भर गर्छन्। प्रविधिको विकाससँगै, उद्योगहरूमा प्रगति ल्याउन विद्युतीय उपकरणहरूको महत्व अझ बढ्दै गएको छ।
विद्युतीय उपकरणहरूले ठूलो भूमिका खेल्ने केही क्षेत्रहरू तल उल्लेख गरिएको छ:
उपभोक्ता विद्युतीय उपकरण
उपभोक्ता विद्युतीय उपकरणहरू अहिलेको दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ। प्रत्येक घरमा टेलिभिजन, फ्रिज, एअर कन्डिसनर, वाशिङ मशीन जस्ता उपकरणहरूमा उपभोक्ताको निर्भरता बढ़ेको छ। यस्ता उत्पादनहरूले घरमा सहजता, मनोरञ्जन र दक्षता ल्याउँदछ। उपभोक्ता विद्युतीय उपकरणहरू सस्तो हुँदै जानु र तिनीहरूको विविधता बढ्नुले करोडौं मानिसहरूको जीवनस्तर सुधार गर्न विद्युतीय उपकरणहरूले खेलिरहेको भूमिकालाई अझ प्रष्ट पार्दछ।
विद्युतीय घटकहरू
विद्युतीय घटकहरू सम्पूर्ण विद्युतीय उपकरण प्रणालीका आधार हुन्। यसले सामान्य घरेलु उपकरणदेखि लिएर जटिल औद्योगिक प्रणालीहरूसम्म सबै उपकरणहरूलाई शक्ति प्रदान गर्दछ। उपभोक्ता विद्युतीय उपकरण, रक्षा प्रणाली वा चिकित्सा उपकरणहरू उत्पादन गर्न कुनै पनि निर्माताहरूले यी अत्यावश्यक भागहरू बिना गर्न सक्दैन। यो उप-क्षेत्रको मजबूतीले सम्पूर्ण विद्युतीय उपकरण उद्योगको स्थायित्व र प्रतिस्पर्धात्मकता निर्धारण गर्दछ।
सवारी विद्युतीय उपकरणहरू
आधुनिक सवारी साधनहरू प्रदर्शन, सुरक्षा र जड़ानका लागि बढ्दो रूपमा विद्युतीय उपकरणहरूमा निर्भर छन्। विश्व विद्युतीय र स्मार्ट यातायाततर्फ उन्मुख हुँदै जाँदा सवारी विद्युतीय उपकरणहरूको माग तीव्र गतिमा बढ़ीरहेको छ। शहरीकरण र सफा यातायातको आवश्यकताले यो परिवर्तनलाई अझ तीव्र बनाइरहेको छ। सेन्सरदेखि इन्फोटेनमेन्ट प्रणालीसम्म, विद्युतीय उपकरणले सवारी साधनहरू कसरी सञ्चालन हुन्छन् र प्रयोगकर्तासँग कसरी अन्तरक्रिया गर्छन् भन्ने तरिकालाई रूपान्तरण गरिरहेको छ।
चिकित्सा विद्युतीय उपकरणहरू
जीवनशैलीसँग सम्बन्धित रोगहरूको वृद्धि र स्वास्थ्य सेवाको बढ़दो मागले चिकित्सा विद्युतीय उपकरणहरूको बजार विस्तार गरेको छ। अक्सिमिटर, ग्लुकोमिटर र डिजिटल मोनिटर जस्ता उपकरणहरू अहिले घरघरमा र अस्पतालहरूमा समान रूपमा सामान्य भएका छन्। चिकित्सा प्रविधिमा भएको नवप्रवर्तनले रोगको पहिचान, उपचार र बिरामी हेरचाहलाई सुधार गरिरहेको छ। बिद्युतीय उपकरणहरूले स्वास्थ्य सेवालाई अझ सहज, सटीक र बदलिंदो संसारको आवश्यकता अनुसार प्रतिक्रिया दिन सक्ने बनाएको छ।
विद्युतीय उपकरणहरूको उत्पादनका लागि प्रमुख सरकारी पहलहरू
भारतको विद्युतीय उपकरणहरूको उद्योग दृढ़ नीतिगत समर्थन र लक्षित सरकारी पहलहरूको आधारमा विकसित हुँदै आएको छ। यी कार्यक्रमहरूको उद्देश्य विश्वस्तरीय प्रतिस्पर्धात्मक उत्पादन प्रणाली निर्माण गर्नु, लगानी आकर्षित गर्नु, ठूलो मात्रामा रोजगार सिर्जना गर्नु तथा भारतको भूमिकालाई विश्व मूल्य शृंखलामा थप बलियो बनाउनु हो।
उत्पादन-आधारित प्रोत्साहन (पीएलआई) योजना
१.९७ लाख करोड़ रूपियाँको बजेट सहितको उत्पादन-आधारित प्रोत्साहन (पीएलआई) योजना १४ वटा प्रमुख क्षेत्रहरूमा लागू गरिएको छ, जसमा विद्युतीय उपकरणहरू र आईटी हार्डवेयर पनि समावेश छन्। यस योजनाले कम्पनीहरूलाई उत्पादन वृद्धि गर्न, नयाँ प्रविधि अप्नाउन र निर्यात विस्तार गर्न प्रोत्साहित गर्दछ।
ठूला स्तरको विद्युतीय उपरकरण उत्पादन र आईटी हार्डवेयरका लागि पीएलआई योजना
१३,१०७ करोड़ रूपियाँ को लगानी आकर्षित
- सिर्जित उत्पादन: ८.५६ लाख करोड़ रूपियाँ
- हासिल गरिएको निर्यात: ४.६५ लाख करोड़ रूपियाँ
१.३५ लाखभन्दा बढी प्रत्यक्ष रोजगार सिर्जना
*डेटा जुन २०२५ सम्मका लागि
|
पहिले उल्लेख गरिए अनुसार भारतले वित्तिय वर्ष २०२०-२१ देखि विद्युतीय उपकरणहरूको उत्पादनको क्षेत्रमा ४ अर्ब अमेरिकी डलरभन्दा बढ़ी एफडीआई आकर्षित गरेको छ। यसमध्ये झण्डै ७०% एफडीआई उत्पादन-आधारित प्रोत्साहन (पीएलआई) योजनाका लाभार्थीहरूले योगदान गरेका हुन्।
विद्युतीय उपकरणका घटकहरू र सेमीकन्डकटरहरूको उत्पादन प्रवर्द्धन योजना (ससपीईसीएस)
एसपीईसीएस योजनाले प्रमुख इलेक्ट्रोनिक वस्तुहरूको उत्पादनमा लगानी गरिएको पूँजीगत खर्चमा २५ प्रतिशत आर्थिक प्रोत्साहन प्रदान गर्दछ। यसले आपूर्ति श्रृंखलाका महत्वपूर्ण दूरीलाई कम गर्न, स्थानीय उत्पादनलाई प्रोत्साहन दिन र भारतलाई संयोजन आधारित उत्पादन प्रणालीबाट उच्च मूल्य अवयवहरू उत्पादनतर्फ रूपान्तरण गर्न सहयोग पुर्याउँदछ।
विद्युतीय उपकरणहरूको उत्पादन प्रवर्द्धन योजना (ईसीएमएस)
१ मई २०२५ मा मन्त्री परिषद्ले स्वीकृति दिएको ईसीएमएस योजनाको वित्तीय बजेट २२,९१९ करोड़ रूपियाँ रहेको छ। यस योजनामा हालसम्म २४९ वटा आवेदन प्राप्त भइसकेका छन्, जसले उद्योग क्षेत्रको मजबुत चासोलाई दर्शाउँदछ। अनुमानित लगानी प्रतिबद्धता १,१५,३५१ करोड़ रूपियाँ रहेको छ, जुन प्रारम्भिक लक्ष्य ५९,३५० करोड़ रूपियाँको लगभग दोब्बर हो।

यस योजना अन्तर्गत आउँदो ६ वर्षमा १०,३४,७०० करोड़ रूपियाँ बराबरको उत्पादन हुने अपेक्षा गरिएको छ, जुन प्रारम्भिक लक्ष्य ४,५६,००० करोड़ रूपियाँको २.२ गुणा हो। यस योजनाबाट १,४२,००० प्रत्यक्ष रोजगार सिर्जना हुने अनुमान गरिएको छ, जुन लक्ष्य गरिएको ९१,६०० भन्दा धेरै हो। साथै अप्रत्यक्ष रूपमा पनि धेरै रोजगार सिर्जना हुने अपेक्षा गरिएको छ। यस योजनाले ठूलो स्तरमा रोजगार र आर्थिक वृद्धि प्रवर्द्धन गर्ने सम्भावना राख्दछ भन्ने कुरालाई दर्शाउँदछ।
यो व्यापक प्रतिक्रियाले विश्व मञ्चमा भारतको बढ़दो प्रतिष्ठा र देशको विद्युतीय उपकरण उद्योगमा, विशेष गरी, लघु तथा मध्यम उद्यमहरू (एसएसएमई) मा, बढ़दो विश्वासलाई प्रतिबिम्बित गर्दछ। १ मई २०२५ देखि शुरु भएको तीन महिनाको प्रारम्भिक आवेदन अवधि ३० सेप्टेम्बर २०२५ सम्मका लागि विस्तार गरिएको थियो। ईसीएमएस योजनाले प्रधानमन्त्रीको वर्ष २०३०–३१ सम्ममा ५०० अर्ब डलरको घरेलु विद्युतीय उपकरण निर्माण प्रणालीको दृष्टिकोणतर्फ भारतको यात्रालाई तीव्र पार्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय विद्युतीय उपकरण नीति (एनईपी) २०१९
राष्ट्रिय विद्युतीय उपकरण नीतिको उद्देश्य भारतलाई विद्युतीय उपकरण प्रणाली डिजाइन र निर्माण (ईएसडीएम) को लागि एउटा विश्वव्यापी केन्द्रको रूपमा स्थापित गर्नु हो। यसले वर्ष २०२५ सम्ममा ईएसडीएमबाट ४०० अर्ब डलर राजस्व प्राप्त गर्ने लक्ष्य लिएको छ। यस नीतिले नवप्रवर्तनलाई प्रवर्द्धन गर्दछ, डिजाइन-आधारित उत्पादनलाई प्रोत्साहन दिन्छ, र दीर्घकालीन औद्योगिक वृद्धि सुनिश्चित गर्न अनुसन्धान तथा विकासलाई समर्थन गर्दछ।
निष्कर्ष
भारतको विद्युतीय उपकरण तथा मोबाइल उत्पादन यात्राले महत्त्वाकांक्षा, नवप्रवर्तन, र विश्व प्रतिस्पर्धात्मकताको प्रतिबिम्ब प्रस्तुत गर्दछ। उत्पादनमा आधारित प्रोत्साहन योजना (पीएलआई), विद्युतीय उपकरणहरूको उत्पादन प्रवर्द्धन योजना (ईसीएमएस) र विद्युतीय उपकरणका घटकहरू र सेमीकन्डकटरहरूको उत्पादन प्रवर्द्धन योजना (ससपीईसीएस) जस्ता योजनाहरूले घरेलु उत्पादनलाई गति दिनका साथै आपूर्ति श्रृंखलालाई मजबुत बनाएर निर्यातमा वृद्धि गरेको छ। राष्ट्रिय विद्युतीय उपकरण नीति तथा "मेक इन इण्डिया" अन्तर्गतका पहलहरू सँगै, यी उपायहरूले रोजगार सिर्जना गर्नाका साथै लगानी आकर्षित गरेर भारतको प्राविधिक आत्मनिर्भरतामा टेवा पुर्याएको छ। निरन्तर नवप्रवर्तन र नीतिगत समर्थनको माध्यमबाट भारत वर्ष २०३०–३१ सम्ममा ५०० अर्ब डलर बराबरको घरेलु विद्युतीय उपकरण प्रणाली विकास गर्न र विद्युती उपकरण तथा मोबाइल प्रविधिको क्षेत्रमा विश्व नेतृत्व स्थान हासिल गर्न तयार अवस्थामा छ।
सन्दर्भ:
पीआईबी पृष्ठभूमि
इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय
सञ्चार मन्त्रालय
लघु, सूक्ष्म तथा मध्यम उद्योग मन्त्रालय
वाणिज्य तथा उद्योग मन्त्रालय
********
भिभि/एसए
(Release ID: 2178567)
Visitor Counter : 4