ग्रामीण विकास मन्त्रालय
azadi ka amrit mahotsav

केन्द्रीय मन्त्री श्री शिवराज सिंह चौहानद्वारा मध्यप्रदेशबाट आएकी ‘लखपती दिदीहरू र कृषकहरूसंग भेट


“लखपती दिदीहरू राष्ट्रको गौरव हुन् र विकासको वाहक हुन्” – श्री शिवराज सिंह चौहान

“सरकार हाम्रा कृषक दाजुभाइ तथा दिदीबहिनीहरूको कल्याणप्रति समर्पित छ” – केन्द्रीय कृषिमन्त्री

Posted On: 15 AUG 2025 7:31PM by PIB Gangtok

ग्रामीण विकास तथा कृषि एवं किसान कल्याण मन्त्री श्री शिवराज सिंह चौहानले आज आफ्नो नयाँ दिल्लीस्थित निवासमा मध्यप्रदेशबाट स्वतन्त्रता दिवस समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुन आएकी ‘लखपती दिदीहरू र कृषकहरूसंग भेट गरे।

यस अवसरमा ‘लखपती दिदी’हरूलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्रीले भने, “मेरो निवासमा तपाईहरूको आगमन मेरो लागि अत्यन्त खुशीको क्षण हो। मेरो जीवनको एकमात्र उद्देश्य भनेको देशकी प्रत्येक दिदी गरीबीबाट मुक्त बनून्, वार्षिक एक लाख रूपियाँभन्दा बढ़ी आम्दानी गर्ने लखपती बनून्, आत्मनिर्भर र सशक्त बनून् र राष्ट्रको प्रगतिमा सक्रिय भूमिका निर्वाह गरून्।”

 

उनले भने कि मध्यप्रदेशको मुख्यमन्त्री छँदा आफूले ‘लाड़ली बहना योजना’ मार्फत छोरीहरूका जीवनमा परिवर्तन ल्याउने प्रयास गरेका थिए। अब केन्द्रीय मन्त्रीको रूपमा, उनको प्रयास ‘लखपती दिदी’ हरूको अझ बढ़ी कल्याण सुनिश्चित गर्नेतर्फ केन्द्रित रहेको बताए।

श्री चौहानले दिदीहरूलाई सम्बोधन गर्दै भने कि उनीहरूले उत्कृष्ट कार्य गरी रहेका छन् तर अझ धेरै हासिल गर्न बाँकी छ। उनले भने, “लखपती दिदी बनेपछि अब तपाईंहरूको लक्ष्य करोड़पती दिदी बन्ने हुनुपर्छ। कुनै पनि काम गाह्रो वा असम्भव हुँदैन, मनमा दृढ संकल्प भएमा जुनसुकै लक्ष्य पनि प्राप्त गर्न सकिन्छ। मलाई पूर्ण विश्वास छ कि दिदीहरूले निरन्तर प्रगति गर्दै सफलता का नयाँ कथाहरू लेखिरहनुहुनेछ।”

केन्द्रीय मन्त्रीले थप भने कि लखपती दिदीहरू राष्ट्रको गौरव हुन् र ग्रामीण रूपान्तरणको साँचो वाहक। उनले भने, “तपाईंहरूको प्रयासले विकासको नयाँ चित्र कोर्न सक्छ। प्रयास जारी राख्नुहोस्, गाउँहरूमा नशामुक्तिको लागि काम गर्नुहोस्, म तपाईंहरूलाई पूर्ण समर्थन गर्नेछु। कम्तिमा पनि, गाउँहरूमा मद् मदीरा बिक्री नगर्ने सुनिश्चित गरौं।” उनले लैङ्गिक समानताको विषयमा पनि बोल्दै भने कि छोरा छोरीबीच कुनै पनि भेद्भाव हुनु हुँदैन। परिवारहरूले दुवैलाई समान रूपमा हुर्काउनुपर्छ, शिक्षा दिनुपर्छ र नैतिक तथा सांस्कृतिक मूल्यहरूको पनि समान शिक्षा दिनुपर्छ।

मध्यप्रदेशका विभिन्न जिल्ला र क्षेत्रबाट आएकी दिदीहरूले उत्साहपूर्वक आफ्ना अनुभवहरू साझा गरिन् र राष्ट्रिय ग्रामीण आजीविका मिशनमार्फत जीवनमा आएको परिवर्तनप्रति केन्द्रीय मन्त्रीप्रति आभार व्यक्त गरिन्। उनीहरूले भनिन् कि यो मिशनले उनीहरूको जीवन रूपान्तरण गरेको छ — जसले उनीहरूलाई आत्मनिर्भर, सशक्त, शिक्षातर्फ प्रेरित र आफ्नै पहिचान बनाउन सक्षम बनाएको छ,  जुन सबै यो मिशनकै कारण सम्भव भएको हो।

यस अवसरमा मध्यप्रदेशबाट आएका कृषकहरूले पनि केन्द्रीय मन्त्रीसंग अन्तरक्रिया गर्दै दिल्लीमा निम्तो दिएको र कल्याणकारी पहलहरूका लागि धन्यवाद व्यक्त गरे।

*******


(Release ID: 2157136)
Read this release in: English , Urdu , Hindi , Kannada