महिला तथा बाल विकास मन्त्रालय
राष्ट्रलाई अगाडि बढाउन महिला नेतृत्वको विकास अपरिहार्य : स्वतन्त्रता दिवसको सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभयो
पोस्ट गरियो:
15 AUG 2023 2:04PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज 77 औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्राचीरबाट बोल्दै महिलाको नेतृत्वमा विकासको महत्त्व र देशलाई अगाडि बढाउन यो कसरी आवश्यक छ भन्ने कुरामा जोड दिनुभयो। नागरिक उड्डयन क्षेत्रमा सबैभन्दा बढी महिला पाइलट रहेको भारतले आज गर्वका साथ भन्न सक्ने प्रधानमन्त्रीले स्मरण गराउनु भयो। चन्द्रयान मिशनको नेतृत्व महिला वैज्ञानिकहरूले पनि गरिरहेको छ, प्रधानमन्त्रीले थप्नुभयो।
प्रधानमन्त्रीले जी-20 मा महिला नेतृत्वको विकासको विषय आफूले अगाडि बढाएको र जी-20 देशले यसलाई स्वीकार गरेको अनि त्यसको महत्त्वलाई मान्यता दिइरहेको बताउनु भयो।
‘नारी सम्मान’ को कुरा गर्दै प्रधानमन्त्रीले आफ्नो एक विदेश भ्रमणको अनुभव सुनाउनु भयो, जहाँ त्यस देशका एक वरिष्ठ मन्त्रीले उनलाई भारतमा महिला विज्ञान र इञ्जिनियरिङ पढ्छन् कि भनेर सोधेका थिए। आज हाम्रो देशमा स्टेम (विज्ञान, प्रविधि, इञ्जिनियरिङ, गणित) को खोजीमा केटीको सङ्ख्या केटाभन्दा बढी छ र आज विश्वले हाम्रो क्षमतालाई हेरिरहेको छ भन्ने जवाफ दिनुभएको थियो।
*****
(रिलिज आईडी: 1949070)
आगन्तुक काउन्टर : 151