Technology
जैवचिकित्सा अनुसन्धानमा आधारित करियरमार्फत भारतीय विज्ञानको नयाँ सीमाहरू निर्माण
Posted On:
09 OCT 2025 3:21PM
मुख्य बुँदाहरू:
- जैविक चिकित्सा अनुसन्धान करियर कार्यक्रमको तेस्रो चरणको कुल खर्च १५०० करोड़ रहेको छ।
- यो पहलले २,००० भन्दा बढी अनुसन्धानकर्ताहरूलाई तालिम दिने लक्ष्य राखेको छ, उच्च प्रभाव भएका प्रकाशनहरू, पेटेन्ट गर्न सकिने आविष्कारहरू, र सहकर्मीहरूको मान्यता प्राप्त गर्ने उद्देश्य राखिएको छ।
- महिला वैज्ञानिकहरूलाई १०–१५% बढी समर्थन दिने लक्ष्य, साथै २५–३०% परियोजनाहरू प्रविधि तयारी स्तर ४ वा सो भन्दा माथिको स्तरमा पुर्याउने प्रयास, र टायर-२/३ शहरहरूमा पहुँच विस्तार गरिनेछ।
- दोस्रो चरणको कार्यक्रममा ९० वटा अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यता प्राप्त भएका थिए।
|
परिचय
भारत हाल एक जैव प्रौद्योगिकी केन्द्रित क्रान्तिको सङ्कटमा उभिएको छ, जहाँ जैवचिकित्सा अनुसन्धान राष्ट्रिय प्रगति र विश्व नेतृत्वको मेरुदण्ड बन्दै गएको छ। विगत एक दशकमा जैवप्रौद्योगिकी विभाग (डीबीटी)-ले आत्मनिर्भर भारत, स्वस्थ भारत, स्टार्टअप इण्डिया, मेक इन इण्डिया जस्ता राष्ट्रिय अभियानहरूसँग सहकार्य गर्दै नवप्रवर्तन, उद्यमशीलता, र क्षमता विकासलाई नेतृत्व दिएको छ। यी निरन्तर प्रयासहरूले भारतलाई विश्वकै सबैभन्दा तीव्र गतिमा विकास भइरहेको जैव-अर्थतन्त्र बनाएको छ।
यस गतिलाई अघि बढाउँदै केन्द्रीय मन्त्री परिषद्ले जैवचिकित्सा अनुसन्धान करियर कार्यक्रम (बीआरसीपी) को तेस्रो चरण २०२५–२६ देखि २०३०–३१ सम्म कार्यान्वयन गर्ने स्वीकृति दिएको छ, जसको सेवा अवधि २०३७–३८ सम्म रहनेछ। बीआरसीपीको उद्देश्य जैवचिकित्सा विज्ञान, क्लिनिकल, र सार्वजनिक स्वास्थ्य अनुसन्धानमा विश्वस्तरीय अनुसन्धान वातावरण तयार गर्नु हो। यो कार्यक्रमले विभिन्न चरणका वैज्ञानिकहरूलाई फेलोशिप र सहकार्य अनुदानमार्फत समर्थन गर्छ, जसले विशेष गरी भारतका प्रमुख सार्वजनिक स्वास्थ्य चुनौतीहरू समाधान गर्न उच्च-स्तरीय, नैतिक अनुसन्धानलाई प्रोत्साहित गर्दछ। यसले विविधता, समावेशिता, र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतालाई प्रोत्साहन गर्नुका साथै अनुसन्धानलाई कार्य, नवप्रवर्तन, र नीतिगत परिवर्तनमा रुपान्तरण गर्न सहयोग गर्दछ। जैवप्रौद्योगिकी विभागले युकेको वेलकम ट्रस्टसँग सहकार्य गर्दै २००८–०९ मा मन्त्री परिषद्को स्वीकृतिका साथ "डीबीटी/वेलकम ट्रस्ट इण्डिय एलायन्स" नामक विशेष प्रयोजन सवारी मार्फत बीआरसीपी शुरू गरेको थियो। यसले भारतमै आधारित रहेर विश्वस्तरीय जैवचिकित्सा अनुसन्धानका लागि अनुसन्धान फेलोशिपहरू प्रदान गरेको छ। पछि दोस्रो चरणको कार्यक्रम २०१८–१९ मा विस्तारित दायरासहित कार्यान्वयन गरिएको थियो, र अहिले तेस्रो चरणलाई मन्त्री परिषद्ले स्वीकृति दिएको छ।
जैव चिकित्सा अनुसन्धान करियर कार्यक्रमको महत्त्व
जैव चिकित्सीय पारिस्थितिकी प्रणालीले अनुसन्धान, क्लिनिकल नवप्रवर्तन, प्रविधि, र सार्वजनिक स्वास्थ्यका क्षेत्रहरूलाई समेट्दछ, जसबाट किफायती स्वास्थ्यसेवा, रोगप्रतिको राम्रो तयारी, पोषणमा सुधार, र व्यक्तिगत उपचार जस्ता लाभहरू प्राप्त हुँदछन्। तल दिइएको चित्रात्मक प्रतिनिधित्वले बहुआयामिक जैवचिकित्सीय पारिस्थितिकी प्रणालीका विविध फाइदाहरूलाई उजागर गरेको छ।

प्रयोगशालाबाट जनजीवनसम्म: भारतको जैविक चिकित्सा अनुसन्धान कार्यक्रमका मुख्य उद्देश्यहरू
जैव चिकित्सा अनुसन्धान करियर कार्यक्रमले भारतमा विश्वस्तरीय जैव चिकित्सा अनुसन्धान फेलोशिपहरू प्रदान गर्दछ। यस कार्यक्रमले उत्कृष्ट वैज्ञानिक प्रतिभा तयार गर्ने, बहु-शाखीय तथा रूपान्तरणमुखी अनुसन्धानलाई प्रवर्द्धन गर्ने, र अनुसन्धान व्यवस्थापन तथा प्रणालीहरूलाई बलियो बनाउँदै भारतका विभिन्न क्षेत्रहरूमा वैज्ञानिक क्षमताको असमानता घटाउने लक्ष्य राखेको छ। यस कार्यक्रमका मुख्य उद्देश्यहरू यस प्रकार छन्:
- विश्वस्तरीय अनुसन्धानकर्ताहरूलाई आकर्षित गर्ने, जसले भारतीय संस्थानहरू तथा विश्वविद्यालयहरूमा जैविक चिकित्सा र क्लिनिकल विज्ञानमा अनुसन्धान कार्यक्रमहरू स्थापना गर्न सकून्, साथै पूर्ण र दीगो अनुसन्धान करियर निर्माणमा टेवा पुर्याउन सकोस्।
- अत्याधुनिक अनुसन्धानमा लगानी गर्ने, जुन अन्तर्राष्ट्रिय स्तरको होस् र असाधारण प्रारम्भिक-करियरका अनुसन्धानकर्ताहरूलाई आत्मनिर्भरता र करियर उन्नतिको अवसर प्रदान गरोस्।
- खुला र नैतिक अनुसन्धान वातावरण प्रवर्द्धन गर्ने, जस अन्तर्गत अनुसन्धान व्यवस्थापन, विज्ञान प्रशासन, नियामक मामिला आदि जस्ता सहायक क्षेत्रहरूमा चेतना अभिवृद्धि र तालिम प्रदान गरिनेछ।
- इण्डिया एलायन्सको पहुँच विस्तार गर्ने, जस अन्तर्गत देशभरिका नयाँ क्षेत्रहरू र सेवा नपुगेका अनुसन्धान समुदायहरूमा गतिविधिहरू फैलाइनेछ।
बीआरसीपी दोस्रो चरण: ७००+ अनुदान र अन्तर्राष्ट्रिय मान्यता
बीआरसीपी दोस्रो चरण भारतमा जैवचिकित्सीय तथा क्लिनिकल विज्ञानका क्षेत्रमा विश्वस्तरीय प्रतिस्पर्धी अनुसन्धानकर्ताहरूलाई आकर्षित गर्ने उद्देश्यले डिजाइन गरिएको थियो। कार्यक्रमका पहिलो दुई चरणहरूमा महत्वपूर्ण सफलता प्राप्त गरिएको थियो। यस योजना अन्तर्गत जम्मा २,३८८ करोड़को लगानी गरिएको थियो, जसबाट ७२१ अनुसन्धान अनुदानहरू प्रदान गरिएको छ।
दोस्रो चरणको मिशनको उद्देश्य भारतमा अनुदान र संलग्नतामार्फत जैवचिकित्सीय अनुसन्धानलाई सक्षम बनाउनु थियो। दोस्रो चरण अन्तर्गतका उद्देश्यहरू यस प्रकार छ:
- अनुसन्धानकर्ताहरूलाई सशक्त बनाउने ताकि उनीहरूले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अग्रस्थान लिन सकून् र भारतका भावी नेतृत्वकर्ताका रूपमा उदाउन सकून्।
- अनुसन्धान व्यवस्थापनमा रहेका दूरी घटाउने, र विज्ञान र समाजबीचको सम्बन्धलाई बलियो बनाउने।
- विविधता, समावेशिता र पारदर्शिता सुनिश्चित गरेर विज्ञानमा उत्कृष्टता प्रवर्द्धन गर्ने।

भारतको जैवचिकित्सा क्षमताको विस्तार: बीआरसीपी तेस्रो चरणको रोडम्याप
जैवचिकित्सा अनुसन्धान करियर कार्यक्रमको तेस्रो चरणले विश्व स्तरीय जैवचिकित्सा अनुसन्धान क्षमता निर्माण गर्ने भारतको प्रतिबद्धताको एउटा महत्वपर्ण विस्तारलाई संकेत गर्दछ। यस चरणका प्रमुख विशेषताहरू यसप्रकार छन्:
वित्तीय विनियोजन र साझेदारी
यो कार्यक्रम कुल १,५०० करोड़को बजेटसहित कार्यान्वयन हुनेछ। यसमध्ये, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको जैवप्रविधि विभागले १,००० करोड़ सहयोग गर्नेछ। वेलकम ट्रस्ट यूकेले ५०० करोड़ सहयोग गर्नेछ। यो सह-निवेशमा आधारित विशेष मोडेलले भारतको अन्तर्राष्ट्रिय वैज्ञानिक सहकार्यमा प्रतिबद्धतालाई सुदृढ गर्दछ, साथै स्वदेशी अनुसन्धान प्रतिभाहरूलाई दीगो समर्थन सुनिश्चित गर्दछ।
समयसीमा र संरचना
- २०२५–२६ देखि २०३०–३१ : यो अवधि सक्रिय कार्यान्वयन चरण हुनेछ, जसमा नयाँ अनुसन्धान फेलोशिपहरू, सहकार्य अनुदानहरू, र क्षमता विकास कार्यक्रमहरू शुरू गरिनेछ।
- २०३१–३२ देखि २०३७–३८ : यो सेवा प्रदान गर्ने चरण हुनेछ, जस अन्तर्गत पहिले नै प्रदान गरिएका फेलोशिपहरू र अनुदानहरूको निरन्तर समर्थन गरिनेछ, ताकि दीर्घकालीन निरन्तरता र परियोजनाको सफल सम्पन्नता सुनिश्चित गर्न सकियोस्।
प्रतिभा आकर्षण र करियर समर्थन
बीआरसीपीको तेस्रो चरणले अनुसन्धानका विभिन्न चरणहरू र क्षेत्रहरूमा लक्षित समर्थन प्रदान गर्दै भारतको अनुसन्धान पारिस्थितिकी तन्त्रलाई अझ बलियो बनाउने लक्ष्य राखेको छ। मुख्य पहलहरू यसप्रकार छन्:
- प्रारम्भिक करियर र इन्टरमिडियट अनुसन्धान फेलोशिपहरू: आधारभूत, क्लिनिकल, र सार्वजनिक स्वास्थ्य अनुसन्धानमा प्रदान गरिने यी फेलोशिपहरू अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त छन्। यी फेलोशिपहरूले अनुसन्धानकर्ताहरूलाई करियरको प्रारम्भिक चरणमै क्षमता विकास गर्न सहयोग पुर्याउँदछ।
- सहकार्य अनुदान कार्यक्रम: करियर विकास अनुदान र उत्प्रेरक सहकार्य अनुदानहरू समेटिएको यो कार्यक्रमले भारतमा सफल अनुसन्धान अनुभव भएका प्रारम्भिकदेखि मध्यम सतरका वरिष्ठ अनुसन्धानकर्ताहरूको २–३ सदस्यीय टोलीलाई सहयोग प्रदान गर्दछ।
- अनुसन्धान व्यवस्थापन कार्यक्रम: मुख्य अनुसन्धान क्षमताहरूलाई सुदृढ गर्न केन्द्रित यो पहलले वैज्ञानिक परियोजनाहरूको पूर्वाधार, प्रशासन, र व्यवस्थापनलाई बलियो बनाउँछ।
यसका अतिरिक्त, तेस्रो चरणले मार्गदर्शन , सञ्जाल विस्तार, सार्वजनिक सहभागिता, तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय नवप्रवर्तनशील साझेदारीहरूको स्थापनामा जोड़ दिएको छ, जसले भारतमा जैवचिकित्सीय अनुसन्धानको समग्र प्रभाव र दिगोपनालाई बढावा दिन्छ। अनुसन्धानको मुख्य क्षमताहरू सुदृढ गर्न केन्द्रित छ।
अपेक्षित परिणामहरू
२,००० भन्दा बढी विद्यार्थीहरू र पोस्ट-डाक्टोरल फेलोहरूलाई तालिम प्रदान गरेर, उच्च प्रभाव भएका प्रकाशनहरू सक्षम गरेर, पेटेन्ट गर्न मिल्ने खोजहरू उत्पन्न गरेर अनि २५–३०% सहकार्य कार्यक्रमहरूलाई प्रविधि तयारी स्तर-४ वा सोभन्दा माथि पुर्याएर, चरण–तीनले भारतमा जैवचिकित्सा उत्कृष्टताका नयाँ मानकहरू स्थापना गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमले महिला वैज्ञानिकहरूलाई १०–१५% सम्म थप सहयोग प्रदान गर्नेछ, जसले भारतको अनुसन्धान पारिस्थितिक प्रणालीमा अझ समावेशिता प्रोत्साहित गर्नेछ।
यो पहल “विकसित भारत २०४७” को राष्ट्रिय दृष्टिकोणसँग प्रत्यक्ष रूपमा मेल खान्छ, र भारतलाई जैवचिकित्सा नवप्रवर्तन र अनुप्रयुक्त अनुसन्धानको एक विश्वव्यापी केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
नवप्रवर्तनबाट रूपान्तरणतर्फ: कार्यक्रमका दीर्घकालीन प्रभावहरू
विगत दुई दशकमा भारतका जैवचिकित्सा अनुसन्धान पहलहरूले उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ।
७० भन्दा बढी COVID-19 परियोजनाहरूलाई अनुदान
जैवचिकित्सा अनुसन्धान करियर कार्यक्रम (बीआरसीपी) ले डायग्नोस्टिक्स, थेराप्युटिक्स, खोपहरू र सहायक प्रविधिहरूमा किफायती र नवप्रवर्तनशील स्वास्थ्य समाधानहरू विकास गर्न बहु-आयामिक अनुसन्धानलाई समर्थन गर्दछ। यसले भारतको कोभिड-१९ अनुसन्धान प्रतिक्रियाका लागि एउटा रणनीतिक ढाँचा प्रदान गर्यो, जस अन्तर्गत १० वटा खोप उम्मेदवार, ३४ वटा निदान उपकरणहरू, र १० वटा उपचारात्मक हस्तक्षेपहरू समावेश थिए। जसले महामारीको आपतकालीन आवश्यकतालाई बीआरसीपीको दीर्घकालीन लक्ष्य भारतको जैवचिकित्सा नवप्रवर्तन पारिस्थितिकी प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसँग जोड़ेको थियो।
विश्वै पहिलो मुखको क्यान्सर सम्बन्धि जीनोमिक भेरिएन्ट डेटाबेस
डीबीटी-नेशनल इन्स्टिच्युट अफ बायोमेडिकल जिनोमिक्स (एनआईबीएमजी) ले dbGENVOC, विकास गरेको छ, जुन विश्वकै पहिलो सार्वजनिक रूपमा पहुँच योग्य मुखको क्यान्सर सम्बन्धि जीनोमिक भेरिएन्ट डेटाबेस हो। यसमा भारतीय बिरामीहरूबाट संकलन गरिएको २४ मिलियन भन्दा बढ़ी जीनोमिक भेरिएन्टहरू रहेका छन्, साथै विश्वव्यापी डेटा पनि समावेश गरिएको छ। यो डेटाबेसमा खोजी र विश्लेषणका लागि शक्तिशाली उपकरणहरू पनि उपलब्ध छ। dbGENVOC हरेक वर्ष भारत तथा दक्षिणपूर्वी एसियाबाट संकलित नयाँ डेटासहित अद्यावधिक गरिन्छ, र मुखको क्यान्सरका जैव मार्गहरूमा अनुसन्धान गर्न सहयोग पुर्याउँछ। विशेष गरी भारतका लागि यो अत्यन्तै महत्वपूर्ण छ, जहाँ तमाखु सेवनका कारण पुरुषहरूमा यो रोग सबैभन्दा सामान्य प्रकारको क्यान्सर हो। dbGENVOC ले जनसंख्या अनुसार विशेष जेनेटिक म्युटेसनहरू पहिचान गर्न मद्दत गर्दछ, जसले रोकथाम, निदान, र उपचारमा उल्लेखनीय सुधार ल्याउन सहयोग पुर्याउनेछ।
राष्ट्रिय एएमआर मिशन
एन्टीमाइक्रोबियल प्रतिरोध (एएमआर) मिशन रोगजन्य सूक्ष्मजीवहरूको निगरानीका लागि विश्व स्वास्थ्य संगठन (डबल्यूएचओ) सँगको सहकार्यमा शुरू गरिएको थियो। यसले एक स्वास्थ्य दृष्टिकोण अप्नाएर एन्टीमाइक्रोबियल प्रतिरोध विरुद्धको लडाइँलाई अघि बढाउँदछ। जस अन्तर्गत नयाँ एन्टिबायोटिक, वैकल्पिक समाधानहरू र निदान प्रविधिहरूमा अनुसन्धान तथा विकासको समर्थन, प्रतिरोधि सूक्ष्मजीवहरूको राष्ट्रिय बायो-रिपोजिटरी स्थापना, विश्व स्वास्थ्य संगठनसँग मिलेर भारतको एएमआर रोगजन्य सूक्ष्मजीवहरूको प्राथमिकता सूची तयार र एन्टीमाइक्रोबियल प्रतिरोध अनुसन्धान तथा विकासमार्फत विश्वव्यापी साझेदारीको माध्यमबाट औषधि-प्रतिरोधि सङ्क्रमणहरूसँग लड्न नवप्रवर्तनलाई सुदृढ पार्ने पहलहरू गरिन्छ।
बायोरेपोजिटरीहरू र क्लिनिकल ट्रायल सञ्जालहरू
भारतभरि बायोरिपोजिटोरीहरू र क्लिनिकल ट्रायल सञ्जालहरू स्थापना गरिएको छ, जसले अनुप्रयुक्त अनुसन्धानको पारिस्थितिक प्रणालीलाई सुदृढ बनाउँदछ। यी प्लेटफर्महरूले उच्च गुणस्तरका जैविक नमूना र डेटाको व्यवस्थित रूपमा संकलन, भण्डारण र साझेदारी गर्न सक्षम बनाउँदछ। यी संरचनाहरूले प्रयोगशालाबाट प्राप्त नवप्रवर्तनहरूलाई चाँड़ै क्लिनिकल प्रयोगमा रूपान्तरण गर्न सहयोग गर्दछ जसको प्रत्यक्ष लाभ बिरामीहरूलाई पुग्नेछ।
जैवचिकित्सा अनुसन्धानमा महिलाहरू
जैवचिकित्सा अनुसन्धानमा महिलाहरूको सहभागिता बढाउने प्रतिबद्धता स्वरूप, विभिन्न पहलहरू सञ्चालन गरिएको छ। बायोकेयर कार्यक्रमले महिला वैज्ञानिकहरूलाई पहिलो स्वतन्त्र अनुसन्धान अनुदान प्रदान गर्छ, जबकि जानकी अम्मल पुरस्कारले वरिष्ठ तथा युवा महिला अनुसन्धानकर्ताहरूको जैव चिकित्सा क्षेत्रमा उत्कृष्टतालाई सम्मानित गर्दछ। बिराकको विनर पुरस्कार र महिलामैत्री बायोइन्क्युबेटरहरूले महिलाहरूको नेतृत्वमा सञ्चालित बायोटेक स्टार्टअपहरूलाई समर्थन गर्दछ। विश्व स्वास्थ्यमा महिला नेतृत्वहरूको सम्मेलनमा डीबीटी सह-आयोजकको रूपमा सहभागी हुन्छ, जसले महिला नेतृत्व र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्दछ। यी सबै प्रयासहरूले भारतको जैवचिकित्सा अनुसन्धान प्रणालीमा समावेशिता, नवप्रवर्तन, र उत्कृष्टताको प्रवाहलाई अघि बढाउँदछ।
औषधिको भविष्यको रूपरेखा: अनुसन्धानका केन्द्रित क्षेत्रहरू
भारतको जैवचिकित्सा अनुसन्धानले किफायती, नवप्रवर्तनशील, र समावेशी स्वास्थ्य सेवा समाधानहरू प्रदान गर्ने लक्ष्यका साथै धेरै महत्वपूर्ण क्षेत्रहरूमा काम गरिरहेको छ। मुख्य केन्द्रित अनुसन्धान क्षेत्रहरूमा समावेश छ:
मानव जेनेटिक्स र जिनोमिक्स
जिनोमीइण्डिया र यूएमएमआईडी जस्ता कार्यक्रमहरूले भारतको अद्वितीय आनुवंशिक स्वरूप तयार गरिरहेको छ, जसले वंशानुगत रोगहरूको प्रारम्भिक पहिचान र उपचार सुधार गर्न मद्दत पुर्याउँदछ। जिनोमीइण्डियाले १०,००० जीनोमको अनुक्रमण गरिसकेको छ, जसले सटीक उपचारलाई सम्भव बनाएको छ र अन्तर्राष्ट्रिय डेटाबेसहरूमा निर्भरता घटाएको छ। यूएमएमआईडी कार्यक्रम बालबालिका र नवजात शिशुहरूमा देखिने दुर्लभ रोगहरूमा केन्द्रित छ। यी पहलहरूले भारतमा पूर्वानुमानात्मक रोकथाममूलक, र व्यक्तिगत स्वास्थ्य सेवा को आधार तयार गरिरहेका छन्।
संक्रामक रोग जीवविज्ञान
संक्रामक रोग जीवविज्ञान कार्यक्रमले एचआईभी, क्षयरोग, मलेरिया, हेपाटाइटिस, तथा कोभिड-१९ र डेंगु जस्ता नयाँ देखा परेका संक्रमणहरूलाई लक्षित गर्दछ। यस कार्यक्रमले ठूला मात्रामा कोहोर्ट अध्ययनहरू, राष्ट्रिय बायोबैंकहरू, र अनुप्रयुक्त अनुसन्धानलाई सहयोग पुर्याउँदछ, जसबाट समयमै किफायती समाधानहरू विकास गर्न सकिन्छ। महत्वपूर्ण सफलताहरूमा डेंगु पहिलो दिनको परीक्षण र HIV Tri-Dot+Ag परीक्षण समावेश छन्। यी पहलहरूले भविष्यका महामारीहरूका लागि भारतको तयारी क्षमतालाई बलियो बनाउँदछ।
खोपहरू
इन्डो-युएस खोप कार्यक्रम सन् १९८७ मा स्थापना गरिएको हो, जसले क्षयरोग, डेंगु, मलेरिया, र कोभिड-१९ जस्ता रोगहरूको खोप विकासमा सहयोग पुर्याउँदछ। यस कार्यक्रमका ऐतिहासिक सफलताहरूमा भारतको पहिलो स्वदेशी रोटाभाइरस खोप रोटाभ्याक र डीबीटीको सहयोगमा विकास गरिएको कोभेक्सीन सामेल छ। कार्यक्रमले क्लिनिकल परीक्षणहरूको संरचना सुदृढ गर्नुका साथै अन्तर्राष्ट्रिय सहकार्यहरूलाई समेत बलियो बनाएको छ। जसले भारतको खोप आत्मनिर्भरता र वैश्विक नेतृत्वलाई अघि बढाइरहेको छ।
निदान प्रविधि र उपकरणहरू
सीआरआईएसपीआर-आधारित निदान, स्वदेशमै विकसित आरटी-पीसीआर किटहरू, र किफायती चिकित्सा उपकरणहरू जस्ता नवप्रवर्तनहरूले स्वास्थ्य सेवालाई अझ पहुँचयोग्य बनाइरहेको छ। यी उपकरणहरूले प्रारम्भिक र सही निदान सुनिश्चित गर्दछ अनि खर्च घटाउने र आयातमा निर्भरता कम गर्ने कार्यमा सहयोग पुर्याउँदछ। डेंगु, कोभिड-१९ र अन्य रोगहरूका लागि चाँड़ो परीक्षण गर्ने किटहरू व्यापक रूपमा प्रयोगमा ल्याइएको छ। मुख्य ध्यान आत्मनिर्भर, ठूलो मात्रामा विस्तार गर्न मिल्ने प्रविधिहरूमा केन्द्रित गरिएको छ, जसको उद्देश्य सार्वजनिक स्वास्थ्यमा दीर्घकालीन प्रभाव पार्नु रहेको छ।
उपचार विधि र औषधिको पुनःप्रयोग
यो क्षेत्रले नयाँ औषधिहरूको विकासमा गति ल्याउने र पहिले नै उपलब्ध औषधिहरूलाई नयाँ रोगहरूका लागि प्रयोग गर्ने कार्यलाई प्रवर्द्धन गर्दछ। औषधिको पुनःप्रयोगले खर्च घटाउने र उपचार अनुमोदनको समय घटाउने फाइदा दिन्छ। यसको मुख्य उद्देश्य भनेको भारतको आवश्यकता अनुसार प्रभावकारी र किफायती उपचारहरू उपलब्ध गराउनु हो।
जैवचिकित्सा इञ्जिनियरिङ र बायोडिजाइन
इञ्जिनियरिङ र क्लिनिकल सहकार्य मार्फत किफायती इम्प्लान्ट, सहायक उपकरणहरू, र चिकित्सा उपकरणहरू विकास गरिन्छ, जसले आयातमा निर्भरता घटाउने र प्रविधियुक्त उपचारमा पहुँच बढ़ाउने काम गर्दछ।
स्टेम सेल र पुनर्जनन चिकित्सा
यस कार्यक्रममा कोशिका आधारित उपचार, तन्तु पुनर्जनन, र औषधि वितरण मोडेलहरूमा अनुसन्धानलाई समर्थन गरिन्छ जसले बिरामीका लागि उपचार विकल्पहरू सुधार गर्न मद्दत गर्छ। यी विधिहरूले दीर्घकालीन र कठिन रोगहरूलाई सुरक्षित र प्रभावकारी रूपमा उपचार गर्ने नयाँ सम्भावनाहरू खोलिदिन्छन्।
मातृ तथा शिशु स्वास्थ्य
GARBH-ini कार्यक्रम शिशु मृत्युको प्रमुख कारण असमयमा हुने प्रसूति र विकाससम्बन्धी रोगहरू बुझ्नमा केन्द्रित छ। यस कार्यक्रमद्वारा वृहत मात्रामा समूह अध्ययनमार्फत जैव र वातावरणीय जोखिम कारकहरूको अध्ययन गर्दछ। यसबाट प्राप्त परिणामहरूले चिकित्सकीय मापदण्डहरूमा सुधार ल्याउने, सुधार गर्ने र सार्वजनिक स्वास्थ्य नीतिहरू निर्माण गर्न सहयोग पुर्याउने लक्ष्य राखिएको छ। यो पहलले गर्भवती महिलाहरूको असल हेरचाह र स्वस्थ शिशु विकासमा टेवा पुर्याउँदछ।
समुद्री तथा जलकृषि जैवप्रविधि
समुद्री तथा जलकृषि जैवप्रविधि कार्यक्रमले जलजन्य स्रोतहरूलाई स्वास्थ्य र दिगोपनाको लागि उपयोग गर्ने लक्ष्य राख्दछ। यस कार्यक्रमले माछापालन संरक्षणका लागि खोपहरू विकास गर्छ, समुद्री जीवहरूबाट औषधीय गुण भएका जैव सक्रिय यौगिकहरू पत्तो लगाउँदछ र ओमेगा–3 जस्ता पोषक तत्वहरूमार्फत मानव स्वास्थ्य सुधार गर्ने कार्यलाई प्रवर्द्धन गर्दछ।
सार्वजनिक स्वास्थ्य र पोषण
यस कार्यक्रमले प्रतिजैविक प्रतिरोध जीवनशैली सम्बन्धी रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मोटोपना र कुपोषण जस्ता मुख्य चुनौतीहरूलाई सम्बोधन गरी सार्वजनिक स्वास्थ्य सुधार गर्ने उद्देश्य राखेको छ।
यसले स्वास्थ्य प्रणालीलाई बलियो बनाउन र स्वस्थ समुदायको प्रवर्द्धन गर्न सुलभ र विज्ञानमा आधारित समाधानहरू विकास गर्ने अनुसन्धानलाई समर्थन गर्दछ।
निष्कर्ष
जैवचिकित्सा अनुसन्धान करियर कार्यक्रम भारतको स्वास्थ्य र नवप्रवर्तन क्षेत्रको लागि एउटा रणनीतिक लगानी हो, जुन १,५०० करोड़को भारत–युके साझेदारीद्वारा समर्थित छ। यो साझेदारीले वैश्विक विशेषज्ञता र राष्ट्रिय प्राथमिकताहरूलाई आपसमा मिलाउने कार्य गर्दछ। शीर्ष वैज्ञानिक प्रतिभाहरूको विकास, अन्तर्विषयगत तथा अनुप्रयुक्त अनुसन्धानलाई प्रवर्द्धन गर्ने, र अनुसन्धान पारिस्थितिकी तन्त्रलाई सुदृढ पार्ने उद्देश्यले बीआरसीपी चरण–३ प्रारम्भ गरिएको हो। यस कार्यक्रमको उद्देश्य क्षेत्रीय असमानताहरू घटाउनु र विशेष गरी महिला वैज्ञानिकहरूका लागि समावेशिता प्रवर्द्धन गर्नु रहेको छ।
क्षमता निर्माण बाहेक, बीआरसीपीका ठोस उपलब्धिहरू २,००० भन्दा बढ़ी वैज्ञानिकहरूको तालिम, पेटेन्ट गर्न मिल्ने नवप्रवर्तनहरूको सिर्जना, र प्रविधिहरूलाई टीआरएल-४ तथा सोभन्दा माथिसम्म पुऱ्याउने साथै भारतको "विकसित भारत २०४७" को दृष्टिकोणमा प्रत्यक्ष योगदान पुर्याउनेछ। BioE3 पहल सँगको सहकार्यमा बीआरसीपीले भारतको जैवचिकित्सा पारिस्थितिक प्रणालीलाई एक वैश्विक प्रतिस्पर्धी, नवप्रवर्तन-सञ्चालित स्वास्थ्य सुरक्षाको इन्जिनमा रूपान्तरण गर्न सहयोग गरिरहेको छ, जसले आर्थिक वृद्धिलाई पनि गति दिनेछ।
भारतमा जैवचिकित्सा अनुसन्धानले पहिले नै ठोस परिणाम दिन थालेको छ। सीआरआईएसपीआर आधारित किटहरू र डेंगुका लागि चाँड़ो परीक्षण जस्ता किफायती निदान प्रविधिहरू, निमोनिया, खोपिरा-रुबेला, र कोभिड-१९ विरुद्धका स्वदेशी खोपहरू, र जिनोमीइण्डिया परियोजनाबाट प्रेरित उपचारहरू, किफायती इम्प्लान्ट, भेन्टिलेटर, र पीपीईले आयातमा निर्भरता घटाइरहेको छ। जबकि राष्ट्रिय एएमआर ट्रायकिङ, रोग डेटाबेसहरू र बायोरिपोजिटोरीहरूले सार्वजनिक स्वास्थ्य प्रणालीहरूलाई सुदृढ बनाइरहेको छ। यससँगै, न्यूट्रास्युटिकल्स र जैव सक्रिय यौगिकहरूमा भइरहेको अनुसन्धानले पोषण र रोकथाममुखी स्वास्थ्य सेवामा सुधार गरिरहेको छ।
यी सबै प्रयासहरूले स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, न्यायसङ्गत, र आत्मनिर्भर बनाउँदै छ र भारतलाई जैवचिकित्सा नवप्रवर्तनमा विश्वव्यापी नेतृत्वकर्ता को रूपमा स्थापित गरिरहेको छ।
सन्दर्भहरू
केबिनेट
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2173562
विज्ञान अनि प्रौद्योगिकी मन्त्रालय
https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2147239
जैवप्रौद्योगिकी विभाग
https://dbtindia.gov.in/sites/default/files/DBT%20AR%202023-24%20%28English%29.pdf
https://dbtindia.gov.in/sites/default/files/Approved-copy-of-DBT---India-Alliance-EOI_21Aug2023.pdf
https://www.youtube.com/watch?v=5nk3IR5eqfs
https://dbtindia.gov.in/scientific-directorates/health-interventions-equity/diagnostics-drug-discovery
https://dbtindia.gov.in/dbt-press/dbt-nibmg-creates-world%E2%80%99s-first-database-genomic-variants-oral-cancer
https://dbtindia.gov.in/aquaculture-marine-biotechnology-0
https://dbtindia.gov.in/dbt-press/year-ender-2020-department-biotechnology-dbt-mo-s-t
https://dbtindia.gov.in/news-features/genomeindia-project
https://dbtindia.gov.in/scientific-directorates/health-interventions-equity/infectious-diseases
********
एसए
(Backgrounder ID: 155528)
Visitor Counter : 5
Provide suggestions / comments