पोस्ट गरियो:
26 NOV 2026 8:58AM by PIB Gangtok
नयाँ दिल्ली, 26 नोभेम्बर, 2026।
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले संविधान दिवसको अवसरमा सबै नागरिकलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। बाबासाहेब डा. बी.आर. अम्बेडकर र संविधान सभाका सबै महान् व्यक्तित्वहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले उहाँहरूले प्रदान गरेको संविधान भारतीय लोकतन्त्रको अमूल्य धरोहर रहेको उल्लेख गर्नुभएको छ। विकसित भारतको सङ्कल्प साकार पार्ने दिशामा यसले राष्ट्रलाई निरन्तर मार्गदर्शन गरिरहने उहाँले बताउनुभएको छ।
श्री मोदीले संविधानमा निहित मूल्य-मान्यतालाई सुदृढ़ बनाउने प्रतिबद्धता पनि पुनः दोहोर्याउनुभएको छ। यसका साथै, विद्वान्हरूले गहन विचार-विमर्श गरी सुव्यवस्थित रूपमा तय गरेका नीति तथा सिद्धान्तहरू सधैँ टिकिरहन्छन् भन्ने भाव झल्काउने संस्कृत सुभाषित पनि साझा गर्नुभएको छ।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल X लेख्नुभएको छ:
"सबै देशवासीलाई संविधान दिवसको हार्दिक शुभकामना। यस पावन अवसरमा पूज्य बाबासाहेब एवं संविधान सभाका सम्पूर्ण महान् विभूतिहरूप्रति मेरो नमन र वन्दन। संविधानका रूपमा उहाँहरूले प्रदान गर्नुभएको उपहार भारतीय लोकतन्त्रको अमूल्य धरोहर हो, जसले विकसित भारतको सङ्कल्प साकार पार्न हामीलाई निरन्तर मार्गदर्शन गरिरहनेछ।
संविधान दिवसको शुभकामना। यो हाम्रो संविधानका निर्माताहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने दिन हो र यसमा निहित मूल्य-मान्यतालाई सुदृढ़ बनाउन हाम्रो प्रतिबद्धता पुनः दोहोर्याउने अवसर पनि हो।
बहुधा बहुभिः सार्धं चिन्तिताः सुनिरूपिताः।
कथञ्चिन्न विलीयन्ते विद्वद्भिश्चिन्तिता नयाः॥"
*******
MPS/TWB