मन्त्रीमण्डल
azadi ka amrit mahotsav

निर्माण तथा पूर्वाधार उपकरण (सीआईई) उत्पादन पारिस्थितिकी तन्त्रको विकासका लागि ११,००० करोड रुपियाँको योजनालाई मन्त्रिपरिषद्को स्वीकृति


आत्मनिर्भर भारत अभियानलाई सहयोग गर्दै भारतमा निर्माण तथा पूर्वाधार उपकरण उत्पादन इकोसिस्टमलाई प्रवर्द्धन गर्नु योजनाको उद्देश्य रहेको छ

पोस्ट गरियो: 25 NOV 2026 3:23PM by PIB Gangtok

नयाँ दिल्ली, २५ नोभेम्बर, २०२६:

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रीय मन्त्रिपरिषद्ले ११,००० करोड़ रुपियाँको वित्तीय व्यवस्थासहितको “निर्माण तथा पूर्वाधार उपकरण (सीआईई) उत्पादन पारिस्थितिकी तन्त्र विकास योजना” लाई स्वीकृति दिएको छ। भारी उद्योग मन्त्रालय (एमएचआई) द्वारा कार्यान्वयन गरिने यस योजनाको उद्देश्य सीआईई तथा यसका अवयवहरूको स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुका साथै देशमा सीआईई परीक्षणका लागि छुट्टै सुविधा स्थापना गर्नु हो। यसबाट आत्मनिर्भरता अभिवृद्धि हुनुका साथै विश्वव्यापी सीआईई बजारमा भारतलाई प्रमुख भूमिका निर्वाह गर्ने देशका रूपमा स्थापित गर्न मद्दत पुग्नेछ।

भारतको सीआईई उद्योग हाल चीन र संयुक्त राज्य अमेरिकापछि विश्वको तेस्रो ठूलो उद्योग हो। आर्थिक वर्ष २०२४-२५ मा यसको बजार आकार करिब ९७,५०० करोड़ रुपियाँ रहेको थियो। पूर्वाधार (सड़क तथा बन्दरगाह) र आवास क्षेत्रमा तीव्र विकासका कारण यस उद्योगको आकार दोब्बरभन्दा अधिक हुने अनुमान गरिएको छ। आर्थिक वर्ष २०२९-३० सम्ममा यसको बजार आकार करिब २,२८,१०० करोड़ रुपियाँ पुग्ने प्रक्षेपण गरिएको छ।

निर्माण तथा पूर्वाधार क्षेत्रमा भइरहेको तीव्र विकासलाई ध्यानमा राख्दै यस योजनाले सिप-टु-शोर क्रेन, टनेल बोरिङ मेसिन, हाइड्रोलिक एक्स्काभेटर, अफ-हाइवे ट्रक लगायतका प्राविधिक रूपमा उन्नत उपकरणहरूको उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। यस योजनामा देशमा अत्याधुनिक तथा समर्पित सीआईई परीक्षण सुविधा स्थापना गर्ने व्यवस्था पनि गरिएको छ।

आर्थिक वर्ष २०२६-२७ देखि आठ वर्षको अवधिका लागि सञ्चालन हुने यस योजनामा उत्पादन सुविधा स्थापना गर्न दुई वर्षको प्रारम्भिक अवधि (आर्थिक वर्ष २०२६-२७ देखि २०२७-२८ सम्म) समावेश छ। त्यसपछि पाँच वर्षसम्म प्रोत्साहन रकम वितरण गरिनेछ (आर्थिक वर्ष २०२८-२९ देखि २०३२-३३ सम्म) र अन्तिम वर्ष (आर्थिक वर्ष २०३३-३४) मा आर्थिक वर्ष २०३२-३३ को वृद्धिशील बिक्रीका आधारमा प्रोत्साहन रकमको भुक्तानी तथा हिसाब मिलान गरिनेछ।

यस योजनाका दुईवटा घटक छन्:

  1. बिक्रीमा आधारित प्रोत्साहन – स्वीकृत आवेदकअन्तर्गतका दुई श्रेणी, योग्य मौलिक उपकरण निर्माता (ओईएम) र अवयव निर्माता लाई योग्य सीआईई उपकरण तथा अवयवहरूको वृद्धिशील बिक्री मूल्यका आधारमा प्रोत्साहन प्रदान गरिनेछ। पाँच वर्षको अवधिमा वृद्धिशील बिक्री मूल्यको १३ प्रतिशतदेखि ८ प्रतिशतसम्म चरणबद्ध रूपमा प्रोत्साहन दर निर्धारण गरिएको छ।
  2. सीआईई परीक्षण सुविधाका लागि अनुदान – समर्पित सीआईई परीक्षण सुविधा स्थापना गर्न व्यवहार्यता अन्तर वित्तपोषण (भायबिलिटी ग्याप फण्डिङ) को स्वरूपमा अधिकतम ३७५ करोड़ रुपियाँसम्मको अनुदान प्रदान गरिनेछ।

भारत सरकारको यस पहलले घरेलु निर्माण तथा पूर्वाधार उपकरण उत्पादन क्षेत्रलाई सुदृढ़ बनाउनुका साथै विश्वव्यापी बजारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने दिशामा महत्त्वपूर्ण कदम चालेको छ। सीआईई उत्पादनमा स्वदेशी क्षमताको विकासमार्फत यस योजनाले आपूर्ति शृङ्खलाको सुरक्षा सुनिश्चित गर्ने, रोजगारीका अवसर बढ़ाउने र आत्मनिर्भर भारतलाई प्रवर्द्धन गर्नेछ। यसले विकसित भारत @२०४७ को परिकल्पनाअनुरूप प्राविधिक रूपमा आत्मनिर्भर, विश्वव्यापी रूपमा प्रतिस्पर्धी र दिगो औद्योगिक आधार निर्माण गर्ने सरकारको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

**********

MPS/TWB


(रिलिज आईडी: 2341514) आगन्तुक काउन्टर : 8