पोस्ट गरियो:
18 NOV 2026 4:01PM by PIB Gangtok
नयाँ दिल्ली, १८ नोभेम्बर २०२६
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले १९ नोभेम्बर २०२६ मा बिहान करिब ११ बजे नयाँ दिल्लीस्थित भारत मण्डपममा भारतीय वाणिज्य तथा उद्योग महासङ्घ (फिक्की) को वार्षिक साधारण सभा तथा वार्षिक सम्मेलनको उद्घाटन गर्नुहुनेछ। यस अवसरमा उहाँले उपस्थित सभालाई सम्बोधनसमेत गर्नुहुनेछ।
‘भारत २०४७’ विषयवस्तुमा आधारित यस सम्मेलनमा उद्योग क्षेत्रका अगुवा, प्रमुख कार्यकारी अधिकृत, राजदूत, कूटनीतिज्ञ तथा नीतिनिर्मातासहित २,५०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ। २०२६–२७ फिक्कीको शतवार्षिकी वर्ष हो। यस संस्थाले ७ अप्रिल २०२७ मा आफ्नो स्थापनाको १०० वर्ष पूरा गर्नेछ।
सन् १९२७ मा स्थापना भएको फिक्कीको गठन त्यस्तो समयमा भएको थियो, जतिबेला भारतीय उद्यमहरूको आर्थिक नीतिनिर्माणमा सीमित प्रतिनिधित्व थियो। स्वतन्त्रतापछि फिक्की भारतको आर्थिक रूपान्तरण तथा विश्व अर्थतन्त्रसँगको बढ्दो एकीकरण प्रक्रियामा आबद्ध रहँदै आएको छ।
हाल फिक्कीले सार्वजनिक, निजी तथा बहुराष्ट्रिय क्षेत्रका २ लाख ५० हजारभन्दा बढी कम्पनीहरूको प्रत्यक्ष तथा ३०० भन्दा बढी सम्बद्ध क्षेत्रीय र राज्यस्तरीय औद्योगिक सङ्घहरूमार्फत प्रतिनिधित्व गर्दै आएको छ। यसका साथै, १०० भन्दा बढी देशका २५० राष्ट्रिय व्यावसायिक सङ्घहरूसँग यसको साझेदारी सम्झौता रहेको छ।
********
MPS/TWB