PIB Backgrounder
azadi ka amrit mahotsav

खेत बचाओ अभियान-रबी 2026


“माटो स्वास्थ्य तथा टिकाउ कृषि’’

पोस्ट गरियो: 02 NOV 2026 10:47AM by PIB Gangtok

नयाँ दिल्ली 2 नोभेम्बर, 2026

खेत बचाओ अभइयान (केबीए)- रबी 2026 एक राष्ट्रव्यापी अभियान हो, जुन 22 अक्टोबरदेखि 30 नोभेम्बर 2026 सम्म चलाइँदैछ। यसको उद्देश्य लगभग 50 लाख किसानहरूलाई लक्षित गर्दै 34 राज्य तथा केन्द्रशासित प्रदेशहरू, 700 भन्दाअधिक जिल्ला तथा 50,000 गाउँहरूमा मृदा (माटो) स्वास्थ्य, उर्वरकहरूको सन्तुलित उपयोग तथा टिकाउ कृषिलाई बढ़ावा दिनु हो। यो अभियानको प्रमुख प्राथमिकताहरूमा सन्तुलित पोषक तत्व प्रबन्धन, प्राकृतिक खेती, फसल अवशेष प्रबन्धन, फसल विविधीकरण तथा जलवायु-अनुकूल कृषि सामेल छ। यसअन्तर्गत केभीके तथा एटीएमए-लाई सामेल गर्दै 4,150 टीमहरूको गठनको परिकल्पना गरिएको छ, जसलाई 12,000 भन्दा अधइक वैज्ञनिकहरू तथा एटीएमए-का अधिकारीहरू एं कर्मचारीहरूको सहयोग प्राप्त हुनेछ। यो पहलअन्तर्गत खेतहरूमा 50,000 व्यावहारिक प्रदर्शन तथा 11,750 व्यवस्थित प्रशिक्षण सत्र आयोजित गर्ने लक्ष्य रहेको छ। अभियानको माध्यमबाट सोशल मीडिया आउटरीचद्वारा 1.5 करोड़ किसानहरूसम्मको पहुँच कायम गर्ने अनुमान रहेको छ, जबकि समग्र डिजिटल आउटरीचलाई बढ़ाएर 2.5 करोड़ किसानहरूसम्म विस्तारित गर्ने परिकल्पना गरिएको छ।  

 

खेतीको बुनियाद माटोमा निहित छ

मृदा स्वास्थ्य कृषि उत्पादकता, खाद्य सुरक्षा तथा ग्रामीण आजीविकाको मूल आधार हो। भारतको 46 प्रतिशतभन्दा अधिक कार्यबल कृषि एवं सम्बद्ध गतिविधिहरूमा संगल्न भएका कारण, मृदा स्वास्थ्य खाद्य प्रणालिहरू तथा आर्थिक स्थिरतालाई प्रभावित गर्दछ। स्वस्थ माटोले अधिक फसल उत्पादन गर्ने कुरालाई सुनिश्चित गर्नमा सहायक सिद्ध हुँदछ र बाहिरी कृषि आयातमाथिको निर्भरतालाई कम गर्दछ।

मृदा स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै, खेत बचाओ अभियान (केबीए)-रबी 2026, लाई “स्वस्थ धरा, समृद्ध किसान’’ को परिकल्पना 22 अक्टोबरदेखि 30 नोभेम्बर 2026 सम्म चल्ने एक राष्ट्रव्यापी अभइयानको रूपमा गरिएको छ। यो अभियानले समन्वय आधारित दृष्टिकोणलाई अप्नाउछ, जसअन्तर्गत सन्तुलित एवं विवेकपूर्ण उर्वरक उपयोग तथा टिकाउ पोषक तत्व प्रबन्धनलाई बढ़ावा दिनका लागि कृषि विभाग, अनुसन्धान संस्थानहरू तथा जमीनी स्तरमा कार्यरत कर्मीहरूलाई एक साथमा ल्याइँदैछ। यो अभियानको उद्देश्य टिकाउ कृषिलाई बढ़ावा दिनु, मृदा स्वास्थ्यमा सुधार गर्नु अनि कृषि संसाधनहरूको विवेकपूर्ण उपयोगलाई प्रोत्साहित गर्नु रहेको छ। यसकासाथै, यसले प्राकृतिक खेती, जल संरक्षण तथा प्राकृतिक संसाधनहरूको कुशल उपयोगलाई पनि बढ़ावा दिन्छ। यो अभियानले पोषक तत्त्वहरूको असन्तुलित प्रयोग, माटोमा जैविक पदार्थहरूको घट्दो मात्रा, खेतीको बढ्दो लागत अनि प्राकृतिक संसाधनहरूको क्षरण जस्तो सरोकारहरूमाथि ध्यान पुऱ्याउँछ।

यी पहलहरूमा पुनर्योजी कृषि पद्धतिहरू (अर्थात यस्तो कृषि विधिहरू जुन माटो स्वास्थ्यलाई बहाल गर्ने अनि जैव विविधतालाई बढ़ाउनेमाथि केन्द्रित छ), क्षमता निर्माण, कृषि यन्त्रीकरण तथा उन्नत कृषि प्रौद्योगिकीहरूमाथि पनि जोड़ दिइएको छ।

यो अभइयानमा 34 राज्यहरू तथा केन्द्रशासित प्रदेशहरू, 700 भन्दा अधइक जिल्ला तथा 50,000 गाउँहरूलाई जोड़िँदैछ। यसको उद्देश्य समन्वित गतिविधिहरूका माध्यमबाट लगभग 50 लाख किसानहरूसम्मको पहुँच कायम गर्नु रहेको छ। राज्यहरू तथा केन्द्रशासित प्रदेशहरूसम्मको पहुँचलाई सुदृढ़ बनाउन तथा सन्तुलित पोषक तत्व प्रबन्धनलाई बढ़ावा दिनका लागि उर्बरकहरूको अधिक खपत भएका 100 जिल्लाहरूलाई प्राथमिकता दिने निर्देश दिइएको छ।

आफ्नो व्यापक पहुँच तथा खेतस्तरमा सञ्चालित गतिविधिहरूको माध्यमबाट यो अभइयानले किसानहरू, वैज्ञानिकहरू अनि कृषि संस्थानहरूलाई एकै ठाउँमा ल्याउने प्रयास गर्दछ। यो समन्वित प्रयासद्वारा कृषि सम्बन्धी निर्णय तथ्यपरक रूपमा लिने तथा टिकाउ कृषि पद्धतिहरूलाई अधिकाधिक अप्नाउने कुरालाई प्रोत्साहन प्राप्त हुने आशा गरिएको छ।

खेत बचाओ अभियान

(1 देखि 30 जून 2026 सम्म)

खेत बचाओ अभइयानको शुरुआत देशव्यापी स्तरमा 1 जून 2026 सम्म एक महिना चल्ने अभियानको रूपमा गरिएको थियो। यसको उद्देश्य मृदा स्वास्थ्य, उर्वरकहरूको सन्तुलित उपयोग तथा टिकाउ कृषि पद्धतिहरूलाई बढ़ावा दिनु थियो। यो अभियानअन्तर्गत कृषकहरूसित सोझै जमीनी स्तरमा जोड़िने कुरालाई स्थापित गर्नका लागि 1,657 बहुविषयक टीमहरूलाई तैनाथ गरियो। यो पहलअन्तर्गत 92.44 लाख, किसानहरूका लागि 1.34 लाखभन्दा अधिक जागरूकता कार्यक्रम आयोजना गरियो। यसका साथै, हरित खाद तथा जैव उर्वरकहरूमाथि 6,685 प्रशिक्षण सत्र आयोजित गरियो, जसबाट 4.94 लाख किसानहरूलाई लाभ प्राप्त भयो। यस अतिरिक्त, खेतहरूमा 3,167 व्यावहारिक प्रदर्शन अनि 4,779 संवादात्मक कार्यक्रमहरूको माध्यमबाट किसानहरूलाई व्यावहारिक जानकारी एवं प्रशिक्षण प्रदान गरियो। यसबाहेक उर्वरक एवं कृषि आदान विक्रेताहरूको भाकीदारीसहित 4,916 जनप्रतिनिधि सम्मेलनहरूले जमीनी स्तरमा सहभागितालाई अझ सुदृढ़ बनाए। कुल मिलाएर, यो अभियानको माध्यमबाट लगभग 1.07 करोड़ किसानहरू तथा अन्य  हितधारकहरूसम्मको सोझो पहुँच बनाइयो, जबकि सोशल मीडियाको माध्यमबाट लगभग 5.4 करोड़ नागरिकहरूसम्मको पहुँच कायम गरियो।

 

खेत बचाओ अभियान- रबी 2026 को मुख्य उद्देश्य

यो अभियानको उद्देश्य किसानहरूलाई स्थानीय परिस्थितिहरूका अनुरूप वैज्ञानिक दृष्टिकोणमाथि आधारित कृषि पद्धतिहरूलाई अप्नाउनका लागि प्रोत्साहित गर्नु हो, ताकि कृषि आदानहरूको उपयोगको दक्षतामा सुधार होस् र जलवायु अनुकूल कृषिलाई बढ़ावा प्राप्त होस्।

  • संतुलित पोषक तत्व प्रबन्धन :  सामान्य उर्वरक सिफारिश (जीएफआर) हरूमाथि आधारित पोषक तत्व प्रबन्धन तथा उर्वरकहरूको उपयोगको 4R सिद्धान्तलाई-सही स्रोत, सही मात्रा, सबही समय र सही स्थानलाई बढ़ावा दिनु। यो पद्धतिले रबी फसलहरूको आवश्यकताहरूका अनुरूप उर्वरकलाई सन्तुलित एवं कुशल उपयोगलाई सुनिश्चित गर्दछ।
  • प्राकृतिक खेतीः जागरूकता अभियानहरू, क्षमता निर्माण, प्रदर्शनहरू तथा किसानहरूका बीच आपसी अनुभवहरूको आदन-प्रदानको माध्यमबाट प्राकृतिक खेतीलाई अप्नाउनका लागि प्रोत्साहित गर्नु रहेको छ।
  • एकीकृत पोषक तत्व प्रबंधन (आईएनएम): जागरूकता, क्षमता निर्माण तथा प्रदर्शनहरूको माध्यमबाट एकीकृत पोषक तत्व प्रबन्धन तथा उपयुक्त अर्गेनिक एवं जैविक आधारित आदानहरूको उपयोगलाई बढ़ावा दिनु। 
  • फसल अवशेष प्रबन्धनः सूचना, शिक्षा एवं सञ्चार (आईईसी) गतिविधिहरूको माध्यमबाट टिकाउ फसल अवशेष प्रबन्धनलाई बढ़ावा दिनु तथा पञ्जाब, हरियाणा, उत्तर प्रदेश तथा मध्य प्रदेशमा फसल अवशेषहरूलाई जलाउने प्रवृत्तिलाई हतोत्साहित गर्नु।
  • फसल विविधीकरण: जागरूकता, क्षमता निर्माण तथा प्रदर्शनीहरूको माध्यमबाट तिलहन एवं दलहल उत्पादनलाई मजबूत गर्नु, फशल विविधीकरणलाई प्रोत्साहित गर्नु तथा धान काटेपछि खाली रहने खेतहरूको उत्पादक उपयोगलाई बढ़ाउनु।

  • जलवायु अनुकूल कृषिः महाराष्ट्र, कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश तथा राजस्थानको सुख्खा प्रभावित क्षेत्रहरूमा जलवायु अनुकूल फसल एवं संसाधन प्रबन्धनलाई समर्थन दिनका लागि स्थानीय परिस्थितिहरूका अनुरूप आकस्मिक योजनाहरूको कार्यान्वयन गर्नु।
  • कृषि योजनाहरूका बारेमा जागरूकताः कृषिसँग सम्बन्धित सरकारी योजनाहरू तथा त्यसबाट प्राप्त हुने लाभहरूका बारेमा जागरूकता फैलाउनु।
  • एकीकृत कीट प्रबन्धन एवं कीटनाशकहरूको जिम्मेवारीपूर्ण उपयोगः कीटनाशकहरूको गुणवत्ता तथा यसको सुरक्षित उपयोगका बारेको जागरूकतालाई बढ़ावा दिनु, एकीकृत कीट प्रबन्धन (आईपीएम) लाई प्रोत्साहित गर्नु तथा सुरक्षित, आवश्यकतामाथि आधारित तथा लबेलमाथि दिइएको निर्देशहरूका अनुरूप कीटनाशकहरूको उपयोगलाई बढ़ावा दिनु। यसका साथै, कीटनाशकहरूको अन्धाधुन्ध प्रयोगलाई हतोत्साहित गर्नु।

ढाँचा र मुगको खेतीबाट माटोको उर्वराशक्ति बढ़ाउने पहल

बिहारको पूर्वी चम्पारण जिल्लाका धान उत्पादक क्षेत्रमा रासायनिक मलको उचित व्यवस्थापन गर्दै माटोको उर्वराशक्ति कायम राख्नु किसानहरूका लागि महत्वपूर्ण चुनौती बनेको छ। माटोमा जैविक कार्बनको मात्रा घट्दै जानु तथा सूक्ष्म पोषक तत्त्वहरूको कमीले यस समस्यालाई थप जटिल बनाएको छ। यसै सन्दर्भमा ‘खेत बचाओ अभियान–2026’ अन्तर्गत भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) अन्तर्गतको महात्मा गान्धी एकीकृत कृषि अनुसन्धान संस्थान (एमजीआईएफआरआई), मोतिहारी, बिहारले हरियो मल तथा जैविक नाइट्रोजन स्थिरीकरणमार्फत माटोको स्वास्थ्य सुधार गर्न सकिने उपायहरूबारे जानकारी गराएको छ।

बिहारको पूर्वी चम्पारण जिल्लास्थित रक्सौल प्रखण्डको पन्टोका पञ्चायतमा आयोजित किसान पहुँच कार्यक्रममा कृषकहरूलाई सिफारिस गरिएको मात्राअनुसार रासायनिक मलको प्रयोगसँगै गोबर मल, कम्पोस्ट, जैविक मल तथा बालीका अवशेषहरूको समुचित उपयोग गर्न प्रोत्साहित गरिएको थियो। कार्यक्रमका क्रममा धानको बेर्ना व्यवस्थापन तथा बालीका अवशेष जलाउनुको सट्टा अपनाउन सकिने वैकल्पिक उपायहरूबारे पनि छलफल गरिएको थियो। ती विकल्पहरूमा कम्पोस्ट मल तयार गर्ने, माटोमा मल्चिङ गर्ने तथा गँड्यौला मल (भर्मिकम्पोस्ट) उत्पादन गर्ने विधिहरू समावेश थिए। यी उपायहरूले माटोमा जैविक पदार्थको मात्रा बढ़ाउनुका साथै दीर्घकालीन रूपमा माटोको उर्वराशक्ति र स्वास्थ्य कायम राख्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

वैज्ञानिकहरूले धानमा आधारित खेती प्रणालीमा ढैँचा (सेसबानिया प्रजाति) तथा गर्मीयाममा मुगको खेतीको महत्त्वमाथि पनि जोड़ दिएका थिए। ढैँचाको खेतीबाट प्रतिहेक्टर लगभग ५० देखि ६० किलोग्राम नाइट्रोजन माटोमा थप्न सकिन्छ, जुन ११० देखि १३० किलोग्राम युरियाबाट प्राप्त हुने नाइट्रोजनबराबर हो। त्यसैगरी, गर्मीयाममा गरिने मुग खेतीबाट प्रतिहेक्टर २५ देखि ३० किलोग्राम नाइट्रोजन प्राप्त गर्न सकिन्छ, जुन ५५ देखि ६५ किलोग्राम युरियाबराबर हुन्छ। यी बालीहरूले माटोमा जैविक पदार्थको मात्रा तथा जैविक गतिविधि बढाउनुका साथै रासायनिक मलमाथिको निर्भरता घटाउन सहयोग पुर्‍याउँछन्। यसबाट माटोको दीर्घकालीन उर्वराशक्ति कायम राख्न र दिगो कृषि प्रणालीलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने वैज्ञानिकहरूको भनाइ थियो।

यस कार्यक्रममा ४१ महिलासहित कुल ६२ जना किसानको सहभागिता रहेको थियो। सहभागी किसानहरूले हरियो मलको प्रयोग तथा सन्तुलित पोषक तत्त्व व्यवस्थापनका उपायहरू आफ्नो खेती प्रणालीमा अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

किसानहरूसम्म अभियानको पहुँच विस्तार : संस्थागत भूमिका एवं जिम्मेवारीहरू

  • राज्य/केन्द्र शासित प्रदेशको कृषि विभागः अभियानको योजना बनाउने तथा त्यसलाई कार्यान्वित गर्ने, आवश्यक निर्देश जारी गर्ने, तयारी सम्बन्धी बैठकहरू आयोजना गर्ने, जिल्लास्तरीय कार्यक्रमहरूलाई अनुमोदित गर्ने, फील्डमा काम गर्ने कर्मीहरू एं समन्वय गर्ने साझेदारहरूलाई सङ्गठित गर्ने, योजनाहरू एवं सेवाहरूसम्मको पहुँचलाई सुगम बनाउने तथा रिपोर्टहरू सङ्कलन गर्नका लागि उत्तरदायी हुनेछन्।
  • कृषि प्रौद्योगिकी, प्रबन्धन एजेन्सीहरू (एटीएमए) एवं जिल्ला कृषि प्रशासनः जिल्ला, प्रखण्ड तथा ग्रगाम स्तरमा अभियानको गतिविधिहरूलाई समन्वय गर्ने, सूक्ष्म योजनाहरू तयार गर्ने, किसानहरू एवं सामुदायिक संस्थानहरूलाई सङ्गठित गर्ने, कार्यक्रम स्थलहरू, खेतहरूसम्मको  पहुँच, सूचना, आईईसी सामग्री तथा अन्य व्यवस्थाहरू उपलब्द गराउने तथा उपस्थिति एवं गतिविधिहरूको रेकर्ड बनाइ राख्नका लागि उत्तरदायी हुनेछन्।
  • आईसीएआर संस्थानहरू, कृषि प्रौद्योगिकी अनुप्रयोग अनुसन्धान संस्थान (एटीएआरआई), कृषि विज्ञान केन्द्र (केभीके) एवं कृषि विश्वविद्यालय (ज्ञान साझेदार) : यो संस्थान विज्ञान आधारित तकनीकी मार्गदर्शन तथा स्थानीय परिस्थितिहरूका अनुरूप सिफारिशहरू प्रदान गर्नेछन्, रिसोर्स पर्सनलाई नामित गर्नेछन्, प्रशिक्षणमा सहयोग पुऱ्याउनेछन् अनुरोध गरिएमा प्रदर्शन तथा किसान-वैज्ञानिक संवाद आयोजित गर्नेछन्, तकनीकी आईईसी सामग्री तथा परामर्श सम्बन्धी दिशा-निर्देश तयार वा प्रमाणित गर्नेछ्, अनुसन्धान सम्बन्धी साक्ष्य साझा गर्नेछन् अनि प्रशिक्षणको दस्तावेजीकरण गर्नेछन्। यिनीहरूको भूमिका राज्य स्तरीय कार्यन्वयन, प्रशासनिक नियन्त्रण, प्रवर्तन वा व्यय सम्बन्धी उत्तरदायित्वहरूसम्म विस्तारित हुनेछैन, जबसम्म यसका लागि छुट्टै प्राधिकृत नगरिएको होस्।

यस अभियानअन्तर्गत कृषि विज्ञान केन्द्र (केभीके) र कृषि प्रविधि व्यवस्थापन एजेन्सी (एटीएमए) लाई समेट्दै कुल 4,150 वटा टोली परिचालन गर्ने परिकल्पना गरिएको छ। अभियानको प्रभावकारी कार्यान्वयनका लागि 12 हजारभन्दा बढी वैज्ञानिकहरू तथा एटीएमएका अधिकारी र कर्मचारीहरूको सहयोग अपेक्षा गरिएको छ। एटीएमए र भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) को समन्वयमा सञ्चालन हुने यस अभियानमार्फत करिब एक करोड़ सहभागीहरूसम्म पुग्ने लक्ष्य राखिएको छ।

 

  • अन्य राज्यस्तरीय विभाग तथा एजेन्सीहरू: बागवानी, माटो तथा जल संरक्षण, सिँचाइ, पशुपालन, ग्रामीण विकास, सहकारिता, पञ्चायती राज, वातावरण, कृषि बजारीकरण तथा अन्य सम्बन्धित क्षेत्रका विभाग र एजेन्सीहरूसँग समन्वय र सहकार्य गरी आ–आफ्नो कार्यक्षेत्रअनुसार अभियानका गतिविधिहरूलाई आवश्यक सहयोग तथा सुविधा उपलब्ध गराउने जिम्मेवारी यी निकायहरूको हुनेछ।
  • किसान उत्पादक संगठन (एफपीओ), स्वयं सहायता समूह (एसएचजी), प्राथमिक कृषि ऋण समिति (पीएसीएस), कस्टम हायरिङ सेन्टर (सीएचसी) तथा प्रगतिशील किसानहरू: किसानहरूलाई स्थानीयस्तरमा संगठित गर्ने, अनुभव आदानप्रदानलाई प्रोत्साहन गर्ने, कृषि प्रदर्शनस्थलहरूको भ्रमण गराउने तथा प्रमाणित कृषि परामर्श र प्रविधिहरू अन्य किसानहरूसम्म पुर्‍याउन सहयोग गर्नेछन्।
  • सञ्चारमाध्यम तथा सञ्चार साझेदारहरू: स्थानीय सञ्चारमाध्यम, सामुदायिक रेडियो, ह्वाट्सएप, किसान सारथी तथा अन्य उपयुक्त सञ्चार माध्यममार्फत अभियानका स्वीकृत सन्देशहरू व्यापक रूपमा प्रसार गर्ने जिम्मेवारी यस्ता साझेदारहरूको हुनेछ। साथै, किसानहरूसमक्ष पुर्‍याइने कृषि तथा प्रविधिसम्बन्धी जानकारी तथ्यपरक, सटीक र प्रमाणित रहेको सुनिश्चित गर्नुपर्नेछ।

किसानहरूमा जनचेतना अभिवृद्धि तथा उनीहरूसम्म अभियानको पहुँच सुनिश्चित गर्ने

यस अभियानले किसानहरूमा जनचेतना अभिवृद्धि, क्षमता विकास, खेतमै व्यावहारिक प्रदर्शन, अनुभवमूलक भ्रमण तथा उन्नत कृषि अभ्यासहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। यसका साथै डिजिटल माध्यमबाट किसानहरूसम्म पहुँच विस्तार गर्ने, प्राविधिक ज्ञान तथा सीपलाई सुदृढ़ बनाउने र अभियानका सन्देशहरू व्यापक रूपमा किसान समुदायसम्म पुर्‍याउने विभिन्न गतिविधिहरूलाई एकीकृत गरिएको छ।

विभिन्न गतिविधिहरूबारे जनचेतना अभिवृद्धि

यस अभियानको उद्देश्य किसानहरूमा सामान्य मल सिफारिस (जीएफआर) मा आधारित पोषक तत्त्व व्यवस्थापन, प्राकृतिक खेती, एकीकृत पोषक तत्त्व व्यवस्थापन (आईएनएम), बालीका अवशेष व्यवस्थापन (सीआरएम) तथा तेलहन र दलहन उत्पादनका उन्नत प्रविधिहरूबारे चेतना र बुझाइ अभिवृद्धि गर्नु हो।यसका अतिरिक्त, खडेरी प्रभावित जिल्लाहरूमा आकस्मिक कृषि योजनाहरू कार्यान्वयन गर्न अपनाउनुपर्ने मानक सञ्चालन कार्यविधि (एसओपी) तथा कृषिसम्बन्धी विभिन्न प्रमुख सरकारी योजनाहरूबारे पनि किसानहरूलाई जानकारी प्रदान गर्ने लक्ष्य अभियानले राखेको छ।

  • आईसीएआरका ९५० वटा टोलीमध्ये प्रत्येकलाई प्रतिहप्ता तीनवटा गाउँमा भ्रमण गर्ने जिम्मेवारी दिइएको छ। त्यसैगरी, कृषि विज्ञान केन्द्र (केभीके) का ७०० वटा टोलीबाट प्रतिहप्ता चारवटा गाउँमा भ्रमण गर्ने अपेक्षा गरिएको छ। प्रत्येक भ्रमणमा १०० जना किसानको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
  • पाँच साताको अवधिमा यस अभियानअन्तर्गत ५,६५० वटा जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने परिकल्पना गरिएको छ। यी कार्यक्रममार्फत अनुमानित २८ लाख २५ हजार किसानसम्म पुग्ने लक्ष्य निर्धारण गरिएको छ।

किसानहरूको क्षमता अभिवृद्धि

प्रशिक्षण कार्यक्रमहरू एकीकृत पोषक तत्त्व व्यवस्थापन (आईएनएम), बाली अवशेष व्यवस्थापन (सीआरएम), प्राकृतिक खेती, तेलहन तथा दलहन उत्पादनका उन्नत विधि, एकीकृत कीट व्यवस्थापन (आईपीएम) लगायत अन्य सान्दर्भिक विषयहरूमा किसानहरूको ज्ञान र प्राविधिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएका छन्।

  • आईसीएआरका ९५० वटा टोलीमध्ये प्रत्येकबाट प्रतिहप्ता एउटा तालिम कार्यक्रम आयोजना गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी, कृषि विज्ञान केन्द्र (केभीके) का ७०० वटा टोलीलाई प्रतिहप्ता दुईवटा तालिम कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ। प्रत्येक तालिम कार्यक्रममा ४० जना सहभागीको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
  • पाँच साताको अवधिमा यस अभियानअन्तर्गत कुल ११,७५० वटा तालिम कार्यक्रम आयोजना गर्ने परिकल्पना गरिएको छ। यी कार्यक्रमहरूमार्फत अनुमानित ४ लाख ७० हजार किसानसम्म पुग्ने लक्ष्य निर्धारण गरिएको छ।

किसानका खेतबारीमा कृषि प्रविधिको व्यावहारिक प्रदर्शन

भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) अन्तर्गतका संस्थानहरू तथा कृषि विज्ञान केन्द्र (केभीके) ले उन्नत कृषि प्रविधिहरूको प्रभावकारिता र तिनबाट प्राप्त हुने लाभहरू प्रदर्शन गर्न चयनित किसानका खेतबारीमा व्यावहारिक प्रदर्शन कार्यक्रम आयोजना गर्नेछन्। यस्ता प्रदर्शनमार्फत किसानहरूले वैज्ञानिक कृषि विधिहरूको प्रभावकारिता बुझ्न तथा तिनबाट प्राप्त नतिजाको तुलना आफ्ना परम्परागत खेती पद्धतिसँग गर्न सक्नेछन्।यी प्रदर्शन कार्यक्रमहरूमा ग्रिन अमोनिया, बाली अवशेष व्यवस्थापन (सीआरएम), एकीकृत पोषक तत्त्व व्यवस्थापन (आईएनएम), एकीकृत कीट व्यवस्थापन (आईपीएम), प्राकृतिक खेती, तेलहन तथा दलहन बालीका लागि एकीकृत बाली व्यवस्थापन (आईसीएम), जैविक मल तथा अन्य जैविक र प्राकृतिक स्रोतमा आधारित कृषि सामग्रीहरूको प्रयोगजस्ता प्रमुख विषयहरू समेटिनेछन्।

  • यस अभियानअन्तर्गत किसानका खेतबारीमा कुल ५० हजार वटा व्यावहारिक कृषि प्रदर्शन आयोजना गर्ने परिकल्पना गरिएको छ। यसमध्ये ४० हजार प्रदर्शन कृषि विज्ञान केन्द्र (केभीके) र बाँकी १० हजार प्रदर्शन भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) अन्तर्गतका संस्थानहरूले सञ्चालन गर्नेछन्।
  • प्रत्येक प्रदर्शन कार्यक्रममा २० जना किसानको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। यसरी यस पहलमार्फत अनुमानित १० लाख किसानसम्म पुग्ने लक्ष्य निर्धारण गरिएको छ।

खेत दिवस, बाली कटानी दिवस तथा अनुभवमूलक भ्रमण

खेत दिवस, बाली कटानी कार्यक्रम तथा कृषि प्रदर्शनस्थलहरूको अनुभवमूलक भ्रमण यस अभियानको ‘आफैँले देखेर विश्वास गर्ने’ अवधारणाको अभिन्न अङ्ग हुन्। यी गतिविधिहरूमार्फत किसानहरूले उन्नत कृषि प्रविधिहरूलाई प्रत्यक्ष रूपमा अवलोकन गर्ने, तिनको व्यावहारिक प्रयोगबारे बुझ्ने तथा खेतबारीको वास्तविक परिस्थितिमा तिनबाट प्राप्त हुने लाभहरूको मूल्याङ्कन गर्ने अवसर प्राप्त गर्नेछन्।

  • १,६५० वटा टोलीमध्ये प्रत्येकलाई बाली लगाउने तथा उत्पादन हुने मौसममा तीनवटा खेत दिवस वा बाली कटानी दिवस र दुईवटा अनुभवमूलक भ्रमण आयोजना गर्ने जिम्मेवारी दिइएको छ। प्रत्येक गतिविधिमा करिब १२५ जना किसानको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
  • यी गतिविधिहरूमार्फत सामूहिक रूपमा करिब १० लाख किसानसम्म पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।

सामाजिक सञ्जालमार्फत व्यापक पहुँच तथा प्रचारप्रसार

डिजिटल प्लेटफर्महरू उन्नत कृषि अभ्यास, प्राविधिक परामर्श तथा अभियानसँग सम्बन्धित विभिन्न गतिविधिहरूको जानकारी प्रसार गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित भएका छन्। यसले खेतबारीमा प्रत्यक्ष रूपमा सञ्चालन गरिने कार्यक्रमहरूको पहुँचलाई विस्तार गर्दै व्यापक किसान समुदायसम्म अभियानका सन्देश पुर्‍याउन सहयोग गर्नेछ।

  • ह्वाट्सएप, फेसबुक, एक्स (X) तथा अन्य उपयुक्त डिजिटल माध्यमहरू मार्फत दैनिक जानकारी तथा गतिविधिका अद्यावधिक विवरणहरू प्रसार गर्न विशेष टोलीहरू गठन गरिनेछ।
  • यस अभियानअन्तर्गत सामाजिक सञ्जालमार्फत १ करोड ५० लाख किसानसम्म पुग्ने लक्ष्य राखिएको छ भने समग्र डिजिटल पहुँचलाई विस्तार गरी २ करोड ५० लाखसम्म पुर्‍याउने परिकल्पना गरिएको छ।

किसानहरूलाई सरकारी योजना तथा सेवाहरूसँग आबद्ध गराउने

यस अभियानले किसानहरूलाई प्रमुख कृषि योजना, सेवा तथा उन्नत कृषि अभ्यासहरूबारे जानकारी गराउन लक्षित जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्नेछ। यसअन्तर्गत प्रधानमन्त्री किसान सम्मान निधि (पीएम–किसान), कीटनाशकको सन्तुलित प्रयोग, माटो स्वास्थ्य कार्ड, मल बिक्रीसम्बन्धी प्रचलित व्यवस्था तथा व्यापार सम्झौताबाट प्राप्त हुन सक्ने सम्भावित लाभहरूबारे किसानहरूलाई जानकारी प्रदान गरिनेछ।यसका अतिरिक्त, किसान परिचयपत्र (फार्मर आईडी) निर्माण तथा अद्यावधिक गर्न आवश्यक सहयोग उपलब्ध गराउनुका साथै प्रधानमन्त्री फसल बीमा योजना (पीएमएफबीवाई) अन्तर्गत बाली बीमा सुविधासम्बन्धी जानकारी पनि प्रसार गरिनेछ।त्यसैगरी, किसान क्रेडिट कार्ड (केसीसी) योजनाअन्तर्गत शतप्रतिशत योग्य किसानलाई समेट्ने उद्देश्यले विशेष अभियान सञ्चालन गरी उनीहरूलाई संस्थागत ऋण सुविधामा पहुँच प्राप्त गर्न सहजीकरण गरिनेछ। यसबाट किसानहरूलाई सरकारी योजनाको लाभ लिन तथा कृषि कार्यका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समग्र रूपमा, यी पहलहरूको उद्देश्य सरकारी सहायता प्रणाली तथा उपलब्ध सुविधाहरूबारे किसानहरूमा जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक कृषि सेवा, औपचारिक ऋण सुविधा तथा कृषि जोखिम न्यूनीकरणका उपायहरूमा उनीहरूको पहुँच सहज र प्रभावकारी बनाउनु हो। यसबाट कृषि पेसामा निर्भर किसानहरूको जीविकोपार्जनलाई संस्थागत तथा वित्तीय रूपमा थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दिगो कृषिको आधारशिला सुदृढ बनाउने

‘खेत बचाओ अभियान–रबी २०२६’ ले माटोको स्वास्थ्य र दिगो प्राकृतिक स्रोत व्यवस्थापनलाई कृषि विकासको केन्द्रमा स्थापित गर्ने लक्ष्य राखेको छ। वैज्ञानिक अनुसन्धान संस्थान, सरकारी विभाग, कृषि प्रसार संयन्त्र तथा किसान समुदायबीच समन्वय र सहकार्य कायम गर्दै यस अभियानले वैज्ञानिक ज्ञानलाई स्थानीय परिस्थितिअनुकूल कृषि अभ्यासमा रूपान्तरण गर्ने प्रयास गरेको छ। यसको एकीकृत कार्ययोजनाअन्तर्गत किसानहरूमा जनचेतना अभिवृद्धि, क्षमता विकास, खेतबारीमा व्यावहारिक प्रदर्शन तथा डिजिटल माध्यमबाट सूचना प्रसारजस्ता गतिविधिहरू समेटिएका छन्। यसमार्फत उन्नत कृषि पद्धतिहरूलाई प्रोत्साहन गरिँदै आएको छ। सन्तुलित पोषक तत्त्व व्यवस्थापन, प्राकृतिक खेती तथा कृषि सामग्रीको प्रभावकारी उपयोगका साथै बाली विविधीकरण, बाली अवशेष व्यवस्थापन, एकीकृत कीट व्यवस्थापन र जलवायु अनुकूलनमा समेत विशेष जोड दिइएको छ। संस्थागत समन्वय र किसानको सक्रिय सहभागितालाई प्राथमिकता दिएको यस अभियानले तल्लो तहसम्म कृषि प्रसार प्रणालीलाई सुदृढ बनाउन तथा किसानहरूको कृषि सेवा र सुविधामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यी पहलहरूले प्राकृतिक स्रोतसाधनको कुशल उपयोगमा आधारित कृषि प्रणाली, स्वस्थ माटो तथा किसानहरूको दिगो जीविकोपार्जनलाई प्रवर्द्धन गर्नुका साथै ‘विकसित भारत’ को बृहत् राष्ट्रिय परिकल्पना साकार पार्न सहयोग पुर्‍याउनेछन्। यसका अतिरिक्त, यस अभियानले विशेषगरी दिगो विकास लक्ष्य (एसडीजी) अन्तर्गत लक्ष्य–२ (शून्य भोकमरी) र लक्ष्य–१३ (जलवायु परिवर्तनसम्बन्धी कार्य) हासिल गर्ने दिशामा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

सन्दर्भ :

कृषि तथा किसान कल्याण मन्त्रालय, भारत सरकार

https://www.pib.gov.in/PressNoteDetails.aspx?NoteId=159311&ModuleId=3&reg=48&lang=1

https://www.manage.gov.in/publications/eBooks/DAESI_%20Vol%20I_Study%20Material.pdf

https://vikalp.kisansarathi.in/#home

https://www.pib.gov.in/PressReleaseDetail.aspx?PRID=2302428&reg=48&lang=1

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2326112&reg=48&lang=2

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2266794&lang=1&reg=1

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2288740&reg=48&lang=2

https://icar.gov.in/en/icar-mgifri-motihari-takes-khet-bachao-abhiyan-indias-frontier-villages-promotes-soil-health-and

भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर)

https://icar.org.in/sites/default/files/2026-10/Khet-Bachaao-Abhiyaan-2026.pdf

https://icar.org.in/sites/default/files/Circulars/ICAR%20Insights%20Outcomes%20Booklet%20%28English%29.pdf

https://icar.org.in/sites/default/files/Circulars/Farmers%20Innovations_2025___English.pdf

 

पीडीएफ हेर्न यहाँ क्लिक गर्नुहोस्

पीआईबी शोध

********

MPS/TWB


(रिलिज आईडी: 2334948) आगन्तुक काउन्टर : 10
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Bengali , Bengali-TR , Gujarati , Tamil