सामाजिक न्याय तथा अधिकारिता मन्त्रालय
azadi ka amrit mahotsav

ग्रामीण कृषि पृष्ठभूमिबाट विश्व स्तरीय शिक्षातर्फ


नेशनल ओभरसिज स्कलरशिपले अस्ट्रेलियाको मोनास विश्वविद्यालयमा अध्ययनरत एक युवा एआई स्नातकलाई सशक्त बनाउँदै

पोस्ट गरियो: 03 NOV 2026 2:25PM by PIB Gangtok

नयाँ दिल्ली, 3 नोभेम्बर, 2026

अनुसूचित जातिका युवा विद्यार्थी आरभ माने (नाम परिवर्तन गरिएको) को यात्राले के देखाउँछ भने समयमै प्राप्त हुने शैक्षिक सहयोगले कसरी प्रतिभाशाली विद्यार्थीहरूलाई आर्थिक तथा भौगोलिक अवरोधहरू पार गर्न, विश्व स्तरीय शिक्षणका अवसरहरू हासिल गर्न र आफ्ना व्यावसायिक आकांक्षाहरू पूरा गर्न मद्दत गर्न सक्छ।

नेशनल ओभरसिज स्कलरशिपले उनलाई शैक्षिक क्षेत्रमा एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न मात्र सघाएको छैन, बरु उनको परिवार र ग्रामीण समुदायका लागि गर्वको विषय बन्नुका साथै नयाँ सम्भावनाका ढोकाहरू पनि खोलेको छ। यो योजना उनको शैक्षिक यात्रामा सहयोगको एक महत्त्वपूर्ण स्रोत साबित भएको छ।

सीमित आर्थिक स्रोत भएको ग्रामीण कृषक परिवारबाट आएका २६ वर्षीय आरभ मानेका लागि विदेशमा उच्च शिक्षा हासिल गर्नु एउटा टाढाको सपना जस्तै थियो। आर्थिक कठिनाइ र अन्तर्राष्ट्रिय शैक्षिक अवसरहरूबारे सीमित जानकारीका बावजुद, उनी आर्टिफिशियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को क्षेत्रमा आफ्नो करियर बनाउन र प्राविधिक नवप्रवर्तनमा योगदान पुर्‍याउन प्रतिबद्ध थिए।

कृषक समुदायसँग सम्बन्धित भएकाले आरभको परिवारले ठूलो आर्थिक अभावको सामना गर्नुपरेको थियो। उनका मातापिताले उनका शैक्षिक आकाङ्क्षाहरू पूरा गर्न निकै कड़ा परिश्रम गरे, तर अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न लाग्ने खर्च एक ठूलो चुनौती बनेको थियो।

विदेशमा हुने शिक्षासम्बन्धी मार्गदर्शन र जानकारीको अभावले उनको यात्रालाई अझ जटिल बनाइदिएको थियो। अस्ट्रेलियामा अध्ययनका क्रममा, पछिल्ला सेमेस्टरहरूमा विश्वविद्यालयको शुल्क बढ्दै जाँदा आर्थिक भार अझ थपियो। बस्ने व्यवस्था, दैनिक जीवनयापन खर्च, शैक्षिक सामग्री र पढ़ाइका जिम्मेवारीहरू एकैसाथ सम्हाल्नु उनको परिवारका लागि निकै कठिन हुँदै गयो। यस्ता चुनौतीहरूका बावजुद, आरभ आर्टिफिशियल इन्टेलिजेन्स इञ्जिनियर बन्ने आफ्नो लक्ष्यमा अडिग रहे।

नेशनल ओभरसिज स्कलरशिपको माध्यमद्वारा उनले सन् २०२४–२०२६ को अवधिमा शिक्षण शुल्क, जीवनयापन खर्च र अन्य सम्बन्धित शैक्षिक खर्चहरूका लागि आर्थिक सहयोग प्राप्त गरे। यस सहयोगले उनलाई आफ्नो परिवारमाथि धान्नै नसकिने आर्थिक भार नपारी अस्ट्रेलियाको मोनास विश्वविद्यालयमा आर्टिफिशियल इन्टेलिजेन्समा स्नातकोत्तर तहको अध्ययन अघि बढ़ाउन सम्भव बनायो।

नेशनल ओभरसिज स्कलरशिप योजना अन्तर्गत सन् २०२४–२०२६ को अवधिमा शिक्षण शुल्क, जीवनयापन खर्च र सम्बन्धित शैक्षिक खर्चहरू समेट्ने गरी आर्थिक सहयोग प्रदान गरिएको थियो। यस योजनाले अस्ट्रेलियाको मोनास विश्वविद्यालयमा गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्राप्त गर्ने, वैश्विक अनुभव बटुल्ने र आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा उच्च प्राविधिक कौशल विकास गर्ने अवसर प्रदान गर्‍यो।

आर्थिक तथा भौगोलिक अवरोधहरूलाई पार गर्दै आरभले मोनास विश्वविद्यालयबाट आर्टिफिशियल इन्टेलिजेन्समा आफ्नो स्नातकोत्तर डिग्री सफलतापूर्वक पूरा गरेका छन् र अहिले प्रविधि क्षेत्रमा आफ्नो व्यावसायिक करियर स्थापित गर्ने दिशामा अघि बढ़िरहेका छन्। उनी अब भारतमा एआई इञ्जिनियरका रूपमा काम गर्न, प्रभावकारी एआई-आधारित समाधानहरू विकास गर्न तथा आर्टिफिशियल इन्टेलिजेन्स र प्राविधिक नवप्रवर्तनका क्षेत्रमा देशको बढ्दो क्षमतामा योगदान पुर्‍याउन चाहन्छन्।

यस छात्रवृत्तिले उनलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्राप्त गर्ने, वैश्विक अनुभव बटुल्ने र आर्टिफिशियल इन्टेलिजेन्समा उच्च प्राविधिक कौशल विकास गर्ने अवसर दियो। यसले उनको व्यावसायिक आत्मविश्वासलाई मजबुत बनाउनुका साथै उदीयमान प्रविधि र तिनका सम्भावित प्रयोगहरूबारे उनको बुझाइलाई अझ विस्तृत बनायो।

*****

 

एसएस-162-टीएआर/केभी/जीए/आरके

मिति: ०३.११.२०२६


(रिलिज आईडी: 2332072) आगन्तुक काउन्टर : 10
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी