मत्स्यपालन, पशुपालन तथा दुग्ध मन्त्रालय
azadi ka amrit mahotsav

दुइदिने सिक्किम भ्रमणका क्रममा केन्द्रिय मन्त्री राजीव रञ्जन सिंहद्वारा दुग्ध विकास तथा पशुपालन सम्बन्धि पहलहरूको समीक्षा


दुग्ध विकास, स्वदेशी पशु नस्लको संरक्षण र वैज्ञानिक प्रजनन प्रविधिलाई प्रवर्द्धन गर्न विभिन्न पहलको शुभारम्भः किसान तथा पशुपालकहरूको जीविकोपार्जन सुदृढीकरणमा जोड़

पोस्ट गरियो: 02 NOV 2026 9:38PM by PIB Gangtok

गान्तोक, 2 नोभेम्बर 2026

केन्द्रिय मत्स्यपालन, पशुपालन तथा दुग्ध विकास मन्त्री राजीव रञ्जन सिंह उर्फ ललन सिंहले 2 र 3 नोभेम्बरको दिन सिक्किमको दुई दिने भ्रमण गर्दै पूर्वोत्तर क्षेत्रअन्तर्गत सिक्किममा पशुपालन तथा दुग्ध विकास विभाग (डीएएचडी) द्वारा सञ्चालित विभिन्न पहल तथा विकास कार्यक्रमहरूको प्रगतिबारे समीक्षा गर्नुभयो।  भ्रमणका क्रममा दुग्ध विकासलाई सुदृढ बनाउने, स्वदेशी पशु नस्लको संरक्षण तथा प्रबर्द्धन गर्ने, पशुधनको उत्पादकत्व बढ़ाउने, दुग्ध सहकारी सञ्जाल विस्तार गर्ने र किसान तथा पशुपालकहरूको जीविकोपार्जनका अवसर अभिवृद्धि गर्ने विषयमा विशेष जोड़ दिइयो।  

केन्द्रिय मन्त्रीले 2 नोभेम्बरको दिन तिङ्दा सरकारी प्राथमिक स्कूलको भ्रमण गर्दै विद्यार्थीहरूसँग अन्तरक्रिया पनि गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई शिक्षा तथा सिकाइप्रति प्रेरित गर्नुभयो। यसपछि उहाँले रामथाङ प्राथमिक स्वास्थ्य उपकेन्द्र (पीएचएससी) तथा वेलनेस सेन्टरको भ्रमण गर्दै त्यहाँ उपलब्ध स्वास्थ्य सेवाहरूको समीक्षा गर्नुभयो।

यसै क्रममा मन्त्रीले सिरी साँढ़े, सिरी गाई तथा यसबाट उत्पादित मूल्य अभिवृद्धि गरिएका वस्तुहरूको प्रदर्शनीको अवलोकन गर्नुभयो। उहाँले किसानहरूसँग अन्तरक्रिया गर्दै स्वदेशी पशु नस्लको संरक्षण तथा पशुपालनमा आधारित जीविकोपार्जनका अवसरबारे जानकारी लिनुभयो। उहाँले दुग्ध तथा पशुपालन सम्बन्धि उत्पादन र स्थानीय रूपमा उत्पादित जैविक साग-सब्जीका स्टालहरूको पनि निरीक्षण गर्नुभयो।

केन्द्रिय मन्त्रीले  मगनमा श्वेत क्रान्ति 2.0 अन्तर्गत उत्तर जिल्ला दुग्ध उत्पादन सहकारी सङ्ग लिमिटेड (एनडीएमयू) को डिजिटल माध्यमबाट शुभाराम्भ गर्नुभयो। यसलाई उत्तर सिक्किममा दुग्ध सहकारी सञ्जाल सुदृढीकरण तथा व्यवस्थित दुग्ध गतिविधिहरूको विस्तारतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ। यस  पहलले दुग्ध उत्पादक किसानहरूको सहकारी सञ्जालमा सहभागिता बढाउनका साथै दुग्ध विकासका लागि संस्थागत सहयोग सुदृढ गर्ने अपेक्षा गरिएको छ।

यसैगरि केन्द्रिय मन्त्रीले “सुँगुरमा वीर्य उत्पादनका लागि न्यूनतम मापदण्ड पोर्टोकल तथा तरल वीर्य प्रयोग गरी कृतिम गर्भधानका लागि मानक सञ्चालन प्रक्रिया’’ नामक प्रकाशनको लोकार्पण गर्नुभयो।

यसले सुँगुरमा वीर्य उत्पादन तथा तरल वीर्य प्रयोग गरी कृतिम गर्भधान (एआई) गर्ने प्रक्रियाका लागि एकरूप मापदण्ड निर्धारण गर्नेछ। यस पोर्टोकलले वैज्ञानिक प्रजनन् अभ्यासलाई प्रबर्द्धन गर्नका साथै अनुवांशिक गुणस्तर सुधार, उत्पादकत्व वृद्धि, जैविक सुरक्षा सुदृढीकरण र सुँगुरपालनमा कृतिम गर्भधान प्रविधिको प्रयोग गर्ने लक्ष्य राखेको छ।

यस पहलबाट विशेषगरि उत्तरपूर्वी क्षेत्रमा पशुको प्रजनन् क्षमता सुधार, रोग सङ्क्रमणको जोखिम न्यूनिकरण तथा किसानहरूको आमदानी वृद्धि हुने अपेक्षा गरिएको छ। यस क्षेत्रमा सुँगुरपालन, ग्रामीण जीविकोपार्जनको महत्त्वपूर्ण  आधार रहँदै आएको छ।

केन्द्रिय मन्त्रीले स्वदेशी सिरी गाई-वस्तुको नस्ल संरक्षण तथा प्रबर्द्धन, मूल्यवान, अनुवांशिक स्रोतको संरक्षण र वैज्ञानिक प्रजनन् अभ्यासलाई सुदृढ गर्ने उद्देश्यले सिरी गाई-वस्तु संरक्षण कार्यक्रमको पनि डिजिटल माध्यमबाट शुभारम्भ गर्नुभयो।

यसका अतिरिक्त केन्द्रिय मन्त्रीले पाकिम जिल्लाको छुजाचेनमा स्थापना गरिने सिरी साँढ़े तथा प्रजनन् गाई फार्मको पनि डिजिटल माध्यमबाट शिलान्यास गर्नुभयो। प्रस्तावित यस केन्द्रले स्वदेशी सिरी नस्लको संरक्षण,अनुवांशिक सुधार तथा गुणस्तरीय प्रजनन सामग्रीको उत्पादन र विस्तारमा सहयोग पुऱ्याउने लक्ष्य राखेको छ।

भ्रमणको समापनका अवसरमा केन्द्रिय मन्त्री राजीव रञ्जन सिंहले सम्बोधन गर्दै दुग्ध तथा पशुपालन क्षेत्रलाई सुदृढ बनाउने, स्वदेशी नस्लको संरक्षण गर्ने, आधुनिक प्रजनन प्रविधि अप्नाउने तथा किसान र पशुपालकहरूका लागि दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने महत्त्वमाथि प्रकाश पार्नुभयो। केन्द्रिय मन्त्रीले आफ्नो सम्बोधनमा भारत सरकारको पशुपालन तथा दुग्ध विकास विभागले सिक्किममा स्वदेशी सिरी गाई-वस्तुको संरक्षण  तथा विकासका लागि उत्कृष्टता केन्द्र स्थापना गर्ने घोषणा गर्नुभयो। उहाँले सिरी गाई-वस्तुको संरक्षण तथा विकासका लागि नस्ल सुधार अनुवांशिक संरक्षण र वैज्ञानिक प्रजननमा केन्द्रित विस्तृत कार्ययोजना तयार गर्न निर्देश दिनुभयो। यसरी नै अनुवांशिक सुधारलाई तीव्रता दिन तथा उत्कृष्ट प्रजनन सामग्रीको विस्तार गर्न इन भीट्रो फर्टिलाइजेशन (आईभीएफ)  प्रविधि लागू गर्ने कार्ययोजना तयार गर्नुपर्नेमा जोड़ दिनुभयो।

केन्द्रिय मन्त्रीले  श्वेत क्रान्ति 2.0 अन्तर्गत नर्थ डिस्ट्रिक कोअपरेटिभ मिल्क प्रोड्यूशर युनियन लिमिटेड समावेश भएकोमा बधाई दिँदै यसको सफल कार्यन्वयन सुनिश्चित गर्न राष्ट्रिय दुग्ध विकास बोर्ड एनडीडीबीलाई विस्तृत योजना तयार गर्न सुझाउ दिनुभयो। यो योजनामा दुग्ध प्रशोधन केन्द्रको आधुनिकीकरण, दुग्ध सहकारी सञ्जालको विस्तार तथा राज्यमा दुग्ध क्षेत्रको दिगो विकासलाई गति दिन एकिकृत सिक्किम मिल्क ब्राण्डको विकास समावेश गर्नुपर्ने उहाँले बताउनुभयो।

केन्द्रिय मन्त्रीले स्वदेशी पशु नस्लको संरक्षण आधुनिक प्रजनन प्रविधिको प्रयोग, दुग्ध पूर्वाधारको विकास तथा सहकारीमा आधारित विकासमार्फत दुग्ध र पशुपालन क्षेत्रलाई सुदृढ बनाउनु आवश्यक रहेको दोहोऱ्याउनु भयो। यसबाट पशुधनको उत्पादकत्व वृद्धि हुनका साथै  किसान तथा पशुपालकहरूका लागि दिगो जीविकोपार्जनका अवसर सिर्जना हुने उहाँले बताउनुभयो।

********

MPS/TWB


(रिलिज आईडी: 2332055) आगन्तुक काउन्टर : 6
मा यो विज्ञप्ति पढ्नुहोस्: हिन्दी , English , Urdu