प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 20औँ रोजगार मेलामा सरकारी सेवामा नयाँ नियुक्त युवाहरूलाई 51,000 भन्दा अधिक नियुक्ति पत्र वितरण गरे
भारतको युवा शक्ति ‘विकसित भारत’ को हाम्रो यात्राको केन्द्रमा छ: प्रधानमन्त्री
रोजगार मेलाले युवाहरूका लागि नयाँ अवसरहरू पैदा गर्ने हाम्रो सङ्कल्पलाई प्रतिबिम्बित गर्दछ: प्रधानमन्त्री
हाम्रा युवाहरूको प्रतिभा र कौशलले वैश्विक विश्वास आर्जन गरेको छ; विश्वले हाम्रा आविष्कारकहरू, उद्यमीहरू र जीवन्त युवा शक्तिबाट ठूलो अपेक्षा राखेको छ: प्रधानमन्त्री
मुक्त व्यापार सम्झौताहरूले हाम्रा युवाहरूका लागि अवसरका नयाँ ढोकाहरू खोलिरहेका छन्; यी व्यापार सम्झौताहरूले हाम्रा उद्यमीहरूका लागि नयाँ साझेदारी र बजारको बाटो प्रशस्त गर्नुका साथै युवाहरूका लागि रोजगारीका नयाँ सम्भावनाहरू पैदा गर्छन्: प्रधानमन्त्री
भारत हाल विश्वको तेस्रो ठूलो स्टार्टअप इकोसिस्टम हो; यस अतिरिक्त, भारतको स्टार्टअप कहानी अहिले ठूला महानगरहरूमा मात्र सीमित छैन, आज मान्यता प्राप्त कुल स्टार्टअपहरूमध्ये लगभग आधा ‘टियर-2’ र ’टियर-3’ शहरहरूमा आधारित छन्: प्रधानमन्त्री
पोस्ट गरियो:
19 SEP 2026 2:30PM by PIB Gangtok
नयाँ दिल्ली, 19 सेप्टेम्बर 2026।
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङमार्फत 20औँ रोजगार मेलामा विभिन्न सरकारी निकायहरूमा नयाँ नियुक्त युवाहरूलाई 51,000 भन्दा अधिक नियुक्ति पत्र वितरण गरेका छन्। सो अवसरमा सम्बोधन गर्दै उनले यो कोसेढुङ्गाले हजारौँ परिवारमा अपार खुशी ल्याएको र यसले उम्मेदवारहरूको व्यक्तिगत कड़ा परिश्रम तथा उनीहरूका अभिभावकहरूले गरेका ठूला त्यागहरू दुवैको सम्मान गरेको कुरामा जोड़ दिए। “म तपाईंहरू सबैलाई जीवनको यस नयाँ सुरुवातका लागि धेरै धेरै शुभकामना दिन्छु”, श्री मोदीले भने।
सन् 2047 सम्ममा विकसित राष्ट्र बन्ने ऐतिहासिक लक्ष्यतर्फ मुलुक अघि बढिरहँदा भारत सरकारमा नयाँ नियुक्त भएकाहरूलाई स्वागत जनाउँदै प्रधानमन्त्रीले हरेक प्रशासनिक निर्णयमार्फत विकसित र आत्मनिर्भर भारतको अभियानलाई निरन्तर सशक्त बनाउन युवाहरूको अहम् भूमिका रहने कुरामा जोड़ दिए। उनले आफ्ना साथी युवाहरूप्रतिको उनीहरूको विशेष जिम्मेवारीबारे प्रकाश पार्दै भने अनुसार युवा पुस्ताको प्रतिभा र कौशलले विश्वको विश्वास जितेको छ, जसले भारतीय आविष्कारक, उद्यमी र युवा शक्तिप्रति वैश्विक अपेक्षा बढ़ाएको छ। विश्वले हाम्रा आविष्कारकहरू, उद्यमीहरू र युवा शक्तिबाट ठूलो अपेक्षा राखेको छ, श्री मोदीले दृढ़तापूर्वक भने। हालै सम्पन्न ब्रिक्स शिखर सम्मेलनको सन्दर्भमा प्रधानमन्त्रीले सरकारको रणनीति परम्परागत ‘सरकार-देखि-सरकार’ (जी2जी) बीचको अन्तरक्रियाभन्दा धेरै परसम्म अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्ने रहेको बताए। उनले ‘ब्रिक्स कनेक्ट’ र ‘ब्रिक्स एमएसएमई सहयोग पोर्टल’ जस्ता पहलहरू उद्यमी, किसान, महिला र युवाहरूलाई वैश्विक साझेदारीमा प्रत्यक्ष रूपमा जोड्नका लागि तयार पारिएको बताए। यस साझेदारीमा सबैजना सक्रिय सहभागी बन्नुपर्छ, श्री मोदीले भने।
पछिल्ला केही वर्षहरूको आर्थिक कूटनीतिमा प्रकाश पार्दै प्रधानमन्त्रीले करिब 40 देशहरूसँग गरिएका स्वतन्त्र व्यापार सम्झौताहरूले अभूतपूर्व रोजगारी तथा करियरका सम्भावनाहरू खोलिरहेको कुरा औँल्याए। उनले यी सम्झौताहरूले स्वदेशी उद्यमीहरूका लागि नयाँ बजार र गतिशील साझेदारी निर्माण गर्नुका साथै युवाहरूका लागि करियरका नयाँ अवसरहरू विस्तार गर्ने कुरामा जोड़ दिए। यी स्वतन्त्र व्यापार सम्झौताहरूले हाम्रा युवाहरूका लागि सम्भावनाका नयाँ ढोकाहरू खोलिरहेका छन्, श्री मोदीले दृढ़तापूर्वक भने।
भविष्यका लागि आवश्यक कौशल विकासमा सरकारको निरन्तर ध्यानबारे चर्चा गर्दै प्रधानमन्त्रीले राष्ट्रिय शिक्षा नीति, स्किल इण्डिया मिशन, प्रधानमन्त्री कौशल विकास योजना र प्रशिक्षार्थी कार्यक्रमलाई बढ़ावा दिने प्रयासहरू जस्ता परिवर्तनकारी पहलहरूको सूची प्रस्तुत गरे। उनले ‘पीएम-सेतु’ योजनाको पनि चर्चा गरे, जसले उद्योगहरूको प्रत्यक्ष सहभागिता सहित 60 हजार करोड़ रुपियाँको निवेशमा एक हजार सरकारी आईटीआईहरूलाई आधुनिकीकरण गरिरहेको छ। हाम्रो प्रयास युवाहरूको शिक्षा र कौशल परिवर्तनशील अर्थतन्त्रको आवश्यकतासँग मेल खाने खालको होस् भन्ने छ, श्री मोदीले भने।
घरेलु स्टार्टअप इकोसिस्टमको तीव्र वृद्धिको प्रशंसा गर्दै प्रधानमन्त्रीले विश्वको तेस्रो ठूलो स्टार्टअप हबका रूपमा देशको स्थितिको सराहना गरे तथा मान्यता प्राप्त स्टार्टअपहरूमध्ये झन्डै आधाजसो ‘टियर-2’ र ‘टियर-3’ शहरहरूबाट आएको कुरा उल्लेख गरे। उनले साना शहरका युवाहरूले आफ्ना विचारहरूमा सक्रिय रूपमा काम गरेको, कम्पनीहरू स्थापना गरेको र आफ्ना साथीहरूका लागि नयाँ रोजगारीका अवसरहरू सिर्जना गरेकोमा प्रशंसा गरे। आज गाउँ, नगर र साना शहरका युवाहरूले पनि भारतको नयाँ अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्, श्री मोदीले भने।
निजी क्षेत्रमा रोजगारी बढ़ाउने रणनीतिको रूपरेखा प्रस्तुत गर्दै प्रधानमन्त्रीले ‘प्रधानमन्त्री विकसित भारत रोजगार योजना’ को चर्चा गरे। यो एक लाख करोड़ रुपियाँको विशाल पहल हो जसको उद्देश्य दुई करोड़ युवाहरूलाई पहिलो पटक औपचारिक रोजगारीमा ल्याउनु हो। उनले बताए अनुसार यस योजनाले पहिलो पटक रोजगारी पाउनेहरूलाई 15,000 रुपियाँसम्मको प्रोत्साहन प्रदान गर्दछ र नयाँ रोजगारी सिर्जना गर्ने नियोक्ताहरूलाई पनि आर्थिक रूपमा पुरस्कृत गर्दछ। सरकार देशमा रोजगारी बढ़ाउन हरेक क्षेत्रमा काम गरिरहेको छ, श्री मोदीले दृढ़तापूर्वक भने।
रोजगारी सिर्जनालाई बलियो समष्टिगत आर्थिक अवस्थासँग जोड्दै प्रधानमन्त्रीले व्याख्या गरे अनुसार युवाहरूका लागि नयाँ अवसरहरू तब मात्र सिर्जना हुन्छन् जब अर्थतन्त्रको विकास हुन्छ, निवेश बढ्छ र नयाँ उद्योगहरूको विस्तार हुन्छ। उनले देशको शानदार 7.8 प्रतिशतको आर्थिक वृद्धिदर र पहिलो त्रैमासिकमा निवेशमा भएको 12 प्रतिशतको वृद्धिलाई प्रकाश पार्दै उल्लेख गरे अनुसार वैश्विक अनिश्चितताका बावजुद पनि रेटिङ एजेन्सीहरूले देशको आर्थिक दृष्टिकोणलाई सकारात्मक रूपमा स्तरोन्नति गरिरहेका छन्। भारतको यो वृद्धिको पछाडि पछिल्ला वर्षहरूमा गरिएका सुधारहरूको ठूलो योगदान छ, श्री मोदीले उल्लेख गरे।
नयाँ अधिकारीहरूलाई निरन्तर प्रशासनिक रूपान्तरणको युग आत्मसात गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले कर सम्बन्धी प्रक्रियाहरू सरल बनाउने, व्यवसाय सञ्चालन सहज बनाउने, शिक्षा र कौशल विकासमा सुधार गर्ने तथा नवीनताका लागि नयाँ क्षेत्रहरू खोल्ने अत्यावश्यक आवश्यकतामा जोड़ दिए। उनले युवा कर्मचारीहरूलाई आफ्नो कार्यकालभरि नै सुशासन सुधारको गतिलाई अविछिन्न रूपमा अघि बढ़ाउने जिम्मेवारी सुम्पिए। देशमा ‘सुधार एक्सप्रेस’ पूर्ण गतिमा निरन्तर चलिरहनु आवश्यक छ, श्री मोदीले जोड़ दिए।
लहरहरूलाई जित्नका लागि सूर्य, समुद्र, डुङ्गा र माझीलाई आफ्नो बनाउनेबारे आफ्ना काव्यिक भनाइहरू उद्धृत गर्दै प्रधानमन्त्रीले नयाँ नियुक्त कर्मचारीहरूलाई देशका युवाहरूको गहिरो आकांक्षाहरूलाई साकार पार्दै त्यस्तै साहस प्रदर्शन गर्न चुनौती दिए। उनले जोड़ दिए अनुसार हरेक फाइलमा गरिने हस्ताक्षर र हरेक प्रशासनिक निर्णयले अवरोधहरू हटाउनुपर्छ, नयाँ विचारहरूलाई फस्टाउने मौका दिनुपर्छ र अन्ततः रोजगारी सिर्जना गर्ने नवीनता-उन्मुख निवेशलाई प्रवर्द्धन गर्नुपर्छ। हरेक फाइलमा तपाईंको हस्ताक्षर युवाहरूको आकांक्षालाई अघि बढ़ाउने खालको हुनुपर्छ, श्री मोदीले भने।
उनीहरूको निजी अनुभवको जिकिर गर्दै प्रधानमन्त्रीले नयाँ नियुक्त अधिकारीहरूलाई सरकारी प्रणालीभित्र प्राप्त नयाँ अधिकारको प्रयोग गहिरो सहानुभूति सहित गर्न आग्रह गरे। उनले सेवामा प्रवेश गर्नुअघि आफूले सामना गरेका प्रशासनिक अवरोधहरूलाई सक्रिय रूपमा हटाउन उनीहरूलाई सुझाउ दिए। तपाईंको प्रयास कस्तो हुनुपर्छ भने तपाईंले भोग्नुभएका कठिनाइहरू अन्य युवाहरूले भोग्न नपरोस्, श्री मोदीले भने। तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा आजीवन सिकाइको सोचलाई प्रोत्साहन गर्दै प्रधानमन्त्रीले नयाँ नियुक्त कर्मचारीहरूलाई ‘मिशन कर्मयोगी’ को ढाँचामार्फत आफ्ना कौशलहरू निरन्तर अभिवृद्धि गर्न र नयाँ प्रविधिहरूमा निपुणता हासिल गर्न निर्देशन दिए। उनले ‘कर्मयोगी प्रारम्भ’ मोड्युल विशेष गरी नयाँ कर्मचारीहरूलाई प्रणाली बुझ्न र ‘आईजीओटी’ प्लेटफर्ममा पहिले नै आबद्ध 1 करोड़ 70 लाख कर्मचारीहरूसँग जोडिन मद्दत गर्ने उद्देश्यले तयार पारिएको कुरा उल्लेख गरे। तपाईंले आफूलाई जति धेरै निखार्नुहुनेछ, त्यति नै राम्रोसँग देशका नागरिकहरूको सेवा गर्न सक्नुहुनेछ, श्री मोदीले जोड़ दिए।
कुनै पनि सरकारको वास्तविक शक्ति जनविश्वासमा निहित हुन्छ भन्ने कुरामा जोड़ दिँदै प्रधानमन्त्रीले नयाँ कर्मचारीहरूलाई सम्झाए अनुसार उनीहरूको दैनिक कार्य-जस्तै वृद्धभत्ताको प्रक्रियादेखि विद्यार्थी छात्रवृत्ति र किसान अनुदानसम्मले सर्वसाधारणको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। उनले उनीहरूको व्यवहार, कार्यक्षमता, इमानदारी र संवेदनशीलताले नै अन्ततः राज्यसँगको नागरिकको व्यक्तिगत अनुभवलाई परिभाषित गर्ने कुरामा जोड़ दिए। तपाईंको व्यवहार, संवेदनशीलता, कार्यक्षमता र इमानदारी - यी सबैले सरकारसँगको नागरिकको अनुभव कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्नेछन्, श्री मोदीले बताए।
प्रशासनिक क्षेत्रको एक सशक्त मन्त्रका साथ आफ्नो सम्बोधनलाई समापन गर्दै प्रधानमन्त्रीले नयाँ अधिकारीहरूलाई नागरिक सेवालाई राष्ट्रसेवा सरह मान्दै आफ्नो दैनिक कार्यमा ‘नागरिक देवो भव’ (नागरिक नै देवता हुन्) को भावना अपनाउन आह्वान गरे। उनले उनीहरूले सबै विभागहरूमा पूर्ण समर्पण र सेवाभावका साथ आफ्नो कर्तव्य पूरा गर्नेछन् भन्ने दृढ़ विश्वास व्यक्त गरे। तपाईंको कामले जब कुनै नागरिकको जीवन सहज बनाउँछ, तब तपाईंको सफलता अझ ठूलो हुनेछ, श्री मोदीले जोड़ दिए।
*****
एमजेपीएस/एसएस/पीआरके
(रिलिज आईडी: 2313538)
आगन्तुक काउन्टर : 19
मा यो विज्ञप्ति पढ्नुहोस्:
Tamil
,
Telugu
,
Assamese
,
Odia
,
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Manipuri
,
Bengali
,
Bengali-TR
,
Punjabi
,
Gujarati
,
Kannada
,
Malayalam