लघु, सूक्ष्म तथा मध्यम उद्योग मन्त्रालय
azadi ka amrit mahotsav

एमएसएमई-डीएफओ गान्तोकले 27 अगस्तको दिन रम्फूमा निर्यात प्रवर्तन एवं ई-कमर्स कार्यक्रम आयोजित गर्ने


प्रविष्टि तिथि: 20 AUG 2026 6:26PM by PIB Gangtok

गान्तोक, 20 अगस्त 2026।

भारत सरकारको सूक्ष्म, लघु एवं मध्यम उद्यम मन्त्रालय अन्तर्गत एमएसएमई- विकास एवं सुगमिकरण कार्यालय (एमएसएमई-डीएफओ), गान्तोकद्वारा आज आफ्नो देउराली कार्यालय परिसरमा प्रेसवार्ता आयोजित गरियो। मिडिया प्रतिनिधिहरूलाई सम्बोधितच गर्दै सहायक निर्देशक एवं कार्यालय प्रमुख निर्मल चौधरी तथा एमएसएमई-डीएफओ, गान्तोकका सहायक निर्देशक डा. राहुल काम्बलेले आगामी 27 अगस्तको दिन रम्फूको एउटा निजी रेसर्टमा आयोजित हुने निर्यात प्रवर्तन एवं ई-कमर्स कार्यक्रमबारे विस्तृत जानकतारी दिए।

प्रेस वार्तामा यी दुई अधिकारीले यस पहलको प्राथमिक उद्देश्य  सिक्किमभरीका स्थानीय कृषक, शिल्पी, उद्यमी अनि एमएसएमईहरूका लागि वैश्विक व्यापार अनि डिजिटल बजार एकिकरणको मार्ग खोली सशक्त गराउनु रहेको अवगत गराए। पञ्जिकरण, अनुपालन, दस्तावेजीकरण, प्याकेजिङ, लेबलिङ, प्रमाणिकरण तथा प्रचालन प्रबन्धन जस्ता महत्त्वपूर्ण कदम समेट्दै आवश्यक निर्यात प्रक्रियाहरूबारे स्थानीय उत्पादकहरूलाई शिक्षित गराउने विस्तृत योजना पनि प्रस्तुत गरे।

दुवै राष्ट्रिय अनि अन्तरराष्ट्रिय बजारमा सिक्किमको जैविक साथै विशिष्ट उत्पादको महत्त्व बढाउने विषयमा विशेष जोड दिइयो। यसलाई हासिल गर्न, यस पहलले प्रत्यक्ष बजारसम्म पहुँचका लागि महत्त्वपूर्ण औजारका रूपमा ई-कमर्समाथि जोड दिनका साथै स्थानीय उद्यम, खरिददार, निर्यातक अनि डिजिटल मञ्चहरूबीच सम्पर्क सुगम गराइनेछ।

यसका साथै प्रतिभागीहरूलाई निर्यात, वित्त, प्रचालन अनि गुणस्तर प्रमाणिकरणसित सम्बन्धित सरकारी सहयोग तथा सहुलियतहरूबारे विस्तृत जानकारी प्रदान गरिने पनि अवगत गराए। कार्यक्रममा एपीईडीए, डीजीएफटी, मसला बोर्ड, डाक निर्यात केन्द्रमार्फत् भारतीय डाक तथा एक्जिम ब्याङ्क जस्ता प्रमुख संस्थान अनि प्रतिनिधिहरूबारे पनि जानकारी साझा गरिनेछ। स्थानीय रोजगार सिर्जनाका साथै आय वृद्धि गराउन सिक्किममा कृषक, सरकारी अभिकरण अनि वित्तीय संस्थानहरूको सम्मिलन गरी सतत, निर्यातमुखी परितन्त्र निर्माण गर्नु कार्यक्रम लक्षित रहेको पनि जानकारी दिए।

*********

एमपीएस/टीडब्ल्यूबी


(रिलीज़ आईडी: 2301656) आगंतुक पटल : 8
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English