महिला तथा बाल विकास मन्त्रालय
प्रधानमन्त्री मोदीको नेतृत्वमा ग्रामीण सिक्किमलाई परिवर्तन गर्ने केन्द्रीय योजनाहरू: राज्यमन्त्री सावित्री ठाकुर
केन्द्रीय राज्यमन्त्री सावित्री ठाकुरले नाम्चीमा ग्रामीण सड़क, महिला तथा बाल कल्याण योजनाहरूको समीक्षा गरिन्
मन्त्रीले महिला सशक्तिकरणका लागि एक बिन्दु केन्द्र र हबको समीक्षा गरिन्, महिला सहभागितालाई ‘विकसित भारत’ को लागि आधारभूत बताइन्
पोस्ट गरियो:
13 MAY 2026 5:15PM by PIB Gangtok
नाम्ची, 13 मई 2026
भारत सरकारकी महिला तथा बाल विकास राज्यमन्त्री श्रीमती सावित्री ठाकुरले सिक्किमको आफ्नो तीन दिवसीय आधिकारिक भ्रमणको समापन दिनमा ग्रामीण सम्पर्क, कौशल विकास र महिला तथा बालबालिकाको कल्याणमा केन्द्रित हुँदै नाम्ची जिल्लामा व्यापक सहभागिता जनाएकी थिइन्।
आजको कार्यक्रमको शुरुमा मन्त्रीले नाम्चीको पवित्र सिद्धेश्वर मन्दिर, चार धाममा प्रार्थना गरिन् र मन्दिर परिसरको निरीक्षण गरिन्।

मन्त्रीले प्रधानमन्त्री ग्राम सड़क योजना अन्तर्गत सिमिक पावरग्रिड हुँदै रोड-खखख देखि सामाटार हर्राबोटेसम्म निर्माणाधीन सड़क परियोजनाको निरीक्षण गरिन्। लगभग 4.8 किलोमिटर सड़कले वरपरका ग्रामीण क्षेत्रहरूमा सम्पर्क र गतिशीलतालाई बलियो बनाउनेछ। श्रीमती ठाकुरले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा ग्रामीण सड़क सञ्जाल विस्तार, शिक्षा, स्वास्थ्य सेवा, कृषि र रोजगारीमा पहुँच सुधार गर्न निरन्तर प्रयास भइरहेको बताइन्। उनले अधिकारीहरूलाई गुणस्तरीय र समयमै सम्पन्नता सुनिश्चित गर्न निर्देशन दिइन् र संलग्न सबै कर्मचारीहरूको समर्पणको प्रशंसा गरिन्।

राज्य ग्रामीण विकास तथा पञ्चायती राज संस्थान, सिक्किममा मन्त्रीले व्यक्तिगत उद्यम वित्त ऋण आवेदन तालिम कार्यक्रममा भाग लिइन् र सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिन्। उनले ग्रामीण विकास, पञ्चायती राज संस्थाहरूको सशक्तिकरण, क्षमता निर्माण र कौशल विकासमा एसआईआरडी एण्ड पीआरको भूमिकाको प्रशंसा गरिन्। उनले आफ्नो तालिम र जागरूकता कार्यक्रमहरूको माध्यमद्वारा संस्थानले ग्रामीण क्षेत्रमा सुशासन र आत्मनिर्भरतालाई अगाड़ि बढ़ाइरहेको उल्लेख गरिन्। प्रधानमन्त्रीको मार्गदर्शनमा ग्रामीण अर्थतन्त्रलाई मजबुत पार्न प्रशिक्षित मानव संसाधन महत्त्वपूर्ण हुने उनले थपिन्।

श्रीमती ठाकुरले जोरथाङमा रहेको वन स्टप सेन्टरको भ्रमण गरिन् र यसको कार्यप्रणाली र सुविधाहरूको समीक्षा गरिन्। उनले केन्द्रले महिलाहरूलाई एकै स्थानमा सुरक्षा, परामर्श, कानुनी सहायता र आवश्यक सहयोग प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अवलोकन गरिन्। प्रधानमन्त्रीको नेतृत्वमा महिला सुरक्षा, मर्यादा र सशक्तिकरण सर्वोच्च प्राथमिकतामा रहेको कुरामा जोड़ दिँदै उनले महिलाहरूको लागि सुरक्षित र सहयोगी वातावरण सिर्जना गर्नु सामूहिक जिम्मेवारी भएको बताइन्। उनले केन्द्रका कर्मचारीहरूको प्रतिबद्धताको कदर गरिन् र महिला कल्याण र सशक्तिकरणका लागि आफ्नो प्रयास जारी राख्न आग्रह गरिन्।
IL70.jpg)
मन्त्रीले महिला सशक्तिकरणका लागि गतिविधि र योजनाहरूको समीक्षा गर्न जोरथाङमा महिला सशक्तिकरण केन्द्रको पनि भ्रमण गरिन्। हबले जागरूकता, परामर्श, कौशल विकास र सरकारी योजनाहरूमा पहुँचलाई सहज बनाउँछ। श्रीमती ठाकुरले महिलाहरूको आत्मनिर्भरता र समान अवसरहरू सुनिश्चित गर्न निरन्तर प्रयासहरू भइरहेका र महिलाहरूको सामाजिक र आर्थिक सहभागिता ‘विकसित भारत’ निर्माण गर्न आधारभूत छ भन्ने कुरामा जोड़ दिइन्।

जोरथाङमा आँगनवाड़ी केन्द्रको भ्रमणको क्रममा मन्त्रीले बालबालिका र आमाहरूको लागि पोषण, स्वास्थ्य र प्रारम्भिक बाल्यकाल शिक्षा सेवाहरूको समीक्षा गरिन्। उनले बालबालिकाको समग्र विकासका लागि गरिएका प्रयासहरूको प्रशंसा गरिन् र पोषण अभियान तथा अन्य महिला तथा बाल कल्याण योजनाहरूको माध्यमद्वारा सरकारले प्रधानमन्त्रीको नेतृत्वमा स्वस्थ र सशक्त भारततर्फ निरन्तर काम गरिरहेको उल्लेख गरिन्।
12 मई, मङ्गलवार साँझ मन्त्री ठाकुरले नाम्चीको टाउन हलमा जिल्ला र विभागीय अधिकारीहरूसँग कल्याणकारी र विकासात्मक कार्यक्रमहरूको मूल्याङ्कन गर्न समीक्षा बैठकको अध्यक्षता गरिन्।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रीमती ठाकुरले सिक्किमको प्राकृतिक सौन्दर्य, समृद्ध संस्कृति र नाम्चीका जनताको न्यानोपनको प्रशंसा गनुका साथै जिल्लाको टोली कार्य र सामूहिक जिम्मेवारी स्पष्ट रूपमा देखिने कुरा उल्लेख गरिन्। उनले केन्द्र प्रायोजित योजनाहरूको कार्यान्वयनमा सन्तुष्टि व्यक्त गर्नुका साथै सार्वजनिक हितको लागि भारत सरकारको सहयोगको निरन्तर अधिकतम प्रयोग गर्न आग्रह गरिन्।
आफ्नो स्कूल भ्रमणपछि शिक्षा क्षेत्रको प्रशंसा गर्दै उनले विद्यार्थी अनुशासन र शिक्षक समर्पणलाई उजागार गरिन्। उनले मिशन शक्ति, बेटी बचाओ बेटी पढ़ाओ, प्रधानमन्त्री मातृ वन्दना योजना र सक्षम आँगनवाड़ी र पोषण 2.0 लगायतका प्रमुख योजनाहरूको रूपरेखा प्रस्तुत गरिन्, जसको सफलताले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको ‘विकसित भारत’ को दृष्टिकोणलाई अगाड़ि बढ़ाएको बताइन्। उनले अधिकारीहरूलाई अन्तिम व्यक्ति, विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र दिव्याङ्गजनलाई प्रभावकारी, पारदर्शी र समयमै वितरण सुनिश्चित गर्न निर्देशन दिइन्। मन्त्रीले तालिम, संस्थागत सहयोग र क्षमता निर्माणको माध्यमद्वारा आँगनवाड़ी कार्यकर्ताहरूलाई बलियो बनाउन पनि जोड़ दिइन्।

यस बैठकमा दिल्लीबाट एमओडब्ल्यूसीडी अधिकारी श्री सत्येन लामा, आर्थिक सल्लाहकार श्रीमती निमिषा झा, माननीय राज्य मन्त्रीकी पीएस, श्री सन्तोष कुमार, एएसओ, सचिव, राज्य डब्ल्यूसीएससी एण्ड डीडब्ल्यूडी, सुश्री नोर्मित लेप्चा, जिल्लापाल श्रीमती अनुपा तामलिङ, प्रधान निर्देशक, डब्ल्यूसीएससी एण्ड डीडब्ल्यूडी, श्रीमती उर्वशी पौड्याल, विशेष सचिव, डब्ल्यूसीएससी एण्ड डीडब्ल्यूडी, श्रीमती वन्दना राई, अतिरिक्त निर्देशक तथा नोडल अधिकारी, श्रीमती सोनाम ल्हामु भोटिया, जिल्ला प्रशासनका अधिकारीहरू, लाइन विभागका कार्यालय प्रमुखहरू र डब्ल्यूसीएससी एण्ड डीडब्ल्यूडी, नाम्चीका कर्मचारी र सदस्यहरू उपस्थित थिए।
यसअघि मङ्गलवार, मन्त्रीले राभाङ्लास्थित बुद्ध पार्क, तिमी चिया बगान र तिमी चिया कारखाना, नामथाङ खाद्य गोदाम, स्वास्थ्य तथा कल्याण केन्द्र र कटेङ स्कूल, एक पीएमएवाई-जी घर र केभीके नामथाङको भ्रमण गरेकी थिइन्, जहाँ उनले अधिकारीहरू, लाभार्थीहरू र स्थानीय सरोकारवालाहरूसँग अन्तरक्रिया गरिन्। केभीके केन्द्र स्थानीय किसानहरूका लागि उपयोगी साबित भएको उनले उल्लेख गरिन्।

****
एमपीएस/टीडब्ल्यूबी
(रिलिज आईडी: 2260799)
आगन्तुक काउन्टर : 10