वाणिज्य तथा उद्योग मन्त्रालय
मसला बोर्डले सिक्किममा ठूलो अलैंचीको मौसम आधारित फसल बीमा योजना शुरु गर्ने
पोस्ट गरियो:
22 FEB 2026 11:20AM by PIB Gangtok
गान्तोक, 22 फेब्रुअरी 2026।
मसला बोर्डले कृषि भारतीय फसल बीमा कम्पनी लिमिटेडसँग मिलेर सिक्किममा 24 फेब्रुअरी 2026 को दिन ठूलो अलैंचीको मौसम आधारित फसल बीमा योजना शुभारम्भ गर्नेछ।
राज्यका ठूलो अलैंची कृषकहरूलाई आर्थिक सुरक्षा प्रदान गर्नका साथै मौसम आधारित जोखिमबाट संरक्षित गर्न यो प्रगतिशील पहल लक्षित छ। योजना तीनवटा ठूलो अलैंची उत्पादक प्रमुख जिल्ला जस्तै पाकिम, गेजिङ र मगनमा कार्यान्विय गरिनेछ।
यस अवसरमा सिक्किम सरकारको कृषि एवं बागवानी मन्त्री श्री पुरणकुमार गुरुङ मुख्य अतिथिका रूपमा उपस्थित हुनेछन्। दुवै अभिकल्प अनि कार्यान्वनको सम्बन्धमा यो अग्रगामी छ र शुरुमा यो प्रायोगिक रूपमा शुरुवात गरिनेछ। प्रदर्शनीको मूल्याङ्कनका साथै हितधारकहरूबाट प्रतिक्रिया प्राप्त गरेपछि, आवश्यक परिष्करण आगामी वर्षहरूमा सामेल गर्दै योजनालाई ठूलो अलैंची उत्पादन गर्ने अन्य पूर्वोत्तरका राज्यहरूमा पनि सम्भावित रूपमा विस्तारित गरिनेछ।
**********
एमपीएस/टिडब्लुबी
(रिलिज आईडी: 2231423)
आगन्तुक काउन्टर : 3