आवास तथा शहरी मामिला मन्त्रालय
azadi ka amrit mahotsav

आवास तथा शहरी कार्य मन्त्रालयद्वारा नयाँ दिल्लीमा स्वच्छ हिमाली शहर पहलका लागि मार्गचित्र तयार गर्न प्रारम्भिक कार्यगोष्ठी आयोजित


हिमाली शहरहरूमा स्वच्छता सुदृढ बनाउन प्रारम्भिक कार्यगोष्ठीमा राज्य, विशेषज्ञ अनि साझेदारहरू एकै मञ्चमा

हिमाली तथा पाहाडी शहरहरूमा स्वच्छता सुदृढ बनाउन ज्ञान उत्पादको लोकार्पण

प्रविष्टि तिथि: 16 DEC 2025 6:26PM by PIB Gangtok

नयाँ दिल्ली, 16 दिसम्बर 2025।

हिमाली शहरहरूमा दृश्यमान सातै वहनीय स्वच्छता हासिल गर्न केन्द्रित, रणनीतिक साथै परिणाममुखी मार्गचित्र विकास गर्न सबै हितधारकलाई एक साथ ल्याउँदै 16 दिसम्बरको दिन नयाँ दिल्लीको विज्ञान भवनमा आवास तथा शहरी कार्य मन्त्रालयद्वारा स्वच्छ हिमाली शहर पहलका लागि प्रारम्भिक कार्यगोष्ठी आयोजित गरियो।

स्वच्छ हिमाली शहर पहलले पाहाडी शहरहरूमा दृश्यमान स्वच्छता हासिल गर्न विस्तृत तथा लक्षित दृष्टिकोणलाई आकार दिन ठोस कदम प्रतिनिधित्त्व गर्दछ। संरचित विचार तथा सामूहिक मिमांसाद्वारा 13 वटा हिमाली शहरहरूमा प्रभावी आवश्यकता अनुसारको समाधान पोषित गरिनेछ। स्वच्छ भारत मिशन – फोहोरमुक्त शहरका लागि शहरी परिकल्पनालाई पुनः पुष्टि गर्दै आवास तता शहरी कार्य मन्त्रालयले 8 र 9 नोभेम्बर 2025 को दिन आयोजित राष्ट्रिय शहरी सङ्गोष्ठीमा स्वच्छ हिमाली तता पाहाडी शहरहरूको घोषणा गरेको थियो।

पढ्नुहोस्:  : https://www.pib.gov.in/PressReleseDetailm.aspx?PRID=2188050&reg=3&lang=2

आवास तथा शहरी कार्य मन्त्रालयका सचिव एस. कतिकिथलाको अध्यक्षतामा सम्पन्न यस पहलले शहरी विशेषज्ञ, प्राविधिक अभिकरण, निजी साझेदार, प्राविधिक समाधान प्रदाता अनि 13 वटा पूर्वोत्तर साथै हामाली शहरका वरिष्ठ प्रतिनिधिहरूलाई एक साथ ल्याएको थियो। यसका अतिरिक्त, पहलमा पश्चिम बङ्गालको दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक अनि सिलगढी क्षेत्रलाई पनि सामेल गरिएको छ।

स्वच्छ भारत मिशन – शहरी, अन्तर्गत हिमाली शहरहरूले उपयुक्त प्रविधिको सहयोगका साथै प्रबल सामुदायिक सहभागिताका साथ अनुकरणीय साथै परिमाणयोग्यका समाधान प्रदान गर्ने कैयौं प्रभावपूर्ण धरातल स्तरीय पहल अनि सर्वोत्तम प्रचलन प्रदर्शित गरेका छन्। यिनै सफलताका आधारमा तथा त्यस्ता प्रयासलाई अझ गति प्रदान गरी व्यापकता प्रदान गर्न, यस पहलले सहकार्यलाई सुदृढ बनाउनका साथै ज्ञानको आदान-प्रदान का साथमा स्वच्छ अनि प्रत्यास्थी पाहाडी शहरहरूका लागि दीर्घगामी मार्ग प्रशस्त गर्नेछ।

प्रारम्भिक कार्यगोष्ठी सबै तह-तप्कका मानिसहरूसँग व्यापक परामर्शका साथ रणनीति तर्जुमा गर्न केन्द्रित रहेको थियो। प्रतिभागीहरूमा राज्यका प्रतिनिधि, साझेदार सङ्गठन, समाधान प्रदाता लगायत शिक्षाविद अनि आइआइटी रूडकी, जीबी पन्त विश्वविद्यालय, सीईडीएआर जस्ता अनुसन्धान संस्थान, नागरिक समाज अनि सुलभ इन्टरनेशनल, वेस्ट वारियर्स, हिलिङ हिमालय जस्ता सामुदायिक सङ्गठन, स्वाहा रिसोर्स म्यानेजमेन्ट प्रा. लि, रोयल एनफिल्ड सोसल मिशन जस्ता निजी अनि सामाजिक साझेरा तथा जीआइजेड, विश्व ब्याङ्क, एशियाली विकास ब्याङ्क, युएनआइडीओ, एएफडी, केएफडब्लु, युरोपीय सङ्घ, स्वीजरल्याण्ड राजदूतावास तथा गेट्स फाउण्डेशन जस्ता वैश्विक बहुराष्ट्रिय अभिकरणका प्रतिनिधि सामेल रहेको थियो भने हिमाली शहरहरूलाई स्वच्छ राख्ने दिशामा समाजका अग्रजहरूले परिवर्तनका  यात्रा विवरण प्रस्तुत गरेका थिए।

मिलेर, यी हितधारकहरूले समग्र समाजको दृष्टिकोण प्रतिबिम्बित गर्दछन् – नीतिगत नेतृत्त्व, प्राविधिक विशेषज्ञता, नवाचार, वित्तपोषण अनि सामुदायिक सहभागिताको मिश्रणद्वारा स्वच्छ अनि अरू बढी प्रत्यास्थी हिमाली शहरहरूका लागि सहयोगात्मक, परिमाणयोग्य तथा सन्दर्भ विशेष समाधान समर्थ बनाउँदछन्।

प्रारूपको फेद

जम्मू-कश्मीर, लद्दाख, हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम, आसम, अरुणाचल प्रदेश, मेघालय, मणिपुर, मिजोरम, नागाल्याण्ड, त्रिपुरा अनि पश्चिम बङ्गालका केही चयनित शहरहरू लगायतका भारतीय पार्वत्य क्षेत्र अनि हिमाली राज्यहरूले कमजोर परितन्त्र, भिरालो साथै अस्थिर भौगोलिकता, छरप्रष्ट बस्ती अनि चरम जलवायु स्थितिका कारण विशेष चुनौतीको सामना ग्रनुपर्दछ। स्वच्छ भारत मिशन – शहरी अन्तर्गत केही उल्लेखनीय प्रगति हासिल गरिएको भए तापनि, संरचनागत अनि भौगोलिक अडचनले वहनीय साथै प्रत्यास्थी ठोस फोहोर अनि स्वच्छता सम्बन्धी परिणाम हासिल गर्न निरन्तर बाधा पुऱ्याइरहेको पाइन्छ।

विभिन्न ज्ञानवर्धक मथिङ्गल-मन्थन सत्रमा यी कुराहरू उजागर गरिए :

  • प्रमाणित, व्यावहारिक, सम्भव – समुदाय आधारित फोहोर प्रबन्धन, विकेन्द्रिकृत स्वच्छता प्रणाली तता संसाधन बहाली पहलमा अनुकरणनीय नमूना तथा नवाचार प्रस्तुत गर्दै हिमाली शहरहरूका लागि कुन युक्तिले काम गर्दछ।
  • परिवर्तनका वाहक : हिमाली शहरहरूका सामुदायिक नेतृत्वहरूलाई प्रेरित गरियो, जसले फोहोर प्रबन्धन अनि स्वच्छतामा  परिवर्तनकारी यात्राको अनुभव साझा गरे – पार्वत्य क्षेत्रहरूलाई सफा राख्ने रणनीति, मठ-मन्दिर अनि धार्मिक स्थलहरूलाई प्लास्टिकमुक्त बनाउने प्रयास आदिबारे उनीहरूले प्रकाश पारे।
  • पाहाडी शहरहरूका लागि प्रविधि : यस सत्रमा एकिकृत फोहोर प्रबन्धन लगायत शोधित मल-मूत्रको लेदो हटाउने, चिस्यानी इलाकातिर स्थलगत रूपमा स्वच्छता विकल्प तथा पाहाडी भेकमा मैला पानीका लागि विकेन्द्रिकृत समाधान प्रोत्साहित गर्ने परामर्शसहित पाहाडी इलाकाका लागि प्रविधि आधारित समाधानमाथि ध्यान केन्द्रित गरिएको थियो।
  • समाधानबीच तालमेल : स्वच्छ पाहाडी शहरहरूका लागि सहकार्य : यस सत्रमा साझेदारहरूका साथै सरकार, नागरिक समाज, निजी खेलाडी अनि विकास साझेदारहरूबीचको साझेदारीले कसरी पाहाडी भेकको विशिष्ट चुनौती अनुरूप ढालिएको प्रभावी अनि वहनीय फोहोर प्रबन्धन समाधानलाई गति प्रदान गर्नसकिन्छ भन्ने प्रकाश पारियो।
  • वैश्विक चलनबाट ज्ञान : यस सत्रमा, हिमाली परिप्रेक्ष्यमा अनुकरण गर्नमिल्ने समुदाय आधारित फोहोर प्रबन्धन, विकेन्द्रिकृत स्वच्छता एवं संसाधन बहालीका अनुकरणीय वैश्विक नमूना अनि नवाचार प्रदर्शित गरियो।
  • राज्य/ शहरहरूका साथ मार्गचित्र विचार मन्थन : भौगिलक चुनौती, समाधान अनि स्पष्ट रूपमा स्वच्छ पाहाडी शहरहरूका लागि प्रयासलाई गति प्रदान गर्नका लागि मार्गचित्र तयार गर्न राज्य/ शहरहरूबीच अन्तरक्रिया सत्र।

कार्यगोष्ठीमा हिमाली साथै पाहाडी शहरहरूमा स्वच्छता अनि फोहोर प्रबन्धनलाई सुदृढ बनाउन लक्षित प्रमुख ज्ञान उत्पादहरूको पनि लोकार्पण गरियो। यसमा “माउन्टेन्स अव् चेञ्ज : ट्रान्सफर्मिङ वेस्ट म्यानेजमेन्ट इन हिली एरियाज्” नामक पाहाडी इलाकाका सर्वोत्तम पहलहरूको सङ्कलनका साथमा जलवायु अनुकूल अनि वहनीय शहरी समाधानलाई सहयोग गर्न व्यावहारिक मार्गदर्शन प्रदान गर्ने “एडभाइजरी अन अनसाइट स्यानिटेशन फर कोल्डर रिजन” र “एडभाइजरी अन प्रोमोटिङ अफटेक अव् सिवेज स्लज” सामेल रहेको थियो।

स्वच्छ हिमालय तथा पाहाडी शहर पहलले राज्य अनि केन्द्र शासित प्रदेशका साथै साझेदारहरूलाई विशेष चुनौती चिन्हित गरी तीर्थाटन मार्ग, मौसमी केन्द्र आदि जस्ता बढी जनमानस थुप्रिने इलाकाहरूमा विशेष गरी फोहोर प्रबन्धनका साथै स्वच्छतासित सम्बन्धित समाधान प्रदान गर्न सघाउ पुऱ्याउनेछ।

कार्यगोष्ठीपछि, सहभागी राज्य अनि केन्द्र शासित प्रदेशले प्राथमिकता क्षेत्र चिन्हित गर्न, आवश्यकता मूल्याङ्कन गर्न र मन्त्रालयलाई बुझाउनका लागि विस्तृत योजना तयार गर्न विस्तृत मूल्याङ्कन कार्य गर्नेछन्। हिमाली शहरहरूमा ठोस सुधारका साथै दृश्यमान परिवर्तन ल्याउने उद्देश्यका साथ यी हस्तक्षेपहरू वर्ष 2026 को शुरुवाततिर सार्वजनिक गरिनेछ।

******

टीडब्ल्यूबी


(रिलीज़ आईडी: 2204853) आगंतुक पटल : 6
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Khasi , Urdu , हिन्दी