पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय
चन्दन विकास समितिको प्रतिवेदन लोकार्पण
Posted On:
15 OCT 2025 4:19PM by PIB Gangtok
नयाँ दिल्लीमा 15 अक्टोबरको दिन आयोजित एउटा कार्यक्रमबीच चन्दन विकास समितिको प्रतिवेदन लोकार्पण गरियो। प्रतिवेदनको लोकार्पण कार्यक्रम फेडरेशन अव् इण्डियन प्लाइवूड एण्ड प्यानल इण्डस्ट्री (एफआइपीपीआइ)-द्वारा प्रायोजित गरिएको थियो। भारत सरकारका पूर्व वित्त सचिव रतनप्रकाश वतलको अध्यक्षतामा आयोजित कार्यक्रममा सम्बन्धित केन्द्र सरकारको मन्त्रालय/ विभागका प्रतिनिधिहरूसहित ग्रीनप्लाई इण्डस्ट्रिज लिमिटेडका सीएमडी तथा एफआइपीपीआइका अध्यक्ष राजेश मित्तल पनि उपस्थित थिए।

चन्दन विकास समितिको अध्यक्षता भारत सरकारका पूर्व वित्त सचिव रतनप्रकाश वतलले गरेका थिए। पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय, कृषि एवं किसान कल्याण मन्त्रालय, वाणिज्य मन्त्रालय, आयुष मन्त्रालय, राष्ट्रिय औषधीय वनस्पति बोर्ड लगायतका सम्बन्धित मन्त्रालय अनि विभागका प्रतिनिधि यस समितिमा सदस्य रहेका थिए। यसका साथै काष्ठविज्ञान एवं प्रविधि संस्थान, बङ्गलुरू अनि तमिल नाडु कृषि विश्वविद्यालयको वन महाविद्यालय एवं शोध संस्थानका प्रतिनिधिहरू पनि समितिमा रहेका थिए।
चन्दनको खेती ग्रामीण रोजगार सिर्जनाको मञ्च बन्नका साथै चन्दन तथा यसका अन्य उप-उत्पादको निर्यातको माध्यमद्वारा विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण साधन बन्नसक्दछ। वर्तमान अनि भविष्यमा चन्दनको समाजमा माग पूरा गर्दै भारत यस दिशामा पनि आत्मनिर्भर बन्नसक्नेछ। भारतीय चन्दनको पूर्व वैभव पुनः हासिल गर्न केन्द्र अनि राज्य सरकारहरूले आवश्यक उपाय अनि सुधार पहल गर्न आवश्यक छ। मुद्दाहरू चिन्हित गर्दै देशमा चन्दनको विकासका लागि सिफारिश प्रस्तुत गर्न, पूर्व वित्त सचिवले अन्तर-मन्त्रालय चन्दन विकास समिति गठन गर्ने पहल गरेका थिए।

समितिले प्रमुख राज्य सरकारका वन विभाग लगायतका विविध हितधारकसँग विस्तृत परामर्शपछि भारतमा चन्दनको विकासका साथै पूर्व वैभव हासिल गर्न आफ्नो प्रतिवेदनमा सिफारिश प्रस्तुत गरेको छ।
*****
(Release ID: 2179756)
Visitor Counter : 3