युवा मामिला तथा खेलकुद मन्त्रालय
माई भारत गेजिङले प्रमुख योजनाहरूमा सफल कार्यशाला आयोजन गर्यो
युवाहरूलाई सरकारी पहलहरूको बारेमा जागरूकता र बुझाइमा सशक्त बनाउनु
पोस्ट गरियो:
03 SEP 2025 2:35PM by PIB Gangtok
माई भारत गेजिङले आईटीआई गेजिङको सहकार्यमा 2 सेप्टेम्बर, 2025 मा आईटीआई गेजिङमा प्रमुख योजनाहरूमाथि एक सफल कार्यशाला आयोजन गर्यो। यस आकर्षक सत्रमा आईटीआई गेजिङका उत्साही प्रशिक्षार्थीहरूले भाग लिए तथा युवाहरूमाझ प्रमुख सरकारी पहलहरूको बारेमा जागरूकता र बुझाइलाई बढावा दियो।
एएपी 2025-26 पहल अन्तर्गत शुरु गरिएको यो कार्यशाला स्वच्छ भारत मिशन (शहरी/ग्रामीण) मा केन्द्रित थियो। प्रशिक्षार्थीहरूले आफ्नो दृष्टिकोण प्रस्तुत गरे तथा प्रमुख स्रोतवक्ताहरू, जसमा स्वच्छ भारत मिशन (शहरी/ग्रामीण) का उमङ्ग गुरुङ, सीडब्ल्यूएका महासचिव पेमा काल्देन भोटिया र माई भारत गेजिङको तर्फबाट रोनित मुखियाले आफ्नो विशेषज्ञता साझा गरे।

कार्यक्रमको उद्देश्य युवाहरूमा प्रमुख सरकारी योजनाहरूको बारेमा जागरूकता र समझदारी पैदा गर्नु, युवाहरूलाई आफ्नो समुदायमा जागरूत परिवर्तनकारी कारक र सहजकर्ता बन्न सक्षम बनाउनु, युवाहरूको सहभागितालाई बढ़ावा दिनु र सूचित सहभागिताको माध्यमद्वारा सरकारी लाभहरूसम्म उनीहरूको बहुँचलाई बढ़ावा दिनु अनि ‘माई भारत’ र प्रमुख योजनाहरूलाई लागू गर्ने सम्बन्धित विभागहरूबीच तालमेललाई मजबुत बनाउनु थियो।
भारतले आफ्ना नागरिकहरूको सामाजिक-आर्थिक कल्याणमा सुधार गर्ने उद्देश्यले धेरै प्रमुख योजनाहरूलाई लागू गरिरहेको छ। यद्यपि, जागरूकताको कमी, गलत सूचना र यी योजनाहरूसम्म पहुँच गर्न सीमित क्षमताको कारण विशेष रूपमा ग्रामीण र अर्ध-शहरी क्षेत्रहरूमा प्रायः यसको अपर्याप्त उपयोग हुँदछ।

‘माई भारत’, आफ्नो जमिनी स्तरमा उपस्थितिका साथ, युवा र समुदायहरूको लागि लक्षित जागरूकता, पहुँच र सहजीकरण कार्यक्रमहरूको माध्यमद्वारा यो अन्तरलाई पूरा गर्नका लागि विशिष्ट रूपमा अवस्थित छ।
यस कार्यक्रमको सफलतापूर्वक सफलतापूर्वक समन्वय एमएसएमईको यशुप विश्वले गरेका थिए। यो कार्यक्रम राष्ट्र निर्माणमा युवाहरूको सहभागितालाई प्रोत्साहित गर्ने, लोकतान्त्रिक जागरूकतालाई बढ़ावा दिने र युवा नेताहरूलाई देशको प्रगतिमा योगदान गर्ने आत्मविश्वासका साथ सशक्त बनाउने दिशामा एक महत्त्वपूर्ण कदम हो।

पृष्ठभूमि:
माई भारतले एएपी 2025-26 को एक भागको रूपमा ‘प्रमुख योजनाहरूमा कार्यशाला’ हरू शीर्षकको नयाँ पहल शुरु गरिरहेको छ। यो पहलले जिल्ला माई भारत केन्द्रहरूलाई युवा, परिवार र समुदायहरूसँग प्रत्यक्ष रूपमा सम्बन्धित केन्द्र प्रायोजित प्रमुख कार्यक्रमहरूमा केन्द्रित संरचित, सूचनात्मक र सहभागितामूलक कार्यशालाहरू आयोजन गर्नमा सक्षम बनाउनेछ।
उद्देश्यहरू
- युवाहरूमा प्रमुख ध्वजवाहक सरकारी योजनाहरूको बारेमा जागरूकता र समझदारी उत्पन्न गर्ने।
- युवाहरूलाई आफ्नो समुदायभित्र सूचित परिवर्तन एजेन्ट र सहजकर्ता बन्न सक्षम बनाउने।
- सूचित सहभागिताको माध्यमद्वारा युवाहरूको सहभागिता र सरकारी लाभहरूसम्म उनीहरूको पहुँचलाई बढ़ावा दिने।
- माई भारत र प्रमुख योजनाहरूलाई लागू गर्ने सम्बन्धित विभागहरू बीचको तालमेललाई मजबुत बनाउनु।
सन्दर्भ
https://mybharat.gov.in/pages/event_detail?event_name=Workshop-on%20Flagship%20Programmes&key=463118768463
*******
(रिलिज आईडी: 2163365)
आगन्तुक काउन्टर : 12